पर्यटन प्रवर्द्धधन गर्न ‘गन्तव्य कर्णाली’
सुर्खेत: पर्यटन प्रवद्र्धन गर्न ‘गन्तव्य कर्णाली’ एप सञ्चालन गरिने भएको छ । यसअघि निर्माण गरिएको ‘गन्तव्य कर्णाली’ मा केही गन्तव्यका क्षेत्र थप गरेर एपलाई अन्तिम रूप दिन लागिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
गन्तव्य कर्णाली एप परिमार्जन गर्नेदेखि ‘पर्यटक गाइड’ पुस्तक प्रकाशन गर्ने तयारी भइरहेको मन्त्रालयका सूचना अधिकारी महेश नेपालीले बताए । कर्णालीका प्रमुख पर्यटकीय गन्तव्यको प्रचार तथा गन्तव्य पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले एप परिवर्तित गर्नेदेखि पर्यटक गाइड पुस्तक निर्माण गरिएको नेपालीले बताए ।
अहिले स्वीकृतिका लागि मन्त्रालयको खरिद समितिमा पठाइएको छ । समितिबाट स्वीकृत हुनेबित्तिकै सरकारले ‘गन्तव्य कर्णाली एप’ र ‘पर्यटक गाइड’ पुस्तक प्रकाशन गर्ने तयारी गरेको छ । आगामी आर्थिक वर्षबाट प्रभावकारी रूपमा कार्यान्वयन गर्नेगरी योजना निर्माण गरिएको जनाइएको छ ।
कर्णालीको पहिचान दिलाउने थुप्रै सम्पदा छन् । पर्यटकीय सम्भावना बोकेको प्रकृतिको ‘भर्जिन गन्तव्य’ का रूपमा कर्णालीलाई लिने गरिएको छ । कर्णालीको भौगोलिक विकटता, सडक यातायातको पहुँच अभाव र पर्यटकीय स्थलहरूको प्रचार तथा प्रसार नहुँदा ती थुप्रै सम्पदा ओझेलमा परेका छन् । कर्णालीमा देशको सबैभन्दा ठूलो रारा ताल, ऐतिहासिक काँक्रेविहार मन्दिर, पञ्चकोशी क्षेत्र, शे–फोक्सुण्डो ताल, कुपिण्डे र बुलबुले ताल, पचालझरना, सिंजा सभ्यता र ऐतिहासिक दरबार तथा देवलहरू छन् । पछिल्लो समय कर्णालीका पर्यटकीय क्षेत्रहरूको अवलोकनका लागि पर्यटकहरू आउन थालेका छन् । कर्णालीबाटै तिब्बतमा रहेको धार्मिक महŒवको मानसरोवर दर्शन गर्न सकिने भएकाले पर्यटकहरू आउने गरेका छन् । कर्णाली प्रदेश सरकारले प्रदेशका दशवटै जिल्लाका पर्यटकीय क्षेत्र पहिचान गरेर पर्यटकीय गन्तव्यका रूपमा ‘गन्तव्य कर्णाली एप’ निर्माण गरेर कार्यान्वयन गर्न लागेको हो ।
कर्णालीमा सबैभन्दा धेरै पर्यटक सुर्खेतमा आउने गरेका छन् । सहज रूपमा सडकको पहुँच तथा प्रचार–प्रसारका कारण सुर्खेतको वीरेन्द्रनगर पर्यटकको पहिलो गन्तव्य बन्ने गरेको छ । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा प्रसिद्ध पर्यटकीय स्थलहरू छन् । काँक्रेविहार, देउती बज्यै मन्दिर, बुलबुले ताल, शहिद पार्क, घण्टाघरलगायतका स्थानहरू सुर्खेतको वीरेन्द्रनगरभित्रकै आकर्षण पर्यटकीय गन्तव्य हुन् । त्यस्तै बराहताल, भाइरल रोड, गोठिकाँडा, जुर्बटालगायतका स्थानहरूले पनि सुर्खेतको पर्यटकीय पहिचान दिइरहेका छन् ।
दैलेख पनि कर्णालीको अर्को पर्यटकीय गन्तव्य हो । यद्यपि, धार्मीक पर्यटकीय स्थल धेरै भएको दैलेखमा सडक पूर्वाधार अभावकै कारण लक्ष्य अनुरूपका पर्यटक भित्रिन सकेका छैनन् । दैलेखको पञ्चकोशी, कालीकोटको पचालझरना, सल्यानको कुपिन्डे दह, रूकुमको स्यार्पुताल, जुम्लाको चन्दननाथ, हुम्लाको हिल्सा, लिमी, डोल्पाको से फोक्सुण्डो ताललगायतका पर्यटकीय गन्तव्यहरू हुन् ।
यस्तै, कर्णालीका केही मानव निर्मित स्थानहरूले पनि कर्णालीको पर्यटकीय सम्भावना बोकेका छन् । ती मध्ये सुर्खेतको सहिद पार्क, गिरी पार्क, दैलेखको गुराँसेमा निर्माण गरिएको भ्यु टावर, दैलेखको जलजलस्थित पेट्रोलियम पदार्थ उत्खनन् स्थल, कालीकोटको पिली क्षेत्र (युद्धपर्यटकीय स्थल) राष्ट्रगुरु योगीनाथको जन्मस्थान नरहरीनाथको लालु, कालीकोटको त्रिवेणीपाटन, रुडुबन्चुलगायतका क्षेत्रहरू कर्णालीका पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरू हुन् ।
चालु आर्थिक वर्ष २०८२/०८३ बाट कर्णालीको पर्यटन प्रवद्र्धन गर्न ‘संसारको गन्तव्य नेपाल, नेपालको गन्तव्य कर्णाली’ सोचका साथ दिगो पूर्वाधार तथा गुणस्तरीय पर्यटन सेवाको विकासमा जोड दिइएको छ । प्रदेश सरकारले पर्यटकको संख्या, बसाइ अवधि र खर्च रकम बढाउने वातावरण निर्माण गर्न स्थानीय तह र निजीक्षेत्रसमेतको सहकार्यमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षणका कार्यक्रम कार्यान्वयनको योजना निर्माण गरिएको मन्त्रालयका सूचना अधिकारी नेपालीले बताए । प्रदेशभित्र बन्जिजम्प, ¥याफ्टिङ, प्याराग्लाइडिङ, अफरोड कार ¥याली, अफरोड बाइक रेसजस्ता साहसिक खेल तथा हनी हन्टिङ, हाइकिङ, ट्रेकिङ, खेलकुद तथा आरोग्य पर्यटनलगायतका पर्यटकीय क्रियाकलापलाई टेवा पु¥याउन राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसारका कार्यक्रम सरकारले अघि सारेको छ ।
प्रकाशित मितिः २३ बैशाख २०८३, बुधबार ०५:०५
साझा बिसौनी ।