भौतिक साधनको सदुपयोग र दुरूपयोग नियन्त्रण

पृथ्वीबहादुर सिंह
मानिसको पहिलो विज्ञान आगोको उत्पादन गरेर हिँडेको हो । त्यसपछि मानव सुविधाका लागि अनेकौं चमत्कारी ज्ञान–विज्ञानका साधन, अलौकिक संसारलाई नाघेर लौकिक संसारको सुविधा सम्पन्न मनोरञ्जन, पलभर खबरदिन सक्ने सञ्चारको विकास गर्दै विनाशकारी न्यूक्लीयर्स अटोमेटिक बम प्रयोग गरी करोडौं मानव र खर्बौं मानवीय विकास ध्वस्त गर्न अन्तरिक्षभित्र उडिरहेको छ ।


हिजो खबर पठाउने हुलाक चिठ्ठी लिएर दिन, हप्ता, महिना लाग्थ्यो भने आज मोबाइलबाट पलभरको खबर थाहा पाउन मात्र होइन निकै टाढाको दूरीमा रहेका दुई व्यक्तिबीच एकअर्कालाई प्रत्यक्ष रूपमै वात मार्न पाइन्छ । मनोरञ्जनको लागि सशरीर लोक साहित्य, साहित्य अनेकौं विद्याका मनोरञ्जन गर्ने अवस्थालाई ह्वाइट फिल्मको पर्दाबाट सुरु भएको इलेक्ट्रोनिक मिडिया अहिले आएर रंगीन चलचित्र मात्र रहेन, घरघरमा दूरदर्शन यन्त्र (टीभी) निर्माण गरी वेतारको दूरदर्शन इन्टरनेट भू–उपग्रहमा राख्दा संसार अब मनोरञ्जनको क्षेत्रमा कुनै पनि विकट रहेन ।
यतिविध मानव मस्तिष्कले विकास प्रकृतिका विविध पक्षहरूसँग मिलेर ज्ञान विज्ञानका चमत्कारी खोज गरिरहेको छ । यस्ता मानव मनोरञ्जनका सञ्चार साधनहरू सरकारी गैरसरकारी स्वामीत्वमा रहनेगरी संचालन भैरहेका छन । कुनै मुलुकमा यी साधनहरू राज्यले नियन्त्रणमुखी तरीकाले संचालन गरिरहेका छन् भने कुनै मुलुकमा अनियन्त्रणमुखी तरिकाले गरीरहेका छन् । धेरैजसो यस्ता साधन आजका विकसित भनिने मुलुकहरूले नै उत्पादन गरेका हुन् । यी साधनहरूबाट हुने विकृति पनि भोगेर जनचेतना बढाएर त्यस्ता कार्यक्रम हेर्ने वा नहेर्ने, कुन समयमा हेर्ने व्यक्तिले मोबाइल पोष्ट गर्नेलाई कसरी कारबाही हुन्छ भन्ने समेत खोज गरेर राज्यले नीति नियम नैतिकता समेत जोडेर थिति समेत बसाली सकेका छन् । जसरी भर्खरै अस्ट्रेलियामा विभिन्न व्यवसाय गर्न पुगेका अल्पविकसित मुलुकका नागरिकहरूले मोबाइलमा खराब सूचना पोष्ट गर्न थालेपछि राज्यले त्यस्तो पोष्ट गर्ने विदेशी नागरिकलाई देशबाट तत्काल निकाला गर्ने र फेरि आउन नसक्ने निणय गर्न पुगेको छ । त्यस्तै अमेरिकाका राष्ट्रपतिले डीभी पारेर अल्पविकसित मुलुकबाट आउने फोहोरलाई रोक्नुपर्छ भने । यस्तो भन्न कारबाही उठाउन ती मुलुकबाट गएका नागरिकको सवल नागरिकले गर्ने क्रियामा कमी रहेको हो भन्ने जानकारी पाइन्छ । ती मुलुकमा हरेक व्यक्तिले राजनीतिक, व्यवहारिक र व्यक्तिगत स्वतन्त्रता समेत कस्तो रहन्छ, नागरिकको कर्तव्य के हो ? भन्ने निश्चित नीति नियम नैतिक समेतको सचेत प्रशिक्षित गरिएको हुन्छ । जनताको सेवामा बसेकाले राज्यको ढुकुटीबाट सञ्चालित यातायातदेखि सञ्चार सरकारी कामकाजको बेलामात्र प्रयोग गरिन्छ । ती पनि ठीक–ठीक समय तोकिएको हुन्छ । हम्रो जस्तो सरकारी साधन निजी काममा प्रयोग गर्दैनन् । व्यक्तिगत घरमा पनि दैनिक समय सारनी तयार गरी काममा लाग्छन्, के हेर्ने कुन कसरी उपयोग गर्ने कर्यक्रम ठीक समय तय गरिन्छ । श्रमले नै देशले विकास गरी समृद्ध बन्छ भन्नेमा नागरिक सचेत
हुन्छन् । नागरिक पनि सचेत तरीकाले त्यस्ता सवै तरिकाहरू प्रयोग गर्दछन् ।
चालीसको दशकमा नेपालमा टिभी भित्रियो । २०४६ सालको पुनः प्रजातन्त्र प्राप्त पछि ल्याडलाइन टेलिफोन भित्रियो भने स्याटलाइट फोन २०५० सालतिर भित्रिएको हो । श्रम नगर्ने बसेर खाने नगरिकलाई टिभीले अनेकौं प्रकारका मनोरञ्जन लिने क्रिया नेपाली समाजमा भित्रियो । यस्ता क्रियाहरूबाट केही जटिलताहरू पनि भित्रिएका छन् । हुनत विश्वव्यापी मानवीय नियमले आठ घण्टा काम आठ घण्टा मनोरञ्जन आठ घण्टा आराम मजदुरहरूले रक्तपातपूर्ण पूँजीपतिहरूसँग अतिरिक्त श्रम खान पाइदैन भनी लडेर ल्याएका हुन् । यो प्राजातान्त्रिक अभ्यासमा मानवअधिकार हो भन्ने विश्वभरिको मान्यता त हो हाम्रो देश र भारतमा यी सञ्चार भित्रिएपछि अनेकौं सरकारी–गैरसरकारी च्यानलहरूमा विभिन्न विकृतिजन्य कार्यक्रमहरू प्रशासरण गर्दै अतिरिक्त पूँजी कमाउने क्रिया पनि सुरु भएको छ । यो पनि स्वभाविक हो विज्ञानले उच्च विकास चेतना साथै उच्च विनास पनि ल्याउँछ । त्यसलाई मानवीय चेतनले व्यवस्थित गर्नुपर्छ । तर हाम्रो मुलुकमा २७ वर्षीय संक्रमणकालीन प्राजातान्त्रीक अभ्यासमा चेतना बढाउनु भन्दा विकृतिबाट कसरी अतिरिक्त पूँजी कमाउने होड चल्यो । भिडियो देखाएर ठग्ने नेटवर्क विजनेश युनीटी लाइफ वाईवाई जस्ता आपराधिक संस्था सक्रिय बने । द्वन्द्वको फाइदा उठाउँदै फोन मोबाइल प्रयोग गरेर फिरौती माग्ने अपरहण गर्ने व्यक्ति र समूहहरू सक्रिय रहे । संस्कार संस्कृतिबाट मिलेर बसेको चलेको हाम्रो समाज युगौं पुरानो परिवारिक संरचना यिनै साधानहरूबाट भत्किन पुगिरहेका छन् । मोबाइल भित्रिएपछि अनेकौं समस्या मध्ये जनताको सेवा गर्न बसेका सरकारी गैरसरकारी कार्यालयका सेवाग्राहीहरू मोबाइलमा रमाउन थालेपछि सेवा लिने कर दिने जनता कामको ढिलाइले मर्कामा परिरहेका छन् । उता समाजमा अनेकौं क्रियाबाट रकम जम्मा गरेर मोबाइल किन्ने हातमा हल्लाउँदै तेस्रो व्यक्तिको स्वतन्त्रता हनन् हुने गरी फोन गर्ने, शहर बजार गाउँमा आडम्बर देखाउने क्रिया बाक्लै झाँगिएको छ । त्यतिले नपुगरे अनेकौ षड्यन्त्रमुलक सन्देश संप्रेषण गर्ने राजनीतिमा दलाली गर्ने नक्कली बढाइ–चढाइ घटाइ पोष्ट गर्ने सामाजिक सञ्जालमा घुमचक्कर चलिरहेको छ । टिभी र टच मोबाइलले हरेक परिवार अध्ययन घरबारविहीन बनाउन उद्दत भइ लागिरहेका छन् । भाडामा विदेशबाट कमाएर युवाले पठाएको रकम मोबाइलको मोजमस्तीमा सकिनेमात्र होइन परिवारको विचलली हुन थालेको छ ।
भौतिक साधन राम्रासँगै नराम्रा पक्ष लिएर आएको हुन्छ । आज विभिन्न ज्ञानवद्र्धक शिक्षा, छिनछिनमा हुने घटना श्रृंखला अनेकौ विधा टिभी कोठामा वा हातको मोबाइलमा डाउनलोड गरेर चाहेको बेला पुस्तक गीत संगीत धार्मिक प्रवचन पल भरमा प्राप्त गर्न सकिन्छ । यति सुन्दर सुविधायुक्त संसार मानवीय मस्तिष्कले बनायो म आपैm यो प्रयोग गरेर अल्हाधित भइरहेको छु । कति सुन्दर समयमा जन्मिएछु । तर त्यसैको सही सदुपयोग गर्न नजान्दा हाम्रो देश समाज झन्–झन् रसातालमा डुबिरहेको देख्दा अत्यन्त मर्माहित हुन्छु । देश, प्रदेश, जिल्ला, गाउँ, टोल घरपरिवारको समृद्धिमा लगाउने समय धेरै खर्चेर समाजिक सञ्जाल प्रयोग गर्नु कति घातक हुन्छ यो सानो स्तम्भमा वर्णन गर्न सकिदैंन । हाम्रो चेतना उठ्नु जरुरी छ । २४ घण्टा शतर्क रहनुपर्ने राज्य र गैरराज्यका अङ्गले प्रयोग गरुन् आपत्ति होइन । जनसेवामा उभिएका सरकारी गैरसरकारी कार्यालयमा सेवा गर्ने संस्थामा मोबाइलमा समय बिताउनु दुःख लागीरहेको समयमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कार्यालय समयमा फेसबुक चलाउन नपाउने नीति ल्याउन लागेकोमा राम्रो कामको थालनीमा सबैले धन्यवाद दिनै पर्छ । विकृतिको डंगुरमा उभिएको हाम्रो प्रजातन्त्र सफाइ गर्न त केही समय लाग्ला ।
तर पनि यो काम कर्णाली प्रदेश सरकारले पहिलो भएर ल्याउन लागेकोले अब कर्णाली विगतको दुर्गम कर्णाली नेपालको नक्शामा ५ वर्षभित्र सुगमको यात्रा तय गर्छ कि भन्ने शुभ संकेत गरेको छ । दिनभरी गर्ने कार्यको लागि बिहानीले शुभसंकेत गर्छ भने जस्तै यो फेसबुक नियन्त्रणले सन्देश दिन थालेको छ । शाही कति सचेत छन् निश्वार्थी छन्, शून्यसहनशीलता अपनाउँछन् त्यसले कर्णाली प्रदेशको समृद्धिको दिशानिर्देश गर्नेछ भन्दै भौतिक साधन प्रयोगमा व्यवस्थिति गर्ने यस्तै यस्तै कुरा लुकेका छन् । सबै जनमा चेतना भया ।

प्रकाशित मितिः   १६ चैत्र २०७४, शुक्रबार १४:१५