गाउँमा के छैन र ?

क्रान्ति शर्मा
सबैभन्दा रमाइलो गाउँमा छ ?
सबैले छोडेका थोत्रा घरहरू गाउँमा छन् ?
सन्तानले छोडेका बुढा बा–आमा गाउँमा छन् ?
कही नभएको छुवाछुत गाउँमा छ ?
भेदभाव, हिंसा, सब गाउँमा छ ?
त्यति होर सबैभन्दा राजनीति गाउँमा छ ?

हाम्रा गाउँघरहरू साँच्चिकै हुनुपर्ने जस्ता छैनन् । बरु बनाउनुपर्ने जस्ता छन् । गाउँघरमा प्रायः सबैकुराको सिजन मै चर्चा हुन्छ । कहिले रापाईंको सिजन, कहिले धान काट्नजे सिजन, कहिले मकै, गहुँ छर्ने सिजन, कोदो, फापर, तिल के–के छर्ने, गोडमेल गर्ने, काट्ने, इत्यादी कसैको घरमा विवाह भयो त गाउँभरी रमाइलो हुन्थ्यो, पूजामा त्यस्तै हुन्थ्यो । अचेल पनि हुन्छ । यी त सकारात्मक कुरा हुन् । कि आफ्ना जीवनयापनमा सक्रिय बन्नु, सामाजिक क्रियाकलापमा सरिक हुनु ।
तर गाउँमा छुवाछुत पनि छ । मैले खुब देखेकी छु । आफ्नै गाउँमा, आफ्नै छिमेकमा । उच्च जात, तल्लो जातका नाममा प्रत्येक दिन मानिसहरू बीचमा ठूलो बहस हुन्छ तर निस्कर्श कहिल्यै बदलिदैन । नराम्रा प्रवृत्ति कहिलै बदलिएकै छैनन् । छोराछोरी शहर पढ्न पठाएका उच्च जातका शिक्षित मानिसका परिवारमा न छोराछोरीले छुवाछुत ठीक होइन भन्ने सके न त घरमा बसेका बुबा–आमाले पानीपँधेरामा पानी नछोइदे भन्न छाडे । सब यथावत छ । दैनिक घटनाहरू घटेकै हुन्छन् ।
म सानी हुँदादेखि यही सोच्ने गर्थे साँच्चै यो जात पनि सानो ठूला हुन्छ त ? कसैले छोएको पानीले खायो भने असर गर्छ त ? मैले कयौं पल्ट यो जातभात भन्ने मान्छेहरूलाई झुक्याएर पानी बोकेर घर फर्किदा पछाडीबाट छुवाइ दिएकी पनि छु । अनि भोलिपल्ट त्यो पानी खाएर के हुँदो रै’छ भन्दा केही पनि भएकै हुन्न ? सब व्यर्थ, बकवास गाउँघरमा एकैनासका सबै जातका साविहरू त हुन्थे नै । अनि बेला–बेलामा यि ‘के हुन्छ ?’ भन्ने विचारहरू गर्दा हामीहरू खुव रमाउँथ्यौं ।
घरमा आएर बुबा–आमासँग छुवाछुट ठीक हो कि होइन भनेर सोध्दा बुबा मुसुक्क मुस्कुराएर आफ्नो लामो जवाफ सुरु गर्नुहुथ्यो, ‘छोरी हाम्रो जीवन किराएको घर हो एकदिन सबैले छोडेर जानैपर्छ । कोही मान्छेको पनि जात सानो ठूलो हुँदैन । काम जसले जे गर्छ त्यसले ठूले हुन्छ ।’ यदि तल्लो जातले छोएको नचल्ने भए प्रायः घर पनि तल्लो जातले गराउँछन्, कपडा सिउने पनि तल्लो जाती हुन्छन्, आसी, गाग्री बनाउने पनि तल्लो जाती हुन्छन्, सुन बनाउने पनि तल्लो जाती हुन्छन् मन्दिर बनाउने पनि तल्लो जाती, मुर्ती बनाउने पनि तल्लो जाती ।
अब के यी सब अपवित्र भए त ? यसो हो भने हामी मान्छेले खाने खानादेखि लाउने कपडा, बस्ने छरसम्म अपवित्र हुन्छ त हामी कसरी पवित्र भयौं त ?
यस्तो हुन्न बाबु, मान्छेहरू आ–आफ्नो कर्म गरेर जिउने हो । यो जातले त्यो जातले यो गर्ने भन्ने पनि हुँदैन । जो सँग जे छ त्यही गर्ने हो । कसैले कसैलाई अपहेलना गनुपर्ने नै छैन । सब आ–आफ्ना ठाउँमा ठीक छन् । माथिल्लो जातीले छाएको पानी तल्लो जातीले खान्न भन्छ भने पनि त्यो अधिकार हो , तल्लो जातीले छोएको पानी माथिल्लो ज ातीले खान्न भने पनि त्यो यसको अधिकार हो । तर तल्लो जाती म माथिल्लो जाती भनेर होच्याउनु मुर्खता हो । जातका नाममा झगडा गर्नु उचित होइन ।
‘अनि बुबा, सबै घरमा यसैगरी सम्झाउने भए त सबै ठीक भइहाल्थ्यो नि किन झगडा गर्छन् त ।’
म पनि खब सोध्थें, अझै सोध्दैछु । किन गाउँमा अझै उस्तै छ भनेर ।

मान्छेहरू बोटोमा हिँड्दा बिरालोले बाटो क्रस ग¥यो भने पनि एकछिन रोकिन्छ र भन्छन्, ‘धत् विरालोले बाटो काट्यो अगाडि नजाऊ है…
अब यस भनाइर्ला संस्कार मान्य यो कु–संस्कार ? यस्ता परम्पराहरू गाउँसहर जताततै हावी नै छन् । अहिलेको समाज पति विकृत भइसक्यो कि बच्चाबच्चीदेखि बुढासम्म पनि अछुत छैनन् । कु–संस्कारका सिकार महिला मात्रै होइन युवायुवती पनि छन् बुद्ध पनि छन् । हिंसाको चर्चा त खब सुनिन्छ । महिला माथिको हिंसा समाजको प्रमुख आवाज हो । हरेक घरमा जसरी होस् (प्रत्यक्ष, अप्रत्यक्ष) जुन रूपमा पनि भएकै हुन्छ ।

राजनीतिको प्रभाव गाउँमा यत िबिघ्न हुन्छ कि मानिसहरू आ–आफ्ना छिमेकीसँग बोल्न बन्द गरिदिन्छन् । खाना खानै पनि छोडेर राजनीतिको गफ गर्न हिँडिदिन्छन् ।
आफ्नै घरका दाइभाइ, श्रीमान–श्रीमती, आमा–बुबासँग नै बालचाल बन्द गरिदिन्छन् । मानिसहरूमा न परिणाम थाहा हुन्छ न त प्राप्ती तै पनि राजनीति त राजनीति नै हो ।

हो ! हाम्रो गाउँ ठाउँमा सब छ । प्रकृतिले दिनुपर्ने जति सबै सुन्दरता दिएकै छ । तर यत्ति फरक हो कि, मानव जातीले समाज नै कुरूप हुनेगरी क्रियाकलाप अगाडि सारेकै छन् ।
गाउँमा अब केही गरौं न भन्ने जागरिला युवा नै छैनन् सबै दिेशिए, बाँकी कुलतमा पसे, बाँकी सहर पसे । गाउँमा ढल्नै आडेका थोत्रा घरहरू मात्रै बाँकी छन्, बुढा बा–आमा छन् जो मृत्यु मागिरहेका छन् । साझबिहान खाना बनाएरसमेत खान नसक्ने गरी थलिएका छन् । हो नि ? गाउँमा के छैन र ?
गाउँमा के छैन र ?
अस्ती विदेशमा बेचिएकी नारी उद्दार गरेर गाउँ छोडिएकी छ, विदेश गएको पुरुष आज हात कटिएर गाउँ फर्किएको छ । जागिर भएको छोरो आज खब छोडेर हातमा चुरोट समाएर गाउँ फर्र्किएको छ । हो, गाउँमा के छैन र ? विकास गर्नका निम्ती नीति त ल्याइन्छन्, पूरा पनि हुन्छन् तर त्यो गरिएको विकासको भाल उठाउन सक्ने सोच, मानिस नै गाउँमा छैनन् ।
गाउँका सब मान्छे भरी ‘सहरमा सब छ’ भन्दै दिनानुदिन गाउँ दौडिरहेकै छन् ।
अचेल त गाउँ,
न गाउँ जस्तो रह्यो न सहर नै बन्यो भन्ने जस्तो भइसक्यो ।

गाउँमा सब छ ! बाँकी त्यस्ता मान्छेहरूको सोच छ जसले गाउँलाई साँच्चिकै हुनुपर्ने जस्तै बनाउन सक्छन् । हो गाउँमा सब छ ।

प्रकाशित मितिः   ९ असार २०७५, शनिबार १०:२६