स्थापना दिवसमा फुटसल प्रतियोगिता
सुर्खेत : नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरूण दलको ६६ औं स्थापना दिवसको अवसरमा तरूण कप फुटसल प्रतियोगीता सुरू भएको छ । काँग्रेसका नेता एवम् पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले शुक्रवार प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै विष्टले दुईतिहाईको सरकारले काँग्रेस कार्यकर्ता फसाउने खेलमा लागेकोले सचेत रहन आग्रह गरे । चार्डवार्डको मौकामा कार्यकर्तालाई सचेत भएर हिड्न सल्लाह समेत दिएका थिए । वर्तमान सरकार काँग्रेस फसाउने रणनितीमा रहेकाले त्यसबाट बच्न विष्टले कार्यकर्तालाई सुझाव दिए । साथै उनले खेल स्वास्थ्यको लागि भएकोले खेललाई प्राथमिकता दिन समेत आग्रह गरे ।
जिल्ला स्तरिय तरण कप फुटसल प्रतियोगिता आगामी दश गते सम्म सञ्चालन हुने नेपाल तरूण दल सुर्खेतका अध्यक्ष हरी विष्टले जानकारी दिए । उनका अनुसार उद्घाटनको अवसरमा भएको खेलमा नेपाल तरूणदल सुर्खेतले नेपाल विद्यार्थी संघ सुर्खेतलाई ३ का विरूद्ध ७ गोलले पराजित गरेको छ । त्यस्तै सुर्खेत उद्योग बाणिज्य संघ लोकतान्तीक र डेमोक्रेट ईन्जिनियरबीचको खेल चार–चार गोलको बराबरीमा सकिएको छ । प्रजातान्त्रिक व्यापार संघले नेपाल राष्ट्रिय मगर संघ सुर्खेतलाई २ का विरूद्ध ३ गोलले पराजीत गरेको छ । प्रतियोगितामा २० वटा समुहले भाग लिने विष्टले बताए ।
प्रकाशित मितिः ९ कार्तिक २०७६, शनिबार ०९:०४
साझा बिसौनी ।