काँक्रेबिहार संरक्षणको दायित्व
नारायणविक्रम जिसी
कुनै पनि देशको पर्यटन क्षेत्रको विकासका लागि त्यहाँ रहेका सांस्कृतिक एवम् प्राकृतिक सम्पदाहरूको भूमिका महŒवपूर्ण हुन्छ । त्यही सांस्कृतिक सम्पदामध्ये एक हो, सुर्खेतको काँक्रेविहार । प्राकृतिक मनोरमताले भरिपूर्ण सुन्दर दृश्य तथा सांस्कृतिक जीवनशैली र सामाजिक चालचलनलाई झल्काउने यो सम्पदा भनेको पर्यटकहरूको मन जित्ने पर्यटकीय सम्पदाहरूमध्येको एक हो ‘काँक्रेविहार’ ।
काँक्रेविहार उत्पत्ति र यसको खण्डिकरणका बारेमा विभिन्न मत मतान्तरहरू रहेको पाइन्छ । विभिन्न इतिहासकारहरूले यस क्षेत्रको बाइसे–चौबीसे राज्य अन्तर्गत पश्चिम नेपालको कर्णाली प्रदेश अन्तर्गत खस मल्ल राज्यको स्थापनासँग जोडिएको पाइन्छ । कर्णाली प्रदेशको खस मल्ल राज्यका बारेमा खास गरी तिब्बती वंशावली गोपालराज वंशावली र दुल्लूबाट प्राप्त पृथ्वीमल्ल वि.सं. १४१४ को दुल्लू अभिलेख आदिहरूको जानकारी गराउँछन् भने यसको स्थापना लगभग वि.सं. १६३९ तिर भएको अनुमान लगाउन सकिन्छ ।
अर्को अध्ययनले यसको भग्नावशेष वि.सं. १६५२ मा राजा शिव सिंहको पालामा शामसुद्धिनले उपत्यका आक्रमण गर्ने बेला भत्काएको हो कि ? भन्ने अड्कल गर्ने अर्का थरी इतिहासकार र गोपाल वंशावलीमा आक्रमण भएको मिति नेपाल सम्वत ४७० (वि.सं. १४०६) मार्ग उल्लेख गर्नुले यसको भग्नावशेषका सम्बन्धमा केही अड्कलबाजी गर्न सकिन्छ । यता प्रेमसिंह बस्न्यातले उल्लेख गरेको सूचनाका आधारमा अशोक मल्ल र वि.सं. १३२५ मा बनाएको भनेपनि उनको शासन काल वि.सं. १३१२ –१३३५) सम्म रहेको पाइनुले त्यसपछिको विकासलाई पुष्टि मान्नु पर्ने आधारहरू प्रशस्त देखिन्छन् । त्यसैले वि.सं. १६३९ मा काँक्रेविहारको स्थाना भएको देखिन्छ । यसको ज्वलन्त उदाहरण काँक्रेविहारको पश्चिमतिरका पाखोमा अवस्थित शिव मन्दिरले पुष्टि गर्दछ भने अर्कोतर्फ पाटनको कृष्ण मन्दिरको निर्माण वि.सं. १६९३ मा कृषि मन्दिर निर्माण एवम् वास्तुकलाको संरचना हेर्ने हो भने उस्तै खालको रहेको पायन्छ । त्यतिबेलाको खस मल्ला राज्य अन्तर्गत सिंजा जुम्ला बाइसे राज्य अन्तर्गत शक्तिशाली राज्य थियो । त्यसैले अहिलेको संरचना अन्तर्गत मध्यपश्चिम क्षेत्रका सम्पूर्ण राजा रजौटाहरूलाई एकीकरण गरेर आफ्नो शासन व्यवस्था लागू गरेको देखिन्छ । त्यसैले सुर्खेत उपत्यकामा मानव बसोबास हुनुभन्दा अगाडि यहाँ एउटा ठूलो पानीको पोखरी थियो पानीको निकास थिएन र ‘सुर’ देवताहरूले पानीको निकास गरिदिए जसलाई अहिले पनि निकास भनेर चिनिन्छ जो सुर्खेत उपत्यकाको पानी बाहिर जाने बाटो हो ।
त्यसपछि विस्तारै दैलेख, दुल्लूका मानिसहरू गोठीकाँडा, फिनिकाँडा, कटकुवा, मेहलपानी, मेहलीसम्म मानिसहरूको बस्ती विभाजन गरिएको कुरा स्वर्गीय चेतानन्द गिरीले पहिल्यै बनाउनु भएको थियो । यसरी सुर्खेत जिल्लाको पहिलो माननीय श्री स्वर्गीय इन्द्रबहादुर घर्ती श्रेत्री भएको कुरा पनि उहाँले बताउनुभएको थियो । यसरी सुर्खेत उपत्यकामा बसोबास हुनुभन्दा पहिले यो एउटा सुन्दर ताल रहेको र यहाँ सिंजा क्षेत्रका राजा, रानीहरू सयर गर्ने क्रममा सुर्खेत झर्ने अनि जलक्रिडा गर्ने साँझ परेपछि काँक्रेबिहारमा बसोबास गर्ने कुरा पनि बताउनु भएको थियो । ‘काँक्रेबिहर’ शब्दका सम्बन्धमा काँक्राको जस्तो भौगोलिक आकार रहेको र बिहार भन्ने बित्तिकै घुमफिर वा विचरण गर्ने भन्ने शब्दलाई जनाउने हुँदा काँक्रा बिहार हुँदै जाँदा काँक्रेबिहार भएको भन्ने अनुमान लगाउन सकिन्छ ।
जुम्ला खस राज्यको सम्बन्ध अहिलेसम्म उत्तिकै रहेको कुरा अहिलेको कर्णालीको सम्बन्धले स्थापित गर्दछ । सुर्खेत जिल्लाबाट बाँके, बर्दिया तथा भारततर्फ जान पनि सुगम हुने भएकाले यो सम्बन्ध त्यतिबेला देखिन नै स्थापित भएको भन्ने अनुमान लगाउन सकिन्छ । त्यतिबेलाका राज्यबाट सुर्खेत आउने बेला डोटी प्रदेश अनि अछाम हुँदै र कर्णालीबाट आँउदै गरेका अवस्थामा अहिले पनि सुरक्षित मानव आकृति ढुंगामा देखिएका खुट्टाका पाइला पाइनुले पनि त्यस कुुरालाई थप पुष्टि गर्दछ । पश्चिम पञ्चपुरी नगरपालिका हताल छेउ नजिकै पाइला पाइनु, त्यस्तै सिद्धपाइलामा मानवकृति पाइला पाइनु र त्यो पाइलाको विशेषता जस्तो मानिसका पाइलामा मिल्नुले अझै थप पुष्टि गर्ने आधार मिल्छ र स्वभाविक पाइलाभन्दा ठूला देखिन्छन् । यसरी त्यतिबेला कोही न कोही सुर्खेत उपत्यकामा शयर गर्न आउने र रात दिन बिताउनै स्थलका रूपमा काँक्रेबिहारको निर्माण भएको हो ।
यसको भग्नावशेषका बारेमा पनि विभिन्न मतमतान्तर पाइए पनि यो वि.सं. १९९० को भूकम्पले नै भत्किएको अनुमान लगाउन सकिन्छ । किनभने वि.सं. २०३४ मा मात्रै सुर्खेतलाई विफर उन्मुलन भनेर घोषणा गरिएको थियो । त्योभन्दा अगाडि सुर्खेत जिल्लामा कालाजार लाग्थ्यो भन्ने कुरा स्वर्गीय कर्णबहादुर पन्तले बताउनु भएको थियो । जसलाई दैलेख अथवा गोठीकाँडातिर गएर बसोबास गर्ने समेत पाइन्थ्यो रे । यसरी औलो तथा कालोज्वरोको डर अनि घनाजंगलका बीचमा रहेकोले यसको संरक्षण हुन नसकेको र पुराना मूर्ति तथा बहुमूल्य वस्तुहरू चोरी भएको हुन सक्ने कुरा समेत उहाँले बताउनु भएका थियो । यसरी जीवित रहेको काँक्रेविहार पछिल्लो समय पुनमर्मत तथा जीर्णोद्वार गर्नु यो समग्र सुर्खेतको सम्पदा हो । यसको संरक्षणमा लाग्नु सबैको कर्तव्य हो ।
‘काँक्रेबिहार’ पछिल्लो समय आन्तरिक पर्यटनका कारण त्यहाँ वरिपरिका क्षेत्रहरू दिन प्रतिदिन फोहोर हुँदै गइरहेका छन्, अर्कोतर्फ दिन प्रतिदिन वातावरणीय प्रदुषणका कारण उपत्यकामा पहिलेको भन्दा वातावरण धमिलिएको छ । यसलाई बचाउने काम यसै क्षेत्रले महŒवपूर्ण भूमिका निभाउन सक्छ। त्यसैले वातावरणीय दृष्टिकोणले पनि यसको संरक्षणमा जुट्नु आवश्यक छ ।
काँक्रेबिहारका सम्भाव्यताहरूः
(१) धार्मिक तथा पर्यटकीयस्थलका रूपमा प्रबद्र्धन गर्न सकिने ।
(२) चिडियाखानाका रूपमा विस्तार एवम् विकास गर्न सकिने ।
(३) जंगल सफारी तथा वनभोज स्थलका रूपमा स्थापित गर्न सकिने ।
(४) बाल उद्यानका रूपमा विकसित गर्न सकिने ।
यसरी हेर्दा काँक्रेबिहार एउटा नितान्त पर्यटकीय सम्पदा हो यसको संरक्षण र सवद्र्धनमा सबैको उत्तिकै महŒवपूर्ण भूमिका रहनुपछ । यसको जीर्णोद्वार भइरहेको छ र एउटा पूर्ण आकार प्राप्त पछि यसले आफ्नो पूरानो अस्मिता बचाउने छ भन्नेमा कसैको दुई मत छैन । वातावरणमैत्री सुर्खेत उपत्यकामा यसको भूमिका रहने छ । जागौं, लागौं संरक्षणको कुरामा सबैले कम्मर कसौं यो हामी सबैको साझा सम्पदा हो, जसले हाम्रो पहिचान बचाइ राखेको छ ।
साझा बिसौनी संवाददाता ।