रक्तदान जीवनदान

Khagendra_Puri
खगेन्द्र पुरी

‘हेल्लो हजुर, तपाईं रेडक्रसको स्वयम्सेवक बोल्दै हुनुहुन्छ ? हजुर बोल्दै छु भन्नुस् । मेरो बिरामीको लागि एबी नेगेटिभको रगत मिलाई दिनुप¥यो हजुर । रगत नपाएर बिरामीको कोहलपुर अस्पतालमा अप्रेशन हुन सकेको छैन । हो र ? हजुर आत्तिनै पर्दैन हामी खोजी गर्न सहयोग गर्छांै ।’ यो संवाद अरु कसैको नभएर म स्वयम् र सल्यान जिल्लाको पत्थरीको बिरामी भएका एक आफन्तको हो । त्यसपछि मैले उक्त ग्रुप भएका रक्तदाताको खोजी गर्ने क्रममा साथी कुलबहादुर खड्कालाई अनुरोध गर्नुका साथै उहाँ रक्तदान गर्न तयार हुनुभयो । अनि ब्लड बैंकमा गइ रगत लिइ आइसमा राखेर कोहलपुर अस्पताल पठाएपछि बिरामीको अप्रेशन सफल भयो । तपाईंको यो गुन हामी कहिल्यै बिर्सने छैनौं भनि बिरामीको आफन्तले दिनुभएको धन्यवाद मेरो जीवनमा अविस्मरणीय क्षण बन्न पुगेको छ ।
यसको श्रेय नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतलाई नै जान्छ । २०६५ सालमा नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाले स्वयम्सेवी रक्तदाता प्रवद्र्धन तालिममा हामी पनि सहभागी हुने अवसर मिलेपछि मैले अध्ययन गर्ने वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा युवा रेडक्रस सर्कलको गठन ग¥यौं । नियमित रूपमा त्रैमासिक रूपमा रक्तदान शिविरको आयोजनाको सुरुवात गरेका थियौं । त्यो समयमा जिल्ला शाखाको साथ र सहयोगले जिल्लामा बेग्लै पहिचान बनाउन सफल म लगायत क्याम्पसका साथीहरू जिल्लामा कसैलाई रगतको आवश्यकता परेमा सिधै खबर पाउने माध्यम बनेका छौं । साथै कुनै संस्थाले रक्तदान कार्यक्रम आयोजना गर्नुपर्छ भनी रक्तदान र जीवनदानको महŒव बुझाउने काम पनि गर्दै आएका छौं । त्यसैको प्रतिफल स्वरूप रेडक्रसमा लागेका हामी युवा मिली जिल्लामा विभिन्न समयमा रक्तदान गरेका र नियमित गर्न चाहने रक्तदाताहरूको सूची बनाउन समेत हामी सफल भएका छौं । यो त भयो मेरो अनुभव अब रगतको बारेमा केही जानकारी लिऔं ।
रगत हाम्र्रो शरीरको मुटु र रक्तनलीहरूमा निरन्तर बगिरहने एक किसिमको रातो तरल पदार्थ हो । रगत मुख्यतया कोषिकाहरू राता रक्तकण, सेता रक्तकण, प्लेटलेट्स र प्लाज्मा मिलेर बनेको हुन्छ । रगत हाडभित्रको मासीमा बन्ने तथा भ्रूण अवस्था र नवजात शिशुहरूमा कलेजो, फियोमा बन्दछ । हालसम्म वैज्ञानिकले गरेको अनुसन्धानले रगतको विकल्प प्रस्तुत गर्न सकेका छैनन् । विश्वमा सन् १६१६ मा विलियम हार्भेले सबै प्राणीमा रगत प्रवाह हुन्छ भन्ने पत्ता लगाए, सन् १६६५ मा रिचार्ड लोअरले मर्न लागेको एउटा कुकुरमा अर्को कुकुरको रगत सञ्चार गराइ त्यसको प्राण बचाए । त्यसैगरी १८१८ मा डा. जेम्स ब्लेन्डले प्रत्यक्षरूपमा एउटा मान्छेको रगत मर्न लागेको अर्को मान्छेमा चढाइ प्राण बचाउन सफल भए । सन् १९०० मा डा. कार्ल ल्याण्डस्टिनरले रक्त समूह पत्ता लगाए उनैको जन्मदिनको सम्झनामा हरेक वर्ष जुन १४ का दिन विश्व रक्तदाता दिवस मनाउने गरिन्छ । सन् १९३१ मा विश्वको पहिलो रक्त सञ्चार केन्द्र स्पेनको बार्सिलोना सहरमा स्थापना भएको थियो । सन् १९४० मा वाइनर र ल्याण्डस्टिनरले फेरि रेशस ९च्जभकगक० रक्त समूह पत्ता लगाए । नेपालमा भने वि.सं. २०२३ सालमा नेपाल रेडक्रस सोसाइटीले नेपालको पहिलो रक्तसञ्चार केन्द्र लक्ष्मी ब्लड बैंक काठमाडौंमा स्थापना भएको थियो । हाल करिब ६२ जिल्लाको एक सय १६ केन्द्रबाट सेवा दिइरहेको छ । पहिलो रक्तदाताको रूपमा दयाविर सिहं कंसाकारले वि.सं. २००० मै रक्तदान गरेका थिए ।
पुरुष या महिलालाई दैनिक कार्य सञ्चालन गर्न प्रति केजी ५० मिली रगत आवश्यक हुन्छ । तर पुरुषमा ७६ मिली र महिलामा ६६ मिलीप्रति केजी रगत रहेको हुन्छ । त्यसैले उक्त जगेडा रगतबाट न्यूनतम ४५ केजी तौल भएको, उमेर १८ देखि ६० वर्ष, हेमोग्लोबिन १२ ग्रामभन्दा बढी, रक्तचाप ११०÷७० सम्म, मुटु फोक्सो कलेजो राम्रो क्रियाशील हुनुपर्ने, पहिले वा हाल जन्डिस, मलेरिया, टाइफाइड, एचआईभी एड्स पोजिटिभ वा औषधि सेवन वा अन्य कुनै बिरामी भए डाक्टरको परामर्श पश्चात् तीन–तीन महिनामा पुरुषले र महिलाले चार–चार महिनामा रक्तदान गर्न सक्दछ । रगतको आवश्यकता पर्न सक्ने अवस्थाहरूमा शल्यक्रिया गर्नुभन्दा अघि वा पछि, दुर्घटना एवम् चोटपटकहरूबाट बढी रक्तश्राव भएमा, गर्भवती अवस्थामा, रगत सम्बन्धी रोग लागेको नवजात शिशुहरूलाई पर्दछ । रक्तदाताले दानस्वरूप दिएको रगत बिरामीसम्म सुरक्षित रूपमा पु¥याउने अभिभारा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाले लिएको छ । यस प्रक्रियामा आवश्यक रगत राख्ने थैली, रगत दिने नली र परीक्षण गर्ने सामग्री, ज्क्ष्ख्,ख्म्च्ी,ज्द्यकब्न जस्ता रोगको परीक्षण गरिन्छ ।
रगतको विकल्प छैन । जीवन र मृत्युको दोसाँधमा परेका बिरामीलाई रगतले जीवनदान गर्नसक्छ । त्यो रगत मानिसकै हुनु आवश्यक हुन्छ । जसरी हामी युवाहरू आफ्नो जिल्लामा सुरक्षित रक्तदाता प्रवद्र्धनमा लागेका छौं । सम्पूर्ण रेडक्रसप्रेमी युवाहरूले यस महान् कार्यमा साथ दिन जरुरी छ । ‘रक्तदान जीवनदान’ जो नामैले काफी छ । कि मानवले मानव मात्रको जीवन बचाउनका लागि गरिने महादान जसको विकल्पै छैन । त्यसकारण आजको आधुनिक तथा मानव सभ्यताले चरम उचाइ लिइरहेको अवस्थामा रक्तदानको महŒव थप बढ्दै गइरहेको छ । एक मावनले अर्को मानवलाई बचाउनका लागि सबैले रक्तदानको आवश्यकता र महŒवलाई बुझ्न जरुरी छ । वास्तवमा रगतको कुनै मूल्य हुँदैन । अर्थात् कसैले चाहेर पनि रगतको मूल्य तिर्न सक्दैन । रगतले नयाँ जीवन दिन्छ, रक्तदानले मानवीय भावनाको विकास गर्दै समाजलाई सहयोगी मार्गमा लैजान्छ । त्यसैले त एकपटक सबैले प्रण गरौं, रक्तदान गर्ने संस्कारको विकास गरौं ।

प्रकाशित मितिः   २३ जेष्ठ २०७३, आईतवार ०९:४९