देउती बज्यै मन्दिर परिसरमा सरसफाइ
सुर्खेत: जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि. को एयरपोर्ट सेवा केन्द्रले देउतीबज्यै मन्दिर परिसरमा सरसफाई गरेको छ । श्रीकृष्ण अष्टमीको अवसरमा वीरेन्द्रनगरको पातलगंगास्थित पुरानो देउती बज्यै मन्दिर परिसरमा सरसफाइ गरिएको हो ।
मन्दिर परिसर तथा आसपासको क्षेत्रको सरसफाइ गरी स्वच्छ र सफा वातावरण निर्माण गरिएको जनाइएको छ । सरसफाइ कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण रावल, नायव प्रमुख कार्यकारी अधिकृत मित्रेन्द्रनाथ योगी, विभिन्न विभागीय प्रमुख, सेवाकेन्द्र प्रमुखलगायत सम्पूर्ण कर्मचारीहरूको सहभागिता रहेको थियो ।
यसका साथै मन्दिरलाई सामग्री समेत हस्तान्तरण गरिएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण रावलले सरसफाइका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू मन्दिरका पुजारीलाई हस्तान्तरण गरेका हुन् । उक्त सामग्रीले आगामी दिनमा मन्दिर परिसरको नियमित सरसफाइ तथा संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको रावलले बताए ।
जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि. ले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सयम र अवसर पारेर यस्तै जनहितकारी तथा सामाजिक कार्यक्रमहरू गर्दै आएको छ । आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।



साझा बिसौनी ।