सिभिल बैंकको एन्यूटी डिपोजिट
सुर्खेत : सिभिल बैंकले नेपालमानै पहिलो पटक एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको छ । आइतवार वीरेन्द्रनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बैंकले यस्तो योजना ल्याएको जानकारी दिएको हो । एन्यूटी डिपोजिटमा बचत र मुद्दतीको समायोजन गरेर बनाइएको निक्षेप योजना रहेको समेत बताइएको छ । एन्यूटी डिपोजिट योजना अन्तर्गत भविष्यमा आफूलाई चाहिने रकम तोकेर बचतकर्ताले निश्चित अवधिमा समान मासिक किस्ता बैंकलाई भुक्तानी दिइने बैंकका कर्णाली प्रदेश प्रमुख शैलेश कार्कीले बताए । यो योजनाले बचतकर्ताले इच्छाइएको रकम अन्त्यमा एकमुष्ठ रकम प्राप्त गर्ने समेत उनले जानकारी दिए ।
‘योजनामा खोलिएको खाताको ब्याजदर खाताको अवधिभर स्थिर रहन्छ ।’ उनले भने ‘बचतकर्ताको न्यूनतम मौज्दात भने एक हजार हुनुपर्ने हुन्छ ।’ यो योजना अन्तर्गत एकदेखि सात वर्षसम्म बचतकर्ताले मासिक रूपमा खातामा निश्चित रकम हाल्नुपर्ने व्यवस्था समेत रहेको उनले बताएका छन् । ‘एकभन्दा बढी खाता खोल्न पाइने भएकाले आवश्यक परेमा तीन महिनापछि बन्द गर्न मिल्छ ।’ उनले थपे ‘खातामा जम्मा भएको रकम अनुसार ६० प्रतिशत ऋण समेत बचतकर्ताले निकाल्न पाइने व्यवस्था गरिएको छ ।’ सिभिल बैंकले कर्णालीबाट ६ वटा शाखाहरूमार्फत आफ्नो सेवा दिइरहेको संयोजक कार्कीले जानकारी दिए ।
प्रकाशित मितिः २३ भाद्र २०७६, सोमबार ११:५८
साझा बिसौनी ।