जनप्रियको अध्यक्षमा सिंह

सुर्खेत: जनप्रिय बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः रतिमान सिंह दोहोरिएका छन् । संस्थाको २१औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेनशबाट सिंहको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन गरिएको हो ।

उपाध्यक्षमा प्रेमबहादुर खड्का, सचिवमा डिलबहादुर खड्का र कोषाध्यक्षमा हिरा श्रेष्ठ चयन भएका छन् । सदस्यहरूमा निमबहादुर भण्डारी, राजबहादुर विष्ट, गौरी विष्ट, मन्जु भट्टराई र तुलसी सुनार छन् ।
त्यसैगरी लेखा समितिको संयोजकमा जगतिराम लम्साल तथा सदस्यहरूमा गोमा खड्का र गिताकुमारी चौधरी पनि निर्विरोध निर्वाचित भएको जनाइएको छ ।

प्रकाशित मितिः   ७ मंसिर २०८३, सोमबार १६:४७