सोरुमा समाजवादीका शाही विजयी
मुगु – जिल्लाको सोरु गाउँपालिकाको अध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का धर्मबहादुर शाही विजयी भएका छन् । उनले चार हजार ५५ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्दी एमालेका डिल्लीप्रसाद भट्टले १ हजार ८ सय ८९ मत प्राप्त गरे ।
उपाध्यक्षमा नेपाली कांग्रेसका केशरजंग शाही विजयी भए । उनले चार हजार दुई सय ३ मत पाएका छन् । निकटतम प्रतिस्पर्धी एमालेकी डिलकली शाहीले ९ सय ६८ मत प्राप्त गरिन् ।
सोरु गाउँपालिकामा कांग्रेस, माओवादी र एकीकृत समाजवादी पार्टीले गठबन्धन गरी चुनाव लडेका थिए ।
प्रकाशित मितिः ५ जेष्ठ २०७९, बिहीबार ०९:५९
साझा बिसौनी ।