पूर्वराज्यमन्त्री विष्टको निधन

नेपाली कांग्रेसका नेता एवम् पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ । काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचाररत ६० वर्षीय विष्टको आइतवार बिहान ५ बजे निधन भएको हो । कोरोना संक्रमणपछि उनलाई उपचारका लागि काठमाडौं लगिएको थियो ।
सुर्खेतको पञ्चपुरी नगरपालिका–११ कुइने मालुझुलनिवासी विष्ट संविधानसभा सदस्य पनि हुन् । नेता विष्ट दुई दशक नेपाली कांग्रेस सुर्खेतको सभापति बनेका थिए । कोरोना संक्रमणपछि विष्ट गएको जेठ १६ गते प्रदेश अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि जेठ २६ गते काठमाडौं लगिएको थियो ।
प्रकाशित मितिः ७ असार २०७८, सोमबार ०९:३७
साझा बिसौनी ।