कांग्रेसको प्रमुख सचेतकमा थापा

सुर्खेत: दैलेखबाट निर्वाचित प्रतिनिधिसभा सदस्य बासना थापा नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक बनेकी छिन् । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रमुख सचेतकमा थापालाई मनोनयन गरेका छन् ।
उनी गत फागुन २१ मा भएको निर्वाचनमा दैलेखको निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित भएकी हुन् । प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट चुनाव जित्ने उनी एक्लो सांसद पनि हुन् । थापाले १२ हजार तीन सय ७२ मत पाएर विजयी हुँदा निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का रविन्द्रराज शर्माले ११ हजार सात सय ९६ मत पाएका थिए ।
थापाले संसदीय दलको नेतृत्व गर्न समेत आफू तयार रहेको भन्दै दलको नेतामा दावी गरेकी थिइन् । सहमतिमा आङदेम्बे दलको नेता भएपछि थापालाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको हो ।
यसैगरी सचेतकमा निश्कल राईलाई मनोनयन गरिएको छ । कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०८३) को धारा १३ (२) बमोजिम मुख्य सचेतकमा थापा र धारा १३ (३) बमोजिम सचेतकमा राईलाई मनोनयन गरिएको संसदीय दलको कार्यालयले जनाएको छ ।
प्रकाशित मितिः १७ बैशाख २०८३, बिहीबार ०५:०१
साझा बिसौनी ।