कर्णाली–रारा पर्यटन वर्षको महत्व

डा. दीपक गौतम

राराताल कर्णाली प्रदेशको पर्यटन समृद्धिको प्रमुख अङ्ग हो । हिमाली प्रदेशको अनुपम सौन्दर्य स्रोत हो । वर्तमान समयमा आएर रारा देखेर सिक्ने युवाहरूको संख्या उल्लेख्य छ । राजा महेन्द्र, पूर्णप्रकाश नेपाल यात्री, योगी नरहरिनाथ लगायत थुप्रैले राराको उपलब्धिका बारेमा चर्चापरिचर्चा गरेका छन् । स्वदेशी–विदेशी पर्यटकहरू रारा तालको पवित्रतम् प्रवाहलाई स्पर्श गर्दै छन् । साथी समूह, परिवार समूह, संस्था, उद्योगी, व्यवसायी, अध्ययेतालाई राराले आकर्षण गरिरहेको छ । प्रकृतिले मानव श्रम, सोच, व्यवहार, कला, ज्ञान, सीपविना रारा ताललाई निर्माण गरेको छ र तुलनात्मक र प्रतिस्पर्धात्मक रूपमा कर्णाली प्रदेशलाई कम लगानी र मेहेनत विना शीघ्र परिणामुखी आर्थिक लाभको क्षेत्र बनाएको छ । बराह ताल, जाजुरा ताल, बुलबुले ताल, कुपिण्डे दह, स्यार्पुताल, से–फोक्सुण्डो ताल, राराताल, हुम्लाको दुधे ताल, जाजरकोटको गर्खाकोट दह कर्णाली प्रदेशका अनुपम सुन्दर जलराशीहरू हुन् । पर्यटन, पारवहन, सिँचाइ, मनोरञ्जन, शिक्षा, जलविद्युत, मत्स्यपालन, बोटिङ जस्ता विशेष क्षेत्रको स्रोतका रूपमा कर्णालीका दह वा ताल वा कुण्ड वा पोखरी रहेका छन् ।
आगामी वैशाखमा राराक्षेत्रमा महोत्सवको आरम्भ गरी वर्षभर पर्यटन विकासका गतिविधि सञ्चालन गर्ने उद्देश्य प्रदेश सरकारले रारा–कर्णाली पर्यटन वर्ष २०७५ मनाउने निर्णय गरेको छ । कर्णाली प्रदेशका पर्यटनका सम्भावनाको स्थानीयताको उजागर गर्ने, बजार बढाउने, उपभोक्ता ल्याउने, पर्यटनको प्रवद्र्धन गर्ने यसका पूर्वाधारहरूको विकास गरी आन्तरिक बाह्य पर्यटनको संख्या बढाइ आर्थिक विकासको ढोका खोल्ने अभिलाशाले प्रदेश सरकारले पर्यटनका माध्यमबाट यस प्रदेशका जनताको समृद्धिको बाटो खोल्ने काम गर्ने हुनसक्छ । यस्ता क्रियाकलापले जनताको क्रयशक्ति बढ्न गइ उद्यमशीलता अभिबृद्धि भइ लगानी बढ्न जान्छ । नेपाली समृद्धि मूल आधार निर्यातमुखी औद्योगीकरण हो । अशिक्षा, गरिबी, रोग, भोक, रुढिवादीता, पछौटेपन, अव्यवहारिक नीति, योजना, कार्यक्रमहरूका कारण नेपाल समृद्ध बन्न सकिरहेको छैन । राराकर्णाली महोत्सवले नेपाली आत्मनिर्भर अर्थतन्त्रको यात्रालाई केही पाइलाहरू र हातेमालोहरू दिन सक्छ ।
महोत्सव स्थलको बारेमा आयोजकले प्रभावकारी ध्यान नदिँदा पक्कै पनि वार्षिक महोत्सव सफल हुनसक्ने छैन । महोत्सव उद्घाटन अगावै सकभर स्थानीय पर्यटक विज्ञसँग विमर्श लिँदा वेश हुन्छ । धर्तीको स्वर्ग, राराकी अप्सरा, धर्तीको अप्सरा राराको सौराजस्ता अलंकार पाएको रारा तालले पञ्चायतीकालको महेन्द्रतालको नाम पाएको थियो । राराताल रारा निकुञ्जमा वेष्ठित छ । कसैको पनि मन लोभ्याउन सर्वत्र रारा ताल स्निग्ध, अटल, स्वच्छ र सुन्दरताले निर्मित छ । दुर्लभ चरा, माछा, वनस्पति, फूलद्वारा सु–सम्पन्न राराको सुन्दरता र विशालता तालको बीचमा बढी पाइन्छ । सेता बादलका लुर्काको निलो आकाशको उडाइ, सेता चराहरूको विचरण र प्रशान्ति उडान, प्रभाति घामका किरण, अनायसै उत्पन्न जलतरंग, हिमाली–लेकाली विशेषता राराका अद्वितीय अनुपम विशिष्ट छटाहरू हुन् । लेकाली कोणधारी वनस्पतिले हिमाच्छिद पहाडहरूले वन्यजन्तुका आवाजहरूले रारालाई कर्णाली प्रदेशको प्रतिनिधि स्वर्ग बनाएका छन् ।
राराका उपलब्धिसँगै मानवनिर्मित कुरूपताहरूले रारालाई कुरूप बनाएका छन् । कर्णाली प्रदेशद्वार सुर्खेतदेखि रारा र रारा वरपर प्लाष्टिकजन्य, छालाजन्य, कपडाजन्य अनन्त फोहोर छ । त्यो फोहोरले रारालाई वस्तुगतरूपमा पढ्न दिन्न । मुगाली उपलब्ध जनशक्तिको भावना सकारात्मक रहे पनि व्यक्तिगत सरसफाइ प्रसंशनीय देखिन्न । पर्यटकीय व्यवसायिकता अधुरो र अपुरो छ । आवासको अभाव छ । सूचना प्रविधि, सुरक्षा, यातायात, स्वास्थ्य सुरक्षा, खाद्यान्न, पेय पदार्थको कमी छ । जाडोयाममा अति जाडो छ । बाटामा प्रशस्त फोहोर छ । भेडा, घोडा, बाख्रा, गाइको चरिचरन राराको किनारमा पशुजन्य मल अधिक रहनु जैविक कृषिले सकारात्मक रहे पनि झलक्क हेर्दा फोहोर देखिन्छ । यस्ता कमीकमजोरीलाई अयोजकले उचित र प्रभावकारी व्यवस्थापन महोत्सवको पहिलो दायित्व हो ।
प्रस्तुत आलेखमा रारा–कर्णाली महोत्सव आयोजकलाई महोत्सव अगावै वस्तुगत सुझावहरू दिने उद्देश्यले, महोत्सवमा सरोकार राख्ने पक्षहरूले र त्यसको अन्तर्यमा लुकेका सत्यताहरू र वस्तुगतताहरू विमोचन गर्ने ध्येय लिइएको छ । पर्यटनका दृष्टिले अत्यन्त धनी कर्णाली प्रदेशका प्राकृतिक सुन्दरता, ऐतिहासिक धरोहर, सामाजिक–सांस्कृतिक–आर्थिक सम्पन्नता, पर्यापर्यटन, देशकै गहिरो र ठूलो रारा ताल, लोकसाहित्य भाषा, कला सभ्यताको वस्तुगत अध्ययन गर्न बाँकी नै छ । यी सूचकांकहरूले पर्यटन विकासमा महŒवपूर्ण योगदान गर्न सक्छन् । पर्यटनको विकास, विस्तार र सवद्र्धन आजको पहिलो प्राथमिकता हो । यसका लागि निम्न पक्षहरूलाई उठाउन सकिन्छ ।
एक, महोत्सव स्थलमा प्रदेशभर उपलब्ध जनताको ज्ञान, सीप, क्षमता, प्रविधिमा आधारित उत्पादनको प्रचारीकरणका लागि कुनै पनि नछुट्ने गरी प्रदर्शनीमा राख्नुपर्नेछ । छुर्पी, च्यांग्राको सुकुटी, भोटे, च्या, गलैचा, राडी, पाखी, बख्खु, दोचा, छुरी, मान्दो, स्वीटर, टोपी, जनै, टपरी, धागो, अल्लो, छाला, पटुका, ठेकी, जाली, जाबो जस्तो सामग्रीहरू प्रदर्शनीमा राखेर बिक्री वितरण गर्न सकिने छ भने ती वस्तुहरूको प्रचाप्रसार भइ बजारीकरण हुनेछ । बजारीकरणले व्यवसायीकरणमा सहयोग गर्नेछ । घरेलु उद्योगले प्रोत्साहन पाइ औद्योगिकीकरणमा सहयोग मिल्नेछ । कृषिजन्य, पशुजन्य वा वनजन्य उत्पादनले आयआर्जन, रोजगार तथा आत्ननिर्भर जीवनशैली निर्माण हुनसक्छ । खासगरी कर्णाली प्रदेशमा ‘सामाजिक कलेज’का रूपमा रहेका अन्धविश्वास, रुढीवादीता, छाउपडी, छुवाछुत, भेदभाव र कमजोर मनोविज्ञानको रूपान्तरणविना कर्णालीको जीवनरेखा स्पष्ट बन्न सक्दैन । भाग्य र भविष्य कमजोर बन्नेछ ।
दुई, धार्मिक पर्यटन विकासमा हिल्सा नाकाले अति ठूलो भूमिका खेल्ने प्रचूना सम्भावना बोकेको छ । हिल्सा नाका मानसरोवरको प्रवेशद्वार हो । दक्षिण छिमेकी मुलुक भारतका हिन्दुकर्ममा आस्थावान् ठूलो मध्यमस्तरका जनताले जीवनमा क्रममा पनि एकपटक मानसरोवरको दर्शन गर्ने आकांक्षा लिएका हुन्छन् । तत्काल सुर्खेत–सिमीकोट प्लेनको व्यवस्था गरी त्यहाँबाट जीपमार्फत् हिल्सासम्म लैजान सकियो भने प्रदेशको आयआर्जन बढ्न सक्छ । भारतीय पर्यटकबाट नेपालको जीडीपी बढ्नसक्छ भने तिनीहरूले बसेका ठाउँमा, होटेलमा, बाटामा धेरै राम्रा कुरा सिकाउन सक्छन् । सुर्खेतका काँक्रेबिहार, देउतीबज्यै, गंगामाला, सिद्धपाइला, जलेश्वर, सल्यानी खैरावाङ, भगवतीथान, छायाँक्षेत्र, रुकुमेली डिग्रे साइकुमारी, विजयश्वरी, डोल्पाली त्रिपुरासुन्दरी, जाजरकोटी पैंकमस्टा, जुम्ली चन्दननाथ, कनकासुन्दरी, मुगाली भैरवथान, छायाँनाथ, हुम्ली खार्पुनाथ, कालिकोटे बडिमालिका, बडिमालिका दैलेखी पञ्चकोशी कोटिला, श्रीस्थान र नाभीस्थानलाई धार्मिक पर्यटनस्थलको कर्णाली सर्किट आजको प्रदेशगत आवश्यकता बनेको छ । खार्पुनाथ, रिम्ना, श्रीस्थान ज्वालाजीका आफ्नै जात्रा, मेला र भूमिकाहरू छन् ।
तीन, खत्याडबाट खतिवडा, लम्सुबाट लम्साल, गोतामबाट गौतम लगायत झण्डै ४० थरका ब्राह्मणहरूको उद्गमस्थल यही प्रदेश हो । यस प्रदेशमा यी सबै थरको प्रतिष्ठान खोल्ने हो भने खद, रिजु, कट्टी, गोतामकोट, खत्याड जस्ता स्थलहरूमा तिनका सन्तानलाई वर्षभर ल्याउने वातावरण बनाएको खण्डमा ती–ती ठाउँहरूको परिचयमा अभिवृद्धिमात्र हुनेछैन आन्तरिक पर्यटन सदाका लागि बढ्नेछ । रास्कोटी शाही, कलेल शाही, सोमवंशी शाही, वली, डाँगी, खड्का, मल्लहरूकै पुर्खाहरूको बसोबासस्थलमा भेटघाट, सहयोग, अन्तक्रिया तथा विमर्श राख्दा प्रदेशको पर्यटन सवद्र्धन बिग्रदैन । समाजशास्त्रीय, मानवशास्त्रीय–ऐतिहासिक–धार्मिक–शोध आजको पहिलो काम हो ।
चार, काञ्जिरोवा हिमश्रृंखला, हिमताल, हिमनदी, हिम पहिरो, हिमाल, हिमजीवमा प्रदेश सबभन्दा धनी छ । यिनीसँग सम्बद्ध गतिविधिहरू बढाउनु आजको दायित्व हो । कर्णाली नदीको मुहानदेखि गोरानसम्म साहसिक ¥याफ्टिङ, भेरी नदीको मुहानदेखि गोरानसम्म प्रतिस्पर्धात्मक जलयात्राका निम्ती महŒवपूर्ण क्षेत्र छ । तिला, हेमा, सानीभेरी तथा नलसिंहगाड अविरल बगिरहने सफेद जलप्रवाहले विदेशीको ¥याफ्टिङ मन लोभ्याउने सामथ्र्य छ । त्रिसुलीभन्दा सफा, स्वच्छ र उत्तेजक कर्णाली प्रदेशका प्रमुख नवहिदले पर्यटकीय विकासका कोशेढंगाको काम गर्नेछन् । यतिमात्र हैन, नदीतटका तातोपानी, जरुवा, चिसोपानी, पाली झरना, रिम्नाघाटको संगम, जामुकुइनेको
भेरी–कर्णाली संगम पश्चिम सेती र कर्णाली दोभान, हिमतिला दोभान, हुम्ला र मुगु कर्णालीका प्रवाहहरूमा पर्यटकको मन तान्ने जादु छ । पूर्वाधारको विकास पर्यटनको विकासको पहिलो शर्त हो ।
पाँच, कर्णालीमा परम्परादेखि नै उत्पादन भइ आएका उवा, जौ, फापर, कागुनो, सिमी, ओखर, स्याउ, मारे, लट्टे, चिनोजस्ता औषधिय पोषणीय, आरोग्यताका विशेषता बोकेका छन् । यी सबै कृषिवालीको विकासमा विश्वमै अनौठा किसिमको विशिष्टता छ । सिँचाइ नचाहिने, हिमको स्पर्श चाहिने, शुष्क हावापानी, बलौटे कमजोर माटो चाहिने, कम सिँचाइमा पनि बाँच्नसक्ने, फल्नसक्ने, तागतदार, बहुगुणी, किरो नलाग्ने, सजिलै नसड्ने, प्रेसर–मधुमेहको नियन्त्रक हिमाली बालीको बजारीकरण प्रदेशको अर्को आधारभूत विषय हो ।
छ, रुकुमको अर्थ सुन्दर हुन्छ । रुकुमका पहाड, बेसी, गाउँ, लेक, खर्क आफैमा सौन्दर्यपूर्ण भएकाले मात्र हैन तरकारी बीउ उत्पादन केन्द्रले नेपालमै पहिचान बनाएको छ । यहाँको कृषिजन्य उत्पादनलाई प्रदेशीकरण गर्नुछ । सल्यानको कपुरकोट तरकारी संकलन केन्द्र पश्चिम नेपालकै ठूलो केन्द्र हो । यहाँ तरकारीजन्य महोत्सव केन्द्रिकृत गर्नुछ । शारदा उपत्यका, जहारी खोलैखोल, चिङगाड खोलैखोल, हिमातिला खोेलैखोल किनारैकिनारमा पदयात्राको व्यवस्था गर्नु वनगाड खोलैखोलमा हिउँदको समयमा पदयात्रा व्यवस्था गर्दा अचम्म खालको आनन्द आउँछ । खेतबारी, पारले, बस्ती, गोठ, घट्टकुलो पानी, चौतारी, पसल घाट पर्यटकका विषयहरू हुन् । सल्लोको अध्ययनका लागि सल्यान पहिलो ठाउँ हो । भोटे, राउटे, थारु, मगर, काइके मगर, लामा, माझी, राजी, वनकरका भाषा, साहित्य, कला, जाजरकोटको माहुरीपालन, डोल्पाको चौरीखर्क, जुम्लाको घुठीचौरको भेडाफर्म, सुर्खेतको दशरथपुर कृषि अध्ययन केन्द्र, दैलेखको बागवानी हुम्लाको नाम्डा, उपल्लो डोल्पा, महावु हाउडी श्रृंखला पनि पर्यटन विकासका सम्भावनाहरू हुनसक्छन् ।
सात, भाषिक, सामाजिक, भौगोलिक, जैविक, साहित्यिक आधारबाट कर्णाली प्रदेश सबैभन्दा समृद्ध छ । सिंजा सभ्यता, मस्टो संस्कृति र नेपाली भाषा सम्पन्न प्रदेशमै हुम्लाको रेलिङ गुफा, दुल्लू कीर्तिस्तम्भ, ढामुपालको अभिलेख, काँक्रेविहारमा लिखित अभिशमयलंकार ग्रन्थहरू छन् । दैलेखलाई लोक संस्कृतिको राजधानी, जुम्ला–हुम्ला–मुगु–कालिकोट र डोल्पालाई अर्गानिक पवित्र र स्वच्छ जिल्लाका रूपमा लिइएको छ । सुर्खेत बाह्र बण्डाल अठार अण्डालको मात्र सम्पन्न छैन, बावियाचौर, जडिबुटी, दमारद्वारा सम्पन्न छ । जाजरकोट खलंगाबाट एकै नजरमा देखिने मेदीको नागबेली प्रवाह, सुन्दर चौरजहारी जाजरकोटको जग्नी जग्नीपुर, सिस्ने हिमालमा पर्यटकीय महŒवपूर्ण स्थलका रूपमा ग्रहण गर्न सकिन्छ । मछैनाबाट देखिने हिमश्रृंखलाले सबैको मन आकर्षण गरिरहेको छ । मगर, थारु लगायत विभिन्न भाषभाषिले यहाँको आय आर्जन बढोत्तरी दिन सक्छन् । डोल्पाली काइके भाषा अद्वितीय भाषा हो । विभिन्न बौद्धगुम्बा, मस्जिद, चर्च र मन्दिरहरूले प्रदेशको संस्कृतिलाई प्रतिविम्बन गरेका छन् र तत्कालीन समाजलाई अभिव्यक्त गरेका छन् । गुर्भाकोट, जहारीकोट, गोतामकोट, मुसीकोट, बाँफीकोट, जाजरकोट, दुल्लू, दैलेख, रास्कोट, दर्नाकोट, जग्नीपुर, वडागाउँ, कालागाउँ, सल्यान, मान्नेटा, फलावाङ जस्ता बाइसे राज्यका प्रतिविधि स्थलहरूले बौद्धिक पर्यटनको माग गरिरहेका छन् । क्यानोनिङ, बञ्जीजम्प, रकक्लाइमिङ, पर्वतारोहण, साइक्लिङ, काररेस, साइकलपात्रा, ट्रेकिङ जस्ता साहसिक पर्यटनस्थलका स्रोतले प्रदेशको सम्भावनालाई बोकेका छन् । चौंरीपालन, घोडा, भेडा र अन्य पशुपालनलाई पर्यटनमा जोड्नुछ । हर्बलहव, हिमाली जनावर, सिम्ताली, वनगारी लोकनृय लगायत थुप्रै लोकभाकाले कर्णाली प्रदेशको पर्यटन विकासमा कोशेढुंगाको रूपमा खेल्न सक्छन् । गुरिल्ला पथ, ट्रेकिङ, पदयात्रा, धर्मयात्रा, धामीझाँक्री पैट र पूजाआजा पनि पर्यटन प्रबद्र्धनका पक्ष र पाटाहरू हुनसक्छन् ।
अन्त्यमा, पर्यापर्यटन, वातावरण, पूर्वाधार विकास, मानव संशाधन विकास, सुशासन, हिमाली मार्ग, पुष्पलाल मार्ग, चुरेमार्ग उत्तर–दक्षिण करिडोर, नाक्चेलाग्ला, हिल्सा, मेरिम्ला नाकालाई सदावहार व्यवस्थित, सहज, सरल नाका बनाइ कर्णाली प्रदेशले निर्यातमात्र बढाउने र आयात मात्र घटाइ कर्णालीलाई समृद्ध बनाउन रारा–कर्णाली एक वर्षे मिसन, भिजन र एक्सन निर्विकल्प हैन, परिणाममुखी वातावरण हो । यस प्रदेशका मानव मनमा रहेको श्रमशक्ति अनुपम सम्पदा हो भने श्रमप्रतिको हेलत्व नकारात्मक शत्रूता हो । श्रमको सम्मान, विभेद र छुवाछुतको अन्त्य गरी श्रमशील प्रदेश नागरिक आजको आवश्यकता हो ।

प्रकाशित मितिः   १८ चैत्र २०७४, आईतवार १५:३९