गरिबी र मुलुकको समृद्धि
गणेश रेग्मी
वर्तमानका सपना भबिष्यका विपना हुन् । धैयर्ता र लगनशीलताबाट नै सपनालाई विपनामा परिणत गर्न सकिन्छ भन्ने तथ्य ऊजागर गरेको पाइन्छ । तपाईं हामी सबैले सपना देख्ने गर्छौ हो ? के हरेक क्षणमा, हरेक पाईलामा–पाईलामा, पल–पलमा सपना देख्ने गर्नुहुन्छ ? हामीहरूले सपनालाई विपनामा परिणत गर्न के–कस्ता आयामहरू उदृत ग¥यौं त, हिसाब गर्नुभएको छ ? अवश्य पनि छैनौं । समय परिवर्तनशील छ । पृथ्वीको चक्र घुमिरहन्छ । यद्यपि तपाइँ हामीमा भएको ऊर्जालाई चलाएमान बनाएनौं भने तपाईं हामीहरूले देख्ने सपनाहरू याथावतनै रहने छन् । सपनालाई विपनामा परिणत गर्नका लागि तपाइँ हामीमा भएको ऊर्जालाई चलायमान बनाउन जरुरी देखिन्छ ।
हाम्रा सपना गरीब र बेरोजगारीका बेदना जब राष्ट्रको उन्नती र प्रगति हुँदैन त्यहा“सम्म देशमा सपना बोकेका गरीब र बेरोजगारीका बेदनाहरू जुरमुराई रहने छन् । श्रम गर्ने ईच्छा र आकांक्षा हु“दाहँुदै समाजका योग्य र सक्षम व्यक्तिहरूले आफ्नो श्रम निर्धारित मुल्यमा खर्च गर्न नपाइ सपनालाई विपनामा परिणत गर्न नपाउँदा दिनानुदिन छटपटाई रहनु परेको छ । रोजगारी सिर्जना गर्नु गरिबी र बेरोजगारी समस्या समाधानको उपाय हो । रोजगारीको माध्यामबाट व्यक्तिको आर्थिक, सामाजिक प्रतिष्ठा तथा व्यक्तिको बहुआयामिक विकासमा सहयोग पुग्दछ । अनि गरीब र बेरोजगारिहरूको सपना विपनामा परिणत हुने देखिन्छ । आर्थिक विकासका गतिविधिहरू बढेमा रोजगारिका अवसर सिर्जना हुन्छन्, रोजगारिबाट शिक्षा, स्वास्थ्य, बालबालिकाको पालनपोषणमा विकास हुन्छ । जसको माध्यमबाट गरिबी र बेरोजगारिका बेदना सहजीकरण गर्न सकिन्छ । सक्षम, योग्य, प्रतिस्पर्धाले मात्र रोजगारीका अवसरहरू प्राप्त गर्ने भएकाले रोजगारीबाट मानव संशाधन विकास भइ हाम्रा सपना, गरीब र बेरोजगारीका बेदना पूरा गर्न सकिने देखिन्छ ।
रोजगारीको माध्यामबाट व्यक्तिको बहुआयामिक विकास हुन्छ । गाउ“घर र परिवारमा सशक्तीकरण हुन्छ, देश र राष्ट्रको आर्थिक विकास हुन्छ, जसको माध्यमबाट देशमा रहेको गरिबी र बेरोजगारीको संख्या घट्न जान्छ । हाल नेपालमा गरिबी २८ प्रतिशत रहेको छ । बहुआयामिक गरिबीको मात्रामा शहर र ग्रामिण क्षेत्रको ठूलो भिन्नता देखिन्छ । सहरमा सात प्रतिशत गाउ“मा ३३ प्रतिशत नेपालको गरीबको अवस्था सुधारको लागि राजनीतिक नेतृत्वतको प्रयासत छँदैछ त्यसको अतिरिक्त स्वास्थ्य र शिक्षामा थप लगानीको आवाश्यकता छ । क्षेत्रीय र प्रादेशिक सन्तुलन कायम गराउन लक्षित प्रदेशहरूमा कार्यक्रमको कार्यान्वनमा व्यापक सुधारको आवाश्यकता छ । नेपालका आफ्ना योजनामार्फत् गरिबीका बेदना न्यूनीकरण गर्ने र दीर्घकालीन रणनीति लिदै आएको छ । हाम्रा सपनाहरू पूरा नहुनमा विभित क्षेत्रगत असन्तुलको खाडल व्यापक भइरहनु र यस्तो प्रवृतिमा सुधार हुन नसक्नु वा समन्वय वा सामान्य मात्रामा सुधार हुनु गरिबी न्यूनीकरण प्रयासको चुनौती हो । नेपाल सन् २०२२ भित्र विकसित राष्ट्रमा रूपान्तरण हुने लक्ष्यका साथ अगाडि बढिरहेको तथा दिगो विकासको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ अगाडि बढेको सन्दर्भमा गरिबी न्यूनीकरणका लागि अझै थप र प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने देखिन्छ । यसको लागी संघीय, प्रादेशिक र स्थानीय तहका गरिबी न्यूनीकरण सम्बन्धी नीति कार्यक्रमहरू प्राथामिकताका बिचमा थप सामञ्जस्यता र समन्वयको आवश्यकता रहन्छ । सरसर्ती हेर्ने हो भने विश्वका एक सय तीन देशमा एक अर्ब ४५ करोड मानिस आफ्ना सपनालाई विपनामा परिणत गर्न नसक्ने स्थितिमा रहेका छन् । यस्तो अबस्थाको दुष्चक्रमा फसिरहेका देशका युवाहरूका सपनाहरू साकार होलान् त ? पक्कै पनि सम्भब छैन । किन भने हाम्रो देशको राजनैतीक संक्रमणकाल अझैसम्म टुङ्गीसकेको छैन । वास्तवमा हामी युवाहरूलाई बेरोजगारीले पिरोलीराखेको अवस्था छर्लङ्ग देख्न पाइन्छ । दक्ष र अर्ध दक्ष जनशक्तिका कारण देशमा रहेको युवाशक्ति विदेश पलाएन हुन बाध्य छ । देशको कूल युवाशक्तिका ९५ प्रतिशत युवाशक्ति विदेश पलाएन भएको छ । के यो युवा शक्तिलाई हाम्रो देश नेपालेले थेग्न नसक्ने स्थिति हो त ? पक्कै पनि देशमा रहेको जल, जमिन, जंगल र जनशक्तिलाई भरपुर रूपमा उपयोग गर्ने हो भने युवाशक्तिका सपनाहरू पक्कै पनि पूरा हुन्छन् । यस्ता किसिमका यावत प्राकृृृतिक सम्पदाहरूको उपयोग, राजनैतिक स्थिरता, सुशासन कायम, कानुनी शासनको पालना र दिगो विकासका लक्ष्यहरूलाई आत्मसात् गर्दै अघि बढ्ने हो भने देशमा उपलब्ध युवा जनशक्तिका सपनाहरू स्वदेशमै साकार हुनेछन् ।
नेपाल अफैमा प्राकृृतिक सुन्दरताको देश, सगरमाथाको देश, गौतम बूद्धको देश, विर गोर्खालीहरूको देश र विश्वकै दोस्रो जलसम्पदाको देश नेपाल नेपाली आमाको काखमा मात्र सीमित छ । यसलाई बृहत नेपालको रूपमा उदृत गर्दै जाने हो भने नेपालका युवाशक्तिले बेरोजगारीका रूपमा बरबराइरहनुपर्ने अवस्था सिर्जना हुनेथिएन होला । अहिले हाम्रो नेपाल संघीयताको स्वरूप लिएर वामे सर्दै गरेको अवस्थामा छ । यदि नेपाल पूर्णरूपमा संघीयताको कार्यान्वयनमा आउने हो भने हाम्रो देश पनि अमेरिका, स्वीजरल्याण्ड जस्ता जस्ता देशको ओहोदामा पुग्न सक्ने थियो होला तर खै के गर्नु भाग्यवस हामीले यही देशको नागरिकको हैसियत पाइयो फलस्वरूप हामी अहिले यही भूमरीमा छौं । हाम्रो देशमा उपलब्ध प्राकृतिक स्रोत साधनको उचित प्रयोग र व्यावस्थापन गर्ने गरि उद्योग, कलकारखाना स्थापना गर्ने हो भने उपलब्ध युवाशक्तिले वर्षेनी ठूलो संख्यामा रोजगारी पाउने देखिन्छ । अहिले देशमा रहेको प्राकृतिक स्रोत साधनहरू उपयोग विना निरर्थक रहेका छन् । देशमा उपलब्ध स्रोत साधनको समुचित उपयोग, व्यवस्थापन र परिचालन गर्ने दक्ष जनशक्तिको अभाव, अस्थिर राजनीतिक अवस्था, सुशासनको अभाव, सुरक्षा व्यवस्था कमजोर, चोरी डकैती जस्ता आपराधिक क्रियाकलापले गर्दा देशमा विकास कार्यका गतिविधिहरू गर्न असहज वातावरण सिर्जना भएको छ । यसका लागी दक्ष जनशक्ति, स्थिर राजनैतिक अवस्था, सुशासन कायम, बलियो सुरक्षा व्यवस्था हुन जरुरी देखिन्छ । अतः यसका लागि संघ, प्रदेश र स्थानीय सरकारबाट नै कानुनको निर्माण गरी कार्यान्वयन गर्नुपर्ने देखिन्छ । अन्तमाः देशको उन्नति र प्रगति हुनुपर्छ, देशमा उपलब्ध स्रोत साधनको समुचित प्रयोग गरी देशलाई दिगो आर्थिक उन्नतिको बाटोमा लैजानुपर्छ, रोजगारिका अवसरहरू नपाइ भौतारिराखेका युवा जनशक्तिलाई रोजगारिका अवसरहरू प्रदान गरिनुपर्छ , कृषि व्यवसायलाई प्राथमिकताको रूपमा लिनुपर्छ, देशमा उद्योग कलकारखानाहरू खोली संचालनमा ल्याउनुपर्छ, दिगो विकासका अवधारणालाई आत्मसात् गर्दै बहुउपयोगी युवा जशक्तिलाई रोजगारीमा तल्लिन बनाउनु आजको यो सरकारको प्रमुख कार्य रहेको छ । आफ्नो देशमा उपलब्ध जनशक्तिलाई उपयोग नगरी नेपाल सरकारले अन्तर्राष्ट्रियस्तरको जनशक्तिलाई उपयोग गरि आफ्ना जनशक्तिलाई बेरोजगारिको दर्जा दिईएको छ । यदि यही अवस्थामा हाम्रो देश अघि बढ्ने हो भने हामी बेरोजगारी युवाका सपनाहरू जहाँको त्यहीं रहनेछन् ।
वास्तवमा विभिन्न प्रकारका रोजगारीका अवसरहरू हामीकहाँ नै छन् । तर हामी बेरोजगार युवाशक्तिमा अहमताबादका कारण हामी आफै बेरोजगार भइ भौंतारिन बाध्य छौं । यस्तो परम्पराको अन्त्य गर्न हामी आफैमा विवेकशील हुन जरुरी छ । जहा“सम्म हामीमा चेतनाको विकास हुँदैन तबसम्म हामी हाम्रा सपनाहरूलाई यथावत अवस्थामै सीमित राख्नेछौं । यदि हामीले रोजगारीका अवसरहरू खोज्दै जाने हो भने हामीले धेरै टाढा र अन्तर्राष्ट्रिय मुलुक जान नपर्ने स्थिति छ हामी कहा“ः कसरी भने हाम्रो देश विश्वकै प्राकृतिक सुन्दरताको देश, सगरमाथाको देश, यो भूमिमा सुनकै सुगन्ध फैलाउन सकिन्छ, जहा“ विश्वमै उत्पादन नहुने धान खेती यहा“ उत्पादन हुन्छ, विश्वमै दुर्लभ वनस्पति र महंगो वनस्पति नेपालमा पाइन्छ, विश्वमै नखेलिने खेल नेपालमा खेलिन्छ, विश्वमै नगरिने नदीमा वञ्जिजम्प नेपालमा गरिन्छ, विश्वमै नपाइने मनोरम फूलहरू यहा“ पाइन्छन । यस्ता प्राकृतिका बरदान स्रोतहरूको सदुपयोग र संरक्षण गर्ने हो भने देशको विकास, आर्थिक उन्नति, प्रगति र मानव विकास सूचकांकको सूचीमा नेपाल नम्बर एक मा पर्न सफल हुने थियो र हाम्रो देशमा रोजगारी गर्ने मात्र हुने थिएनन्की अन्य मुलुकबाट पनि रोजगारी गर्न नेपाल आउने सम्भावना छैन भन्न सकिन्न । अतः यसका कारण हामीले हाम्रो देशमा भएको जल, जमिन, जटिबुुटी र जनशक्तिलाई प्रविधियुतm रूपमा विकास गरी प्रयोगमा ल्याउनुपर्छ । राज्यस्तरबाट पनि यसका लागी कानुन बनाइ कानुनी रूपमा प्रतिवद्ध भइ लाग्नुपर्छ । नागरिक समाज, दबाब समूह, सघं–संस्था र विभिन्न सरकारी गैरसरकारी सघं–संस्थाले आ–आफ्नो स्थानबाट लाग्ने हो भने देशको आर्थिक विकास भइ रोजगारीका अवसरहरू प्रशस्तै मात्रामा सिर्जना हुनेछन् । यसका लागि नेपाल सरकारले ल्याउन लागेका विभित ऐन, नियम र कानुन नाागरिक समाज र नेपाली जनताको हितमा ल्याओस्, देशले विकासको गति लिन सकोस्, सबै नेपाली नागरिकले सुखी नेपाली, शान्त र समृद्ध नेपालको अनुभूति गर्न पाओस् भन्ने आशा र विश्वासका साथ हामी जस्ता गरीब र बेरोजगार युवाशक्तिका सपनाहरूलाई विपनामा परिणत गर्ने अवसर प्रदान होस् र देशमा शान्ति सु–व्यवस्था, सुशासन कायम, कानुनी शासनको पूर्ण परिपालना गरी देशको विकास, उन्नति प्रगति, हुँदै जाओस्, हामी जस्ता युवा बेरोजगारका यावत सपनाहरूको सम्बोधन होस्, सीप र श्रम अनुसारको पारिश्रमिक नेपाल सरकारले नै निर्धारण गरी अन्यले श्रमशोषण गर्न नपाउन भन्ने कुरा यहा“ व्यतm गर्न चाहन्छु ।
साझा बिसौनी ।