किन विवादित, विभाजित हुन्छ सिम्ता ?

पृथ्वीबहादुर सिंह


सिंजाली दरबारसँगको बैबाहिक सम्बन्ध हुँदा सिं विर्ताका रूपमा परिचालित सीम्ताको बस्ती हो । सिंजा साम्राज्य राज पारिवारिकको भागवण्डा गर्दा विगठन हुँदा सिं विर्ता मौज्यानी राज्यमा उत्पन्न भएको हो । नेपाल एकीकरण हिँडेको गोर्खाली फौजबाट पराजय भएपछि यो राज्य सिं र दैलेख बिलासपुर राज्य मिलाएर केन्द्रीय प्रशासनमा दैलेख जिल्ला हुन गइ प्रशासित हुँदै आएको थियो । २०१९ सालको राजा महेन्द्रले प्रशासनिक इकाई विभाजनको संविधानमा यो सिम्ता सुर्खेत जिल्लामा गभिएर प्रशासित हुन थालेको हो । सिम्ता सुर्खेत जिल्लाको सबैभन्दा पुरानो बस्तीमा पर्दछ । यसको भेरी क्षेत्रीय खसभाषिकाको उपभाषिका आफ्नै सिम्तालीपन छ । लोकसाहित्यका विभिन्न विद्याहरू पनि आफै प्रकारका छन् ।
सिं राज्य विघटनपछि केन्द्रीय दरबारिया सामन्ती व्यवस्थापनमा सिम्तालीहरूको खास पहुँच देखिदैंन । शाहकाल राणाकालमा स्थानीयस्तरमा केन्द्रीय राज्यले प्रशासनिक इकाईमा मुखीया जिमुवाल परिचालित गराएको थियो । २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा सिम्ताबाट नेपाली कांग्रेसमा मान सिं विश्वकर्मा कालुचुके भनिने नरबहादुर खुड्का संलग्न भएको इतिहास देखिन्छ । २०१७ सालको स्व. राजा महेन्द्रको बहुदलीय प्रजातन्त्र प्रतिगमन गरी एकदलीय पञ्चायती नामको प्रजातन्त्रमा तिनै मुखीया जिमुवाला परिवारका सदस्यहरू पञ्च प्रतिनिधिका रूपमा शासन प्रशासन उपस्थित भएका थिए ।
निरंकुश केन्द्रीय शासन व्यवस्थामा मुखीया जिमुवालका छोराहरू घरमा गुरु राखेर प्रशिक्षित हुन्थे । राणाकालमा दैलेखमा भाषा पाठशाला खुलेपछि तिनै मुखीया जिमुवालका छोराहरू दैलेख गएर पढेर आउँथे । प्रजातन्त्र प्राप्तपछि २०१७ सालतिरबाट सिम्ता बजेडिचौर काप्रिचौर, बजेडामा प्राथमिक विद्यालय स्वीकृत भएर पठन–पाठन सर्वसाधारण जनताले गर्न थालेका थिए । २०२२ सालमा सिम्तामा जन्मेका भारतको डेहरादुनमा शिक्षा प्राप्त गरेर नेपाल सरकारको जागिरे भएर रामसिं ठकुरी अञ्चल शिक्षा अधिकारी भएर भेरी अञ्चलमा आउनुभयो । सिम्ताका पञ्चहरू नेपालगन्ज हाट गएको समयमा राम सिंसँग भेट गर्न गएर हाइस्कुलका लागि अनुमति मागेछन् । उनले सिम्तामा जन्मेको नाताले स्वीकृत पत्र त्यही हटारु डोकामा २०२२ सालमा हालिदिएर पठाएका थिए । यो भानु माध्यमिक विद्यालय स्कुल सिम्ताको बीच केन्द्र पर्ने बजेडिचौरको पुरानो राणाकालीन पौवामा सञ्चालन हुन गएको थियो ।
यो हाइस्कुलको स्थायी संरचना बनेको थिएन । तत्कालीन विद्यालय व्यवस्थापन समितिले २०२८ सालमा हिउँदमा साउँखोलाको टाटेमा २०२९ सालको हिउँदमा राकम बादेपिपल ज्यामीचौर स्याउलाको गोठमा सञ्चालन भइ वर्षामा बजेडी गएकी यो पंक्तिकार पनि अध्ययन गर्न पाएको थियो । २०३२ सालमा कहाँ कसरी हो भानु माध्यमिक विद्यालय बजेडीचौर सिम्ताको भवनको लागि श्री ५ को सरकारबाट ७५ हजार आर्थिक सहयोग पर्न गयो । सुरुमा भवन निर्माण गर्न जग्गा निःशुल्क उपलब्ध गराउनुपर्ने भनि विद्यालय सहयोग समिति निर्णय भइ त्यही पौवा नजिक दर्ता जग्गा दिने भनि शिलान्यास समेत गरियो । पछि भवन निर्माण गर्न स्थानीय जग्गाधनीले स–शुल्क दिने भनि विवाद आएपछि समितिको बहुमत बोर्डले त्यही नजिक १० मिनेट दूरीमा पर्ने पिल्क गाउँको रातामाटा दर्ता जग्गामा बनाउने निर्णयसमेत ग¥यो ।
त्यही निर्णय कारण मावि तल माथि राख्ने लिने बीचमा सिम्ता विभाजित भयो । दुवै स्थानमा अन्त्यमा विद्यालयका नाममा निःशुल्क जग्गा दिएर रात दिन गरेर दुई वटा भवन बन्न थाले । सिम्ताको गान्द्रा खोलाबाट भवन निर्माणको लागि सालको काठ ल्याउन पक्ष विपक्ष बीचमा बीच बाटामो काठ लुचाचुँडी गर्दा दुवै पक्ष बीचमा कुटाकुट समेत भयो । सोही काण्ड १ बहुमत समिति एउटा पक्ष सार्वजनिक मुद्दा गरेर गएपछि तीन महिनासम्म तत्कालीन उपप्रधान रहेका प्रेमबहादुर खत्री तीन महिना सार्वजनिक मुद्दामा जेल गर्न गए, अरु भागाभाग भइ भूमिगत हुन पुगेका थिए । दुवै पक्ष मिलाउन फटाउन सुर्खेत जिल्लास्तरका तत्कालीन पञ्चहरूले ठूलो कसरत पनि गरेका थिए । आखिर दुवै स्थानमा जनताको श्रमले र भवन निर्माण भए । राज्य पक्ष बहुमत समिति निर्णय तल्लो पिल्कको रातामाटामा निर्माण भएन स्वीकृत हुन पुगेकोले विद्यालय सार्न तत्कालीन का.मु. उपसभापति प्रेमबहादुर खड्का र प्रमुख जिल्ला अधिकारी हेमराज ज्ञावलीको उपस्थितिमा विद्यालय सारिएर उद्घाटन भएको थियो । त्यही जन विभाजन हुँदा ७५ हजार प्राप्त आर्थिक सहयोग भानु माविको गुमेर त्यो रकम जन मावि वीरेन्द्रनगरमा खर्चिएको थियो ।
यही विद्यालय काण्डमा तत्लो उपल्लो पञ्चे लुते द्वन्द्वमा विभाजित सिम्ता २०४९ सालसम्म रहँदा भानु माविको स्तर र मनोबल खस्क्यो । भौतिर संरचना पनि राम्रो प्रकारले निर्माण हुन सकेन । २०४९ सालको बहुदलीय प्रजातन्त्र प्राप्त पछि यो पंक्तिकार गाविस अध्यक्षको रुपमा निर्वाचित भएर उपस्थित भयो । सामाजिक सरोकार विषयमा विवाद गर्नु हुँदैन भनि दुवै पक्षमा सहमति गराएर अगाडि बढ्दा विद्यालयको प्रगति राम्रो हुन्छ अब पुरानो ह्याङओभर पालेर नबसौं जे भए पनि विद्यालय बनाऊ भनि सहमत गराएर विद्यालय बनाउन संयुक्त पहल गरियो । केही हदसम्म साझा जिम्मेवारी बोध हुन पुगेर विद्यालय राम्रो गरी एकमत भएर प्रगति हुन पुगेको थियो ।
देशमा माओवादी द्वन्द्व धनिभूत भइरहेको अवस्था थियो । गाविसमा प्राप्त रकम विकास निर्माणमा लगाउन समस्या परिरहेको थियो । २०५९÷६० मा उच्च मावि खोल्ने लहर चल्यो । तत्कालीन गाविस राकम सचिव बिर्खबहादुर र मैले उच्च मावि बनाउँदा सल्यान बन्गाड सिम्ताको बीच केन्द्र राकम नै छ भोलि क्याम्पस बनाउन पनि उपयुक्त हुन्छ भनि गाविसमा आएको रकम धरौटी दिन सचिव तयार भएपछि मलाइ उच्च माविको लागि काठमाडौं सम्पर्क गर्ने, उमावि केन्द्रबाट निरीक्षण गराउने जिम्मा दिँदा त्यो काम पूरा गरेर बजेडीचौर गाविसबाट एक लाख रकम पनि दिलाउने काम गरियो । बीच–बीचमा राकम होइन यहाँ–वहाँ भन्ने सवाल पनि आए । मैले भोलि क्याम्पस चलाउँदा पनि बन्गाड सिम्ताबीच केन्द्र पर्ने पढ्न आउने जनशक्ति चाहिन्छ यतायात भूगोल प्राप्त जग्गा चाहिन्छ सबै प्रकारले राकम उपयुक्त छ भनि सञ्चालन गरियो । केही समयपछि क्याम्पस थप सञ्चालन गर्ने भनि स्वीकृति ल्याउने काम भयो । बनाउने जग्गा सञ्चालन भौतिक संरचना गर्ने आर्थिक स्रोत ठूलो आवश्यक प¥यो । हामी हिन्दु हौं स्वर्ग पुग्न दानपुण्ड गर्नुपर्छ भनि धर्मशास्त्रले भनेको छ । त्यो गर्न पुरान सप्ताह लगाऔं सिम्तालीहरू मुठी खोलेर दिन सक्छन् भन्ने सल्लाह भएर लगाइयो । दानदाताहरूले पनि मुठी खोलेर दान दिए दिन वचनबद्ध गरे । करिब एक करोड उठ्ने भयो । जग्गा पनि ऐलानी निःशुल्क प्राप्त भयो । अन्त्यमा सम्मान पत्रमा छपाउनेले हिन्दुहरूले सूर्यलाई पनि देवता मान्छन् त्यही सूर्य चिन्ह सम्मान पत्रमा छापिए दिएछन् । सिम्तामा उपस्थित एमाले नेपाली कांग्रेस बहुमत छन् । नेपाली कांग्रेसको नेतृत्वले सम्मानपत्रमा सूर्य चिन्ह किन यो त एमाले चिन्ह हो यो नहटाउँदासम्म चन्दा सहयोग दिन हुँदैन भनि कोचोलो उठाएपछि त्यो धार्मिक शिक्षा जस्तो पवित्र दान उठाउन सकिएको छैन । क्याम्पस लथालिङ्ग भइरहेको छ । मूल उद्देश्य क्याम्पस बनाएर सुविधा लिएर अध्ययन गराउने हो यो जुँगाको लडाईं अहिलेसम्म मिल्न सकेको छैन ।
युगौपछि निरंकुश सामन्ती राज्यविरुद्धका लडाइ पछि २०७२ सालको जन संविधानले शक्ति विकेन्द्रीकरण स्थानीय निकाय स्वायत्त भएर सिम्ता गाविस मिलाएर एउटा सिम्ता गाउँपालिका बन्न पुगेको छ । गाउँपालिका तत्कालीन अवस्थामा नेपाल सरकारले कार्य सञ्चालन घोषणा पनि गरी निर्वाचित स्थानीय तहले नै स्थान दुई तिहाइ बहुमतले सार्न सकिने छ भन्ने उल्लेख ग¥यो । हाल रहेको स्थान बजेडीचौर सिम्ताको भौगोलिक रूपले बीच केन्द्र पर्छ । यातायात बजार सुविधाका हिसाबले राकम पर्छ । गणतन्त्र नेपालको संविधानले गाउँ नगरपालिको अवधारणा के हो भने गाउँ हुँदै सबै सुविधा सबै जनताले बराबर प्राप्त गराएर गाउँलाई नगरपालिकामा लैजाने हो । सदरमुकाम राख्दा एउटाको नजिक अर्को टाठा भइहाल्छ । मूल कुरा सबै नागरिकको सजिलो पहुँच कुन स्थान हो भन्ने हो ।
यही २०७४ फागुनमा बसेको गउँपालिकाको परिषद् बैठकले दुइतिहाइ बुहमतबाट राकम पातचौरमा सार्ने निर्णय गर्न पुगेको छ । निर्णय गरेको स्थान सिम्ताको सबैभन्दा गर्मी स्थान हो भने नजिक कुनै समुदाय छैन । हाल रहेको बजेडीचौर बीच केन्द्र प्राकृतिक सुन्दरताले भरिएको शान्त यातायातले छोएको ठूलो जमिनको पाटोमा रहेको छ । बजार यातायात सुविधा समथर भू–भाग भने राकम जामुने बजार हो । हुन त हालको सुविधा हुने ठाउँमा मात्र सार्वजनिक सुविधायुक्त मात्र जनसरोकारका कार्यालय सधैं रहनुपर्ने भन्ने केही छैन । गर्मीयाम बजेडीचौरमा पनि गाउँपलिका मुख्य सविधा सम्पन्न भवन भए हुनसक्छ । जसरी सिंजा साम्राज्यको सितकालीन राजधानी दुल्लू गर्मीकालीन राजधानी जुम्लाको सिंजा थियो । कर्णालीको राजधानी
सुर्खेत उपत्यका भए पनि ग्रीस्मकालीन राजधानी सुविधायुक्त भौतिक साधन भए जुम्ला हुँदैन भन्न मिल्ला ? कुनै एउटै व्यवस्थापन बाद सधैं एकै भइरहन्छ भन्ने यथास्थितिबादी सामन्ती प्रवृत्ति हो । आर्थिक समृद्धि सिम्ताका लागि राजनीतिक आस्था नजिक टाठा नभनि सहमति सहकार्य गरेर एक मत भएर गए विकास निर्माण गर्न समाजले उन्नतिको फट्को मार्न सक्छ । त्यही विषयलाई लिएर समाज नै भाँडिएर सामाजिक संस्था लथालिंग बनाउनु अब कुनै बाहिरी भित्री निर्देशन सिम्ताली राजनीति नेतृत्व लिन र बृद्धिजीविले आपसी लुते लडाईं गर्न हुँदैन । जसको जनकारी नपाउँदा भानु माविको आर्थिक सहयोग गुम्यो, क्याम्पसको धार्मिक आर्थिक दान गुम्यो । अब सिम्ता गाउँपालिका कहाँ बन्ने बनाउने भनि आन्तरिक कलहमा फस्न हुँदैन । प्राकृतिक रूपले सम्पन्न सिम्ता गाउँपालिका हुँदै नागरिकको सबैको पहुँचमा पुगेर सम्पन्न नगरपालिका कल्पना गर्नुपर्छ । सिम्तालीहरू फुटाउने आस्थाको भर केन्द्रित र राजनीतिको झोले र राजनीतिज्ञ बन्ने जनआधारित संघ–संस्था निर्माण विकास गर्दा पूरानो प्रवृत्ति छोडेर एकमत भएर सिम्ताको भौतिक आध्यमिक विकास लाग्ने हो कि ? किन सिम्ता विभाजित हुन्छ ? मेरो मनमा यस्तो खेलिरहन्छ । सबै सिम्तालीहरूमा चेतना भया ।
हामी आफू खुशी कहिल्यै मिल्न नसक्ने,
कसैले मिलाइ दिनुपर्ने,
हामी आफू खुशी छुट्टिन नसक्ने,
एउटा स्टाकरद्वारा सञ्चालित,
मानिस कम वर्ता गोटी हौं ।
–भुपी शेरचन

प्रकाशित मितिः   २९ फाल्गुन २०७४, मंगलवार १५:२६