नेपालको शिक्षा विकासको संक्षिप्त इतिहास

विष्णुकुमार खड्का
नेपालको शिक्षा विकासको इतिहास नियाल्ने हो भने संक्षिप्तमा राणा शासनको उदय पूर्वको कालखण्ड, राणाकालीन कालखण्ड, प्रजातन्त्रको स्थापनादेखि पञ्चायतकालिन शिक्षाको कालखण्ड, प्रजातन्त्रको पुनस्र्थापनादेखि गणतन्त्रकालीन शिक्षाको कालखण्डमा विभाजन गरी उल्लेख गर्न सकिन्छ । राणा शासनको उदयपूर्व शिक्षा बैदिक÷हिन्दु÷संस्कृत शिक्षा, बौद्ध शिक्षा, लिच्छविकालीन शिक्षा, मध्यकालीन शिक्षा, एकीकरण कालीन शिक्षाको रूपमा अध्ययन गर्न सकिन्छ ।
बौद्धिक शिक्षामा खास औपचारीक संरचना नभए पनि दर्शन, वेद, दण्डनीती आदि मूल विषय मानी गुरुकालीन सेवा, सहयोग, सहिष्णुता, संकल्प, विवेक तपस्या, ज्ञान, कर्म चरित्र, अनुशासन आदि विविध पक्षमा द्विक्षित गर्नेे प्रकृतिको शिक्षा प्रचलनमा थियो । बुद्धोपदेश, धर्म, दर्शन, र नीतिमा आधारित बौद्ध शिक्षा ६ वर्षको उमेरमा प्रवज्जापछि शिक्षालय प्रवेश योग्य मानिन्छ र अभिधम्मपिटक, सुत्तपिटक र विनयपिट बौद्ध शिक्षाका पाठ्यक्रम हुन् । बुद्ध दर्शन र धर्मलाई आधार मानेर विहार, गुम्बा, चैत्य, भिक्षुहरूका संघ आदिमा शिक्षा प्रदान गरिने बौद्ध शिक्षाको प्रशासन र सुपरीवेक्षणको जिम्मा भिक्षु, लामा, गुरुहरूले नै चलाएका थिए । लिच्छविकालीन नेपालको प्रमाणित इतिहासको कालखण्ड हो जुन शासनकालमा प्रशासनको एक अङ्गको रूपमा ‘अग्रहार’ ले शैक्षिक, प्रशासन, शैक्षिक केन्द्र विर्ता जग्गा, गुठी व्यवस्थापक, अध्ययन अनुसन्धान केन्द्रको जिम्मा पाएको थियो ।
परम्परागत सीप घरपरिवार र व्यवसाय सम्बन्धी सीपको आर्जन गर्ने, उच्च शिक्षाको लागि, भारतको नालन्दा र विक्रमशील विश्व–विद्यालयमा पुग्ने, पुस्तक लेखनकला, तपशास्त्र, धातु, तथा मुत्तिकलाका विविध विषयमा शिक्षा दिने जसको प्रमाण स्वरूप अंशुवर्माको पुस्तक, ‘ध्नीशास्त्र’, चाँगुनारायणको गरुड, पाटनको चक्रमहाविहार, लाजिम्पाटको शिव मन्दिरका सिलापत्रहरू, डाँडीगाउँको व्यास स्तुति अभिलेख आदि केही लिच्छविकालीन शिक्षाका नमुना हुन् । सर्वसाधारणहरू स्थानीय भाषा बोले पनि शिक्षाको माध्यम भाषा संस्कृति नै थियो । भुकुटीले बौद्ध धर्म दर्शन तथा संस्कृतिका ज्ञाता शीलमञ्जुलाई तिब्बत लिएर संस्कृति साहित्यका कृतिलाई तिब्बती भाषामा अनुवाद गराइ बौद्ध साहित्य र शिक्षा तिब्बतमा समेत पु¥याएको पाइन्छ ।
मल्लकालमा शिक्षाको औपचारिक र सु–व्यवस्थित शैक्षिक प्रशासन स्थापना नभए राजप्रसादमा रहेन गुभाजु, धोभाजु, आचार्य, प्रधान, मास्के, राजभण्डारी तथा कर्मकाण्डी ब्राहमण एवम् विहारका बौद्धाचार्यले अनिवार्य पढ्नैपर्ने व्यवस्था थियो भने राजकुमार र राजकुमारीलाई संगीत, साहित्य कला, दर्शनमा पारंगत गराउने काम राजप्रसादका निपूर्ण धुरुधर विद्वानबाट हुन्थ्यो । जयस्थिति मल्लले व्यवसायका आधारमा जात भिभाजन गरी व्यावसायीक शिक्षामा जोड दिएका थिए भने दरबारमा कात्र्तिनाथ, रघुनाथ, रामनाथ, श्रीनाथ र मणिनाथ भट्ट जस्ता ब्राम्हण सल्लाहकार नियुत्ति गरी शैक्षिक केन्द्रको संरक्षण र गुठीको स्थापना गर्ने, विद्वानको आदर गर्ने, काममा योगदान गरको पाइन्छ । जगज्योति मल्ल संस्कृत भाषाका ज्ञाता, कला पारखी, साहित्य, अनुरागी, संगीतज्ञ, र ज्याति आचार्य समेत थिए जसले हरगौरी विवाह, कञ्जविहारी नाटक, संगीत सार संग्रह, संगीतचन्द्र जस्ता कृतिले संस्कृत भाषाको रचना गरेका थिए भने राजा प्रताप मल्ल संस्कृति, अंग्रेजी, फ्रेन्च, फारसी, मैथली, नेवारी, लगायतका १५ भाषाका ज्ञाता थिए जो आफू नाटक खेल्ने गर्थे र नामको अगाडी कविन्दु लख्थे । राजा सिद्धिनरसिंह मल्लले ६८ वटा बहाल बनाएर भिक्षुलाई बिहारमा राखे र शिक्षालाई धर्म निरपेक्ष बनाउने प्रयास गरेका थिए । यसरी हेर्दा मल्ल कालीन शिक्षा राजगुरु, शैक्षिक गुठी, मठ, मन्दिर र विहारहरू शिक्षाका प्रशासनिक निकायका रूपमा रही काष्ठकला, वास्तुकला, र ललितकला तथा भाषा साहित्यमा केन्द्रित रहेको पाइन्छ ।
नेपाल एकीकरणपूर्व पश्चिम नेपालमा बाइसे र चौबीसे राज्य थिए भने पूर्वतिरका केही किराँती राज्यहरू थिए । तराइको जनकपुर क्षेत्र, मिथिला क्षेत्र, संस्कृति सभ्यता ज्योतिश दर्शन र संकृति शिक्षाको केन्द्र थियो भने भोजपुरको दिंला, धनकुटाको कुरुले संखुवासभाको मादी, तेह्रथुमको सोल्मा र अठराइ ओखलढँुगा, पाँचथर, ताप्लेजङ्ग, इलाम आदि गाउँहरूमा शिक्षाको केन्द्रको रूपमा चिनिन्थे । कर्णाली पारिका २२ राज्यहरू (जुम्ला, रुकुम, सल्यान, माननेटा फलावाङ, गुर्मीकोट, दाङ, छिल्ली, जाजरकोट, दैलेख, दुल्लू, जाहारी, रोल्पा, अछाम, भीमकोट, बैंकी, गोता, मुसिकोट, दर्ना बझाङ बाजुरा र थलाहर) मध्ये जुम्ला, दुल्लू, डोटी, अछाम, दैलेख आदि शिक्षामा आगाडि थिए भन्ने प्रमाण हुम्लाको रेलिङ गुम्बामा प्राप्त १३१२ को अशोक चल्लको प्रशासनिक ताम्रपत्र, दैलेखको १३१७–१३२७ को शिलापत्र, १४४८ मा अभय मल्लद्वारा दुल्लूमा जारी कनकपत्र, १४१३ मा पृथ्वी मल्लले सिंजाबाट जारी गरेको कनकपत्र, १३३७ मा अक्षय मल्लले जारी गरको मछामको विनायक देवलमा प्राप्त शिलापत्र आदिले प्रमाणित गर्दछन् । त्यसैगरी गण्डकी क्षेत्रका चौबीसे राज्यहरू (नुवाकोट, लमजुङ, गोर्खा, कास्की, तनहुँ, सतहुँ, गरहँु, भारेकोट, ढोर, पैंयु, रिसिङ घिसिङ, गजरकोट, पाल्पा, गुल्मी, अर्घाखाँची, पर्वत, गलकोट, मुसीकोट, धुरकोट, इस्मा, प्युठान, खुमरी र बिमरी) मध्ये गोर्खामा राम शाहको पालामा शिक्षा र न्यायमा प्रगति भएको जहा शक्तिबल्लम लगायतका अर्याल, प्रेमनीधि पन्त जस्ता विद्वान थिए भने पाल्पा, तनहँु, पर्वत, गुल्मी लगायतका ठाउँहरूमा शिक्षाका केन्द्रको रूपमा नामी थिए ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियानमा गोरखा राज्यको विस्तारमा जुटेपछि शास्त्र शिक्षा भन्दा पनि शस्त्र शिक्षामा जोड दिएको पाइन्छ । संस्कृतको अध्ययन गर्ने बैयाकरण केसरीलाई रू. ५०।– र बुद्धिमान सिंहलाई फारसी पलन रू. २०।– दिएर भारतमा अध्ययन गर्न छात्रवृत्ति दिने प्रथम राजा पृथ्वीनारायण शाह नै थिए । उनले राजनीतिक आदर्श, राष्ट्रिय तथा परराष्ट्र नीति, आर्थिक औद्योगिक र कृषि, कला एवम् संस्कृति, व्यापार, व्यवसाय आदिप्रतिको दृष्टिकोण दिव्योपदेशमार्फत् व्यक्त गरेको थिए । राजा प्रतापसिंह शाह र गिवार्णयुद्ध विक्रम शाहको शासन कालमा उल्लेख्य शैक्षिक काम केही हुन सकेन बरु गीवार्णयुद्धविक्रम शाहले सिद्धिनारायण शाहाद्वारा स्थापित शैक्षिक गुठीको लालमोहर फिर्ता लिएका थिए र वि.सं. १८६२ मा तत्कालीन प्रधानमन्त्री भिमसेन थापाले नेपाली सेनाको आधुनिकीकरण गर्न फ्रान्सबाट सैनिक अफिसरहरू झिकाइ तालिम दिने, हातहतियार खरिद गर्ने, छाउनीहरूको व्यवस्था गर्ने, नयाँ पोसाकको बन्दोवस्त गर्ने, सेनालाई प्रशिक्षित गर्ने उद्देश्यले ब्राहमणहरूको गुठी हरण गरे जसलाई बैसाठीहरण पर्व भनिन्छ । रणबहादुर शाहकी कान्छि रानी ललितात्रिपुसी सुन्दरीले वि.सं. १८८३ तिर राज्यधर्म नामक पुस्तक लेखेर पहिलो नारी लेखिका बनिन् ।
राजा राजेन्द्र विक्रम शाहले सनातन धर्म–संस्कृतिप्रति सद्भाव देखाए पनि खासै उपलब्धीमूलक काम हुन सकेन । यसरी हेर्दा यो शासनकालमा शास्त्रभन्दा शस्त्र शिक्षा नै प्रभावी रहेको पाइन्छ । नेपालको प्राचिन कालदेखि नै मध्यकाल र आधुनिककालको पूर्वाद्धसम्म आइपुग्दा औपचारीक शिक्षाको कुनै पनि जग समेत बस्न सकेन । परम्परागत बौद्धिक एवम् गुरुकूल शिक्षा प्रणलीले संस्कृत र शास्त्र शिक्षामा केहि योगदान गरे पनि एकीकरण कालमा शस्त्र शिक्षामा र संक्रमणकालमा शिक्षाको विकासमा खासै केही योगदान रहेन ।