स्व. पत्रकार शर्माका परिवारलाई सहयोग

सुर्खेत : पत्रकार अजयबाबुु शिवाकोटीले स्व. पत्रकार डिलप्रसाद शर्माको परिवारलाई आर्थिक सहयोग गरेका छन् । शिवाकोटीले शुक्रवार वीरेन्द्रनगरका शर्माका बहिनी नानकला शर्मालाई भेटेर नगद २५ हजार रूपैयाँ हस्तान्तरण गरेका छन् ।

पत्रकार शिवाकोटीले सन् २०१९ को ‘इन्जा साहसी पत्रकारिता पुरस्कार’ प्राप्त गरेका थिए । एक लाख रूपैयाँको पुरस्कार प्राप्त गरेका उनले सोही पुरस्कार रकमबाट २५ हजार रूपैयाँ शर्माको परिवारलाई सहयोग गरेका हुन् । परिवारलाई आर्थिक सहायता होस् भन्ने उद्देश्यले आफूले दिने भनेको रकम सहयोग गरेको पत्रकार शिवाकोटीले बताए ।

दैलेखको भगवतीमाई गाउँपालिका निवासी शर्माको बोनम्यारोको उपचारका क्रममा निधन भएको थियो । उनी साझा बिसौनी दैनिकमा कार्यरत थिए । शर्माको आमा, हजुरआमा र एक बहिनी छन् ।

प्रकाशित मितिः   ३ फाल्गुन २०७६, शनिबार ०५:००