‘प्रेम प्रस्ताव थुप्रै आए’

भेरी नगरपालिका ११ मटेला जाजरकोटकी सिर्जना गिरीले स्टाफ नर्सको अध्ययन सकेकी छन् । विद्यालयको पढाइमा सानैदेखि तेज सिर्जनाले नर्स भने पूर्णछात्रवृत्तिमा पढ्ने अवसर पाइन् । परिवारकी जेठी छोरी सिर्जना २०५३ साल चैत २६ गते बुबा जितु गिरी र आमा विष्णु गिरीको कोखबाट जन्मिएकी हुन् । सानैदेखिको नर्स बन्ने उनको ईच्छालाई बोस्टर्न ऐकेडेमी फर मेडिकल साईन्सेस चितवनबाट पूरा गरिदिएको छ । लजालु स्वभावकी सिर्जना आफ्नो कलेज लाइफकाबारे साझा बिसौनी सहकर्मी सीता वलीसँग यसरी खुलिन्ः


मेरो चाहाना नै परिवारको चाहाना थियो
मेरो सानैदेखिको सपना नर्स बन्ने थियो । त्यो पनि सरकारी कोटामा पूर्णछात्रवृत्तीबाट । गाउँमा कोही बिरामी भएर डाक्टर नपाउँदा मलाई लाग्थ्यो, म नर्स बनेर मेरै गाउँमा सेवा गर्न पाउँ । वि.सं. २०६९ सालमा मैलै जाजरकोटबाटै एसएलसी उत्तीर्ण गरें । नर्स पढ्ने सपना बोकेर चितवन गएँ, तर मेरो नाम छात्रवृत्तिमा नआएपछि निराश हुँदै घर फर्किएँ । आमाको सल्लाह अनुसार नवलपरासीमा १५ महिने अहेब पढें । अहेब पढ्दा–पढ्दै मैले बोस्टर्न ऐकेडेमी फर मेडिकल साइन्सेस् भरतपुर चितवनमा पूर्णछात्रवृत्तीमा नाम निकालें । मेरो चाहानालाई आमा बुबाले पूरा गरिदिनुभयो । किनभने मेरो चाहाना नै उहाँहरूको चाहना थियो ।
कलेजको पहिलो दिन
कलेजको पहिलो दिन एक्लोपनको महसुस भयो । जाजरकोटमा जन्मिएको मान्छे, चितवनको रहनसहन नौलो लाग्थ्यो । शहरमा हरेक कुरामा भिन्नता पाएँ । चितवनमा मेरो मामा बस्ने भएकोले कलेजसम्म मामाको सहयोगमा गएँ । कलेजको पहिलो दिन नै गोर्खाकी सरस्वती खत्रीलाई
भेटाएँ । आज पनि सरस्वतीसँग उत्तिकै आत्मीयता छ । कलेजबाट पर्किएपछि भने मेरो ईच्छा पूरा भएको महसुस भयो । विद्यायल र कलेजको पढाइमा धेरै भिन्नता पाएँ । त्यसमा पनि नर्सिङ क्षेत्र बढी नियममा बाँधिनुपर्ने । विद्यालय पढ्दा खाने र खेल्ने रहर बढी हुन्छ तर कलेजलाइफमा बढी जिम्मेवारी बहन गनुपर्ने ।
रातभरी अनिदै ड्युटी
अन्य पढाइभन्दा नर्सिङको पढाइ अझ विशेष कडा लाग्छ । अभ्यास बढी गनुपर्ने । बिहानदेखि बेलुकासम्म कलेज । भोक र निन्द्रा भन्न नपाइने । बिरामी पर्दा समेत ड्युटी जानुपर्ने । रातभरी अनिदै बस्नुपर्दा साह्रै गाह्रो हुन्थ्यो । कहिले काहीं खाजा खाने फुर्सद पनि नहुँदा ल्याएको खाजा घर फकार्एर लैजान्थें । कडा अनुसाशनमा बस्नुपथ्र्यो । तर पनि पढ्नै नपरे जस्तो त मलाई कहिल्यै लागेन । कलेज बाहेक बचेको समए पनि म घरमा पढेर बस्थें ।
डेटिङको अनुभव छैन
प्रेम दुःख–सुख साटासाट गर्ने माध्यम हो । प्रेम प्रस्ताव थुप्रै आए तर मैले त्यतातिर कहिल्यै ध्यान दिइन । पिछडिएको क्षेत्रबाट नर्स बन्ने सपना बोकेर चितवन झरेकी थिएँ । आफ्नो सपना र बुबाआमाको विश्वासलाई तोडेर त्यो समयमा प्रेम गर्नु मैले मेरो दायित्व सम्झिइन । प्रेम त गरियो तर आमा–बुबा, भाई–बहिनी र ईष्टमीत्र अनि आफ्नो नर्सिङ सपनालाई मात्र । केटाहरूले खुल्ला रूपमा प्रेम गर्ने र केटीहरूले प्रेम लुकाउने विशेषता त हुन्छ । तर मैले कसैलाई प्रेम गरेको भए भन्थे । अहिलेसम्म प्रेम र डेटिङको अनुभव छैन । कलेजमा साथीहरूसँग भने खुब रमाइलो गरिन्थ्यो । शनिबारको दिनमा फिल्म हेर्न र पिकनिक खान गइन्थ्यो । फिल्म हेर्न ती नवर्षमा ३ पटक मात्र गइयो । तर क्लास बंक भने कहिल्यै गरिएन । स्वभावैले महिलाहरू यस्ता काममा अलि पछाडि नै हुन्छन् । मेरो जीवनमा प्रेमले प्रवेश गरेको छैन । यदि कसैलाई मैले प्रेम गरेभने उसले मेरो पेशालाई बुझ्ने हुनुपर्छ ।
मेरो अन्तिम लक्ष्य
मेरो अबको अन्तिम लक्ष्य नर्सिङ क्षेत्रमै केही गर्ने हो । सकेसम्म आफ्नै गाउँमा गएर सेवा गर्ने ईच्छा छ । सुविधा सम्पन्न क्षेत्रमा त जसले पनि सेवा प्रदान गर्छ तर मलाई विकट क्षेत्र जहाँ औषधि र डाक्टरको अभावमा बिरामी छट्पटाइरहेका हुन्छन् त्यस्ता ठाउँमा गएर सेवा गर्न मन छ । त्यसबाहेक मलाई खुशी भएर बस्न, घुम्न असाध्यै मनपर्छ ।
आमाको सपना पूरा गर्ने तयारीमा छु
मेरो आमा घरमा सानो व्यवसाय गरेर बस्नुहुन्छ । बुबा वैदेशिक रोजगारे हुनुहुन्छ । हामी चार भाईबहिनी छौं । माइली बहिनी अनमी सकाएर बसेकी छ । मेरो नर्सिङ २०७३ सालमा सकिएको हो । पछिल्लो समय नर्सिङ सकेर विदेश जानेको लहर चलेको छ । मलाई पनि रहर नजागेको होइन । तर मेरो आमाको सपना छोरीहरू सरकारी जागिरे भइदिउन भन्ने छ । मेरो आमाको सपना पूरा गर्न म र मेरो बहिनी वीरेन्द्रनगर सुर्खेतमा बसेर लोकसेवाको तयारी गरिरहेका छौं ।

प्रकाशित मितिः   ८ बैशाख २०७५, शनिबार १६:४२