संघीय बजेटमा कर्णालीका प्राप्ती
डा.दिपक गौतम
नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले संयुक्त संसदीय बैठकमा आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि प्रस्तुत गरेको बजेप्रति पूर्वअर्थमन्त्रीहरू, अर्थविद्हरू, अर्थशास्त्रका विद्यार्थीहरू लगायतले विभिन्न प्रतिक्रिया दिइरहेका छन् । १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख बराबरको बजेटप्रति केहीले उत्साही सरकारको निरस बजेटको उपमा दिएका छन् ।
संघीय सरकारको बजेटलाई कर्णाली प्रदेशका सम्बद्ध सरोकारवालाहरूले पुरानै शैलीको बजेट भनेर आलोचना गरेका छन् । बजेटले कर्णालीलाई गम्भीर आघात पारेको, राष्ट्रिय गौरवका आयोजना छुटाएको, १६ अर्ब ६९ करोडले कर्णालीलाई केही पनि नहुने, बजेट कनिका छरेजस्तो, ठूला आयोजनालाई सम्बोधन नगरेको, आवश्यकता अनुसार बजेट नआएको, पर्यटन विकास सम्भावनालाई नजरअन्दाज गरेको, पञ्चायती शैलीको राराको सम्बोधनलाई कमजोर बनाएको जस्ता आरोपहरू सत्तापक्ष, विपक्ष र अर्थ विश्लेषकहरू लगाएका छन् । केही अरोपहरू सही छन् ? सही भएमा प्रमाणिकरण के हो ? विश्लेषकहरू सधैं विरोधमा मात्र जाने हो ? यसले सकारात्मक पाठ पढाउँछ ? यिनै राष्ट्रिय र प्रादेशिक विश्लेषणका आधारमा संघीय बजेटको कर्णाली प्राप्ती र अप्राप्तीहरूलाई केलाउने प्रयास गरिएको छ ।
बजेटको वास्तविकता
बजेटको पूँजीगत खर्च न्यून भयो । धेरै कर्मचारीहरू केन्द्रमै रहेका छन् । बृद्धका लागि स्वास्थ्य बीमा भएको छ । यो बेला सस्तो लोकप्रियताको कुरा गर्ने हैन । बजेटकै आकार नबढ्नुमा रणनैतिक महŒव होला । आन्तरिक ऋणमा समेत अडिएको बजेटमा नेपाली भावुक जनता, नेता, कार्यकर्ताका असीमित चाहना पूरा हुन सक्दैनन् । सीमित स्रोत, असीमित चाहनाको सधैं द्वन्द्वशीलता हुन्छ । अर्थमन्त्री विज्ञ छन् तर टेक्नोक्रेट हुन् राजनीतिबाट आएका छैनन् । व्यापार घाटा झण्डै चालिस प्रतिशत छ । अनौपचारिक क्षेत्रले नेपालको अर्थतन्त्र चलाएको छ । यस वास्तविक धरातलबाट उठेको बजेटले कर्णालीका के सबै कुरा सम्बोधन गर्नसक्छ ?
कर्णाली करिडोरलाई हुम्लाको हिल्सा र डोल्पाको सदरमुकामसम्म तथा नाग्मा–गमगढी सडक स्तरोन्नति बजेटको सबैभन्दा सन्दुर पक्ष हो । कर्णालीको जीवनरेखा बन्नसक्ने सम्भावनायुक्त कर्णाली करिडोरमा प्रस्तावित कार्यक्रमबाट चीनको सीमा नाका हिल्सा र मोरिम्ला (डोल्पा) जोडिएर सीमानाकाहरू व्यवस्थित भएपछि कर्णालीको राजश्व बढ्नसक्छ । सकभर सबै गाउँपालिका र नगरपालिकालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने कार्यक्रमले कर्णालीलाई बेवास्ता गरेको अर्थ लाग्दैन । कर्णालीको भविष्य मानिएको मध्यपहाडी पुष्पलाल राजमार्गको स्तरोन्नतिले कर्णालीको सम्बोधन राम्ररी गरेको छ । यसैसँग समानान्तर रूपमा दिइने उच्च क्षमताको विद्युतको प्रशारण लाइन तथा कर्णाली–भेरी करिडोरका चार÷चार सय उच्च भोल्टेजका विद्युत प्रशारण लाईनसँग जोडिन जाँदा कर्णालीलाई उपलब्धि हुनसक्छ । प्रत्येक वडामा हेलिप्याडको निर्माण बजेटका सुन्दर पक्ष हुन् । तर प्रारम्भिक सर्वेक्षण भइसकेको मदानेचौरको क्षेत्रीय अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माणको शब्द नआए पनि बजेट विगतको निरन्तरता हो । प्रस्तावित मदन भण्डारी राजमार्गले तल्लो कर्णाली प्रदेशका नागरिकको जीवनशैलीमा सुधार ल्याउने छ ।
चरम गरिबी, विपन्नता र पछौटेपनको अन्त्य, मानवीय विकास र पूर्वाधारको विकास गर्ने बजेटका उद्देश्यहरू नै कर्णालीका आफ्नै उद्देश्यहरू मान्न सकिन्छ । यसैमा कर्णालीको समुन्नति अडिएको छ । सबै नागरिकलाई काम र रोजगारीको अवसर सिर्जना गर्ने, आर्थिक वृद्धि तथा बाढीद्वारा घरवारविहीन कर्णालीका नागरिकको पुनर्निर्माण, बस्तीविकास कर्णालीकै प्राथमिकताहरू हुन् । समान कामका लागि समान ज्याला पनि बजेटका उज्याला पक्षहरू हुन् ।
कर्णालीमा प्राप्त विप्रेषणको रकमलाई उत्पादनमुखी बनाउने बजेटको सकारात्मक तत्व हो । १४०० प्रजातिका जडिबुटी पाइने तथ्यांकका सन्दर्भमा प्रति प्रदेश एक जडिबुटी प्रशोधन केन्द्रको कार्यक्रम पनि उपलब्धिकै रूपमा लिन सकिन्छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, जडिबुटीमा आधारित उद्योग स्थापना, पर्यापर्यटन, प्राकृतिक चिडियाखानाको धारणा, पर्यटकीय मार्ग निर्माण पनि बजेटले कर्णालीलाई सकारात्मक रूपमा हेरेको मान्न सकिन्छ । तर, यही वर्षको पहिलो दिनमै सम्पन्न रारा–कर्णाली पर्यटन वर्षलाई अभिबृद्धि गर्ने कार्यक्रम नहुनु बजेटको नकारात्मक पक्ष हो । पाँच लाख पर्यटक संख्या पु¥याउन कर्णाली प्रदेशको प्रक्षेपणलाई बजेटले नजरअन्दाज गरेको छ ।
स्थानीय तहमा सम्भाव्यताको आधारमा रंगशाला, खेलमैदान, युवाक्लब तथा विचरण पार्क, प्रत्येक प्रदेशस्तरीय रंगशाला निर्माणका कार्यक्रम, कृषिवालीको विकासमा विश्वमै अनौठा किसिमको विशिष्टता छ । सञ्चार नचाहिने हिमको स्पर्श चाहिने, शुष्क हावापानी, बलौटे कमजोर माटो चाहिने, कम सञ्चारमा पनि बाँच्न सक्ने, फल्न सक्ने, तागतदार, बहुगुणी, किरो नलाग्ने, सजिलै नसड्ने, प्रेसर–मधुमेहको नियन्त्रक हिमाली बालीको बजारीकरण प्रदेशको पहिलो आधारभूत विषय हो ।
रुकुमको अर्थ सुन्दर हुन्छ । रुकुमका पहाड, वेसी गाउँ, लेक, खर्क आफैमा सौन्दर्यपूर्ण भएकाले मात्र हैन तरकारी बीऊ उत्पादन केन्द्रले नेपालमै पहिचान बनाएको छ । यहाँको कृषिजन्य उत्पादनलाई प्रदेशीकरण गर्नु छ । सल्यानको कपुरकोट तरकारी संकलन केन्द्र पश्चिम नेपालकै ठूलो केन्द्र हो । यहाँ तरकारीजन्य महोत्सव केन्द्रीकृत गर्नुछ । शारदा उपत्यका, जहारी खोलैखोल, चिङ्गाड खोलैखोल, हिमातिला खोलैखोल, किनारै किनारमा यदयात्राको व्यवस्था गर्नु वनगाड खोलैखोलमा हिउँदको समयमा पदयात्रा व्यवस्था गर्दा अचम्म खालको आनन्द आउँछ । खेत, बारी, पाखो, बस्ती, गोठ, घट्ट, कुलो, पानी, चौतारी, पसल, घाट पर्यटकका विषयहरू हुन् । सल्लोको अध्ययनका लागि सल्यान पहिलो ठाउँ हो । भोटे, राउटे, थारु, मगर काइके मगर, लामा, माझी, राजी वनकरको भाषा साहित्य, कला, जाजरकोटको माहुरीपालन, डोल्पाको चौरीखर्क, जुम्लाको गुठाचौरको भेडाफर्म, सुर्खेतको दशरथपुर कृषि अध्ययन केन्द्र, दैलेखको बागवानी हुम्लाको नाम्डा, उपल्लो डोल्पा, महावुहाउडी शृंखला पनि पर्यटन विकासका सम्भावनाहरू हुनसक्छन् ।
भाषिक, सामाजिक, भौगोलिक, जैविक, साहित्यिक आधारबाट कर्णाली प्रदेश सबैभन्दा समृद्ध छ । सिंजा सभ्यता, मस्टो संस्कृति र नेपाल भाषा सम्पन्न प्रदेश मै हुम्लाको रेलिङ गुफा, दुल्लूको ति स्तम्भ, ढामुपालको अभिलेख, कांक्रेविहारमा लिखित अभिशमय लकार ग्रन्थहरू छन् । दैलेखलाई लोक संस्कृतिको राजधानी, जुम्ला–हुम्ला–मुगु, कलिकोट र डोल्पालाई अर्गानिक, पवित्र र स्वच्छ जिल्लाका रूपमा लिइएको छ । सुर्खेत बाह्र बण्डाल, अठार खण्डालले मात्र सम्पन्न छैन, बावियाचौर जडिबुटी, दमारद्वारा सम्पन्न छ । जाजरकोट खलंगाबाट एकै नजरमा देखिने भेरीको नागबेली प्रवाह, सुन्दर चौरजहारी जाजरकोटको जग्नी जग्तीपुर, सिस्ने हिमालमा पर्यटकीय महŒवपूर्ण स्थलका रूपमा ग्रहण गर्न सकिन्छ । मछैनाबाट देखिने हिमशृंखलाले सबैको मन आकर्षण गरिरहेको छ । मगर, थारु लगायत विभिन्न भाषाभाषीले यहाँको आयआर्जन बढोत्तरी दिन सक्छन् । डोल्पाली काइके भाषा अद्धितिय भाषा हो । विभिन्न बौद्धगुम्बा, मस्जिद, चर्च र मन्दिरहरूले प्रदेशको संस्कृतिलाई प्रतिबिम्वन गरेका छन् र तत्कालीन समाजलाई अभिव्यक्त गरेका छन् । गुर्भाकोट, जहारीकोट, गोलमकोट, मुसिकोट बाँफीकोट, जाजरकोट, दुल्लू दैलेख, रास्कोट, दर्नाकोट, जग्नीपुर, वडा गाउँ, कालागाउँ, सल्यान, माल्नेटा, फलावाङ जस्ता बाइसे राज्यका प्रतिनिधि स्थलहरूले बौद्धिक पर्यटनको माग गरिरहेका छन् । क्यानोनिङ, बञ्जीजम्प, रकक्लाइमिङ, पर्वतारोहण, साइकिलिङ, काररेस, साइकलयात्रा, ट्रेकिङ जस्ता साहसिक पर्यटन स्थलको स्रोतले प्रदेशको सम्भावनालाई बोकेका छन् । चौरीपालन, घोडा, भेडा र अन्य पशुपालनलाई पर्यटनमा जोड्नुछ । हर्वल हव, हिमाली जनावर, सिम्ताली वनगारी लोकनृत्य लगायत थुप्रै लोक भएकाले कर्णाली प्रदेशको पर्यटन विकासमा कोशेढुंगाको रूपमा खेल्न सक्छन् । गुरिल्ला पथ, ट्रेकिङ, पदयात्रा, धर्मयात्रा धामी, झाँक्री पैट र पूजाआजा पनि पर्यटन प्रवद्र्धनका पक्ष र पाटाहरू हुनसक्छ ।
अन्त्यमा, पर्यापर्यटन, वातावरण पूर्वाधार विकास, मानविय संशोधन विकास, सुशासन र हिमाली मार्ग, पुष्पलाल मार्ग, चुरे मार्ग उत्तरदक्षिण करिडोर, नाक्चेलाग्ना, हिल्सा, मोरिम्ला नाकालाई सदावहार व्यवस्थित, सहज, सरल नाका बनाइ कर्णाली प्रदेशले निर्यातमात्र बढाउन र आयात मात्र घटाइ कर्णालीलाई समृद्ध बनाउन रारा–कर्णाली एक वर्षे मिसन, भिजन र एक्सन निर्विकल्प आवश्यकता, प्राथमिकता र उपयोगिता हो । बेला गर्ने हो सुन्ने हैन, परिणाममुखी वातावरण हो । यस प्रदेशका मानव मनमा रहेको श्रमशक्ति अनुपम सम्पदा हो भने श्रमप्रतिको हेलत्व नकारात्भमक शत्रुता हो । श्रमको सम्मान, विभेद र छुवाछुतको अन्त्य गरी श्रमशील प्रदेश नागरिकता आजको पहिलो अनुभव अनुभूति र विथा हो ।
साझा बिसौनी संवाददाता ।