असार पन्ध्र र धान दिवस

मोतिलाल परियार
आज असार पन्ध्र । नेपालमा असार पन्ध्रलाई विशेष हर्षोउल्लासका साथ मनाइन्छ । यो दिन दही–चिउरा खाने दिनका रूपमा पनि सम्झिने गरिन्छ । विगत १५ वर्षदेखि यता असार १५ को महŒव बढ्नुको अर्को पनि कारण छ, त्यो हो धान दिवस । असार १५ गतेका दिन कृषिसँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकायहरूले देशका विभिन्न ठाउँमा विभिन्न कार्यक्रमको आयोजना गरी भव्यताका साथ धान दिवस मनाउने गर्दछन् । यो वर्ष ‘धान उत्पादनमा वृद्धि, राष्ट्रको समृद्धि’ नारा तय गरी देशैभर आज पन्ध्रौं धान दिवस मनाइदैंछ ।
वि.सं. २०६१ सालमा विश्वका ४३ राष्ट्रहरूले संयुक्त राष्ट्र संघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषण गर्न अनुरोध गरेका थिए । संयुक्त राष्ट्र संघले धान वर्ष घोषणा गरेपछि २०६१ साल मंसिर २९ गते मन्त्रिपरिषद्ले निर्णय गरी २०६२ साल असार १५ गतेबाट नेपालमा धान दिवस मनाउन थालिएको हो । धान घाँसेबाली परिवारमा पर्ने, न्यानो हावापानी चाहिने, पानीको बढी आवश्यकता पर्ने बाली हो । विश्वका करिब तीन अर्ब ५० करोड जनसंख्याको प्रमुख आधार धान हो । एसिया महादेशलाई त ‘धानको वास्केट’ भन्ने गरिन्छ, किनभने नब्बे प्रतिशत भन्दा बढी धान उत्पादन र खपत एसियाली देशहरूमा हुन्छ । विश्वमा सबैभन्दा धेरै धान उत्पादन हुने देश चीन हो । धानले नेपालको कूल ग्राहस्थ उत्पादन (जीडीपी) मा करिब सात प्रतिशत हिस्सा ओगटेको छ भने कूल कृषि ग्राहस्थ उत्पादन (एजीडीपी) मा २१ प्रतिशत हिस्सा ओगटेको छ । यसले कूल खाद्यान्न उत्पादनमा ५५ प्रतिशत योग्दान दिएको छ । आर्थिक वर्ष २०७३÷०७४ मा १५ लाख ५२ हजार चार सय ६९ हेक्टर क्षेत्रफलमा ५२ लाख ३० हजार तीन सय २७ मेट्रिकटन धान उत्पादन भएको सरकारी तथ्यांक छ । जुन अघिल्लो वर्षको तुलनामा एक लाख ८९ हजार पाँच सय ६१ हेक्टर क्षेत्रफल र नौ लाख ३१ हजार दुई सय ४९ मेट्रिकटन उत्पादन वृद्धि भएको देखिन्छ । चालिसको दशकमा प्रति हेक्टर एक हजार नौ सय ४६ के.जी.उत्पादकत्व भएको धान सत्तरीको दशकसम्म आइपुग्दा तीन हजार के.जी. प्रति हेक्टर उत्पादकत्व छ ।
२०३३ सालमा भन्सार नाकामा आठ वटा धान निर्यात गर्ने कम्पनी स्थापना भएका थिए । त्यो समयमा नेपालबाट भारत, बंगलादेश लगाएतका देशमा धान निर्यात हुन्थ्यो । धान निर्यात गर्ने कम्पनीहरू २०३८ सालमा बन्द भए त्यसको दुई वर्षपछि अर्थात् चालिसको दशकबाट नेपालमा धान आयात हुन थाल्यो । आयातको क्रम बढ्दै गएर आ.व. २०७३÷०७४ मा २० अर्बभन्दा बढीको धान नेपालमा आयात भएको तथ्यांक छ । हामी भन्ने बेला कृषि प्रधान देश भन्छौं तर धान मात्रै २० अर्बको आयात भएको छ । विगत १० वर्षदेखि हालसम्म धान खेती हुने क्षेत्रफल, उत्पादकत्व बढे पनि धानको आयात पनि बढिरहेको छ । यसमा विभिन्न कारक तŒवहरू छन् । काम गर्ने युवाहरू विदेश पलायन भएका छन् । गाउँका खेत बाँझो छन् । श्रीमान् विदेश भएका अधिकांश श्रीमती कोठा भाडामा लिएर सहरमा बसेका छन् । उनीहरू बिहान साँझ खाने भातको लागि चामल आयात गर्नुपरेका छ । यसले एकातिर धान उत्पादन कम भएको छ भने अर्कातिर धान आयात मात्रा बढाइदिएको छ ।
त्यस्तै अर्काे महŒवपूर्ण कारण तराईका प्रशस्त धान उत्पादन हुने जमिनलाई खण्डीकरण गरी घडेरीमा परिणत गरिएको छ । प्राकृतिक प्रकोप (बाढी, पहिरो, खडरी, अति वर्षा) पनि धान उत्पादनमा कमी ल्याउने कारक तŒव बनेको छ । कृषि उत्पादनमा वृद्धि गर्न प्रविधिको पनि ज्यादै ठूलो भूमिका हुन्छ । नेपालमा प्रविधि अनुसन्धान, विकास र प्रसार बीचको सम्बन्ध प्रभावकारी नभएको हो की जस्तो देखिन्छ । नेपालमा कृषि सम्बन्धी अनुसन्धान गर्ने आधिकारीक सरकारी निकाय नेपाल कृषि अनुसन्धान परिषद्ले विकास गरेका धानका विभिन्न जातहरू कृषकस्तरमा प्रयोग हुन सकेको छैन । धान उत्पादनमा महŒवपूर्ण मानिएको धान सघनीकृत प्रणाली (एसआरआइ) नेपालमा प्रचार–प्रसार र प्रयोग भएको देखिएको छैन । नेपालको मध्यपहाडमा हिउँदे बालीको रूपमा गहुँ लगाउने गरिन्छ । चैत–वैशाखमा गहुँ भिœयाएपछि असार साउनमा धान लगाउने समयसम्म खेत खाली रहन्छ । यो समयमा चैते धान लगााउन सकिन्छ । हाम्रो खाना खाने बानीले धान खपत धैरै भएको देखिन्छ । बिहान साँझ भातको साटो ठाँउ विशेषमा हुने अन्य खाद्यान्नबाली समावेश गर्न सके खाद्य सुरक्षामा पनी टेवा पुग्ने देखिन्छ ।
सरकारले दिने सहुलियत वास्तविक कृषकले नपाउने गरेको गुनासो सुन्न पाइन्छ । हाम्रो खेती प्रणालीमा यान्त्रिकीकरणको आवश्यत्ता महसुस भएको छ । त्यस्तै नेपालको अधिकांश खेती प्रणाली आकाशे पानीमा निर्भर छ । वि.सं. २०६९ सालदेखि लागू भएको कृषि बीमाले धानलाई पनि समेटेको छ तर आजसम्म थोरै कृषक मात्र यसबाट लाभान्वित हुन सकिरहेका छैनन् । यी यावत समस्याहरूले गर्दा सोचे अनुसारको धान उत्पादन हुन सकेको छैन ।
पछिल्लो समय आर्थिक समृद्धि शब्द धैरै प्रयोग भईरहेको छ । हामीले कल्पना गरेको समृद्धिमा धानलाई जोड्न सके प्रभावकारी हुनसक्छ । यसको प्रशस्त सम्भावना देखिन्छ पनि । धान लगायतका कृषि उपजको उत्पादन वृद्धिका लागि सरकारीस्तर कार्यान्वयनमा रहेका विभिन्न परियोजनाहरू धान उत्पादनलाई प्राथमिकतामा राखेको पाइन्छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि विकास रणनीति (एडीएस) जस्ता दस्तावेजले खाद्य सुरक्षालाई समावेश गरेको अवस्थामा धान उत्पादन वृद्धि गर्नुपर्ने देखिन्छ । बाली लगााउनुपूर्व नै धान, गहुँ र उखुको न्यूनतम समर्थन मूल्य तोकिने, जमिनको वैज्ञानिक वर्गीकरण र व्यवस्थित गर्न भू–उपयोग सम्बन्धी कानुनको विधेयक प्रस्तुत गरिने, सिंचित तथा अन्य कृषि भूमिलाई घर घडेरीमा परिवर्तन गर्न नपाइने व्यवस्था मिलाइने जस्ता कुरा आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा उल्लेख छ । यसले कृषि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने कुरा आश गर्न सकिन्छ । नेपालको संबिधान २०७२ ले खाद्य
सम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको छ । साथै सम्पूर्ण नागरिकलाई खाद्य सम्बन्धी हक हुनेछ भनिएको छ ।
यसरी वर्षमा एक दिन असार पन्ध्रमा औपचारिकताको लागि तामझामका साथ दिवस मनाउने अरु दिन वास्तै नगरेको भान हुन थालेको छ । सरकारी तथा गैरसरकारी निकाय कृषक, नीति निर्माता यसतर्फ सचेत हुनुपर्ने बेला आएको छ । समग्र धान उत्पादनमा वृद्धि भए मात्र धान दिवस मनाउनुको सार्थकता अझ बढ्ने थियो की ?
(लेखक नेपाल कृषि अनुसन्धान परिषद्मा कार्यरत छन् ।)

प्रकाशित मितिः   १६ असार २०७५, शनिबार ११:२७