सहमति नजुटेपछि फेरि सर्यो संसद् बैठक
काठमाडौं : प्रतिनिधिसभाको बैठक आगामी पुस २७ गतेसम्मलाई सारिएको छ । बुधवारका लागि बोलाइएको बैठक एकदिन अघि नै सूचना टाँस गरेर सारिएको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच मंगलवार बालुवाटारमा सभामुखका लागि पार्टीबाट उमेदवार चयन गर्नेबारे छलफल भएको थियो । ‘बुधवार दिनको १ः०० बजे बस्ने गरी सूचना गरिएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले नेपालको संविधानको धारा ९१ को उपधारा बमोजिम प्रतिनिधि सभाको अध्यक्षता गर्नुहुने माननीय उपसभामुखज्यले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्काे बैठक मिति २०७६ साल पुस २७ गते आइतवार दिनको १ बजे बस्नेगरी निर्धारण भएको व्यहोरा मा० सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईद्वारा जारी सूचनामा भनिएको छ ।
प्रकाशित मितिः १६ पुष २०७६, बुधबार ०८:०६
साझा बिसौनी ।