‘अरुको काम गरिदिएर बल किन्ने पैसा जुटाउँथ्यौं’

भुपेन्द्र खत्री वीरेन्द्रनगर नगरपालिका–३ का वडा अध्यक्ष हुन् । बाल्यकालदेखि नै समाजिक कार्यमा सक्रिय खत्री सामाजिक सेवासँगै राजनीतिमा पनि प्रवेश गरे । वि.सं. २०४१ पुस २७ गते बुबा पूर्णबहादुर खत्री र आमा नन्दादेवी खत्रीको कान्छा छोराकोे रूपमा वीरेन्द्रनगर–३ तातापानीमा जन्मिएका खत्रीले हाम्रा सहकर्मी मुना हमालसँग आफ्नो बाल्यकालको सम्झना यसरी साटेका छन्ः

म खेलकुदमा औधि रुचि भएको मान्छे । बाल्यकालमा भलिबल र फुटबल खेल्थें । गाउँमा हुँदा केही काम गरेर कमाएको दई÷चार सय रूपैैयाँले बल किनेर फुटबल खलेको सम्झना पनि ताजा नै छ । खेल्न मन लाग्ने तर स्रोत साधन नहुने । बल किन्नको लागि पैसा पनि नहुने । त्यसपछि हामी साथीभाइहरू मिलेर गाउँमा काम गथ्र्यौं । गाउँमा विकास निर्माणका कामहरू हुन्थे । हामी त्यही काम गरेर पैसा जुटाउँथ्यौं । कहिले अरुकोमा मजदुरी गरिदिएर पैसा जम्मा पाथ्र्यौं । फुटबल खेल्नका लागि नै हामीले हामीले पटक–पटक बाटो खन्ने काम गरेका थियौं । त्यसरी पैसा जम्मा गरेर बल किनेर फुटबल खेल्ने गथ्यौं । म सिर्जना सामुदायिक वन उपभोक्ता समितिमा थिएँ । वनबाट पनि हामीलाई खेलकुदका लागि सहयोग हुन्थ्यो ।
विद्यालय पढ्ने बेलामा कहिले काहीं मात्र खेलकुदका कार्यक्रमहरू हुने गर्थे । तर सानोमा हामीलाई पढ्न भन्दा खेल्न मन लाग्थ्यो । त्यसमा पनि खेलकुद मेरो पहिलो रोजाइ थियो । विद्यालयले गर्ने हरेक खेलकुदका कार्यक्रमहरूलाई मैले कहिले पनि छुटाइन् । मेरो सभागिता भइरहन्थ्यो । हामीले खेल्ने ठाउँ धेरैजसो खुल्लामञ्च हुन्थ्यो । तातापानीबाट हामी खेल्न मञ्चसम्म आउँथ्यौं । गाउँमा हाम्रो १०÷१२ जनाको समूह थियो । कहिले काहीं खेल्नको लागि गोठीकाँडासम्म पनि पुग्ने काम हुन्थ्यो । घरबाट बुबाआमाले गाली त गर्नुहुन्थ्यो तर फेरि खेल्न मन लागिहाल्थ्यो । साथीभाइहरू जम्मा भएर खेल्न गएको सम्झना अझै पनि ताजा नै छ । हामी खेल्न जहाँ गए पनि सानोमा नराम्रो गर्नुहुन्न भन्ने लाग्थ्यो । मैले सानोमा कहिले पनि बदमासी भने गरिन् ।
विद्यालय पढ्दै गर्दा मैले क्षेत्रीयस्तरका खेलकुद प्रतियोगितामा सहभागी भएको थिएँ । माविस्तरीय क्षेत्रीय भलिबल प्रतियोगिता र वि.सं. २०५८ मा क्षेत्रीय खुकुरी कपमा सहभागी भएको थिएँ ।
सानैदेखि सामाजिक काममा रुचि थियो । अन्याय सहन सक्दैन्थें । कसैले अन्याय ग¥यो भने त्यसको विरुद्ध आवाज उठाइहाल्थें । अझ भन्ने हो भने एकदुई थप्पड नै लगाएर कुरा गर्थें । गाउँमा कसैलाई अन्याय परेको छ भने सानै भए पनि बोलिहाल्थें । त्यसकारण पनि म सामाजिक क्षेत्रमा सानै उमेरदेखि प्रवेश गरें ।
हामीले एक पटक देउसी–भैलो खेलेर केही रकम जम्मा गरेका थियौं । साथीभाइहरूले वनभोज जाउँ भनेर सल्लाह गरे । मलाई त्यो कुरा चित्त बुझेन । यो पैसाले वनभोज खाएर सक्नुभन्दा बरु केही सामाजिकमा काममा लगाउन सल्लाह गरें । बरु वनभोज सबैले आफै ५०÷५० रूपैंयाँ उठाएर खान जाउँ तर संकलन भएको पैसा सामाजिक कार्यमा लगाउँ भने । पछि साथीहरूले पनि मेरो कुरामा सहमति जनाए । त्यसपछि हामीले देउसी–भैली खेलेर जम्मा गरेको रकमले यरीचौकमा चौतारी बनायौं । अहिले त्यो चौतारी छैन । फोरलेन सडक बनाउँदा फालियो । तर त्यसबेलामा धेरै महŒवपूर्ण काम ग¥यौं भन्ने लागेको थियो । मलाई सबैभन्दा खुशीको क्षण त्यो लाग्छ । चौतारीमा सबैतिरका मान्छेहरू आराम गरेको देख्दा गर्व महसुस हुन्थ्यो ।
मेरो बुबा अवकाशप्राप्त ब्रिटिस आर्मी हुनुहुन्थ्यो । घर आउनु भएपछि खेती किसानीमा लाग्नुभयो । सँगै उहाँले नेपाली कांग्रेसमा रहेर राजनीति पनि गर्नुहुन्थ्यो । समाजिक काममा पनि उहाँ सक्रिय हुनुहुन्थ्यो । त्यसकारण पनि मलाई सजिलो भयो ।
घरमा मलाई काम गर्ने जिम्मेवारी केही हुँदैनथ्यो । हाम्रो ठूलो परिवार थियो । आठ जना भाइबहिनी मध्ये म कान्छो छोरा हुँ । त्यसकारण पनि मैले घरको काम भने गर्नुपरेन । म ५ वर्षको उमेरमा विद्यालय जान थालेको हुँ । कक्षा १ देखि ५ सम्म बाल मन्दिरमा पढें । त्यसपछि ६ र ७ शिव मावि लाटीकोइली पढें । ८ कक्षादेखि भैरव मावि भैरवस्थानमा पढें । पढाइमा ठिकै थिएँ । सबैभन्दा अप्ठ्यारो विषय मलाई अंग्रेजी लाग्थ्यो । अझ भन्ने हो भने अंग्रेजी पढ्न गाह्रो छ भनेर अंगेजी पढ्ने समयमा पढ्नै कक्षामा नै जाँदैन थिएँ । दुई÷चार जना साथीहरू मिलेर खेल्न जान्थ्यौं । तीन घण्टीमा अंग्रेजी पढाइ हुुन्थ्यो । हाफटाइमसम्म हामी विद्यालय बाहिर नै हुन्थ्यौं । शिक्षकहरूले थाहा पाएर सजाए पनि दिनुहुन्थ्यो । केही दिनसम्म विद्यालयमा पढ्यो फेरि पहिलेको जसरी भाग्न सुरु हुन्थ्यो ।
एसएलसी दिएर भर्खरै बसेको थिएँ । बुबाले राजनीति गर्ने भएको कारणे नेपाली कांग्रेसका नेताहरूलाई चिन्नुभएको थियो । म पनि सानैदेखि गाउँघरमा हुने समाजिक कार्यमा सहभागी भएको कारण राजनीतितर्फ रुचि बढ्दै थियो । बुबाले मलाई तप्तबहादुर विष्ट, कमलराज रेग्मी, हृदयराम थानी लगायतका व्यक्तिहरूलाई समेत भेट गराउने गर्नहुन्थ्यो । मैले गरेको काम हेरेर सबैलाई यसले काम गर्नसक्छ भन्ने लागेको थियो ।
नेपाली कांग्रेस सुर्खेतको जिल्ला सदस्य बनेर राजनीतिमा प्रवेश गरें । नेपाली कांग्रेस सुर्खेतको १२ औं जिल्ला महाधिवेशनबाट म जिल्लाको सदस्य भएको हुँ । पार्टीमा सदस्यहरूबाट पनि केही पदहरूमा मनोनित हुने प्रावधान थियो । म सहसचिवमा नियुक्त भएर अझै सशक्त रूपमा राजनीतिमा लाग्ने अवसर पाएँ । त्यसपछि म १३ औं महाधिवेशनमा पुनः जिल्ला सदस्य भए ।
त्यस पनि सचिवमा पछि मनोनित गर्ने प्रावधान थियो । त्यसबेलामा सचिवमा निर्वाचन नै भयो । मैले सचिवमा जिते । अहिले नेपाली कांग्रेस सुर्खेतको जिल्ला सचिव पनि छु । साथै वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ को वडा अध्यक्ष भएर आफ्नै ठाउँमा समाज सेवा गर्ने मौका पनि पाएको छु ।

प्रकाशित मितिः   ५ चैत्र २०७४, सोमबार १५:४७