एसईईपछि के पढ्ने ?

मनवीर नेपाली
वि.सं. २०७४ सालको एसईईको परिक्षाफल प्रकाशित भइसकेको छ । विद्यार्थीहरूको ट्रेण्ड हेर्दा प्राविधिक शिक्षा स्टाफ नर्स, विज्ञान, व्यवस्थापन, एचए, होटल म्यानेजमेण्ट, जेटीए ओभरसियर, कृषि वा अन्य यस्तै राम्रा भनिएका विषयहरू पढ्नेतर्फ आकर्षित भएको देखिन्छ । धेरैजसो अनिवार्य गणितमा धेरै विद्यार्थीहरूको जीपीए ग्रेड कम छ । यसो हुनुमा यस विषयमा २५ पूर्णांकको प्राक्टिकल माक्र्स दिने चलन नभएर पनि हो की ? तर यसो हुनु हुँदैनथ्यो । वर्षभरी पढेर १०० पूर्णांकमा न्यूनतम पास माक्र्स पनि ल्याउन नसक्नुमा विद्यार्थीको पनि कमजोरी देखिन्छ । विद्यालयले सुरुमै यस विषयमा बढी बल दिनुपर्ने थियो । जे पढ्न पनि जीपीए २ देखि माथि हुनुपर्दछ । वा न्यूनतम अंक ल्याएको हुनुपर्दछ । तर चिन्ता लिनुपर्दैन । परीक्षा बोर्डले ग्रेड उन्नत्तिका लागि परीक्षा दिने मौका पनि दिएको छ । अब प्रश्न उठ्छ राम्रो र प्राविधिक विषय कसरी पढ्ने ? किनभने अनिवार्य गणितमा डी ग्रेड ल्याउनेले राम्रा भनिएका विषयहरू पढ्नबाट छुट्न सक्छन् । यो पनि समस्या नै हो । तर जे भए पनि ग्रेड वृद्धि अवश्य गर्नुपर्दछ । परीक्षामा भाग लिनुपर्छ । तर, विचार गरौं पहिलेका र अहिलेका पनि नेपालका धेरैजसो प्राज्ञहरू, लेखकहरू, साहित्यकारहरू, नेताहरू, संगीतकारहरू, गायकहरू, पत्रकारहरू, चित्रकारहरू, फिल्मका हिरो–हिरोइनहरू, फिल्म मेकरहरू, ठूला तहका व्यापारीहरू, बैकर्सहरू, साहित्यकारहरू सबैले प्राविधिक विषय नै पढेका छन् र ? सबै थरिका छन् । त्यसैले सबै विषयको उत्तिकै महŒव हुन्छ ।
तपाईंले कति मेहेनत लगाएर पढ्नुहुन्छ ? कति बुझेर बढ्नु हुन्छ ? र कति व्यवहारिक बनाउन सक्नु हुन्छ, त्यसैमा त्यस विषयको अर्थ रहन्छ । पढाइ परीक्षामुखी र जागिरमुखी भएमा पढाइको महŒव रहँदैन । पढाइले जीवन सिकाउन सक्नुपर्दछ र जीवन पढ्न सक्नु पर्दछ र मात्र त्यो पढाइमा सार्थकता हुन्छ । हरेक मान्छे फरक हुन्छ र उस्को जीवनको प्रश्नपत्र पनि फरक हुन्छ । उक्त प्रश्न हल गर्न र सफल जीवनयापन गर्न उक्त प्रश्न पत्र राम्रोसँग हल गर्न र पास हुन सक्नु पर्दछ । यसको लागि परीक्षामुखी पढाइ ग¥यौं भने हामीले उक्त जीवनको परीक्षामा ‘फेल’ हुन्छौं । त्यसैले बुझेर पढ्नु पर्दछ भनेर भनिएको हुन्छ । त्यसैले आफ्नो मौलिकतामा उत्तर लेख्नुहोस् भनेर भनिएको हुन्छ । त्यसैले प्राविधिक मात्र नभएर लिवरल आर्टस (साहित्य, कला, दर्शन…आदि) पनि महŒवपूर्ण हुन्छ । अहिले आएर अन्य प्राविधिक पढ्नेले पनि लिवरल आर्टस पढ्नु पर्दछ भनेर जोड दिइएको छ । सन् २०१३ मा शिक्षा मन्त्रालयले गरेको देशव्यापी अध्ययनले कक्षा ८ का विद्यार्थीमा सोच्ने, तर्क वितर्क गर्ने र संज्ञात्मक क्षमतामा अत्यन्त कमी भइरहेको देखाएको छ । विजगणितमा त अत्यन्त कम्जोर छन् हाम्रा विद्यार्थी । त्यसो भए केही छैन । जे विषय आफूले पढ्न मिल्छ त्यही विषय लिएर आफूलाई पायक पर्ने कलेजमा आफूलाई मनपर्ने विषय छानेर मन ध्यान लगाएर पढ्दा पनि हुँदोरहेछ नी । होइन र ? नेपालमा अहिले जम्मा विश्वविद्यालयिय जनसंख्या हेर्दा ४३ प्रतिशतले व्यवस्थापन विषय, पाँच प्रतिशतले स्वास्थ्य, ४.५ प्रतिशतले इन्जिनियरिङ्ग र एक प्रतिशत जतिले कृषि विषय पढेको पाइन्छ । बाँकीले मानविकी र अन्य विषय अध्ययन गरेको पाइन्छ । (अन्तर्वार्ता, केदार भक्त माथेमा, द काठ्माण्डु पोष्ट, जुलाई ९, २०१८) ।
यसरी हेर्दा विद्यार्थीको प्राविधिकतर्फको उर्लदो रुचिलाई सरकारले पनि ध्यान दिएर आवश्यक छात्रवृत्ति र पूर्वाधारको विकास गरिदिएको भए दुर्गम र सुगमका सबैले प्राविधिक धारमा शिक्षा लिन पाउने थिए । तर त्यो अवस्था त छैन । केही निजीस्तरबाट सहरी क्षेत्रमा खुलेका प्राविधिक विद्यालयहरू पनि अत्यन्त महंगा छन् । सबैले सहजरूपमा भर्ना हुन र अध्ययन गर्नसक्ने अवस्था छैन । र, अर्को कुरो धेरैजसो विद्यार्थीको अनिवार्य गणित, विज्ञान र अंग्रेजीमा प्राविधिकतर्फ भर्ना हुन जीपीए पुग्दैन । स्तरोन्नत्ति परीक्षा दिएर त्यसको परिणाम आउने बेलासम्म प्राविधिकतर्फको प्रवेश परीक्षा सकिएको हुन्छ । यस वर्षको ग्रेड उन्नत्ति परीक्षा साउन २३÷२४ देखि तोकिएको छ भने प्राविधिकतर्फको प्रवेश परीक्षा साउन १९ गतेलाई तोकिएको अवस्था छ ।
विषय कसरी छान्ने ?
– पहिलो कुरो आफ्नो रुचि के हो त्यसलाई निक्र्योल गर्ने र रुचि अनुसार आफ्नो जीपीए कुन विषयमा कति छ त्यसलाई विचार गर्ने । त्यसपछि आफ्नो अभिभावकको आयस्रोत के छ र उक्त आयस्रोतले उक्त विषय पढ्न पुग्छ की पुग्दैन त्यो विचार गर्ने ।
– आफूले पढ्ने विषयको बजारको अवस्था के छ त्यसलाई पनि राम्ररी विचार गरेर विषय छान्दा वेश हुन्छ । मानौ कुनै विषय छान्नु भयो तर त्यो विषय पढेर जागिर पाउने वा स्वरोजगार हुने अवस्था छैन भने त्यस्तो विषयमा सकेसम्म हात नहाल्ने । अहिलेको विश्व–विद्यालयको समाज शास्त्र विषय जस्तो ।
– कुनै पनि विज्ञापनको पछाडि दौड्नु भन्दा पनि आफ्नो आर्थिक अवस्था, विषयको महŒव, विषयको बजारको अवस्था, पढिसकेपछि हुने आम्दानी जस्ता कुरालाई विचार गरेर विषय छान्नु पर्दछ ।
– अर्थात् कुन विषयमा आफ्नो तत्परता कति छ भन्ने कुरा पनि बिर्सनु हुँदैन । किनभने विद्यार्थीको रुचिमा पर्ने विषय भयो भने आधा भन्दा बढी विषयस“ग सम्बन्धित ज्ञान त विद्यार्थी आफैले खोज गरेर थाहा पाएको हुन्छ ।
– आफ्नो शारीरिक अवस्था, मानसिक अवस्था, आफू बस्ने भौगोलिक अवस्था र सामाजिक अवस्था सबैलाई विचार गरी विषय छानेर अध्ययनलाइ अगाडि बढाउँदा वेश हुन्छ ।
यति हुँदा–हुँदै पनि सबैले प्राविधिक विषय नै पढ्नुपर्दछ भन्नु छैन । माथि पनि चर्चा गरिसक्यौ कि साहित्यकार, राजनीतिज्ञ, कलाकार, उद्योगपति, लेखक, व्यापारी र अन्य थुप्रै नाम चलेका व्यक्तिहरू पनि अरु विषय पढेका हुन् । तर प्राविधिक विषय पढेका पनि छन् । त्यसैले मैले प्राविधिक विषय पढ्न पाइन भनेर चिन्ता मान्नुपर्दैन । जुन विषय पढे पनि त्यसमा अब्बल नतिजा ल्याएर पढ्ने र त्यसैमा राम्रो गर्न सके राम्रो हुन्छ । जस्तो मान्नुहोस्, अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्प, यो भन्दा पहिलेका राष्ट्रपति बाराक ओबामा, बेलायतकी प्रधानमन्त्री टेरिजा मे, उत्तर कोरियाका राष्ट्रपति किम जोङ उन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वा पूर्व प्रधानमन्त्रीः अटल बिहारी बाजपेयी, संयुक्त राष्ट्रसंघका महासचिवहरू एन्टीनियो गुटेरस वा अन्य यो भन्दा पहिलेका महासचिवहरू वा नेपालका मुख्य सचिवहरू वा राष्ट्र बैंकका गर्भनरहरू वा भनौं यस्तै प्रशासनिक व्यक्तिहरू पनि अरु सामाजिक, भाषा विषय, राजनीति शास्त्र, समाज शास्त्र, इतिहास, भूगोल, मास मिडिया, सञ्चार, व्यवस्थापन, अर्थशास्त्र साहित्य, विज्ञान वा अन्य यस्तै विषय पढेका हुन् ।
उनीहरूमा देशप्रति माया भयो, विषयप्रति माया भयो र उनीहरूले नाम कमाउन सके र देशलाई योगदान पनि दिए । त्यस्तै मदर टेरेसा, अनुराधा कोइराला, पुष्पा बस्नेत, पाकिस्तानकी अभियन्ता र नोवेल शान्ति पुरस्कार विजेताः मलला युसुफजाइ, नेपालका नमो बुद्ध, नारायण गोपाल, रामकृष्ण ढकाल, अरुणा लामा, पारिजात, राष्ट्रीय गानका रचनाकार ब्याकुल माइला, महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) हरू पनि अन्य विषय नै पढेका हुन् । तपाईं हामी सबैलाई थाहा छ । त्यसैले लिवरल आर्टसको महŒव कतिरहेछ हामीले पनि जानकारी लियौं ।
त्यसैले आत्तिनु हुँदैन । आत्तिनु पर्दैन । तपाईलाई जुन विषयमा रुचि छ । कला, साहित्य, विज्ञान, गणित, भाषा वा व्यवस्थापन वा इतिहास, समाज शास्त्र जस्ता विषय लिएर पढ्दा पनि राम्रै हुन्छ । पछि आफूलाई विकास गर्ने त तपाईको निरन्तर मेहेनत र परिश्रममा भर पर्दछ । हो, प्राविधिक विषय पढेमा चाँडो जागिर पाइन्छ तर कालन्तरमा त जुन विषय पढे पनि काम पाइन्छ । त्यो तपाईको लगाव, मेहेनत र परिश्रममा भर पर्दछ ।
अहिलेको ट्रेन्ड नै प्राविधिक शिक्षातर्फ छ र सरकारले वा राज्यले पनि प्राविधिक शिक्षामा जोड दिएको अवस्था छ तर सबै अटाउने ठाउँ बनाउन सरकारले सकेको छैन । सामान्य आर्थिक अवस्था भएकाले सहजै पढ्न सक्ने अवस्था पनि छैन र देशको सबै स्थानमा पनि प्रविधिक शिक्षालयहरू छैनन् । विद्यालयहरूले सबै विद्यार्थीहरूलाई प्राविधिक र राम्रा विषय पढ्नसक्ने बनाउन पनि सकेका छैनन् । अहिले प्राविधिक विषय पढ्न कम्तिमा राम्रा भनिएका विषयमा सी प्लस जीपीए ग्रेड ल्याउन सक्नु पर्दछ तर तिनै विषयमा दुर्गम ठाउँका विद्यार्थी डी ग्रेममा झरेका छन् । त्यसैले माथि नै भनियो की संसारका नाम चलेका व्यक्तित्वहरूले पनि त प्राविधिक भन्दा अरु विषय नै पढेका रहेछन् । स्टेफेन हकिन्स पनि प्राविधिक नभएर अन्य विषयका विद्यार्थी रहेछन् । त्यसैले अभिभावकलाई पनि सहज हुने र आफूलाई पनि सहज हुने विषय पढेर देश विकासमा टेवा दिन सकिन्छ । हामी जुनसुकै ठाउँ वा स्थानका विद्यार्थी भए पनि र जे जस्तो आर्थिक हैसियतका विद्यार्थी भए पनि चिन्ता गर्न पर्दैन ।
हामीमा क्षमता छ र मेहेनत गर्ने ताकत छ भने हामीले संसारलाई थुप्रै कुरा दिन सक्दारहेछौं । त्यसैले मेहेनत गरौं । क्षमता बढाउँ । संसारमा जे पनि हुनसक्छ । विषयको र प्राविधिक विषयको पछि लागेर बाबु–आमालाई दुःख नदिउँ । आफूमा विश्वास गरौं र जुनसुकै विषय वा स्ट्रिम भए पनि मेहेनत गरेर पढ्ने बानीको विकास गरौं ।

प्रकाशित मितिः   २८ असार २०७५, बिहीबार १४:५७