‘हामीलाई भर्याङ्ग नबनाऊ’
साझा बिसौनी संवाददाता
सुर्खेत, २४ असोज ।
सुर्खेतका आदिवासी जनजातिहरूले आफूहरू भ¥याङ्ग बनाएर नेतृत्वमा पुग्ने काम नेतृत्ववर्गबाट भएको गुनासो गरेका छन् । २४ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसका अवसरमा सुर्खेतको खुल्लामञ्चमा भएको कार्यक्रममा जनजाति आदिवासी अगुवाहरूले यस्तो बताएका हुन् । देशको समृद्धिका लागि आदिवासी र जनजातिहरूले पनि महŒवपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनीहरूले राज्यले नेतृत्व गर्न वञ्चित गरेको बताए ।
कार्यक्रममा कर्णाली प्रदेशसभाका उप–सभामुख पुष्पा घर्तीले राज्यको नीति निर्माण तहमा जनजाति र आदिवासीको प्रतिनिधित्व नेपालको संविधानले केही मात्रामा गरेको बताइन् । नेपाल आदिवासी जनजाती महासंघका पूर्वअध्यक्ष मोहन गुरुङ्गले जनजातिहरूलाई सरकारले अधिकार प्रत्यायोजनमा नजर अन्दाज गरेको बताए । विभिन्न कालखण्डमा राजनीतिक र सामाजिक आन्दोलना महŒवपूर्ण सहभागिता देखाएका आदीवासी जनजातिहरूका लागि राज्यले न्याय गर्न नसकेको गुनासो गरे । आदिवासीहरूले अधिकार पाएको अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको अवसरमा समेत बिदा नदिएर सरकारले अन्याय गरेको गुनासो पोखे । विगतदेखि आदिबासी र जनजातिका पर्वहरूमा सार्वजनिक बिदा दिनुपर्ने माग सरकारको नेतृत्व गर्ने दलहरूले कुल्चिदै गएको बताए । ‘यो देश निर्माणका लागि आदिबासी जनजातिहरूले महŒवपूर्ण योगदान गरेका छन्’ उनले भने, ‘तर, आदिवासी जनजातिको आत्मसम्मान हुने गरी चाडपर्वमा बिदा दिनुको साटो सरकारले बिदा कटौटी गरिनुले हामी सम्मानी भएको महसुस गरेका छैनौं ।’
उनले आदिबासी र जनजातिहरूलाई अझै पनि पछाडि पार्न खाजेको बताए । देशमा संघीयता कार्यान्वयनसँगै अधिकार सम्पन्न प्रदेश सरकारले पूर्णता पाए पनि आदिबासी र जनजातिका मुद्दातर्फ नेतृत्वकर्ता जिम्मेवार बन्न नसकेको बताए । ‘शासकवर्गले आदिबासीलाई सधैं अगाडि बढ्ने भड्याङ्ग बनाएका छन्’ उनले भने, ‘अन्य प्रदेशमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएका बेला कर्णालीमा किन हुन सकेन् ?’ जायज एजेण्डामा आदिबासी जनजातिहरू
सरकारले सम्बोधन गर्नेगरी एकजुट भएर अगाडि बढ्न उनले आग्रह गरे ।
नेपाल आदिवासी महासंघका पूर्व जिल्ला अध्यक्ष भीमबहादुर सिंजालीले राजनीतिक नेतृत्वमा राज्यले अझै विभेद हटाउन नसकेको बताए । राजनीतिक नेतृत्वको मूलधारमा आदिवासीलाई हालसम्म पनि ल्याउन सक्ने नीति राज्यले ल्याउनुपर्ने उनले बताए । वीरेन्द्रनगर नगरपालिका–४ का वडाअध्यक्ष राजबहादुर गुरुङ्गले राज्यले जनजाति र आदिवासी पूर्ण अधिकार दिन नसकेको बताए । ‘सरकारले आदिबासी जनजातिलाई एक हातले अधिकार दिने र अर्को हातले लिने गरेको छ’ उनले भने, ‘केही अधिकारले आशा देखाएर जनजातिलाई भुल्याउने काम राज्यबाट भएको छ ।’
वीरेन्द्रनगर–१४ का वडाअध्यक्ष टोपबहादुर दर्लामीले नेपालको साशन सक्तामा आदिबासीहरूको प्रतिनिधित्व हुन नसकेको बताए । आदिबासी जनजातिको अगुवाइ विभिन्न आन्दोलनबाट नेपालमा संघीयता आए पनि आदिवासीले राज्यको उच्च नेतृत्वमा पुग्ने अवसर पाउन नकसकेको बताए । उनले आदिबासीको अस्तित्वसहित शासनसत्तामा पुग्नुपर्ने एजेण्डा हाल पनि नभुलेको बताए ।
‘बहुभाषिक, बहुधार्मिक, बहुसाम्प्रदायिक मुलुकमा ३७ प्रतिशत आदिवासीहरू र जनजातिहरू छन्’ उनले भने, ‘तर, राज्यको शासन सञ्चालनमा आदिवासी नपुगेका कारण देशमा सोचेअनुसारको विकास हुन सकेको छैन् ।’ आदिवासीले नेतृत्व गर्न नपाएसम्म राष्ट्रियता बलियो नहुने उनले जिकीर गरे ।
दिवस मुल आयोजक समितिका संयोजक पञ्चसिंह रोकायको अध्यक्षतामा कार्यक्रम भएको हो । स्थानीय मंगलगढी चौकबाट निकालिएको ¥याली खुल्ला मञ्चमा पुगेर कोणसभामा परिणत भएको थियो ।
साझा बिसौनी ।