सत्रुबाट मित्र
नारायणकुमार सुनार ‘परिवर्तन’
मित्र भन्नाले दुई व्यक्तिहरूको वा भावनाको मिलन हुन हो, जसमा सबै कुरालाई पर राखी दुःख सुख साटफेर गरी समाधान गरिन्छ । सत्रु भन्नाले एक अर्कोलाई भित्री मनदेखि नै नचाहने हो र एउटाले राम्रो कुरा गर्दा पनि अर्कोलाई मन नपर्ने हुन्छ । तर जीवनमा कसैको पनि दुष्मन बन्न राम्रो होइन किनकी दुष्मनले प्रत्येक पलपलमा नराम्रो असर पारेको हुन्छ । किन दुष्मन बन्न राम्रो होइन ? दुष्मन हुँदा हुने बेफाइदा ? मित्र भावनाले समाजमा कस्तो प्रभाव पार्छ ? भन्ने प्रश्नहरूको जवाफ कायमै छ । यस कथामा जनावरको माध्यमबाट मानव जीवनलाइृ सुझाव दिइएको छ ।
पात्रहरू
मुख्य पात्रहरू
१. मुसो (रातो)–––––पत्नी (रानी) छोरा रागभ)
२. बिरालो (काले)–––पत्नी (सनम), छोरा (रतन), छोरी (सनमाया)
दैलेखको सुन्दरनगरमा दुई वटा गाउँहरू रहेका थिए । जसमा नेतृत्व मुसा (राते) र बिरालो (कालो) ले गरेका थिए । ति दुवै गाउँ वातावरणका हिसाबले र भौतिक हिसाबले सम्पन्न थिए । तर बिरालो
(काले) को गाउँ चाहीं अति कम विकसित थियो, मुसाको गाउँभन्दा । कालेमा अलि घमण्डपन थियो र आफ्नो रिसलाई सम्हाल्न सक्दैनथ्यो ।
साउने झरीको समयभन्दा अलि अघि बजारबाट कालेको छोरा रतन चाहीं पढाइ सकेर गाउँ फर्केको थियो र त्यस्तै समयमा मुसा (रातेको) छोरा रागभ पनि फर्केको थियो । यस वर्षाको समयमा दुवै गाउँमा खेती गरिन्थ्यो झन् मुसाको गाउँमा त खेतीवाली असाध्यै राम्रो हुन्थ्यो । मुसाको छोरा बजारबाट कृषि विषय लिइ पढेर आएकोले त्यस गाउँमा प्रत्येक दिन सामान्य भेटघाट भइ, कसरी कृषिलाई उन्नतितर्फ लग्ने र वैज्ञानिक तरिकाले कसरी अगाडि बढाउने भन्ने बारे बहस हुन्थ्यो । तर पल्लो गाउँमा भने चाहीं नेतृत्व गरेका बिरालोका छोराले पनि कृषि नै पढेका तर उनी अल्छी थिए र उनको गाउँमा कुनै कृषिको बारेमा सामान्य पनि बहस हुँदैनथ्यो । बिरालोका गाउँका सम्पूर्ण गाउँबासीले (बिरालाहरूको समूह) उसलाई कुनै सरसल्लाह ग¥यौ भन्दा उसले उनकै रहेको भट्टी पसलमा बसेर तास खेली दिन बिताउने गरेको हुन्थ्यो ।
मुसाको घरमा सधै शान्ति हुन्थ्यो र उनकी पत्नी रानी साँच्चै रानी झै थिइन् । सबै कुराको भरिपूर्ण थियो, रूप, बोलाइ–चलाइ, आदर सत्कारमा । एक दिन ती दुवै गाउँमा ठूलो पानी प¥यो जसको कारण विभिन्न गाउँमा कतिको ज्यान, धन, दौलतको क्षति पु¥यायो । यसै बखतमा मुसाले एक उपाए अपनाए, दुवै गाउँका मानिस मिली यो समाधान गर्नुपर्छ भनेर । त्यसैको भोलिपल्ट ती दुवै गाउँको बीचमा मुसा र बिरालाको समूहको भेला भयो । सर्वप्रथम बोल्ने पालो मुसाको आयो र भन्यो ‘हामी दुवै गाउँले मिली यहाँका क्षतिग्रस्त स्थलमा एकजुट भइ काम ग¥यौं भने यो सजिलो र छिटो हुनेछ ।’
अब बिरालोले बोल्ने पालो आएपछि उसले भन्यो ‘म मुसाको कुरामा सहमत छैन, किनकी हाम्रो गाउँमा हामी आफै यसको समाधान गर्छौं ।’ दुवै समूह दङ्ग परे । त्यस खबत मुसाले के सानो शब्द भनेको थिए, बिरालोले मुसासँग झगडा गर्ने प्रयास ग¥यो । तर मुसाको व्यवहार राम्रो भएकाले दुवै समूहले उनलाई आफ्नो गाउँतर्फ पठाए र ती दुवै गाउँमा रहेको क्षतिग्रस्त स्थलमा कार्य सञ्चालन हुन थाल्यो ।
केही दिनपछि मुसाको गाउँमा यो कार्य सजिलै सकियो किनकी उनले तन, मन र धन सबै प्रयोग गरेका थिए तर सोही दिनबाटै कार्य सञ्चालन भएको बिरालाको गाउँमा सकिएको थिएन । केही हप्ता पछि बिरालाको गाउँको कार्य पनि सकियो तर त्यो कार्य चाहीं सन्तोषजनकसम्म पनि भएको थिएन । त्यस कार्यका कारण बिरालाको समूहले उसलाई नराम्रो मानका थिए किनकी मुसाले दिएको सल्लाह राम्रो र उचित थियो भनेर तर बिरालाई नै मान्नुपर्ने किनकी उससँग धन थियो घमण्डी पनि उत्तिकै थियो ।
यो समय बितेको करिब एक महिनापछि ती दुवै गाउँका लागि भनेर एउटा कृषि कार्यक्रम आयो । सो कार्यक्रम छिनोफानो गर्नेका लागि त्यस कार्यक्रममा प्रमुखले दुवै गाउँका समूहलाई सोही गाउँको बीचमा बोलाएको थियो । दुवै गाउँका सम्पूर्ण गए र ती गाउँका नेतृत्व गर्ने मुसा र बिरालो मध्ये कसलाई यो कार्यक्रमको जिम्मा दिने भनेर सल्लाह भयो । त्यहाँ सल्लाह हुँदा दुवै समूहले मुसा (राते)लाई दिने भनेर निर्णय गरियो । तर बिरालाले त्यो निर्णयलाई असमर्थन ग¥यो । ऊ सानो कुरामा पनि छिटो रिसाउने भएकाले उसले त्यो कार्यक्रमलाई विथोल्न खोज्यो । त्यसै समयमा त्यस कार्यक्रमका प्रमुखले भने ‘यो जिम्मा दुवैलाई दिने तर अन्तिममा आर्थिक कारोबारो हिसाब चाहीं मुसाले गर्नुपर्छ ।’ र यस कुरामा चाहीं उसले सहमति जनायो ।
लगभग त्यसको दुई दिनपछि फेरि सहरबाट कार्यालयका प्रमुखले उनीहरूलाई आर्थिक विवरण गरी फर्के र बिउविजलाई रोप्न तयारी गरिएको थियो । यता मुसाको गाउँमा भने उसलाई सहयोग गर्ने छोरा र बुढी र उता बिरालाको गाउँमा भने आफू पसलमा दिनभर तास खेल्ने, छोरा गाउँ डुलेर दिन काट्ने र बुढी चाहीं घरको काम सम्हाल्न ठिक्क । बिरालाका गाउँमा सम्पूर्ण ऊ प्रति रिसाएका थिए । अब करिब करिब एक महिला पछि त्यो कृषि रोप्ने कार्य सकियो । त्यसको ६ महिनापछि मुसालाई बजारबाट फोन आयो र भने ‘हामीलाई एक हप्तामा आर्थिक क्रियाकलापको हिसाब चाहियो’ त्यसपछि उसले फेरि सोही डाँडामा कार्यक्रम गर्ने निर्णय ग¥यो । कार्यक्रम सुरु भएको एक घण्टा पछि मात्र बिरालो आएको थियो र आर्थिक सम्बन्धी कारोबारो सुनाउन भनि मुसाले आग्रह गर्दा, पहिला मुसालाई सुनाउन भनि आगंह गरेको थियो । मुसाले सुनायो र त्यसमा कुनै त्रुटी भेटिएको थिएन । र अब बिरालाको पालो आयो र उसले दिएको भन्दा कम लगानी निस्केको थियो र मुसाले तुरुन्तै कृषि प्रमुखलाई फोन गरी बोलायो । त्यसपछि उसले सोही समयमा बजारबाट कृषि प्रमुख आएको थिए ।
बिरालोलाई त्यो पैसा तिर्न परेपछि उसले आफ्नो रिस खप्न नसकी दुई चार बिरालाको समूह बनाइ सोही कार्यक्रमबाट मुसालाई मार्न भनि लखेटिदियो । त्यसपछि बाटो पनि अप्ठ्यारो भएका कारण समय धेरै नै लाग्यो मुसाको गाउँ जान । दौड्दा दौड्दै बिरालाहरूको शरीरको सबै शक्ति सकिन थालेको थियो र त्यसै खबत मुसाले आफ्नो पत्नीलाई फोन गरी भनेको थियो ‘आज पल्लो गाउँबाट बिराला मुखया आउँदै हुनुहुन्छ र उहाँका लागि खानाका साथै सम्मान गर्ने सामान ठिक्क पार्नु’ त्यसपछि मुसा दौडीदौडी घर पुग्यो । पछि पछिबाट चारवटा बिराला मुखीयासहित आए र सम्पूर्ण मुसा समूहले उसलाई माला, अविरले नाँच गानका साथ सम्मान गरे किनकी यहाँ गाउँमा कहिले पनि बिराला मुखिया गएको थिएन । र उनीहरू असाध्यै भोकाएका कारण र मुसाले भन्छ अब खाना दिनुपर्छ । त्यपछि बिरालाहरू असाध्यै भोकाएका कारण खाना छिटो हतारमा खान्छन् र बिरालो (काले) त दुब्लो झण्डै मर्न लागको हुन्छ तर खानाले बचाएको थियो । र बिरालाको आँखा खुल्छ र भन्छ ‘मुसा जी मैले तपाईलाई साहै दुःख दिइ, म जस्तो घमण्डी, नराम्रो केही पनि हुनु हुँदैन र जति शत्रू भने पनि त्यो अखिरमा भित्र नै हुँदो रहेछ’ र यति कुरा भइ सकेपछि मुसाले बिरालालाई अंगालो मारी फेरि भेट्ने वाचा गरी बिदाइ गरे ।
साझा बिसौनी ।