पर्खिरहेको आदिमता
क्रान्ति शर्मा
निदाइसकेका तिम्रा आशक्तिहरू पुनः ब्यूझाएर हातका अञ्जुली भरी थमाइदियौं । न रोकिदियौ न फर्किहे¥यौ, तिमी त आदिमतामै एकनास हिँडिरह्यौ । एकोहोरिएर भावनामा डुबेर रचेका कविका कविताका पंत्तिजस्तै तिम्रो शब्दहरू जसले मलाई नै सधैं आंैल्याउँछन् । अब यत्ति भनिदेऊ ः
बाटो पत्ता लगाउन बनाइएको सांकेतिक खेलमा घुमाइएका रेखा जस्तै किन तिम्रा शब्दहरूले अल्झाइदिन्छन् ? किन मन बेचैन बनाइदिन्छन् ? के प्रेमको बाटो साँच्चिकै अप्ठ्यारो छ ?
…
ठूलो जात्रामा घुम्दाघुम्दै आफ्ना परिवारबाट छुटेर एक्लिएको बच्चा बेस्सरी कराउँछ । त्यति ठूलो भीडमा ऊ आफूलाई एक्लो ठान्छ । ऊ भय, त्रास, डरले घेरिन्छ । क्षणभरमै फेरि आफन्त भेटाउँछ । हातको औंला समाएर हिँडाउने आमा एकैछिन हराउँदा पाएको पीडाले ऊ घर नफर्किउन्जेल आमाको काख छोड्दैन । त्यो अवोध बच्चाले आमाले गरेको प्रेमलाई कसरी पस्ष्ट्उँदो हो !
रंगीचंगी खेलौनाले भरिएको पसल नजिकै पूगी ‘बाबा’ मलाई त्यो किन्दिनु न भन्दा बाबाको आँखाबाट खस्नै खोजेको आँसु र चिमोटिएको मनको अर्थ त्यो सन्तानले कहिले लगाउन सक्ला !
आमा तिमी नै मेरी यस्ती सखी हौ, जसलाई म आफ्ना एक–एक कुरा सुनाउन सक्छु । र यसै हसाउँन सक्छु । तर म अझै बुझ्न सक्दिनँ तिमीले एकलौटी पोखाएका प्रेमका भावहरू । तिमी आफै रित्तिएर आफ्नाहरूलाई प्रेम गथ्र्यौ । सन्ततीलाई हसाउँछ्यौ । तर किन लुकाइदिन्छ्यौ तिमीलाई भएको त्यो असैह्य पीडा ? त्यसैले आमा तिमी ईश्वर हौ ।
सानोमा एक छिन अलग नहुने एकै घरका दाजुभाइ, दिदीबहिनी आज वर्षौ बितिसक्यो नबोली बसेको । यति कठोर किन ?
…
प्रेमले सबैलाई समेट्न किन सक्दैन ? कहालीलादो अन्त्येष्टिको डरले मान्छे नै प्रेमदेखि भागिरहेछ ।
एक बच्चा आमादेखि भागिरहेछ, बुबादेखि भागिरहेको छ । बृद्धाश्रमको कठोर काराबासमा बुढा बुबा–आमालाई राखी सन्तान बाहिर प्रेम खोजिरहेको छ । सन्तुष्टि खोजिरहेको छ । आराम खोजिरहेको छ ।
…
तिमी नै भन म तिम्रो आदिमतालाई कसरी बसाइदिऊ ? म केही नभनी मौन बसुँ भने तिमी मलाई पत्थर भनौला । तर म पत्थर पनि होइन कहिल्यै नपग्लिने, न त मैन नै हुँ !
प्रेम बन्द आँखाले देखेको एक सपना जस्तै हो, जो आँखा खुल्न बित्तिकै कता हराउँछ कता थाहै हुँदैन । मौसम बदलिन्छ, प्रकृति बदलिन्छ, मानिस बदलिन्छ । तिमी कसरी भन्न सक्छौं प्रेम बदलिदैन ।
मान्छे एकाएक बदलिन्छ । ठूलो जमातमा पनि मान्छेले आफूलाई एक्लो ठान्छ । जति ठूलो हो–हल्ला मच्चाऊ ऊ मौन बसिदिन्छ । ध्यान एकोहोरिदिन्छ । यदि त्यही हराउनु नै प्रेम हो भने तिमी खोज्न हिँडिदेऊ त्यही आदिमतामा ।
…
भीडमा निसास्सिएर श्वास नै फेर्न अप्ठ्यारो भएको बेला, सबले एक्लो बनाएर छोडेको त्यो बुढ्यौली अवस्थामा खुट्टाका पाइला अघि बढाउन बाटो खाजेको बेला हातमा लठ्ठी समाइ एकोहोरिएर यौवनलाई सम्झिएको बेला तिमी सुस्तरी आउनु तिम्रो कापेका खुट्टाहरूलाई सहारा दिन समाएको त्यो हातको लठ्ठी, उस्तै देखिने कमजोर बनिसकेका नयन, नाजुक ओठहरूमा पुनः हाँसोहरू भर्दै आउनु र सोध्नुः ‘आऊ मेरो प्रेमको आदिमतामा तिमीलाई घुमाउँछु, अब त्यो मध्यान्तरमा अडिएको सपनालाई पुनः देखाउँछु ।’
सुन तः साँच्चिकै त्यो पल कति महँगो होला ! सेतो धरती उपन्यासमा उपन्यासकी पात्रले जीवनको अन्तिम क्षणमा गोविन्दलाई भेटे जस्तै म तिमीलाई भेट्न चाहन्छु । तिमी नसोध प्रेम गछ्यौ ? भनि ।
मेरो प्रेम त्यही क्षण हो, त्यही आशक्ती हो ! तिमी कसरी बुझ्छौं बुझ ।
म तिमीलाई जीवनमा सबैभन्दा धेरै त्यही क्षण सम्झिनेछु । त्यही क्षण सुनाउनेछु मैले के–के पाएँ, प्रेम त्यति अप्ठ्यारो किन भयो भनि !
…
आकाश बेस्सरी मडारिएर खसेको पानीको थोपाले छोएर गइदिन्छ, आफ्नै बेगमा उडेको हावाले मन पनि उडाइदिन्छ । तर एउटै कुरा सिकाउँदैन –सपना र यथार्थको मिलन हुन ।
प्रेमकै नाममा कथा बन्छन्, कविता बन्छन्, उपन्यास बन्छन् । तर यथार्थहरू एकै बन्दैनन् ।
सपना जति मिठा लाग्छन्, त्यति तिता लाग्छन् यथार्थहरू !
उपन्यासकारहरूले प्रेमकै नाममा हजारौं उपन्यास रचना गर्न सक्छन् तर यथार्थमा त्यही प्रेम पाउँदैनन् ।
बुबा–आमाले सन्तानकै निम्ती आफ्नो जिन्दगी दाउमा लगाउँछन् तर अन्तमा त्यही सन्तानको घृणाले मर्छन् ।
जीवन उज्वल बनाउने नाउँमा मान्छेहरू लखपति बन्छन्, करोडपति बन्छन् तर उनीहरू नै निन्द्राका औषधिहरूको सिरानीमा निदाउन खोज्छन् तै पनि छट्पटिन्छन् ।
…
ठूला सपना बोकेर महलमा बस्दैमा पैसाले स्वर्ग जाने बाटो बन्दैन । न त खप्न सकिन्छ जीवनका अतृप्त भावहरू !
…
तिमीलाई बिर्सन खोज्दा पनि सम्झिरहने बनाउने त्यो अशक्ती तिमीमा छ । मौन बस्दा त्यो मौनता भंग बनाउने चावी तिमीसँग छ । तिमी त्यो सपना हौ जो सपना हरेक रात निदाउँदा देखुँ जस्तो लाग्ने, ब्यूझिएर पनि फेरि आँखा बन्द राख्न खोज्ने बनाउँछ । हो तिमी सपना हौ ।
…
म पुग्न ढिला गरेँ भने तिमी नआत्तिनु, मैले देखिरहेछु मलाई नै पर्खिरहेको तिमीले बनाउँदै गरेको आदिमता !
साझा बिसौनी संवाददाता ।