तिम्रो ऊ र म
तिम्रो ऊ र म बीच तिमीले कहिल्यै भुलेर पनि तुलना नगर्नु । तुलना त त्यसको गरिन्छ, जो सधैं बराबरी स्थानमा हुन्छन् र बराबरी हुने हैसियत राख्छमन् । कहाँको तिम्रो ऊ र कहाँको म ? तिम्रो ऊ र मेरो के
मिल्छ ? तिम्रो ऊ र मेरो बीच आकाश धर्तीको फरक छ । आकाशको जुन र धर्तीको किराबीच तुलना गर्नुको के अर्थ ? यस्ता कुरामा नअल्झिनु तिमी ।।
तिमीले तिम्रो (ऊ)लाई रोज्नुपथ्र्यो र रोजेर ठीक ग¥यौ । मलाई हराएर तिम्रो
(ऊ)लाई जीताउनु पथ्र्यो र जिताएर ठीक ग¥यौ् । तीन वर्षसम्म मसँग सहयात्रा गरेकी तिमीले तीन वर्षपछि अर्को विकल्प खोजेर ठीक ग¥यौ । तीन वर्षको यति लामो समय मलाई दिएकै थियौ तर मबाट कुनै विकास र निकासको संकेत नदेखेपछि अर्को बाटो खोज्नु स्वभाविक थियो र हो पनि । मैले पूरा गर्न नसकेका आवश्यकताहरू तिम्रो
(ऊ) ले पूरा गरिदियो, तिमी जे चाहन्थ्यौ त्यही पूरा गर्दै गयो तिम्रो ऊ र त तिमीले ऊ लाई जितायौं ।
यो देशा भइरहेको राजनीतिमा जस्तै तिमीले पिरतीमा ग¥यौ । मलाई साथ दिन्छु भनेर बीचैमा छोडेर दाम गठबन्धन गर्न पुग्यौ तिम्रो उसँग । तिम्रो उसँग दाम देखेर दाम गठबन्धन गरी मेरो नाम निसाना मेटिने गरी पछायौं । तिमी मेरो अक्सिज हो, अक्सिजन विना कसरी बाँच्न सकिन्छ र ! भनेर भन्ने गथ्र्यौं त पहिले त । आज अक्सिजनको साटोमा दाम खाएर बाँच्छु भन्छ्यौ त ? यसरी बीचमा आएर धोका दिन्छ्यौ भन्ने म जस्तो कुकुरको पुच्छर जस्तो सिधा मान्छेलाई के थाहा ? सात÷सात जुनी तिम्रो हुने भनेर ज्योतिषीले भन्याथ्यो त । अब त झिनो आश पनि हराएर गयो ।
के गर्नु त बरै, (के सोचेथें जीन्दगीमा, के के भयो आज) यही गीत सुन्नु र मन बुझाउनु शिवाय केही उपाय छैन मसँग । जसलाई जीवनसाथी ठानेको थिएँ ऊ नै घाती रै’छ । नेपालको राजनीति जस्तो स्टिम नभाको हाम्रो पिरती नबाऔं बाबा नबऔं भनेर मैले तिमीले लाख÷लाख चोटी बुझाउने प्रयास गरें तर सकिन ।
तिम्रो (ऊ)ले तिमीलाई बाइकमा राखेर तिमीले भनेकै ठाउँमा घुमाउँथ्यो तर म बाइकको लायक कहिल्यै भइन । तिम्रो (ऊ) ले तिमीले भने जस्तो पैसा उडाउँथ्यो तर मलाई यता दुनियाँले सधैं उडाइरहन्थ्यो । तिम्रो (ऊ) ले तिमीलाई हुस्की र वियर भन्नइ सिकायो तर मैले तिमीलाई डियर बाहेक अरु केही भन्नैत जानिन । तिम्रो (ऊ)ले तिमीलाई नरुवाउने वाचा गथ्र्यो तर म तिमीसँगै रोईदिने वाचा गर्थें । तिम्रो (ऊ) ले तिमीलाई मुटु किनेर बचाउँछु भन्थ्यो तर म तिमीलाई मुटु दिएर बचाउछु भन्थें । तिम्रो (ऊ)ले महल हाल्ने कुरा गथ्र्यो तर म झुपडी टाल्ने कुरा गथें ।
यी यस्तै फरक थिए, तिम्रो ऊ र मबीच । यिनै कारण हुन् पिरतीको चुनावमा तिम्रो उसँग म पराजित हुनु । मेरै अगाडि हाक्का–हाक्की उसलाई दुई तिहाइ भन्दा बढी मतले जिताएर एकलौटी पिरतीको सरकार निर्माण गरेकी थियौं तिमीले । जिन्दगीसँग नै हारेको मान्छे म । मेरो लागि यो हार नै जीवनको सम्झना योग्य हार बनेको छ । म जस्तो मान्छेले पिरतीको चुनाव लड्ने आँट गर्नु हुन्नय रै’छ भन्नेन पाठ सिकेको छु । घाँटी हेरेर हाड निल्नुेपर्दो रै’छ भन्नेर पनि धेरथोर बुझ्नेल अवसर मिल्यो ।
म जस्तै बारबार पिरतीमा पराजित हुनेहरूले कताकता पिरतीलाई गलत तरिकाले परिभाषित गरेको पनि देखियो । पिरतीलाई फोहोरी खेलको उपनाम दिएको पनि देखियो । तर वास्तविक के हो भने पिरती कुनै पनि हालतमा गलत हुनै सक्दैन । पिरती फोहोरी खेल पनि होइन । मात्र म जस्तै पराजितेहरू र अबुझहरूले गलत अर्थ लगाएका हुन् । जस्तैः राजनीति ।
‘तिमीले जे गर्यौद, ठीक ग¥यो ।’ तिमी मात्र त भयौं यहाँ सधैं परिवर्तन चाहाने, सधैं विकास चाहाने । जति पटक चुनाव भए पनि भेडा शैलीमा भेडा नेतालाई जीताइरहने भेडा जनताको लिष्टभित्र पर्दैनौ तिमी, आफूले गलत नेता छनौट गर्ने अनि नेतालाई नै दोष दिने जनताभित्र पनि पर्दैनौ तिमी, पैसाको लोभमा कुनै पार्टीको झोले भएर गलत प्रचार–प्रसार गर्ने व्यक्तिभित्र पनि पर्दैनौ तिमी । वश यसकारण त आज पनि सम्झन्छु तिमीलाई ।
चुनाव जीतिसकेपछि विजयको माला पहिरिएर देशको चाला बदल्नप नसक्ने नेता जस्तो नहोस् तिम्रो ऊ । रक्सी र सुकुटीमा देशको ढुकुटी रित्याउने नेता जस्तो नहोस् तिम्रो ऊ । सिंहदरबार छिरेपछि वनको सिंह जस्तै क्रुर र निर्दयी नेता जस्तो नहोस् तिम्रो ऊ । आफै जानीजानी देशको हानी हुने काम गर्ने नेता जस्तो नहोस् तिम्रो ऊ । तिमीले चाहेको जस्तै होस्, आँटेको जस्तै होस् ।
धुलैधुलो उडेर यो सुर्खेत धुलखेत भए जस्तो तिम्रो मायाको सहरमा धुलोले ठूलै असर नगरोस्, चालिस कटेसी रमाउने वाचाका साथ कतारतिर हतार–हतारमा जानुपर्ने दिन नआओस्, यातायातको कमी भएर तिम्रो खुट्टाले दुःख नपाओस्, बिजुली बत्तीका कारण कत्ति पनि दुःख पाउने दिन नआओस्, विश्वखमै पानीको दोस्रो धनी देश हुँदाहुँदै पानी–पानी भन्दै खोज्दै जानी दिन नआओस्, पौढ किताबहरू समाउनुपर्ने बाध्यता नआओस्, ज्वरोको कारण असामयिक… भयो भन्नेस् खबर यो कानले सुन्नध नपरोस्, केही कुराको पनि कमी हुन नदेओस् तिम्रो ऊ (ले) । विकासका पूर्वाधाहरू जस्तैः (शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी, यातायात आदिको अभाव भएर दवादमा बाँच्नुपर्ने दिन नआओस् नेपाली जनता जस्तो ।
‘ती’ प्रत्यय लागेर होला सायद मान्छेको जीवनमा राजनीति र पिरती उत्तिकै आवश्यकता छ । राजनीतिले राज्यलाई स्टिममा लिएर राज्यभित्र रहेका हामी सबैको सुरक्षाका साथमा आधाभूत अधिकारहरू दिलाउँछ भने पिरतीले सिधा मनसँग सरोकार राख्दै मान्छेलाई सन्तुष्टिका साथमा व्यवहारिक बनाउँछ । राजनीति विना राज्य रहँदैन, पिरती विना मान्छे रहँदैन ।
गलत र रही छुट्याउन सक्नेप शिक्षित मान्छे हौ तिमी, समयानुकूल आफूलाई परिवर्तन गर्न सक्नेस् मान्छे हौ तिमी, नयाँ भिजन भएको र आफू अनुकूल मान्छे रोज्न सक्ने् मान्छे हौ तिमी । तिम्रो त्यो खुबीलाई म सधैं सम्मान गर्छु र गरिरहन्छु । मेरो जीवनबाट नेताले र तिम्रो जीवनबाट जनताले पाठ सिकुन् । जय पिरती, जय जीन्दगी, जय राजनीति, जय नेपाल ।।
साझा बिसौनी संवाददाता ।