आमाको भूमिका
कुनै पनि बच्चा काखमा छ, अथवा जन्मिसकेको छ भने ऊ एउटा मान्छे नभएर हिरो हो स्मरण रहोस् । तपाईंको बच्चाको जन्म संयोग नभएर यो पृथ्वीको अत्यन्तै जरुरी मान्छे हो । संयोग त तपाईंको जन्म हो जसले यो पृथ्वीको भार उठाइ रहनुभएको छ । म तिनी आमाको बारेमा भनिरहेको छु जसले आमा जस्तो शब्दलाई बनाउनु भयो । आमा नाम त तिनी देवीलाई सुहाउँछ जसले आफ्नो बच्चाको लागि कुनै पनि संघर्ष गर्न हरदम तयार हुन्छिन् । त्यही बच्चाको लागि संसारका सबै खुशीहरू पनि त्याग्न सक्छिन् । म तिनी आमाको बारेमा भनिरहेको छैन जसले मायाको नाममा छोराछोरीलाई पुकार, सूर्ती, रक्सी र अन्य लागू पदार्थ सेवनको लागि पैसा दिने गर्छिन र आफू पनि सेवन गर्ने गर्छिन् । आमाको माया चाहे भर्खर जन्मेको बच्चा होस् या ८४ वर्षको वृद्ध सबैलाई समान चाहिन्छ । मुख्य कुरा त आमाको अर्थ हुन्छ, ‘आ’ भनेको आत्मा अथवा आदर्श र ‘मा’ भनेको माया अथवा ममता । यिनै दुई शब्दलाई जोड्ने हो भने आत्माको माया अथवा आदर्श ममता भन्ने बुझिन्छ । आमा चाहे जतिसुकै संस्कार सिकाउने हुन् या नहुन बच्चालाई कुनै पनि नशामा जान नदिनको लागि आमाको माया सबैलाई समान हुनुपर्छ । जति पनि व्यक्तिहरू नशामा फसेका छन् तिनी सबै व्यक्तिहरू आमाको मायाबाट वञ्चित थिए । उनीहरूले आमाको माया कस्तो हुन्छ त्यो महसुस नै गर्न पाएनन् । चाहे हार्वड विश्वविद्यालयका प्राध्यापक हुन् या अमेरिकाको राष्ट्रपति त्यसले कुनै पनि असर पर्ने वाला छैन । असर पर्ने छ त मात्र आमाको त्यही ममताय माया जहाँ न कुनै रिस हुन्छ न कुनै राग हुन्छ । मात्र त्यहाँ चोखो पवित्र माया हुन्छ ।
आमाको माया भन्नाले त्यो मायालाई मात्र बुझउँछ जहाँ छोरा हजार पटक लड्दा पनि उठ्न सिकाउँछिन् । जुन छोरीको संगीत बिग्रेको छ त्यो संगीतलाई साँचो स्वरूपमा ढाल्न सिकाउँछिन् । आमाको साँचो माया त त्यो हो जसले एक मात्र शब्द उच्चारण गर्छिन ‘पढ छोरा, पढ छोरी, झट्का लगा अघि बढ ।’ काँडामा सलको छेउ अल्झे जस्तो गरेर काँडामा अल्झेको छौ भने पनि झड्का लगाऊ भनेर सधैं शान्त र सुखी राख्छिन् । बच्चाको लागि आमाको माया त्यो हो जुन आमाले आफ्नो बच्चालाई भेडाहरूको बगालमा नपठाउन । यदि पठाउनु नै छ भने सिंहको बच्चासँग पठाउन जहाँ उसले शिकार कसरी गर्नुपर्छ भन्ने सिकोस् । उसलाई यो कुरा भन्न नछुटाउन की म तिमीलाई धेरै माया गर्छु, म सधैं तिम्रो हेर विचार गर्छु, म प्रत्येक पलपलमा तिम्रा मुखबाट राम्रो कुरा मात्र सुन्ने अपेक्षा राख्छु, तिमी सधैं केही समय मिलाएर तिनी जो भोगको पीडाले छट्पटाइ रहेका छन् । तिनीहरूको पीडाको अर्थ पनि बुझ्न सिक भन्ने चाहन्छु । यदि तपाईंले पहिले आफ्नो बच्चामा राम्रो संस्कार बसाल्न मात्र सक्नुभयो भने त्यो संस्कार दिन प्रतिदिन बढ्दै गएर एक दिन एक इतिहास सावित हुनेछ । हो म गलत कहिल्यै हुन सक्दैन किन भने बाबाको अगाडि तिनपाने रक्सीको गिलास हुन्छ र त्यति नै बेला बाबाले भन्नुहुन्छ, ‘मेरो छोरा इन्जिनियर हुन्छ, डाक्टर हुन्छ, पाइलट हुन्छ’ र अन्य पनि तर उही बाबालायई थाहा हुँदैन कि कुनै पनि शब्दको चित्र हुँदैन भनेर मात्र चित्र हुन्छ त रक्सीको गिलासको र समस्या हाम्रो दिमागले शब्दलाई होइन चित्रलाई मात्र बुझ्ने गर्दछ । स्मरण रहोस् तिनी बाबाहरूलाई जसले रक्सी खाएर मम्मीसँग झगडा गरेर छोराछोरीलाई पढ भन्छन् । फेरि लेख्दैछु यदि आफ्नो छोराछोरीको अगाडि राम्रो व्यवहार प्रस्तुत गर्नुहुन्छ भने ठीक छ तपाईंको छोराछोरीले राम्रो व्यवहार सिक्नेछन् यसमा कुनै शंका नै छैन र यदि कसैले आफ्नो बच्चाबच्चीको अगाडि नराम्रो व्यवहार देखाउनुहुन्छ, बच्चालाई जति मायाको आवश्यकता हुन्छ त्यति दिन प्रयास गर्नु भएन भने, मेरो मुटुको टुक्रा अथवा मेरो बच्चालाई कुनै स्वरूपमा ढाल्ने भनेर योजना बनाउनु भएन भने बच्चाबच्चीले सोधेको भनेका र गर्न लागेका कुराहरूलाई असल र खराब भनेर छट्याउनु भएन भने अन्य विद्वान हुन या मुर्खले ल्याएका विशिष्ट श्रेणीको कागजको पर्चा हेर्न खोज्नु भयो भने, अरुका श्रीमती हुन् या श्रीमान्लाई मन पराउन थाल्नुभयो भने, आफ्नो बच्चाबच्चीलाई आवश्यकता भन्दा बढी माया देखाउन खोज्नु भयो भने, अरुले सुनाएका दुई–चार बन्द अथवा कुराहरूलाई सम्झेर आफ्नै बच्चाबच्चीलाई गाली गर्न थाल्नुभयो भने, आफ्नो परिवारभित्र सबैलाई एक–एक लक्ष्य बनाउन प्रेरित गर्नुभएन भने, आफूलाई मात्र निर्णायक सम्झन थाल्नुभयो भने, चाहे तपाईंलाई जतिसुकै रिस उठोस् कुनै पनि समय होस् यदि तपाईले मिठो बोल्नुभएन भने, यदि महान् लक्ष्य बनाउनु भएन भने, कुनै पनि सदस्यलाई ऊर्जा दिनुको साटो निराशातिर पु¥याउनुभयो भने, बोल्दाखेरी त्यसको आउने रियाक्सन सम्झनु भएन भने, आदि आदि ।
साँच्चै मैले लेखे जति र लेख्न छुटाए जति गुणहरू होलान् कसैमा । थोरै मात्रामा भए पनि अलि धेरै छन् भने पनि केही छैन । राम्रो गुण भए राम्रो नै भइहाल्यो, नराम्रो गुण भएपछि तपाईं सुधार्न सक्नुहुन्छ । यदि तपाईंसँग सकारात्मक गुणहरू छन्भने भोलि एक इतिहास बन्ने वाला छ । यसमा शंकाको दृष्टिकोणले हेर्न जरुरी छैन । तपाईं आफै नै एउटा इतिहास भित्र प्रवेश गरेको पाउनुहुनेछ । यदि तपाईंमा नकारात्मक गुणहरू छन् भने सम्झनुहोस् एउटा टिभीमा डिस भएन भने कस्तो झ्यार, झ्यार मच्चिन्छ भनेर । मेरो बाबा, मेरो मम्मी, मेरो भाई, मेरो समाज, मेरो राष्ट्र यिनी सबैको सरल र सटिक नाम हो आमा । तपाईं आफै नै भन्नुहोस् तपाईंको आँखा अगाडि देखिने टिभीमा डिस जोडेर स्पष्ट देखियोस् भन्ने चाहानुहुन्छ या तपाईं मृत्युको मुखसम्म पुग्दा पनि झ्यार–झ्यार टिभीमै रमाउनुहुन्छ । यहाँ डिस भनेको तपाईंका सकारात्मक र नकारात्मक गुणहरू हुन्, टिभीभित्र जुन च्यानल र मान्छेहरू हुन्छन् तिनी तपाईं स्वयम् आफू हो र जुन स्पष्ट टिभी हुन्छ त्यही नै तपाईंको उज्वल भविष्य हो । तपाईंलाई थाहा नै होला । डिस जोड्न र स्पष्ट च्यानल हेर्न धेरै प्रोसेसहरू पूरा गर्नुपर्दछ । यदि तपाईं डिस आफै ओछ्यानमा आउछ भनेर सुत्नुभयो भने तपाईं सधैं ओछ्यानमा र अन्यले सधैं डिस जोडेर स्प्ष्ट च्यानल हेरिरहेका हुनेछन् ।
संघर्ष हुन्छ र त जीवनका यिनी चल्ने प्रत्येक सेकेण्डहरू मोडिन पुग्दछन् । यदि मान्छे भित्र नै संघर्ष नहुने हो भने यो ब्रमाण्डको कुनै अस्तित्व नै रहनेछैन । जुन मानिस अरुभन्दा बेग्लै तरिकाले विचार व्यक्त गर्नेगर्छ उही नै आमाले जन्माएको एक असल सन्तान हो । विचारबाट नै मान्छेको भविष्य निर्धारण हुने हो । विचार नै भविष्यकी आमा हुन् । प्रत्येक विचारले मानिसलाई सफलता र असफलतातिर दौडाउने काम गर्दछ । ब्रम्हाण्डमा जन्मेका प्रत्येक व्यक्तिमा फरक–फरक किसिमका हिराहरू लुकेर बसेका हुन्छन् । यो हिरालाई बाहिर देखाउनको लागि आमा–बाबाको राम्रो संस्कारको अत्यन्तै आवश्यक देखिन्छ । यदि कुनै बच्चालाई स्कुल पठाउनुको साटो दिनमा एक–दुई जनालाई मात्र भए पनि सहयोग गर्छ भने ऊ नै आफूभित्रको हिरा चिन्नसक्ने मान्छे हो । आजकल आमा–बाबाहरू बच्चा–बच्चीलाई साधारण स्कुलदेखि लिएर महंगा–महंगा स्कुलमा पठाउने गर्दछन् जहाँ साधारण स्कुलमा बच्चा–बच्चीहरू आफ्नो दिमागले भेटाएसम्म काण्ड गर्ने र महंगा स्कुलहरूमा आफ्नो धन देखाउने र धनले जे–जे गर्न सकिन्छ अथवा आफूसँग भएको धनको क्षमता देखाउने पर्दछन् । एक स्कुल वा कलेजले एउटा पागल मान्छे निर्माण गर्न बाहेक अरु केही पनि फरक गर्न सक्दैन । कुनै पनि बच्चा कम्तीमा ५–६ वर्ष भएपछि दैनिक स्कुलमा जान्छ र उसको दैनिकी अरुले देखिदिएका कविता, कथा, मनोवाद, निबन्ध जस्ता कुराहरू पढ्दा पढ्दै खै कस्तो किसिमको उत्कृष्ट विद्यार्थी हुन्छ र एक दिन कलेज पास गरेर विश्वविद्यालयको शिक्षक अथवा कुनै सरकारी संस्थाको कुनै पोष्टमा जागिर खान बाध्य हुन्छ । चाहे उसको नाम जे सुकै होस् उसको प्रतिभा जे सुकै होस् उसको सोच्ने क्षमता जस्तो सुकै होस् उसको औठाको छाप कसैसँग नमिलोस् केही फरक पर्दैन । मात्र यति थाहा छ यिनी विद्यालय जानेलाई कति बेला कलेज र विश्वविद्यालय पास गरेर आयोग अथवा कुनै पनि जागिर खाइएला भन्ने । ए भाई तिमी यदि फलामसँग नै सम्झौता गरेर बस्छौ भने आफूभित्रको त्यो चमत्कारपूर्ण हिरालाई कहिले चिन्छौ । एक मेरो मम्मीको छोरा तिमी त्यो खच्चडको जिन्दगी किन बाँच्न चाहन्छौ । न त तिम्रो जीवन तिम्रो हातमा छ अहिले तिमी जब सानो थियौ नि त्यतिबेला तिम्रो बाबा–मम्मीको हातमा तिम्रो हिरा थियो यदि तिमी अहिले पुकार, सूर्ती अथा अन्य केही पनि नशामा बिग्रेको छौं अथवा फसेको छौ भने गालि गर तिमी बाबा–मम्मीलाई जसले तिम्रो हिरालाई बाहिर तल्काएर देखाउने प्रयास नै गरेनन् तर यसको समस्या ठूलो देखियो र तिम्रो बाबा आमाको स्थानमा यो हिरा राख्नाले खिया लाग्ने डर भयो र भगवानले अहिले तिमीलाई दिनुभएको छ तिमी आफे भन अब बाबा–मम्मीको हातमा हिरा नभएर अब तिम्रो हातमा छ यो । दुनियाँलाई टल्काएर देखाउँछौं या लुकाएर राख्छौ या खच्चडको जस्तो जीवन बाँच्छौं त्यो तिम्रो चल्ने प्रत्येक घड्कनमा निर्भर छ ।
अन्तमाः आफ्नो छोरा–छोरी अथवा बच्चा–बच्ची भित्रको टल्किने त्यो हिराको गुणलाई चिन्न प्रयास गर्नुहोस् मेरी आमा । जुन तपाईंका सहयात्री तिनी पुरुषहरू छन् यदि तपाईंको बच्चाबच्चीको त्यो
हिरा टल्काउने सामथ्र्यलाई उजागर गर्न मद्दत गर्दैनन् भने हान्नु लात्ताले, दिनुहोस् मनभरीको जवाफ, छोड्दिनुहोस् तिनी नामहरूलाई अनि मात्र तपाईं सही र साँचो हुनुपर्छ । यदि तपाईंको सहयात्री समझदारीपूर्ण ढंगले अगाडि बढ्न इच्छुक हुन पनि सक्नुहुन्छ । एक पटक आफ्नो सहयात्री अथवा श्रीमान्लाई भन्नुहोस् । हाम्रो हिरालाई किन दबाएर राख्ने, किन हाम्रो हिराको गुण र अन्य तिनी टल्किने हिराको गुणलाई फरक पार्ने, हाम्रो अन्तिम उद्देश्य भनेको नै हिरालाई ऊजागर गरेर टल्काएर देखाउनुहोस् भन्ने हो । त्यसैले हिरालाई टल्काउन कति पनि ढिलो नगरौं भन्नुहोस् । यदि यति सबैभन्दा हजुरको सहयात्री अथवा श्रीमान्ले बुझ्नुभयो भने ठीक छ केही समयपछि तपाईंको हिरा टल्किने छ धैर्य गर्नुहोस् । यदि जुन सहयात्रीले अथवा श्रीमान्ले तपाईंको कुरा बुझ्दैन भने एउटा गोरुलाई जति रामायण पढाइन्छ अथवा समुन्द्रमा जति पनि पानी फ्याँकिन्छ नि त्यति नै उसको क्षमता हुन्छ । अझ सटिक रूपमा भनौं भने नेपाल उखान ‘बाह्र वर्ष रामायण पठायो सीता कसकी जोई’ भने जस्तै हुन्छ । त्यसैले त्यो सुनौलो हिरा टल्काउनको लागि तपाईं एक क्रान्तिकारी योद्धा आफै बन्नुपर्ने छ । आमा हजुरलार्य के को समस्य छ त्यसलाई चिन्नुहोस् । तपाईं जस्तै आमाको प्रेरणाले विश्वको कुनै पनि देशमा जन्मेका व्यक्तिहरूले इतिहास रचेका हुन् । आमा तपाईंले बोलेका प्रत्येक शब्दमा अमृत हुन्छ त्यसैले व्यर्थको अथवा मजाक गर्ने कुराहरू आफ्नो छोरोछारीसँग कहिल्यै नगर्नुहोस् । बरु सक्नुहुन्छ भने तपाईंको छोराको आँखा त्यही बचपन मे फटाइदिनुहोस् तर त्यो गलत कुरा देखेर सहन सक्ने छोरा–छोरीको जन्म कदापी नदिनुहोस् । सोध्नुहोस् तपाईंको छोरालाई बाबु तिमीलाई के मनपर्छ भनेर अनि तपाईंको छोराले जे सुकै भनोस् त्यति नै समयमा भनिदिनुहोस् उसले भनेको कुरा सत्य छ या असत्य त्यहाँबाट नै तपाईंको छोराछोरीले असत्य र सत्य खोज्ने कला सिक्नेछन् । तपाईं बाबा हुनुहोस् या आमा केही पनि असर पर्दैन यदि आफ्नो बच्चालाई म यो मन्छेको जरुरी छ यो मान्छे नै बनाउँछु आफ्नो विचार छ भने तपाईंको बच्चा दुई वर्षको होस् यो बीस वर्षको होस् दैनिक बिहान उसलाई त्यो जुन तपाईं बनाउन चाहनुहुन्छ त्यसमा जरुरी हुन्छ । आकर्षित बनाइदिनुहोस् अथवा चाहे जे सुकै होस् उक्त बनाउन चाहेको मानवको बारेमा आफूलाई जति ज्ञान छ त्यति शिक्षा दिनुहोस् ।
साझा बिसौनी ।