केपीएलः कर्णाली चिनाउने आधार

उसो त नेपालमा क्रिकेट प्रतिको क्रेजमा वृद्धि भएको त्यति धेरै समय भएको छैन, नेपाली क्रिकेट टोलीले एकदिवसीय मान्यता पाएसँगै चुलिएको नेपाली क्रिकेटको चर्चा सन्दिप लामिछानेले भारतको प्रतिष्ठित लिग आईपीएलमा प्रदर्शन गरेको क्षमतासम्म आइपुग्दासम्म पनि नेपाली क्रिकेटको चर्चा सेलाएको छैन । विगतमा ठूला र छिमेकी मुलुक भारतसँग नजिक रहेका सहरहरूमा मात्र केन्द्रित क्रिकेटको क्रेज विस्तारै देशभर फैलिइदै गएको छ ।


पछिल्लो समय सुर्खेतमा हुँदै गएका क्रिकेट प्रतियोगिताहरू हेर्दा सहजै अनुमान लगाउन सकिन्छ, अब क्रिकेटका क्षेत्रमा कर्णालीले पक्कै फड्को मार्छ । संरचना अभावका बीचबाट आयोजना गरिएको कर्णाली प्रिमियर लिग यसको उदाहरण हो । हामी सुर्खेतबासीको लागि आफैमा गर्वको विषय, कर्णाली प्रिमियर लिग अर्थात् कर्णाली प्रेदेशकै सर्वाधिक धनराशिको क्रिकेट प्रतियोगिता । स्थानीय संघ संस्थाहरूले आयोजना गर्ने सानो परस्कार राशीका क्रिकेट प्रतियोगिता बाहेक राष्ट्रिय लगानीमा कुनै प्रतियोगिता आयोजना नहुने सुर्खेतमा केपीएल हुनु ठूलो उपलब्धी हो । प्रतियोगितामा गीर्खा र ढुङ्गाले भरिएको वीरेन्द्रनगरको रंगशालामा राष्ट्रिय टिमका खेलाडीहरूसमेत सहभागी रहेको प्रतियोगिता सञ्चालन गर्ने आयोजकको बाध्यता थियो । तर पनि यसरी हेर्दा छोटो समयमा सुर्खेतका गतिविधिहरू ह्वात्तै बढे, जसले गर्दा देशभरका क्रिकेटप्रेमीहरूको ध्यान सुर्खेततर्फ मोड्न मदत ग¥यो र कर्णालीलाई हेर्ने नागरिकहको नकारात्मक नजर पनि सकारात्मक बनाउनका लागि प्रेरित पनि ग¥यो ।
यो एउटा सुरुवात थियो, प्रायः हरेक सफलताका सुरुवात पीडा र अभावले भरिएका हुन्छन्, तर यतिका अभावका बीचमा पनि सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता आयोजना हुनु यस क्षेत्रका खेलाडीका लागि एउटा सुनौलो अवसर थियो । केपीएल यस क्षेत्रका खेलाडीका लागि आफ्नो क्षमता देखाउने एउटा स्थान बन्न पुग्यो, जहाँ खेलाडीहरूले आफ्नो क्षमता प्रदर्शनमा कुनै कन्जुस्याइ गरेनन् । यसरी आफ्नै क्षेत्रमा आयोजना भएको प्रतियोगितामा ढुङ्गा र गीर्खाले भरिएको मैदानमा खेल्नुमा पीडा भए पनि अवसर महŒवपूर्ण थियो ।

छोटो समयमा क्रिकेटका क्षेत्रमा कर्णालीमा यतिका सुधार हुँदा पनि क्रिकेटप्रति सरकार गम्भीर हुन सकेको छैन । नेपाली क्रिकेट इतिहासमा महŒवपूर्ण योगदान गरेका, राष्ट्रिय टिमबाट खेल्ने खेलाडी उत्पादन गरेका कतिपय जिल्लाहरू अभैm पनि ओझेलमा छन् । जिल्लामा भएका खेल मैदानहरू अतिक्रमणको चपेटामा पर्नु, भएका खेलमैदानहरू उचित मर्मत सम्भार एवम् संरक्षण हुन नसक्नु र राज्यले विशेष गरी क्रिकेट खेलमा लगानी नगर्नुले सुर्खेत जिल्ला क्रिकेटका लागि आवश्यक संरचना नहुँदा पछाडि परेको छ ।

आफ्नो लगानीमा क्रिकेट खेलिरहेका खेलाडीलाई समेत सरकारले प्रोत्साहन गर्न नसकिरहेको अवस्थामा केपीएल आयोजना हुनुबाट क्रिकेटमा विकासको आशा गर्न सकिन्छ । भौतिक पूर्वाधार र उचित व्यवस्थापन गर्नसके जिल्लाले हरेक वर्ष नयाँ र राम्रा खेलाडी उत्पादन गर्न सकिन्छ । राष्ट्रको उदाशीनताको कारण यस क्षेत्रबाट क्रिकेट खेल र खेलाडीहरू पलायन हुन थालेका छन्, यसप्रति सरकारी चिन्ता हुनुपर्छ ।

सुर्खेतको वीरेन्द्रनगरमा रहेको कालुङ्गचौक मैदानलाई मर्मत सम्भार गरी व्यवस्थित मैदान बनाउनुपर्ने देखिन्छ, यसका लागि यस क्षेत्रका सम्पूर्ण क्रिकेट खेल प्रेमीहरूले सरकारलाई निरन्तर खबरदारी आवश्यकता छ । कर्णालीको गौरव र सम्पत्तिको रूपमा क्रिकेटलाई स्थापित गर्ने क्रिकेट प्रेमिको चाहाना पूरा गर्नका लागि प्रदेश सरकारको महŒवपूर्ण सहयोग आवश्यक छ । क्रिकेटको विकास र प्रचारका लागि स्थानीय निकाय, बुद्धिजीवि र राज्यले बेलैमा विशेष पहल गर्नुपर्ने आवश्यकता देखिन्छ । खेलमा अनावश्यक राजनीति गर्नु भन्दा पनि खेलको विकासमा जोड दिनु आजको आवश्यकता हो ।

अहिले सुर्खेत जिल्ला क्रिकेट संघले कर्णालीको क्रिकेटलाई नेतृत्व लिइरहेको छ । क्रिकेट संघले फागुन १९ देखि २६ गतेसम्म वीरेन्द्रनगरमा पहिलो प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियोगिता सम्पन्न गरेसँगै कर्णालीमा क्रिकेट प्रतिको मोह बढेको देखिन्छ । पहिलो पटक आयोजना गरिएको भए पनि खेलाडीहरूको आशालाग्दो प्रदर्शन र दर्शकहरूको उपस्थितिले सुर्खेतमा क्रिकेट प्रतिको क्रेज अझै उचाइमा पु¥याएको थियो । यसरी हेर्दा क्रिकेट प्रतियोगीताहरूमा दर्शकहरूको बाक्लो उपस्थितिले पनि क्रिकेटको विकासका लागि सहयोग गर्ने देखिन्छ । क्रिकेटमा पछिल्लो समय बालबालिकादेखि युवाहरूको उत्तिकै आकर्षण छ ।

खेलाडीहरूलाई यस क्षेत्रमा टिकाइरहनका लागि प्रदेशस्तरमा नियमित प्रतियोगिता सञ्चालन गर्न सकेमा क्रिकेटको विकासमा महŒवपूर्ण सहयोग पुग्नेछ । अहिले सुर्खेतमा क्रिकेटको विकास र विस्तारका लागि केही अवरोधहरू देखापरेका छन्, तर ती बाधालाई पनि सहज रूपमा पार गर्नका लागि पहलहरू भइरहेका छन्, मैदानको अभाव हुनु यहाँको क्रिकेट विकासको पहिलो बाधक हो । युवापुस्तामा क्रिकेटप्रतिको क्रेज दिन प्रतिदिन बढ्दै गइरहेको भए पनि जिल्लामा क्रिकेट मैदान नहुँदा अहिले कालुङ्गचौक मैदानलाई उपयोग गर्दै आइएको छ । मैदानकै अभावमा प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता सञ्चालनमा केही समय ढिलाइ समेत भएको थियो । अहिले पनि मैदान अभावकै कारण अभ्यासका लागि पनि खेलाडीहरूले सास्ती खेपिरहेका छन् । तर पनि क्रिकेटको माहोल तातिरहेको कर्णालीमा क्रिकेटका क्षेत्रमा अब केही सुधार होला भन्ने सहजै अनुमान गर्ने थुप्रै आधारहरू छन् ।

बन्धु विकास बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको रुस्लान केपीएलको पहिलो सिजनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका खेलाडीको सहभागिताले दर्शकहरूको सहभागिता बृद्धि गरिदियो । कर्णालीमा प्रथम पुरस्कार तीन लाख र एक लाख ५० हजार दोस्रो पुरस्कार सर्वाधिक थियो, जसले गर्दा खेलाडी र दर्शकलाई झनै क्रिकेट अवलोकनका लागि उत्साह थप्यो । यता गत फागुनको महिना १९ देखि २६ गतेसम्म कर्णालीको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजना भएको प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियोगिताले पनि कर्णालीमा क्रिकेटले फड्को मार्छ भन्ने संकेत गरिसकेको थियो ।

सुर्खेत जिल्ला क्रिकेट संघमा नयाँ नेतृत्व आएपछि यो प्रतियोगिता आयोजना गरिएको यो पहिलो प्रतियोगिता थियो । प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशका पहाडी र हिमाली जिल्ला दैलेख, जाजरकोट, जुम्ला र रुकुमबाट समेत खेलाडीहरू सहभागी थिए, पहाडका जिल्लामा रहेका खेलाडीहरूले पनि आ–आफ्नो क्षमता अनुसार खेल प्रदर्शन गरे । कर्णाली प्रदेशमा क्रिकेट क्रेज बढे सँगै मैदान खोज्न लागिएको छ । कर्णालीको राजधानीमा पर्याप्त खेल मैदान छैन, प्रदेश सरकार अन्तर्राष्ट्रिय खेल मैदान बनाउने दाबी गर्दै आएको छ, तर अहिले सुर्खेतमा राष्ट्रियस्तरको खेल मैदानको आवश्यकता छ । प्रदेश सरकारले अन्तराष्ट्रिय खेलमैदान बनाउने आश्वासन बाँड्नु भन्दा खेल मैदान बनाउने बजेट छुटयाउनुपर्ने आवश्यकता देखिन्छ । भौतिक संरचनाको अभाव र लगानीकर्ताको अभावका बिचबाट पनि सर्वाधिक धनराशीको कर्णाली प्रिमियर लिग सफल रूपमा सम्पन्न भएको छ, केही कमजोरीहरू भए पनि आउने प्रतियोगितामा सुधार हुँदै जाउन्, केपीएलको अर्को संस्करणको लागि आयोजक बन्धुविकास बहुउदेश्यीय सहकारी संस्था र सहयोग गर्ने सबै निकायलाई अझै धेरै शुभकामना ।

प्रकाशित मितिः   १६ जेष्ठ २०७५, बुधबार १४:३६