वातावरण सहकारीको अध्यक्षमा भट्टराई

सुर्खेत: वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था वीरेन्द्रनगर–८ सुर्खेतको अध्यक्षमा खगेन्द्रप्रसाद भट्टराई निर्वाचित भएका छन् । संस्थाको मंगलवार सम्पन्न २३ औँ वार्षिक साधारणसभाले भट्टराईलाई अध्यक्षमा चयन गरेको हो ।

एकाई प्रतिनिधिहरूको सभाले सहकारीको उपाध्यक्षमा प्रेमप्रसाद चालिसे, सचिवमा पोषणराज रेग्मी र कोषाध्यक्षमा हिरा बुढा मगरलाई छानेको छ । त्यसैगरी सदस्यहरूमा डिले वली, काँशीमाया राना, यामकुमारी हमाल, सुवास आचार्य र इमादेवी पोख्रेल पनि निर्विरोध निर्वाचित भएका छन् ।

लेखा समितिमा पनि तिलक खनाल संयोजकसहित भुमिसरा वि.सी के.सी र डिल्लीराम आचार्य सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् । सहकारी ऐन तथा नियमावली अनुसार विभिन्न सात वटा एकाई बैठकपश्चात् उक्त एकाई बैठकहरूबाट चयन भएका प्रतिनिधिहरूको सभा मार्फत वार्षिक साधारणसभा सम्पन्न गरिएकोसंस्थाका कार्यकारी प्रवन्धक सुरजप्रसाद आचार्यले जानकारी दिए ।

साधारणसमा संस्थापक सल्लाहकार कमलराज रेग्मीले वातावरणले कर्णाली प्रदेशका विकट जिल्लाका विपन्न परिवारसँग लघुवित्त कार्यक्रमको माध्यमबाट हातेमालो गर्दै उनीहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको साथै जीवनस्तर माथि उठाउन महŒवपूर्ण भूमिका निर्वाह गरेको बताए ।

साधारणसभाले चालु आर्थिक वर्ष २०८२/०८३ को सात अर्ब ९० करोड ५९ लाख ३९ हजार बराबरको संशोधित र आगामी आर्थिक वर्ष २०८३/०८४ को नौ अर्व ५९ करोड ७५ लाख ७४ हजार बराबरको प्रस्तावित बजेट तथा कार्यक्रमलाई समेत स्वीकृत गरेको छ ।

प्रकाशित मितिः   १७ मंसिर २०८२, बुधबार १६:३७