प्रदेश प्रमुखद्वारा पदभार ग्रहण

सुर्खेत : कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले पदभार ग्रहण गरेका छन् । बुधवारदेखि कार्यभार सम्हाल्ने गरी उनले पदभार ग्रहण गरेका हुन् । कार्यभार सम्हालेपछि पत्रकारसँग कलौनीले संविधानको अक्षरश पालना गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘सबै पक्षसँग सहकार्य गरी अगाडि बढ्ने छु’ उनले भने ‘म नेपाल सरकारको प्रतिनिधिको रूपमा कर्णाली प्रदेश आएको हुँ ।’ सबै मिलेर कर्णालीलाई देशकै अन्य प्रदेशभन्दा विशिष्ट बनाउनुपर्ने धारणा समेत प्रमुख कलौनीले राखेका थिए ।

प्रदेश प्रमुख कलौनीको पदभार ग्रहण कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, उप–सभामुख पुष्पा घर्ती, आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढा लगायत उच्च पदस्थ सरकारी अधिकारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव केवलप्रसाद भण्डारीले कलौनीलाई कर्णाली प्रदेशको अवस्थाबारेमा जानकारी समेत गराएका थिए ।

प्रकाशित मितिः   २१ कार्तिक २०७६, बिहीबार ०९:४१