चट्याङ : ठूलो क्षति, न्यून सावधानी
सुवास ज्ञवाली
बाढी, पहिरो तथा महामारी जस्ता प्राकृतिक विपद्हरूबाट वर्षेनी सयौं मानिसहरूले ज्यान गुमाइरहेका छन् । कुनै निश्चित समयमा तथा मौसमी अवस्था केन्द्रित यी प्राकृति विपद्हरूको पूर्वतयारी तथा अल्पीकरणका उपायहरू अवलम्बन गर्न अधिकतम ध्यान आकृष्ट भइरहँदा, वर्षभरी बाढी पहिरो जति नै क्षति पु¥याएको चट्याङ प्रति खासै पूर्वतयारी तथा जनचेतना फैलाउन प्रयत्न भएको पाइदैन । वर्षभरी जसो नै चट्याङबाट मानिसको मृत्यु भइरहेको तथ्यांकले देखाउँदछ । यद्यपि चैत्र, वैशाख र जेष्ठ महिनामा अधिकतम घटना भएको पाइएको छ ।
वैज्ञानिकहरूका अनुसार, वायुमण्डलमा तीव्र गतिमा वायु तल–माथि भइरहँदा घर्षण विकास भइ हावाले वादलभित्र विद्युतीय तरङ्ग अत्पादन गर्दछ । पानी र हिउँका थोपाहरूमा भएका विद्युतकण ‘इलेक्ट्रन’ हरू वादलको तल्लो तहमा जम्मा भइ विद्युतीय ऋणात्मक शक्ति ‘चार्ज’ को विकास हुन्छ । विद्युतीय धनात्मक शक्ति ‘चार्ज’ को विकास बादलको माथिल्लो सतहमा भएको हुन्छ । अत्याधिक मात्रामा ऋणात्मक शक्ति ‘चार्ज’ बादलको तल्लो तहमा थुप्रिएर बसेका हुन्छन् । जब पृथ्वीको सतहमा तीव्र गतिका हावा बहन थाल्दछ त्यति नै बेला वादलमा भएका ऋणात्मक शक्ति ‘चार्ज’ हरूले जमिनमा भएका धनात्मक शक्ति ‘चार्ज’ लाई तान्नको लागि एकखाले बाटो बनाइरहेका हुन्छन् जुन बेला ऋणात्मक शक्ति ‘चार्ज’ जमिनको सतहको नजिकै पुग्दछ त्यतिनै बेला जमिनमा रहेका धनात्मक शक्ति ‘चार्ज’ माथि आइ जोडिन पुग्दछन् र विद्युतीय तरङ्ग उत्पादन भइ चट्याङ पर्दछ ।
गृह मन्त्रालयका अनुसार वि.सं. २०६८ सालमा प्राकृतिक प्रकोपबाट पाँच सय १९ जनाको मृत्यु हुँदा बाढीबाट एक सय २६ जना, पहिरोबाट एक सय १३ जना तथा चट्याङबाट एक सय तीन जनाको मृत्यु भएको छ र सोही वर्ष चट्याङबाट अधिकतम दुई सय ९३ जना घाइते भएका थिए ।
२०६९ सालमा चट्याङबाट अधिकतम एक सय ३१ जनाको मृत्य भएको छ, सोही वर्ष पहिरोबाट ६८ जना, बाढीबाट नौ जना तथा अन्य विपद्बाट एक सय ९१ जना गरी जम्मा तीन सय ९९ जनाको मृत्यू भएको साथै चट्याङबाट अधिकतम दुई सय ३२ जना घाइते भएको तथ्यांक अपलब्ध छ ।
साल २०७० मा बाढीबाट एक सय ३१ जनाको मृत्यु र दोस्रोमा चट्याङबाट एक सय ११ जनाको मृत्यु भएको छ । पहिरोबाट ७९ जना र अन्य विपद्मा परी ९६ जना गरी जम्मा चार सय १७ जनाले ज्यान गुमाएका छन् र यो वर्ष पनि चट्याङबाट अधिकतम एक सय ९८ जना घाइते भएको पाइएको छ ।
२०७१ सालमा बाढीबाट एक सय २९ जनाले ज्यान गुमाउँदै गर्दा चट्याङबाट एक सय २८ जनाको मृत्यु भएको छ । बाढीबाट एक सय १६ जना र अन्य विपद्बाट एक सय ६६ जना गरी जम्मा पाँच सय ३९ जनाको मृत्यु भएको गृह मन्त्रालयले उल्लेख गरेको छ ।
२०७२ सालमा प्रलयकारी महाभूकम्पबाट आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका छन् । पहिरोबाट एक सय ३१ जना, चट्याङबाट ८० जना र अन्य ८५ जना गरी जम्मा नौ हजार दुई सय ८८ जनाको मृत्यु भएको तथ्यांक पाइएको छ ।
वर्ष २०७३ मा पहिरोबाट धेरै एक सय ४७ जनाको र चट्याङबाट एक सय १५ जनाको मृत्यु भएको छ । बाढीबाट एक सय एक जनाको र अन्य विपद्बाट एक सय ६३ जना गरी जम्मा पाँच सय २६ जनाको मृत्यु हुँदा चट्याङबाट अधिकतम दुई सय ८० जना घाइते भएका छन् ।
विगत ६ वर्ष (२०६८÷२०७३)को बाढी, पहिरो र चट्याङबाट भएको मृत्युको तथ्यांकलाई समष्टिगत रूपमा हेर्दा चट्याङबाट अधिकतम ६ सय ६८ जनाको मृत्यु भएको छ । त्यस्तै पहिरोबाट ६ सय ५४ जना र बाढीबाट चार सय ९६ जनाको मृत्यु भएको गृह मन्त्रालयको भनाइ छ । प्राकृतिक विपद्बाट भएका घाइतेको कुरा गर्ने हो भने हरेक वर्ष जसो नै चट्याङबाट अत्याधिक मानिस घाइते भएका छन् । ती घाइतेहरू मध्ये पनि कति ठीक भए वा कति को मृत्यु भयो भन्ने यथेष्ठ तथ्यांक उपलब्ध छैन् तसर्थ मृतकको संख्या बढ्न सक्ने अनुमान लगाउन सकिन्छ ।
माथि उल्लेखित तथ्यांकलाई आधार मान्दा चट्याङबाट बाढी, पहिरो कै हाराहारीमा मानिसको ज्यान गएको छ । छिटपुट तथा दैनिक जसो भइरहने चट्याङका घटनाका बारेमा खासै ध्यान गएको पाइदैन । पहाडि क्षेत्रमा अधिकतम चट्याङका घटना भएको पाइन्छ यद्यपि तराईमा पनि केही मात्रामा मानिसले चट्याङबाट ज्यान गुमाएका छन् । यसरी वर्षेनी सयौं मानिसको ज्यान लिने चट्याङबाट कसरी सुरक्षित रहन सकिन्छ त !
चट्याङबाट कसरी सुरक्षित रहने ।
– चट्याङ परेको समयमा अग्लो ठाउँ वा अग्ला टावरको नजिक बस्नु हुँदैन र अग्ला रुखमुनी ओत नलाग्ने ।
– घरभित्र भए झ्याल तथा ढोका बन्द गरेर बस्ने ।
– विद्युतीय सामग्रीहरू तथा विद्युत आपूर्ति बन्द गर्ने, मोबाइल, टेलिफोन ९ीबलमष्लिभ० को सकभर न्यूनतम मात्रामा प्रयोग गर्ने ।
– विद्युत सम्प्रेषण गर्ने पदार्थबाट बनेका गर–गहना तथा भबचउजयलभ, जभबमकभत आदि सरिरबाट उतार्ने ।
– खाली खुट्टा जमिनमा नटेक्ने तथा फलामजन्य धातुबाट बनेको भित्तामा आड नलिनेस सकभर रबर, काठर प्लास्टिक सामग्रीहरूको प्रयोग गर्ने ।
– स्नान कार्य रोक्ने तथा खोला, ताल तथा तलाउमा भए बाहिर निस्कने ।
– चट्याङ पर्दा ठूलो आवाज आउने हुनाले सकभर कान थुनेर बस्ने ।
– दिउसो ३ देखि ४ बजेपछिको समय बढी चट्याङ पर्ने भएकाले त्यतिबेला सकेसम्म घरमै रहने ।
– घरकोमाथि तामाको त्रिशुल वा रड राखेर त्यसलाई जीआई पाताले जोडेर घर मुनि माटोमा लगेर गाड्ने र त्यहाँ त्यसलाई तामाको पाताले जोड्ने ।
– प्रायः जसो जमिन र बादलको दूरी कम भइरहने पहाडी भू–भागमा चट्याङ पर्ने हुँदा विशेष सजग रहने ।
साझा बिसौनी ।