जागिर

क्रान्ति शर्मा
नेपाली समाजको एक प्रशिद्ध शब्द ‘जागिर’ पनि हो । यहाँ मानिसहरूको आदर जागिरसँग तौलिएर गरिन्छ । मान्छेको प्रतिष्ठालाई जागिरले नै निर्धारण गर्ने गर्दछ । हरेक घरमा बुबा–आमाको छोराछोरीले जागिर खाइदिउन् भने इच्छा हुन्छ ।

हुनत हो, जागिरले मानिसलाई आर्थिक रूपमा सबल बनाउँदछ । समाजमा हरेक मानिसहरूसँग सम्मानजनक रूपमा बाँच्ने आधार बनाइदिन्छ । अधिकांश मानिसहरूको झुकाव सरकारी जागिरमा छ ।
एउटा प्रमुख उपलब्धीको रूपमा नै सरकारी जागिरलाई लिने गरेको पाइन्छ भने एक अर्को जमात प्राइभेट जागिरतिर आवद्ध रहेको छ । हरेकको आवश्यकता भनेको पैसा, सम्मान र ग्यारेन्टी हो ।
मान्छेले आफ्नो भविश्यलाई सुरक्षित बनाउन चाहन्छ । भविष्यमा यस्तो होला ? यस्तो गरम्ला ? यसरी बसम्ला ? यहाँ बसम्ला ?…यी इत्यादी कुराकै पूर्व निर्धारण गरी केही हदसम्म सुरक्षित हुन चाहनु हरेक मान्छेको वास्तविकता हो । हरेक कुराका सकारात्मक–नकारात्मक दुवै पक्ष विद्यमान हुने गर्दछन् । त्यस्तै जागिरे जीवनका तिता–मिठा घटनाहरू जागिरेका अनुभूतिबाट पत्ता लगाउन सकिन्छ ।
नाकारात्मक पक्षहरूः
– जागिर खाने रहरले आफूभित्र रहेको साँच्चिकैको सिर्जनशीलतालाई ह्रास गराइदिन्छ ।
– अधिकांश युवा–युवतीमा एक किसिमको मानसिक तनाव सिर्जना गरिदिन्छ ।
– विभिन्न सम्बन्धहरू बिग्रिरहेका हुन्छन् ।
– मान्छे एकोहोरा एउटै काममा जिन्दगीभर लाग्ने अवस्था ल्याउँदछ ।
– विगत फर्किएर हेर्दा पढाइ बोहक अरु केही यादहरू नै हुँदैनन् ।
– जागिर गरिसकेपछि मान्छेमा एक अहमता आउँछ जसका कारणले घरपरिवारमा अशान्ति फैलाइदिन्छ ।
इत्यादी…
सकारात्मक पक्षहरूः
– जागिरले आर्थिक पक्षलाई सवल बनाइदिन्छ ।
– एक किसिमको प्रतिष्ठा प्राप्ती हुन्छ ।
– मानिसको विलासिता जीवनमा राहत पु¥याउँदछ ।
– खाली बस्ने, मनमा कुरा खेलाउने बानीलाई ह्रास गरिदिन्छ ।
– मानिसका असीमित आवश्यकताहरूमध्ये धेरै आवश्यकताहरू पूरा गर्नका निमित्त आर्थिक टेवा पुग्दछ ।
– समाजले हेप्ने दृष्टिकोणमा परिवर्तन ल्याइदिन्छ…इत्यादी
यी यावत त भए एक जागिरे जीवनमा गर्नुभन्दा अगाडि र पछाडिका सकारात्मक–नकारात्मक पक्षहरू जो जति पनि पाउन सक्छौं ।
यसरी समाजमा जागिर र जागिर प्राप्तीको दृष्टिकोण आ–आफ्नै छ । केही मान्छेहरू जिन्दगीभर जागिर खाने प्रयासमा असफल भएर बिताइदिन्छ त कोही चाहेको समयमै जागिरमा प्रवेश गर्छन् । एउटा कुरा एकका निम्ती जिन्दगी बर्बाद गर्ने खेल हुनपुग्छ भने अर्कोका निम्ती ठूलो उपलब्धीको रूपमा प्राप्त हुन्छ ।
अचेल युवा पूस्तामा एक ग्रसित रोग भनेकै सरकारी जागिर भएको छ । जसले सकारात्मक–नकारात्मक दुवै प्रभाव र असर पारिरहेको छ । शिक्षा व्यवसायिकीकरण, आत्मनिर्भरताका निम्ती ग्रहण गरेता पनि हामीमा जागिरप्रति नै बढी मोह छ । यी यावत कारणले कहिले काही असफल हुनेहरूले आत्महत्यासम्म गर्न पछि पर्दैनन् । यस्ता उदाहरणहरू हाम्रै अघि विद्यमान छन् ।
यसकारण जागिर शब्द मात्र होइन । कसैका निम्नी जिन्दगी त कसैका निम्ती मृत्युको कारण समेत बनिदिन्छ । मानिसहरूमा जागिर सँगसँगै एक सिर्जनशीलता, सकारात्मकता, निस्पक्षता, इमान्दारिताको वाणी विकास हुन सकोस् र जिन्दगीमा सफलता अनि सुखी र खुशी मिलोस् ।

प्रकाशित मितिः   २६ श्रावण २०७५, शनिबार १५:५८