सलमानको सुल्तानलाई उछिन्यो दंगलले

आमिर खानको फिल्म दंगल १० दिनको व्यापारमा बलिउडको सर्वाधिक सफल फिल्म सुल्तानलाई उछिनेर अघि बढेको छ । फिल्मले दोस्रो सातामा धमाकेदार व्यापार गर्दै सुल्तानलाई पछि ठेलेको हो ।

फिल्मले दशौं दिन आइतबार मात्रै ३१ करोडको अपत्यारिलो व्यापार गर्‍यो । यससँगै फिल्मको कुल आम्दानी दुई सय ७० करोड रुपैयाँ पुगेको छ । सुल्तानको पहिलो १० दिनको कमाई दुई सय ३६ करोड रुपैयाँ थियो । दशौं दिनमा सुल्तानले सात करोड मात्रै कमाउन सफल भएको थियो । नवौं दिनसम्मको व्यापारमा सुल्तान अगाडि रहेकोमा दशौं दिनमा दंगलले उछिनेको हो ।

लाइफटाइम कलेक्सनमा पनि दंगलले सुल्तानलाई सहजै उछिन्ने अनुमान गरिएको छ । सुल्तानको लाइफटाइम कलेक्सन ३ सय करोड थियो । दंगलले चाँडै नै ३ सय करोडको आँकडालाई पार गरेर अघि बढ्ने फिल्म पण्डितहरुको विश्वास छ ।

प्रकाशित मितिः   १९ पुष २०७३, मंगलवार ११:१५