होली र यसको विशेषता
नारायणविक्रम जिसी
होली बसन्त ऋतुमा मनाइने एक महŒवपूर्ण पर्व हो । होलीलाई नेपाली र भारतीयहरूले वडो धुमधामका साथ मनाउने गरेको पाइन्छ । यो पर्व हिन्दु पञ्चाङ्ग निर्णयका अनुसार फागुन पूर्णीमामा मनाइन्छ । रंगको पर्वका रूपमा मनाइने यो पर्व पारम्पारिक रूपमा दुई दिन मनाइन्छ ।
नेपालमा नेपाल सरकारले यस दिन पहाड र तराई गरेर दुई दिन सार्वजनिक बिदा दिने गरेको पाइन्छ । यो पर्व नेपाल र भारत लगायत अन्य जहाँ अल्पसंख्यक हिन्दु रहेका छन् त्यहाँ पनि धुमधामका साथ यस पर्वलाई मनाइन्छ । पहिलो दिन होलीका जलाइन्छ, यसलाई होलीका दहन पनि भनिन्छ । यसैको भोलिपल्ट रंग अविर लगाएर अनि विभिन्न गीत संगीतका माध्यमद्वारा नाचगान गर्दै एक अर्काको घरमा गएर रंग लगाइदिने परम्परा रहेको छ ।
होलीलाई यसो पनि भनिन्छ की यस पर्वले मानिसहरूबीच रहेको पुरानो कटुतालाई बिर्सेर एक आपसमा सद्भाव एवम् प्रेमको सम्बन्ध स्थापित गर्नको लागि रंग दल्ने परम्पराको सुरुवात रहेको छ । यसरी त्यस दिनभरी चलिरहन्छ, साँझ परेपछि नुहाइ धुवाइ गरेर नयाँ लुगा लगाउने र साँझ परेपछि पुनः एक अर्काका घरमा जाने अनि मिठाइ खुवाउने चलन नेपाली संस्कृतिमा भित्रिसकेको छ । बसन्त ऋतुको सन्देशवाहक भएकोले राग, संगीत अनि रंग यसको प्रमेख अंग न बनिसकेको छ । यसको उत्कर्षमा पु¥याउने वाला प्रकृति पनि यस समयमा रंग विरङ्गी यौवनका साथ आफ्नो चरम अवस्थामा रहेको हुन्छ । जसले होलीलाई अझैं आकर्षक र उत्कर्षमा पु¥याउने काम गर्छ जसमा सबै मानीसहरू रंगमा रंगीने परम्पराको सुरुवात भएको पाइन्छ ।
फागुन महिनामा मनाउने भएकोले यसलाइ फागुनी पनि भनिन्छ । होली पर्वको सुरुवात वसन्त पञ्चमीबाट नै सुरुवात भएको पाइन्छ । यस दिनमा फाग अनी गुलाल उडाइन्छ यसै दिनबाट फाग अनि धमारको पगतको पनि प्रारम्भ भएको पाइन्छ अनी गुलाल उडाइन्छ यसै दिनबाट फाग अनि धमारको पगतको पनि प्रारम्भ भएको पाइन्छ । बगैंचामा फूलको आकर्षक छटा रुख बिरुवामा नयाँ मञ्जरी पालुवा पलाएको हुन्छ, मानिस पशु पंक्षी सबैतिर उल्लासले परिपूर्ण हुन्छ ।
होली पर्वको बारेमा अनेकौं किम्वदन्तीहरू जोडिएको पाइन्छ यसमा सबै भन्दा प्रचपलत किम्बदन्ती भनेको प्रहादको हो । प्राचीनकालमा हिरण्यकस्यप नामक एक अत्यन्त बलशाली राक्षस थियो उसलाई आफ्नो शक्तिप्रति घमण्ड थियो । उसले आफ्नो राज्यमा ईश्वरका नाम लिनमा लागि बन्देज गरेको थियो भने छोरा पह्रलादको ईश्वर भक्तिबाट क्रुर भएर छोरालाई अनेक दण्ड दियो ता पनि उसको ईश्वर भक्ति मर्दै मरेन ईश्वरभक्ति छाडेन यो देखेरछोरो मार्ने योजना बनायो र त्यसको लागि बहिनी होलिकालाई प्रयोग गर्ने विचार ग¥यो होलिकालाई आगोमा नजल्ने वरदान थियो ऊ आगोमा नजल्ने भएपछि हिरण्यकस्यपले बहिनीलाई आदेश दियो छोरालाई मार्नको लागि बहिनी तयार भइ र पह्रलादलाई काखमा राखेर आगोमा बसेको बेला होलिका आगोमा जलेर समाप्त भइ तर पह्रलाद केही भएन । यसरी ईश्वरभक्तिबाट पह्रलाद बचेको यादमा यस दिन होलिका जलाइन्छ । यसरी यस पर्व मनाउने गरेको पाइन्छ भने पह्रलाद भने आनन्द हो वैर अनि उत्पीडनका प्रतिक होलिका जलाउने प्रतिक दाउरा हो यस अर्थमा होलिकालाई जलाएरको प्रतिक हुन्छ । प्रेम तथा उल्लासको प्रतिक पह्रलाद (आनन्द) अक्षुण रहेको छ । पह्रलादको कथाको अतिरिक्त यो पर्व राक्षसी द्वन्दी, राधा कृष्णको रास लिला अनि कामदेवको पुनजन्म सँग पनि जोडिएको छ ।
केही मानिसहरूले होलिको अर्को विशेषतालाई पनि मान्ने गरेको पाइन्छ । होलिमा विभिन्न किसिमको रंग ल्याएर नाचेर गाएर मानिसहरू शिवगणको भेष धारण गरेको तथा भगवान् शिवको जन्तीको दृश्य बनाएको भन्ने भनाइ पनि पाइन्छ भने कोही कोहीले भगवान श्रीकृष्णले यस दिनमा पुतना नामक राक्षसको वध गरेको खुशीमा गोपीनी अनि गोठालाहरूले रास लिला गरे अनि रंग खेलेका थिए भन्ने किम्बदन्तीहरू पनि पाइन्छ । यसरी परम्परादेखि चलि आएको होली पर्वमा भाइचार प्रेम स्थापित होस् सबैको संसार रंगीन होस् रंगले भरिएको होलीको धेरै–धेरै शुभकामना ।
साझा बिसौनी संवाददाता ।