कर्णाली याक्सद्वारा सात खेलाडी ‘रिटेन’
सुर्खेत: नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणका लागि कर्णाली याक्सले सात जना खेलाडीलाई ‘रिटेन’ गरेको छ । शनिवार कर्णाली याक्सले कप्तान सोमपाल कामीसँगै सात खेलाडीलाई ‘रिटेन’ गरेको जानकारी दिएको छ ।
कर्णालीका लागि सोमपाल नै मार्की खेलाडी रहेका छन् । त्यस्तै स्टार अलराउण्डर गुल्सन झा, बलर नन्दन यादव, दिपक डुम्रे, पवन सर्राफ, युवराज खत्री र युनिष विक्रम सिंह ठकुरीलाई पनि कर्णालीले ‘रिटेन’ गरेको छ ।
एनपीएलमा अधिकतम सात जना खेलाडीलाई ‘रिटेन’ गर्न सक्ने व्यवस्था छ । अन्य खेलाडी अक्सनबाट अनुबन्ध गर्नुपर्नेछ । अघिल्लो सिजन कर्णालीबाट खेलेका अन्य खेलाडी भने ‘रिलिज’ भएका छन् । कर्णालीले अर्जुन घर्ती, दीपेन्द्र रावत, इमरान शेख र विपिन खत्रीलाई ‘रिलिज’ गरेको छ ।
गत संस्करणमा टिममा रहेका सबै खेलाडी कर्णाली याक्सको लागि उतिकै महŒवपूर्ण रहे पनि नियम अनुसार रिलिज गर्नुपर्ने भएकाले उनीहरूलाई रिलिज गरिएको कर्णाली याक्सका निर्देशक ज्ञानेन्द्र मल्लले बताए । कर्णाली याक्स गत संस्करणमा छैटौँ स्थानमा रहेको थियो ।


साझा बिसौनी ।