एक सफल केन्द्राध्यक्ष

सुर्खेत, १० चैत ।
आ–आफ्नो विद्यालयको पोषाक लगाएर परीक्षा केन्द्रमा विद्यार्थी पुग्दा परीक्षा केन्द्र झिलिमिली देखिन्थ्यो । विद्यार्थीहरू एकाएक प्रश्न पत्रप्रति जिज्ञाशा व्यक्त गर्दै परीक्षामा कसरी लेख्ने बारेमा छलफल गर्दै थिए । परीक्षा सुरु हुनुभन्दा १५ मिनेट पहिल्यै घण्टी बज्यो । विद्यार्थीहरू प्रवेश गेट बाहिरै लाइन लागे । केन्द्राध्यक्षले सुरु गरिन्, फूलमाला र अविर लगाउन । भन्दै थिइन्, ‘तपाईंहरूको उज्वल भविष्यको कामना । ढुक्क भएर लेख्नुहोस् । राम्रो अंक ल्याएर भविश्यमा ठूलो मान्छे बन्नु ।’
बिहीवारदेखि सुरु भएको एसईई परीक्षामा विद्यार्थीसामु फरक रूपमा प्रस्तुत भइन, सूर्यप्रकाश मावि सालकोट, पलैटेकी केन्द्राध्यक्ष अृमता बुढाथोकी । उनले विद्यार्थीलाई त्रास भन्दा पनि मित्रताको व्यवहार देखाइन् । परीक्षा केन्द्रमा आशीर्वाद थाप्दै विद्यार्थीहरूले भन्दै थिए, ‘धन्यवाद गुरुआमा ।’


‘सहयोगी भूमिका विद्यार्थीको हो’ करिव १५ मिनेट विद्यार्थीको स्वागतमा व्यस्त बनेकी अमृताले भनिन्, ‘विद्यार्थीलाई चीट चोरकै दृष्टिकोणले हेर्नुहुँदैन । उनीहरूसँग सहयोग माग्नुपर्छ । ताकी शान्त र हतोत्साहित वातावरण नहोस् ।’
सुरक्षाकर्मीको दलबलसहित परीक्षा केन्द्रमा पुग्ने केन्द्राध्यक्षले गर्ने व्यवहारले विद्यार्थीहरू त्रसित हुनुपर्ने वातावरण कायम छ । जसले गर्दा विद्यार्थीले शान्त रूपमा लेख्ने वातावरणमा पाउँदैनन् । ‘सेना, आर्मीको घेराभित्र परीक्षा दिए जस्तो अनुभव विद्यार्थीले गर्नुहुँदैन’ २०६१ सालमा एसएलसी सम्झिदै उनले भनिन्, ‘परीक्षा मर्यादित बनाउन विद्यार्थीलाई डराउने होइन्, हौसला दिने वातावरण हुनुपर्छ ।’
परीक्षार्थीसँग सहयात्रा
पहिलो पटक केन्द्राध्यक्ष सम्हाल्दा गन्यमान्यले नेताले निकै प्रेसर गरे । परीक्षा केन्द्रमा कडाई गर्दा विद्यार्थीले समेत धम्काए । २०७१ सालदेखि एसएलसी परीक्षा सञ्चालन गर्दा ‘असफल केन्द्राध्यक्ष’ बनाउन विद्यार्थीदेखि स्थानीय ठूलावडासम्म लागि परे । महिला केन्द्राध्यक्ष भएकै कारण विद्यालय व्यवस्थापन समितिबाहेक स्थानीयको सहयोग पाउन गाह्रो भयो, अमृतालाई ।
विगतमा समुदायले असहयोग गर्दा जिम्मेवारी निर्वाह गर्न कठिन भएपछि विद्यार्थीसँग सहयात्रा गर्ने योजना अनुसार फरक रूपमा आफू प्रस्तुत भइन् । विगत चार वर्षदेखि एसएलसी हुँदै एसईई परीक्षा केन्द्राध्यक्षको जिम्मेवारी पाएकी बुढाथोकीले भनिन्, ‘केन्द्राध्यक्षले विद्यार्थीलाई शत्रू होइन, सहयात्री बनाउनुपर्छ ।’
परीक्षालाई व्यवस्थित बनाउने जिम्मेवारी विद्यार्थीको पनि भएकाले चिड्हाउने व्यवहार भन्दा मित्रताको व्यवहार देखाउनुपर्ने उनी बताउँछिन् ।
नमुना बनाउने अठोट
जिल्लाका ३० वटा परीक्षा केन्द्रमध्ये सूर्यप्रकास माविको केन्द्रलाई जिल्लाकै नमुना केन्द्र बनाउने अठोट लिएको केन्द्राध्यक्ष अमृताले बताइन् । शिक्षा कार्यालयको जिम्मेवारी निष्ठापूर्वक पालना गर्दै अरु केन्द्र भन्दा फरक बनाउने योजना छ ।’ देशसञ्चारसँग भनिन्, ‘विगतभन्दा परीक्षा मर्यादित र व्यवस्थित बन्दै गएको छ ।
दुई दिनको सहयोग राम्रै पाएकी छु ।’ आगामी १७ गते सकिने परीक्षालाई मर्यादित बनाउन विद्यार्थीहरूसँग सहयर्का थालिएको जानकारी दिइन् । हाल जिल्लामा तीन वटा परीक्षा केन्द्रको जिम्मेवारी शिक्षिकाले गरेका छन् । जसले गर्दा विगत भन्दा शिक्षिका माथि विश्वास पनि बढ्दै गएको उनी बताउँछिन् ।
डाक्टर पढ्ने सपना, बनिन् शिक्षक
अमृता बुढाथोकी सूर्यप्रकाश माध्यामिक विद्यालयमा समाजिक विषय शिक्षक हुन् । बबई गाउँपालिका दाङ घर भएकी अमृताले २०७१ सालदेखि सुर्खेतलाई कर्मथलो बनाएकी छन् । २०४५ साल मंसिर ५ गते जन्मिएकी अमृताको बाल्यकाल संघर्षपूर्ण बित्यो । दुई भाइ र तीन बहिनी छन् ।
सामान्य कृषक परिवारमा हुर्किएकी उनलाई बुबा कृष्णबहादुरको सपना डाक्टर बनाउने थियो । आफूलाई पनि उत्कृष्ट डाक्टर भएर वृद्धवृद्धाहरूको सेवा गर्ने उद्देश्य थियो । कक्षामा शिक्षकले तिमी भविश्यमा के बन्छौं, भन्दा डाक्टर बन्छु भन्थिन् ।
कृषि नै आम्दानीको स्रोत बनाएको परिवारले उनलाई उच्च शिक्षा पढाउन निकै मिहेनत ग¥यो । बुबाको निधनपछि घरको जिम्मेवारी बढेकाले डाक्टर पढ्ने अवसर गुमाउनुप¥यो अमृताले । भन्छिन्, ‘सात वर्षको उमेरमा बुवा बितेपछि घरको जिम्मेवारी समेत बढ्यो, उनी भन्छिन्, ‘घरयासी समस्याले डाक्टर भएर सेवा गर्न नपाए पनि शिक्षक भएर दक्ष जनशक्ति उत्पादनमा गर्छु भन्ने अठोट लिएकी छु ।’
उनी हाल केन्द्राध्यक्षको जिम्मेवारी सम्हालेकै विद्यालयमा स्थायी दरबन्दीमा कार्यरत शिक्षक हुन् । २०६१ सालमा एसएलसी परीक्षा उत्तीर्ण गरेकी थिइन् । गाउँमा विद्यालय उच्च माध्यामिक विद्यालय नहुँदा एसएलसी परीक्षा अञ्चल सदरमुकाम तुल्सीपुर दिनुपथ्र्याे । ‘देशमा सशस्त्र द्वन्द्व चलिरहेका बेला एसएलसी दिइयो, उनले भनिन्, ‘कसरी परीक्षाबाट निश्कासित हुनबाट जोगिने भन्ने बारेमा सोचियो । कीनकी, सशस्त्र, प्रहरीको त्रासले ढुक्क भएर लेख्न सक्ने वातावरण थिएन् ।’
जनता माध्यामिक विद्यालय हंसपुर दाङबाट एसएलसी दिएकी उनले त्रिभुवन विश्वविद्यालय कीतिपुरबाट स्वास्थ्य विषयमा स्नाकोत्तर उत्तीर्ण गरेकी हुन् । ‘कक्षामा उत्कृष्ट विद्यार्थी भएकाले पनि एसएलसीमा अरु भन्दा राम्रै अंक आयो’ उनले भनिन्, ‘बुबाको डाक्टर बनाउने सपना पूरा नभएनी शिक्षक भएर सेवा गर्छु । धेरै काम गर्न बाँकी छ ।’

प्रकाशित मितिः   ११ चैत्र २०७४, आईतवार १३:३७