एमाले १ सय २० र कांग्रेस १ सय ४ स्थानीय तहमा विजयी

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा एमालेले बुधबार दिउँसोसम्ममा १ सय २० सीट जितेर पहिलो स्थानमा रहेको छ । उनले अरु थप पाँच वटा स्थानीय तहमा अग्रता लिइरहेको छ । अग्रता लिइरहेकाहरुमा काठमाडौं, भरतपुर, लेखनाथ–पोखरा महानगरसहित मकवानपुरको हेटौडा नगरपालिका र दोलखाको मेलुङ गाउँपालिका रहेका छन् ।

त्यस्तै कांग्रेसले हालसम्म १ सय ४ स्थानमा विजय प्राप्त गरेका छन् । उनले ललितपुर महानगरमा जितेको छ भने भक्तपुरको चाँगुनारायण नगरपालिकामा अग्रता लिइरहेको छ । माओवादीले ४६ स्थानमा जितेर तेस्रो स्थान हाँसिल गरेको छ ।

प्रकाशित मितिः   १० जेष्ठ २०७४, बुधबार १९:०६