कर्णाली करिडोरका चुनौती र अवसर

डा. दिपक गौतम
नेपाल सरकारले अघि सारेको महŒवाकांक्षी परियोजना अन्तर्गत २०७४ को वैशाखमा हस्ताक्षर गरेका करिब आधा दर्जन करिडोरहरूमध्ये प्रस्तावित कर्णाली करिडोर सबैभन्दा लामो सडक हो । भारतीय सीमानाको जमुनाहदेखि प्रारम्भ भइ नेपालगन्ज–सुर्खेत–जितेगडा–लालुघाट–लैफु– समकोट हुँदै हिल्सामा समाप्त भए उता तिब्बती राजमार्गसँग जोडिन पुग्छ भने दक्षिणतिर रूपैडिया सडकसँग जोडिन पुग्छ । यस करिडोरले रणनैतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, व्यावसायिक महŒव बोकेको हुनुपर्छ ।
सुर्खेतदेखि लालीघाटसम्म कर्णाली राजमार्गको भाग हो र यहाँसम्म सामान्य सडक कालोपत्रेको स्थितिमा छ । लालीघाटदेखि कर्णाली राजमार्ग पूर्वोत्तर जुम्लातिर सोझिन्छ । लालुघाटबाट सिमकोटसम्म एक सय ९६ किलोमिटर र त्यहाँबाट उता ९५ किलोमिटर लम्बाई छ । कर्णाली नदीको लम्बाई पाँच सय किलोेमिटर भइरहँदा कर्णाली करिडोर झन लामो बन्नेमा घुम्ती, मोड, कर्णाली नदीकै बहाब, पहाडी लेकाली धरातल, गहिरो गरी बगेका ठाडा खोलाका कारण करिडोर झन लामो बन्न गएको छ ।
बाँके, सुर्खेत, दैलेख, कालिकोट, बाजुरा, हुम्लाका सहर, बस्ती, जंगल, उपत्यका, गल्छी काट्दै नाप्दै लम्बिएको कर्णाली करिडोरले पूर्व–पश्चिम राजमार्ग, प्रस्तावित रेलमार्ग, पुष्पलाल राजमार्ग, प्रस्तावित मदन भण्डारी राजमार्गलाई ‘गम बनाउँदै, भेरी करिडोर, कर्णाली राजमार्ग जस्ता कला मार्गलाई शून्यविन्दु दिएर दर्जनौं ग्रामीण सडक, कृषि, सडक, पर्यटन सडक, सदरमुकाम जोड्ने सडकलाई पनि प्रवेशबिन्दु दिएको छ । लालघाटसम्म कर्णालीको पूर्वी किनारामा पसारिएको कर्णाली करिडोर निर्माणाधीन मोटरेबल पुल तरेपछि बाजुराको सीमानासम्म पश्चिमी पाखामा पसारिने छ । हुम्ला तरेपछि कर्णाली पुनः पूर्वी किनारा नै किनारा बग्नेछ । प्राचीन समयदेखि उपयोग भइ आएका गोरेटा बाटाहरूलाई कर्णाली करिडोरले छोटो, सहज र सुरक्षित बनाएको छ ।
सरकारले नेपालीसेनालाई विशेष परिस्थितिको सडक परिभाषित गरी खन्न दिएपछि विगत एक दशकदेखि यसको दुई सय ८२ किलोमिटर ट्रयाक खोल्ने काम भइरहेको मात्र छैन बाँकी खण्ड बनाउनका लागि २३ अर्ब ४५ करोड रूपैयाँ प्रस्ताव गरिएको छ । जमुनाह नाकादेखि सुर्खेतको स्याउलेसम्म करिडोर कर्णालीको किनारामा छैन । यसले अनेक शंका उपशंका उठाएको छ ।
कर्णाली करिडोर कालिकोटमा झण्डै ५३ किलोमिटर फैलिएको छ भने बाजुरा जिल्लाको लैफुदेखि प्रारम्भ भइ हुम्ला सीमानासम्म ४३ किलोमिटरमा विस्तारित छ । करिडोर अहिलेसम्म कुवाडीखोला नजिक नजिक पुगेको छ । यहाँबाट हुम्लाको सीमाना छुन सात किलोमिटर बाँकी छ । हुम्लाको सीमानातर्फ करिब १५ किलोमिटर सडक खनिसकेको छ भने हिल्सादेखि सिमकोट हुँदै दक्षिणको खार्पुनाथसम्मको झण्डै एक सय पाँच किलोमिटरमा जीपहरू चलिरहेका छन् यसरी कर्णाली करिडोर उत्तरी नाकाबाट हुम्लाको सदरमुकामसम्म खुलिरहेको छ । बाजुराको लगभग दक्षिणतिरबाट पिलुचौरसम्म जीपहरू चलिरहेका छन् । कालिकोटको थिर्पुदेखि बाजुराको सीमा गाउँ काप्रिसम्म अतिकडा चट्टान परेकाले सेनाले मोडहरू बनाएर कारिडोरको स्वरूप दिँदा करिडोर लामो, पट्पारलाग्दो बनेको छ । यहाँ सुरुङ्ग प्रविधिको उपयोग गर्नु आजको आवश्यकता बनेको छ । यस खण्डबाहेक करिडोर आकर्षक, उत्तेजक र रोमाञ्चक छ ।
सुलालुदेखि एक सय ३५ किलोमिटर कडा चट्टानले बनेकाले सेनालाई ८५ करोड रकम खर्चको अख्तियारी दिए पनि खर्च नपुगेपछि सेनाले अब ३५ करोड रकम ट्रयाक खोल्न माग गरेको छ । वि.स. २०६५÷०६६ तिरबाट अति मेहेनत गरेर, खुलालु, लैफु र लिप पुलुचौरमा क्याम्प राखेर नेपाली सेनाले अहोरात्र काम गरिरहेको छ भने तीन सय ५० भन्दा बढ गैरसैनिक र त्यत्तिकै हाराहारीमा सैनिकहरूले काम गरिरहेका छन् ।
गैरसैनिक नागरिकले रोजगारी, सीप, ज्ञान तथा इन्जिनियरिङ प्राप्तीको अवसर मात्र पाइरहेका छैनन्, सेनामा सुरक्षा, यातायात सेवा, रोजगारी व्यपारिक केन्द्रको स्थापना, सम्पर्क औषधिमूलो लगायत अन्य सामाजिक आर्थिक सिकारु, हस्तान्तरण तथा सद्भाव सटासाट गर्ने अवसर पाएका छन् । करिडोरसँगै टाँसेर पक्की घर, खानेपानी पसल लगायत विविध गतिविधिहरू सिर्जना हुन पुगेका छन् । नेपाली सेनाले जिम्मेवारी लिइ नेपालकै लामो अतिकडा चट्टान भिरालो भू–भाग तथा विकट र दुर्गमका दृष्टिले कर्णाली करिडोर विशिष्ट हो र सबैभन्दा बढी विस्फोटक पदार्थ लागेको जिम्मेवारी लिएको राष्ट्रिय गौरवको आयोजना हो । स्मरणीय छ, सेनाले यसअघि नै कालिकोट जिल्लाभित्र पर्ने करिडोर लैफुसाँ खण्डलाइ सडक विभागलाई हस्तान्तरण गरी सार्वजनिक साधनहरू प्रयोग हुँदै आएका छन् । खुलालुमा म्यादी फेरि सञ्चालनका कारण कर्णाली नदीमा पानीको बहाव नबढ्दासम्म फेरी सञ्चालन हुन्छ भने अघिपछि वारी जितेगडामै सामान अनलोड गर्नुपरेको बाध्यकारी परिस्थिति छ । चानचुन ७७ किलोमिटर लालुघाटतिरको कडा चट्टान काटेर तल पुष्पलाल राजमार्गमा मिसाउँदा कर्णाली करिडोरको प्रयोग चाप घट्न मात्र जानेछैन, सेती प्रदेशका जनताको हिल्सा यात्रालाई सहजता मिल्नेछ ।
सेनाले जब खन्न लाग्यो विशेष परिस्थितिको सडकको नाम पनि पायो । स्मरणरहोस् २०६५ सालतिर जुम्लामा मोटरबाटो पुगेको थियो । वारि जितेगडा पारी खुलालु परे पनि पक्की पुल बनेपछि कर्णाली करिडोर जितेगडा पुग्नेछैन डेढ किलोमिटर तलै कर्णाली करिडोर पारी तर्नेछ । लालुघाटमा करिडोर तरेपछि करिडोरले रिट्ठो नविराई हुम्लाको सीमानासम्म कर्णालीको दायाँ किनारा गुर्जिने छ । त्यहाँबाट फेरि हुम्लाको माझबाट खार्पुनाथसम्म कर्णालीको दायाँ खण्ड र सिमकोटदेखि बायाँखण्ड र सिमकोटदेखि बायाँखण्डतिर भइ हिल्सा पुग्नेछ । त्यहाँसम्म कर्णाली नदीले पनि तिलाकर्णाली, मुगु कर्णाली लगायत विभिन्न खोलाहरू छोडेर अगाडि हुम्ला कर्णाली एक्लै पर्नेछ र बग्नेछ । खार्पुनाथबाट झन् कर्णाली सानो तर प्रवाहयुक्त, कञ्चन, स्निग्ध र अर्गानिक बन्नेछ । वि.स. २०७६ सम्मको समय दिए पनि करिडोरले सम्पन्नता पाउनेमा शंका छ । अब सेनाले खुलालु–लालुघाट र बाजुराको चट्टान गरी २.५ किलोमिटर खोल्दैछ । सेनाले कर्णाली करिडोरको ट्रयाक खोल्न मात्र २ अर्ब ८४ करोड १ लाख, १६ हजार लागत इस्टिमेट गरेको छ । हुम्लाको सल्लीसल्लादेखि सिमकोटसम्मको सडक यसअघि नै पूरा गरिसकेको छ ।
कर्णाली करिडोरले नेपालगन्ज, कोहलपुर, भेरीगंगा, वीरेन्द्रनगर, राकम कर्णाली, तल्लो डुंगेश्वर, जितेगडा, सान्नीगाड, थिर्पु, लैफु, जस्ता बाँकी सुर्खेत, दैलेख र कालिकोटका महŒवपूर्ण धार्मिक सांस्कृतिक–पर्यटकीय स्थलहरूलाई जोड्ने काम गर्दछ । काप्री, गोत्री, नुनेपानी, लुमा, धाराकोट, पिलुचौर बाँधु, बोल्टिक लगायत कर्णाली पश्चिमी किनाराका बाजुरेली बस्तीहरू जोड्छ । यी बस्तीहरूसँग जोडिएका ग्रामीण बस्तीहरू पनि नजिकमा आएका छन् । कालिकोटका नानीकोट, थिर्पु, पलाता, पाचाल झरना, सपना तथा बाजुराका कालगाउँ, मुक्तिकोट, काम्ती, बाउनी, जुकोट, बाई, जेरा, भिगु, मुगुका सुकाटिक, रिंगा सोरु जस्ता पहाडी नदी किनाराका बस्तीहरूमा बजार खुल्न लागेका छन् । पुलुचौरमा यसै दुई÷तीन महिनाभित्र एक सयभन्दा बढी व्यापारिक टहराहरू बनेका छन् । यहीबाट कोल्टिमा सडक पुगेको छ । पैदल हिँड्ने मानिसहरूले यसअघिको बाजुराको रांगो भिरलाई बिर्सिएका छन् । कर्णाली करिडोर हिँडिरहँदा माथि नाम उल्लेख गरिएका गाउँहरूमा पनि सडक लैजान सजिलो बनाएको छ । यसअघि धेरै मान्छेले खाना खाने मुस्किल भएको छ । मानिसको आउजाउ बढेको छ, भने कर्णाली सम्पदा–संस्कृतिको सूचनाहरू पाउन सकिने छ । युवाहरूलाई होटेल व्यवसायमा लाग्ने अवसर जुरेको छ । यिनको प्रतिस्पर्धाबाट गुणस्तरीय होटेलको निर्माण हुने सम्भावना त्यत्तिकै छ । कर्णाली करिडोरले खाद्यान्न लत्ताकपडा, दैनिक उपभोग्य वस्तु खरिद गरेर लैजान सजिलो बनाइदिएको छ ।
करिडोरले रारा राष्ट्रिय निकुञ्जको पहुँचलाई छोटो रूपमा बढाउने सम्भावना बोकेको छ । जितेगडादेखि पूर्वतिर लागेको कर्णाली राजमार्गको मान्मसम्मको पट्यारलाग्दो घुम्ती नाग्मासम्मको साँघुरो–भिरालो सडक नाग्मदेखि गोठीज्यूलाबाटै अझै पूर्व लागेको गमगढी जोड्ने सडकले धेरै समय लिने गरेको छ । करिडोरका बोलिटकमा पुल बनाएर खत्याड खोलैखोल रारा जाने सडक निर्माण गरेको खण्डमा राराका लागि सजिलो, छोटो, सुरक्षित यात्रा बनाइदिने ल्याकत राख्दछ । यतिमात्र हैन मार्तही, कोल्टी, चैनपुर जस्ता आकर्षण नवनिर्मित सहरमा आउजाउ पनि सजिलो पारिदिने छ । बडिमालिका, चुलिमाथिका रामशोषण, चन्दनाथ, छायाँनाथ, खार्पुनाथ, सुकेमालिका, ऋणमोक्ष दहका धार्मिक–सांस्कृतिक मेलापर्वमा करिडोरले सहजता ल्याइदिनेछ । तिव्वतको कैलाश मनसरोवर यात्रामा सहजता ल्याइ अहिलेको जस्तो कठिन यात्रालाई करिडोरले सजिलो बनाएर पर्यटकको अभिबृद्धि गर्नेछ । करिडोरले कर्णाली र सेती क्षेत्रका हिमाली–पहाडी, नदी किनाराको सामाजिक, सांस्कृतिक, आर्थिक तथा विकासका गतिविधिलाई तरंग दिनसक्छ । खानेपानी, सञ्चार, विद्युत, यातायात, पुल, प्रशारण, शिक्षा, स्वास्थ्य, सुरक्षाका पूर्वाधार विकासको लागि करिडोरले लागतलाई घटाइने छ भने त्यसक्षेत्रको विकासको ढोका खोल्ने छ । यसले अन्तर्राष्ट्रिय सीमाहरूका ढोकाहरू खोल्नेछ । दैलेखको राकममा करिडोर पुष्पलाल राजमार्गसँग, सुर्खेतको वीरेन्द्रनगरमा प्रस्तावित मदनभण्डारी राजमार्ग, भेरीगंगा छिन्चुमा भेरी करिडोर, बबईमा भेरी–बबइ डाइभर्सनसँग करिडोर मिसिदा आर्थिक व्यापारिक–औद्योगिक जीवन सञ्चालनमा योगदान दिनेछ । यसले स्थानीय तहका लामा छोटा सडक खोल्न, स्तरोन्नति गर्नमा सहयोग पुगाउँदै आर्थिक गतिविधिलाई सहयोग गर्न सक्छ ।
बाजुरा, कालिकोट, हुम्ला, मुगु, अछाममा अहिले जनताहरू फुसको छानो भत्काएर टिन जोडेर आफूलाई सुरक्षित गर्ने चरित्रमा छन् । यसै शृंखलामा बाजुरा पहिलो नम्बरमा देखिएको छ । करिडोरले टिनका छाना लगाउने गरीब जनताको लागत घटाइ शान्ति, सुख र सहजता दिनसक्ने सम्भावना छ । यसक्षेत्रका किसानको अर्गानिक उत्पादनका कृषिजन्य वस्तुहरूले समस्यायुक्त विषादी प्रयोगका खाद्यपदार्थहरूको विस्थापित मात्र गर्ने छैनन्, जनताको व्यावसायिकता, राजगारी, आयआर्जन बढेर जीवनस्तर सुदृढ बच्नसक्छ । अर्कातिर नेपालको कृषि आत्मनिर्भरको यात्रालाई भरथेग गर्न करिडोरले प्रत्येक्ष योगदान गर्ने संकेतहरू देखाएको छ ।
कर्णाली र प्रदेश नं. ७ को खास समस्या भनेको अन्धविश्वास एक लज्जाको विषय हो, शत्रु हो । पराइलाई गाईको दुध खान नदिने, सुत्केरी तथा दलितलाई हेर्नसमेत नदिने, बालिबालिकालाई पिनास पर्छ भनेर नखुवाउने, आयस्रोतका रूपमा नलिने शत्रुता र लज्जाका साना उदाहरण मात्र हुन् । महिलालाई दलितलाई आदिवासी, जनजाति, घुमन्ते जातिलाई हेला गर्दा लाज लागेर आउँछ । फलफूल नबेच्ने, बचत नगर्ने, अत्याधिक रक्सी पिउने पनि लज्जाकै विषयहरू हुन् । करिडोरले लज्जाका विषयहरूलाई विस्तारै हटाउनेछ, तिनलाई बाँकी खुला दुनियाँमा लैजाने छ । चरम गरिबी, विपन्नता र रोजगारी बाजुरा, कालिकोट, मुगु, जुम्ला, हुम्ला, बझाङको परिचय बनेको समयमा करिडोरले नयाँ समृद्ध, शान्ति र विकसित क्षेत्र बनाउनसक्छ । करिडोरले बालबालिका बेचबिखन, बालशोषण, बालविवाह, यौनहिंसा यौनहिंसा, दुव्र्यवहार, बहुविवाह, बोक्सी, छुवाछुत, छाउपडिजस्ता विर्सगन सामाजिक दुव्र्यवहार अन्त्यका लागि प्रत्यक्ष प्रभाव पार्नसक्छ । सहिद परिवार, बेपत्ता परिवार, अपांगताले भरिएको क्षेत्रमा करिडोरले राहत दिनसक्छ । ग्रेट हिमालयन ट्रेल, पचाल झरना, हिमश्रृंखला, गुफा, गुम्बा, ज्वालाको कनेक्टिभिरीलाई जोड्नेछ । करिडोर फुकोट कर्णाली, माथिल्लो कर्णाली, तिला–१ र २, हुम्ला १ र दुई, बेतन कर्णाली जस्ता ठूला जलविद्युत परियोजनाको लागतलाई घटाएर निर्माण कार्यलाई सञ्चालन गर्न दिएर तथा स्थानीयहरूलाई सीप सिकाएर तुलनात्मक लाभ दिनसक्छ । करिडोरले अनकन्टार बस्तीलाई जोड्ने हैसियत राख्छ, स्वास्थ्य शिक्षालाई प्रत्येक्ष प्रभाव पार्ने सम्भावना बोकेको छ । यहाँबाट ६–७ दिन पैदल हिँडेर निस्कने दिनहरू घटेका छन् । जहाँ–जहाँ करिडोर पुगेको छ त्यहाँ–त्यहाँ स–साना बजार, होटेल, रिसोर्ट, चिया पसल, कपडा पसल, व्यावसायिक खेती हुनलागेको छ । पाइप ग्यास, प्रेसरकुकरहरू पुगेका छन् । त्यहाँका स्थानीय उत्पादनले ग्राहक पाएका छन् । करिडोरले अब त्यहाँ नागरिकमा रैथाने बालीबाट उत्पादित खाद्यान्नको परिकारमा विविधता ल्याउन सिकाउनु परेको छ, रैथाने खाद्यवाली पनि खाद्यान्न हो भने सोच निर्माण गर्नुपरेको छ । रैथाने बालीले पनि उच्च मूल्य पाउनु परेको छ । यसरी कर्णाली करिडोरले निर्माणकालमा रैथाने जनतालाई रोजगारी दिइ चरम गरिबी, विपन्नता र बेरोजगारीलाई केही हदसम्म न्यूनीकरण गर्ने प्रयास गरेको छ भने यसको निर्माण सम्पन्नपछि सञ्चालन गर्दा मित्रदेशीय कनेक्टिभिटी बढाउने छ भने प्रतिव्यक्ति आयको बृद्धि, आर्थिक बृद्धिको अभियानलाई सदुपयोग, मूल्यको न्यूनीकरण जीवनस्तर सहज बनाउने र बाँकी मागसँगको आउजाउमा करिडोरले महŒवपूर्ण भूमिका खेल्न सक्ने नेपाललाई आगामी दिनमा माध्यम आयस्तरको देशमा उकास्न योगदान गर्नसक्छ । करिडोरका साग्निगाड खोला, काप्रिखोला लगायत केही खोला बेलिब्रिज बनिसकेबाट करिडोरको प्रयोगले तदारूपकता देखाएको छ भने सकिनेछ र नेपाली सेनालाई विशेष धन्यावाद नदिइरहन सकिन्न । हुम्ला–खार्पुनाथ वरपरका भेडापालक किसानहरू अछामहुँदै डडेलधुरा पुग्दा पैदल हिँड्दा नौ दिन अब घटेर थोरै दिनहरू आएको छ । करिडोरले औषधि, खाद्यान्न, विकास निर्माणका साधन, प्रविधि, स्वास्थ्य, शिक्षा, संस्कृतिको प्रवद्र्धन गर्ने सम्भावना बोकेको छ ।

प्रकाशित मितिः   १८ असार २०७५, सोमबार १३:१२