परीक्षा प्रणाली र जीपीएको अन्यौलता

मनवीर नेपाली
नेपालले परीक्षा प्रणालीमा पनि क्रमशः परिवर्तन गर्दै आइरहेको छ । पहिलेको अंकन प्रणालीलाई अक्षरांकन प्रणालीमा रूपान्तरण गर्दै नेपाली विद्यार्थीलाई विश्व बजारमा प्रतिस्प्रधा गर्न परीक्षा र ग्रेडिङ प्रणालीमा ल्याएको छ भने पुरानो पाठ्यक्रम पनि क्रमशः सुधार गरिदैंछ । अनिवार्य गणितबाहेक अरु सबै विषयमा २५ पूर्णाङ्कको प्रयोगात्मक परीक्षा लिने प्रणाली विकास पनि गरेको छ । यस प्रणालीले विद्यार्थीलाई ग्रेड उन्नत्तिमा ठूलो सहयोग मिल्छ तर पनि एसईईको नतिजा गत वर्ष भन्दा ६.४६ प्रतिशतले खस्किएको छ । गत वर्ष १.६५ देखि ४ जीपीए ल्याउने विद्यार्थी ८२.३८ प्रतिशत रहेकोमा यस वर्र्ष ७५.९२ प्रतिशतमात्र उत्तीर्ण भएका छन् । यस्तै यस प्रणालीमा ०.८५ देखि १.२५ सम्म जीपीए ल्याउने विद्यार्थीहरूले कक्षा ११ को कुनै पनि समूहमा भर्ना पाउँदैनन् । लोक सेवा आयोगले पनि २ जीपीए ल्याएका विद्यार्थीले मात्र निजामती सेवामा प्रवेश गर्न पाउने प्रावाधान गरेको छ । कक्षा ११ मा भर्ना हुन कम्तीमा १.६ जीपीए अनिवार्य हुनुपर्ने व्यवस्था छ । तर १.६ जीपीए ल्याउने विद्यार्थी संख्या पनि वर्षेनी घट्दै गइरहेको तथ्यांकहरूले देखाइरहेको छ । ०.८५ देखि १.२ जीपीए ल्याउने कूल परीक्षार्थी संख्या चार लाख ५१ हजार पाँच सय ३२ मध्ये ५८ हजार ६ सय ८८ ले तत्काल कक्षा ११ मा भर्ना हुन अयोग्य हुनेछन् । तपाईको कति जीपीए आएको छ विचार गर्नुहोस् ।
अक्षर ग्रेडिङ्ग सुरु भएपछि विद्यार्थीहरू सुरुमा हौसिएका थिए, पढे पनि पास नपढे पनि पास । पहिले पनि ३२ प्रतिशत भन्दा कम अंक ल्याउने विद्यार्थी अनुत्तीर्ण हुन्थे । उनीहरूले पुनः मेहेनत गरेर मौका परीक्षा वा एक्जाम्टेड परीक्षामा सामेल भइ पुनः उत्तीर्ण भएपछि मात्र क्याम्पसमा भर्ना पाउँथे । अहिले पनि त्यही नियम जस्तै हो, ०.८५ देखि १.२ जीपीए ल्याउने विद्यार्थीका लागि । तर पढे पनि पास, नपढे पनि पास भन्ने धारणा जुन फैलिएको छ यो गलत हो । किनभने परीक्षा दिएपछि कि सफल भइन्छ कि असफल भइन्छ । तर जुन हल्ला फैलाइएकोछ ‘पढे पनि पास, नपढे पनि पास’ पहिलेको ‘सेन्टअप’ परीक्षा जस्तो ७५ प्रतिशत हाँजिर भए पास भइने वा पहिलेको प्राथमिक कक्षामा जस्तो नियमित मूल्यांकन पद्दति जस्तो । यो चाहीं गलत हो । यो प्रभाव सहरमा भन्दा गाउँमा बढी प्रभावकारी भएको छ । किन भने समयमा कोर्ष पनि पूरा नहुने र आवश्यक ‘रेफेरेन्स’ सामग्रीहरू पनि नपाइने र राम्रा ‘ट्युशन सेन्टर’हरू पनि उपलब्ध नहुने ठाउँमा यसले बढी ‘मार्केट’ पाएको अवस्था छ । तर अब यसलाई सुधार गर्नुपर्दछ ।
विद्यार्थीहरूलाई सुरुमै जीपीए भनेको के हो र यस प्रणालीमा कसरी अंकन गरिन्छ ? भन्ने कुरा र यसको महŒव र प्रक्रियाकाबारेमा जानकारी गराउन सके राम्रो हुने थियो । यो काम न शिक्षा मन्त्रालयले ग¥यो, न विभागले ग¥यो न त शैक्षिक संस्थाले नै गरे । केन्द्रमा छलफल भयो र अमेरिकन प्रणाली भिœयाइयो । तर माथि नै भनि सकिएको छ कि यो पनि अंक कै आधारमा अंकन गरिने प्रणाली हो । अंकनको आधार नभए यो गर्न सकिंदैन ।
अरु विदेशी ग्रेडिङ्ग पद्दतिमा जे जस्तो उल्लेख भए पनि नेपालमा प्रथम श्रेणी, द्वितीय श्रेणी, तृतीय श्रेणी वा अनुत्तीर्ण भनेर पहिले अभ्यासमा आएको थियो । त्यसपछि डिसिटंशन पनि थपियो । यो पद्दति चिनियाँ पद्दति हो भने अक्षरांकन बिधि अमेरिकन बिधि हो । संसारमा नाम चलेका विश्वविद्यालयहरूले पनि यही पद्दति प्रयोग गरेको पाइन्छ । हार्वड, एले, डेनिस, अल्बर्टो विश्वविद्यालय क्यानडाहरूले पनि यही पद्दति लागू गरेको पाइन्छ । अक्षरांकन र अंकन दुवै प्रणाली उही हो मात्र प्रस्तुति फरक हो । आधार त उही अंकन प्रणाली नै हो । (माथि पनि बताइ सकिएको छ ।) जस्तो १.६ जीपीए ल्याएको विद्यार्थीले आफ्नो ग्रेड र प्रतिशत गणना गर्नसक्छ । जस्तो १.६÷४ गरेर १०० ले गुणान ग¥यो भने आफ्नो प्रतिशत सजिलै पत्ता लाग्छ । अब हिसाब गरौं १.६ भनेको कति प्रतिशत हो ? यसलाई क्याल्कुलेशन गर्दा ४० प्रतिशत अंक हुन्छ । यसै तरिकाले आफूले प्राप्त गरेको जीपीए सजिलै निकाल्न सकिन्छ । यसरी हेर्दा अक्षरांक गणना गर्न पनि पहले त अंकन बिधि नै चाहिंदो रहेछ ।
यसवर्ष पनि रिजल्ट झनै खस्किएर आयो । विद्यालयले विद्यार्थीहरूलाई पहिले पाठ्यक्रम पढाएनन् । पहिले पाठ्यक्रम पढाउनु पर्दथ्यो । त्यसपछि मात्र विद्यार्थीले थाहा पाउँछ की कुन पाठ वा खण्डको कति अंक भार ? र कति प्रश्न वा कति लामा प्रश्न र कति छोटा प्रश्न आउँछ अनि कसरी प्रस्तुति गर्ने ? भन्ने विषयमा विद्यार्थी पहिल्यै जानकार हुनु पर्दछ । यो अभ्यास अब आधारभूत तहदेखि गर्नु पर्दछ । अनि अभिभावकहरूलाई पनि सो विषयमा जानकारी दिनु पर्दछ । अहिले अभिभावक र विद्यार्थी दुवैलाई अन्यौल भएको छ । कति जीपीए ल्याए के विषय पढ्न पाइन्छ वा पढ्न पाइदैन । विषयगत अन्यौलता, लोकसेवा आयोगले तोकेको तह र प्रवेशको आधार ।
अहिले सरसर्ती हेर्दा सामुदायिक विद्यालय भन्दा निजी विद्यालयका विद्यार्थीहरूको जीपीए राम्रो छ । राम्रा निजी विद्यालयहरूले विद्यार्थीहरूलाई सुरुदेखि नै यस पद्दतिको बारेमा जानकारी दिए र कोर्ष पनि समयमा नै सकाएर पुनः दोहो¥याइ, तेह¥याइ पढाए र उनीहरूको विद्यार्थीहरूको जीपीए पनि राम्रो देखियो । र यसो हुनुमा निजी विद्यालयका राम्रा अभिभावक पनि एउटा कारक हो । तर सामुदायिक विद्यालयका विद्यार्थी अहिले आएर सामान्य घर परिवारबाट आएका, अभिभावकहरू पनि निम्न आय भएका र पढाइको महŒव पनि धेरैले कम बुझेका, जीपीएको अर्थ पनि कतिले थाहा नपाएको कारणले गर्दा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूले जीपीए पनि कम ल्याए । अझ दुर्गमका विद्यालयहरूको त झनै अवस्था नाजुक नै छ । तर सामुदायिक विद्यालयका शिक्षकहरू त अधिकांश तालिम प्राप्त थिए । तै पनि बिडम्बना नै भयो । अन्य मुलुक जस्तो भारतको नयाँ दिल्ली नजिकको एउटा विद्यालयको परीक्षा प्रकाशित हुने दिन म पनि उपस्थित थिएँ । रिजल्ट प्रकाशित भयो र सामान्य भन्दा सामान्य पढ्लेख गरेका, अरुका फ्याक्ट्रीमा ‘वाच म्यान’को रूपमा काम गर्ने वा अन्य काम गर्ने अभिभावकहरूले पनि आफ्नो बच्चाको कति प्रतिशत अंक आयो ? किन कम आयो ? भनेर विद्यालय प्रशासनमा उजुरी गरे । उनीहरूले शिक्षकलाई किन तिमीले राम्रोसँग पढाएनौ ? भनेर प्रश्न गरे । तर नेपालमा यो पद्दति नै छैन । खासगरी सामुदायिक विद्यालयको हकमा ।
यसो हुनुमा विद्यार्थीको मात्र दोष हुँदैन । विद्यालय प्रशासन, घर परिवार र विद्यार्थी स्वयमले मेहेनत गर्नुपर्दछ । विद्यालयले आधारभूत तहदेखि नै अंकनको महŒवका बारेमा अभिमुखीकरण गर्न सक्नुपर्दछ । सरकारले समयमा पाठ्यपुस्तक विद्यार्थीको हातमा पु¥याउन सक्नुपर्दछ । तर यस वर्षदेखि यो समस्यामा धेरै सुधार आएको छ । शिक्षकले समयमा कोर्ष सक्ने र त्यससँग सम्बन्धित प्रश्नहरूको अभ्यास गराउन सक्नु पर्दछ र मात्र हामीले सोचे जस्तो हाम्रा विद्यार्थीहरूले अंक ल्याउन सक्छन् । आगामी वर्षदेखि स्थानीय तहलाई नै परीक्षाफल प्रकाशनको जिम्मा लगाउँदै छ सरकारले । यसमा झनै कति समस्या आउने हो हेर्न बाँकी नै छ ।
जीपीए कसरी कम आउँछ ? माथि पनि चर्चा गरिहाल्यौं । त्यस्तै अर्को कुरा भनेको चिट चोर्ने बानी पनि अर्को हो । एउटा भनाइ हेरिहालौं ‘जीवन भनेको अत्यन्तै कठिन परीक्षा हो । धेरैजसो मानिसहरू यो परीक्षामा असफल हुन्छन् । किन कि, उनीहरू अरुको उत्तर सार्न खोज्दछन् । उनीहरूलाई यो थाहा हुँदैन की प्रत्येक मान्छेको प्रश्न पत्र फरक–फरक हुन्छन् ।’ यसैले हाम्रो सबै तहको परीक्षाको प्रश्न पत्रको सबै भन्दा माथि यस्तो लेखेको हुन्छ ‘दिइएका निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर दिनुहास्’ भनेर । त्यसैले परीक्षामा सकेसम्म आफ्नो मौलिकता झल्कने उक्तर लेख्दा राम्रो हुन्छ । त्यस्तै धेरै पढेको छु, अभ्यास पनि धेरै गरेको छु भनेर पनि हुँदैन । किन भने कण्ठ गरेर र नबुझिकन धेरै पढेको भए पनि उस्ले प्रश्नले मागेको उत्तर लेख्न सकेन भने उस्ले चाहेको जस्तो अंक पाउन सक्दैन । त्यसैले आफ्नै मौलिकता झल्कने भनेर भनिएको हो । अर्को कुरा चिट चोर्ने कुरा । चिट पनि फेसन जस्तै भइसकेको छ । चिटले पनि विद्यार्थीको मौलिकतामा असर पारेको हुन्छ ।
एसईई परीक्षाको नतिजा १.६५ देखि ४ जीपीए ल्याउने विद्यार्थी २०७२ मा ८४.३३%, २०७३ मा ८२.३८% र अहिले २०७४ मा ७५.९२% मात्र देखिन्छ । अब हामीले जीपीए केहो भनेर विद्यार्थी, शिक्षक र अभिभावकलाई बुझाउनु आवश्यक छ । नतिजा खस्किनुमा हाम्रै दोष छ ।
अन्तमा कक्षा ९, १० मा शैक्षिक सत्रको सुरुवातमै विद्यार्थीलाई पाठ्यक्रम पढाउनुपर्छ । कुन खण्डबाट कति कति अंक भार पढ्ने ?, र कसरी उत्तर पुस्तिकामा प्रस्तुति गर्ने, ह्याण्ड राईटिङ र सुद्धता कति हुने ?, कति समयमा कति प्रश्न हल गर्ने ?, कति समयमा उत्तर पुस्तिका बुझाइ सक्ने ?, आफ्नो अटेण्डेन्स कहाँ–कहाँ गर्ने ? अन्तमा केही छुट्यो की भनेर जाँच गर्ने विधि हामीले समयमा नै सिकाउन सकेमा पछि पछुताउनु पर्दैन । यति गरेमा कम्तिमा सिर्जनात्मक उत्तरको अपेक्षा गर्न सकिन्छ की । यसका साथै विद्यार्थीहरूलाई जीपीएका विषयमा पनि सुरुदेखि नै अभ्यस्त गराउनु पर्दछ ।

प्रकाशित मितिः   १४ असार २०७५, बिहीबार १४:४०