विद्यमान समस्या र समाधानका उपाय
टेकराज केसी
नेपालको इतिहास गौरवपूर्ण छ । यसको आफ्नै र बेग्लै पहिचान छ । वीर गोरखालीहरूको स्वतन्त्र र सार्वभौम राष्ट्र हो, नेपाल । जलस्रोतको हिसाबले विश्वकै दोस्रो धनी मुलुक, जहाँ विश्वकै अग्लो शिखर सगरमाथा छ । गौतम बुद्ध जन्मिएको देश पनि हो नेपाल । नेपाल चार जात छत्तीस वर्णको फूलबारी हो भने हिमाल, पहाड र तराई भएकोे देश पनि हो ।
नेपाल सम्भावना नै सम्भावना रहेको पर्यटकीय दृष्टिकोणले र्हेन हो भने पनि लाखौं पर्यटक प्रत्येक वर्ष रमाउन आउन सक्ने देखिन्छ । यहाँको हावापानीमो विविधता छ । समथर तराईदेखि विश्वकै उच्च हिमाल यहाँ छन् । ताल तलैया, खोला नाला, झरना नेपालमा रहेका छन् । कृषिको अत्याधिक सम्भावना रहेको देशमा खनिज, जडिबुटीले पनि सम्पन्न छ ।
यति हुँदा–हुँदै पनि नेपालमा युवाहरू रोजगारीको खोजीमा विदेशी भूमिमा जानुपरेको छ । यत्रो सम्भावाना रहेको देशमा बेरोजगारी समस्या किन ? किन प्रतिदिन नेपालको श्रम शक्ति विदेशी भूमिमा खेर गइरहेको छ ? यस्तो सम्भावना भएको मुलुक अरु कुनै हुन्थ्यो भने आजसम्म आर्थिक विकास कति गर्नसक्थ्यो होला ? किन नेपाल गरिबीको रेखामुनी रहेको छ ? यसको जवाफ कसले दिने ? नेपालमा रहेका सरकारी स्वामित्वका ठूला कलकारखाना बन्द अवस्थामा किन पुगे ? नेपालमा युवाहरूलाई स्वरोगार बनाउन किन सकिरहेको छैन ? संविधानमा परिकल्पना गरिएका कुराहरू हुन या चुनाव अगाडि कायापलट गर्छु भनेर जितेका नीति निर्माताहरूका कुरा अहिले कता हराए ? यस्ता प्रश्नहरू हरेक नेपालीहरूको मस्तिष्कमा उब्जिन थालेका छन् ।
नेपालको त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै प्रतिदिन एक हजार पाँच सयको हाराहारीमा नेपाली युवाहरू रोजगारीको नाममा विदेश पलायन हुनुपर्ने अवस्था छ । भारतको कुरा गर्ने हो भने यथेष्ट तथ्यांक नभए पनि लाखौं व्यक्तिहरू भारत पुगेर श्रम बेचिरहेका छन् । प्रत्येक दिन कडा काम गर्नुपर्छ भने कतिको अकालमै मृत्यु हुने गरेको छ । साउदी अरेबिया, मलेसिया, कतार, कुबेत, बहराइन, दुवै जस्ता मुलुकहरूमा लाखौं नेपालीहरूले आफ्नो पसिना बगाइरहेका छन् । विभिन्न जोखिमको काम गरि रहेका छन् । यो नेपालीको रहर हैन बाध्यता हो किन कि नेपालमा बसेर काम गर्ने वातावरण भनौं या संस्कार नै बसेको अवस्था छैन । केही उत्पादन ग¥यो भने पनि बजारीकरणको समस्या भौगोलिक बनावटको कठिन परिस्थिति सामाना गर्नुपरेको छ । १० वर्षे युद्धमा धेरै नेपालीले ज्यानको आहुती दिनुप¥यो । त्यही बलिदानीबाट प्राप्त उपलब्धीमा टेकेर आर्थिक विकास गर्ने सपना पूरा कहिले हुन्छ ? नेपालको झापा विद्रोह, मधेश आन्दोलन, जनआन्दोलन जस्ता आस्था र पहिचान आन्दोलन नेपाली युवाहरूले गरेका र भोगेकै हुन् र गरे पनि २००७ साल पछिका विभिन्न घटना क्रम र्हेने हो भने नेपालमा नेपाली युवाहरूको ठूलो रगतको खोला बगिसके को छ ।
नेपालले टनकपुर, कालापानी, महाकाली,कोशी, मदन भण्डारी, राजा वीरेन्द्र गुमायौं, कयौं दिदी, बहिनी गुमायौं, बुबा गुमायौं, आमा गुमायौं तर पायौं के भन्ने कुरा हो त्यही खाडीको रापिलो घाम । विराटनगर जुटमिल, जनकपुर चुरोट कारखाना, हेटौंडा सिमेन्ट कारखाना जस्ता नेपालका ठूला कल कारखाना बन्द अवस्थामा रहेको अवस्था छ । यसमा मात्र नेपालमा सयौं नेपाली युवाहरूले रोजगारी पाउने थिए । तर सरकारले सञ्चालनमा ल्याउन सकिरहेको छैन । भएका कलकारखाना बन्द राखेर नेपालमा राज्यले ठूलो गल्ती गरिरहेको छ । कहिले नागरिकता बेच्ने, कहिले महाकाली बेच्ने कहिले नेपालबाट गैंडा उपहार दिने नेपालमा राजनीतिक स्थायित्व र काम गर्ने वातावरण कहिले पाउने ? भीमसेन थापा, बलभद्र कुवर, पृथ्वीनारायण शाह जस्ता वीर सपुतहरूले बनाएको देश हो, नेपाल । विकास र समृद्धिले भरिएको देशको रूपमा नेपाललाई कहिले हेर्न पाउने हामिले ? बिहान उठ्न बित्तिकै बुद्धको र सगरमाथाको भूमिका कहिले पाइला टेक्न पाउने ? यी यथावत समस्या नेपालीहरूले भोगेको समस्या हो ।
नेपालको स्वमभिमान अस्तित्व र पहिचानलाई स्थापित गर्न आवश्यक रहेको छ । नेपालमा रहेका हजारौं युवा विदेशमा आफनो स्वाभिमान र अस्तित्व खोजिरहेका छन् । उनीहरूको एउटा मात्र प्रश्न हो मैले नेपालमा के गर्ने ? परिर्वतनको लागि हजारौं प्रयास नगरिएको भने हैन । नेपालीले रगत र पसिना नबगाएको पनि होइन । नेपालीले यति मात्र हैन भारत र चीन औपनिवेश भएर बस्दा पनि आफ्नो अस्मिता माथि आँच आउन नदिएको इतिहास छ । तर नेपालमा किन वर्तमान अवस्थामा यो परिस्थिति सिर्जना भइरहेको छ । यो वातावरण कसरी सिर्जना भएको हो । विकास गर्न नसकिने भन्ने होइन सायद नेपालमा ऊर्जामा लगानीको वातावरण सिर्जना गरी विद्युत पर्याप्त मात्रामा उत्पादन गर्न सकिएको खण्डमा मात्र रोजगारीका अजवसरहरू सिर्जना हुन सक्छन् । अहिलेको अवस्थामा हेर्ने हो भने करिब नौ ससय मेगाबाट मात्र विद्युत उत्पादन गर्न सकिएको छ । नेपालमा ८३ हजार मेगावाट विद्युत निकाल्न सकिने क्षमता रहेको छ ।
कृषिलाई आधुनिकीकरण गरी पर्याप्त लगानी गरी वैज्ञानिक तरिकाले उत्पादन गर्न सकियो भने पनि हजारौं युवाले रोजगारी पाउने थिए । तर संसारमा सबैभन्दा ठूलो कुरा भनेको समय हो कि समयलाई सही तरिकाले प्रयोग गर्न सकिएन भने अहिलेको अवस्था परिवर्तन गर्न सकिने छैन । जसको लागि समयको आवश्यकता र जनताको अपेक्षा अनुरूप जनसरोकारका विषयलाई मध्यनजरमा राखेर राज्यले आवश्यक ऐन, नियम तथा कार्यक्रम ल्याउनु पर्दछ ।
नेपालको केन्द्रीय राजनीतिमा तथा सरकार सञ्चालकहरूले देश र जनताको हित, अपेक्षा र समयको माग अनुसार देशमा सुरक्षाको वातावरण सिर्जना गरी विदेशी तथा स्वदेशी लगानीकर्तालाई लगानी गर्ने वातावरण बनाउनुपर्दछ । नेपालमा राज्यले सोच्नु पर्ने पहिलो कुरा भनेको भ्रष्टाचारको अन्त्य गरी देशमा विकासको गतिलाई तीव्र बनाउनुपर्ने जरुरी देखिन्छ । विदेशमा रहेका नेपालीलाई स्वदेशमा काम गर्नसक्ने वातावरणको सिर्जना गर्न जरुरी देखिन्छ । सुखी नेपाली समृद्ध नेपाल भन्ने भन्दा पनि देशलाई विकास गरी समृद्ध नेपालको निर्माण गर्न आवश्यक छ । त्यसको लागि देशका जुकाको रूपमा रहेका माफिया, भ्रष्टाचारी र दलालाई खोरमा कोच्न जरुरी छ भने देशको पहिचान अस्तित्वलाई विश्व सामु चिनाइ नेपाली विदेश काम गर्न जाने अवस्था अन्त्य गरी अन्य देशबाट कामदार नेपालमा ल्याृन सक्नुपर्छ । अनि नेपाली युवामा उत्पन्न द्वन्द्वलाई सिर्जनात्मक तरिकाले समाधान गरी देशको विकासतर्फ लगाई आर्थिक वृद्धि गर्न सक्नुपर्छ तबमात्र सुखी नेपाल समृद्ध नेपालको परिकल्पना पूरा हुनसक्छ । अन्तमाः नेपालमा परिस्थिति र सम्भावनाको परिकल्पना गरी साँच्चिकै व्यवहारमा लागू गर्ने नेताको खाचो छ ।
साझा बिसौनी ।