चपाई/चापागाई एकता समाजमा नयाँ नेतृत्व

सुर्खेत: चपाई/चापागाई एकता समाज नेपालको अध्यक्षमा उमालाल चपाईं चयन भएका छन् । शनिवार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न प्रथम साधारण सभाले चपाईको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा दुर्गा चपाई, सचिवमा डिल्लीराम चपाई, सहसचिवमा गणेशप्रसाद चपाई र कोषाध्यक्षमा यादवप्रसाद चपाई चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा शान्ता पौडेल चपाई, हरिमाया चपाई, निलकण्ठ चपाई, उत्तम चपाई, रोशन चपाई र मोतिप्रसाद चपाई रहेका छन् ।
कार्यक्रममा सहभागीहरूले देशका विभिन्न स्थानमा रहेका चपाई÷चापागाई समुदायबीच आपसी सद्भाव, सहकार्य र एकतालाई थप मजबुत बनाउन एकता समाजले महŒवपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । समाजमार्फत सामाजिक, सांस्कृतिक तथा परोपकारी गतिविधिहरू सञ्चालन गर्दै समुदायका आवश्यकता र हितका पक्षमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।
नवनिर्वाचित अध्यक्ष उमालाल चपाईले समाजप्रति व्यक्त गरिएको विश्वासका लागि सम्पूर्ण सदस्यहरूलाई धन्यवाद दिँदै सबैलाई समेटेर संस्थालाई थप सक्रिय, प्रभावकारी र उदाहरणीय बनाउने प्रतिबद्धता व्यक्त गरे । समाजको उद्देश्य केवल संगठन विस्तारमा सीमित नरहेर सामाजिक उत्तरदायित्व, पारस्परिक सहयोग तथा भावी पुस्तालाई समुदायसँग जोड्ने अभियानमा केन्द्रित रहने बताए ।
सभाले चपाई/चापागाई समुदायबीचको एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा समाजलाई अझ सक्रिय र प्रभावकारी रूपमा अगाडि बढाउने संकल्प समेत गरेको छ ।
प्रकाशित मितिः २४ जेष्ठ २०८३, आईतवार १६:२५
साझा बिसौनी ।