जनप्रतिनिधिको जिम्मेवारी
इन्द्रबहादुर रोकाया
नेपालमा धेरै लामो समयको पर्खाइपछि नेपाली जनताले आफ्नो प्रतिनिधि आफै छान्ने अवसर पाएक छन् । वर्तमान नेपालको राजनीतिमा नेपाली जनताका जनप्रतिनिधिहरू जनताको सेवाभन्दा पनि आफ्नो स्वार्थ पूरा गर्ने भ¥याङ बनाउनेतर्फ केन्द्रित छन् । चुनावमा बाँडेको पैसा, भोजभतेरको खर्च र विभिन्न व्यापारीबाट ल्याएको पैसा कसरी निकाल्ने भन्नेतर्फ ध्यानमग्न भएका छन् । चुनावी परिवेशमा विदेशी पूँजीपति, एनजीओ र आईएनजीओले गरेको लगानीको मूल्य चुक्ता गर्न बहुमत जनताको भन्दा पनि भारतसहित एनजीओ र आईएनजीओको पक्षमा काम गर्न गरिरहेका छन् । उनीहरूको मुठ्ठीमा रहेर काम गर्छन् ।
राजनीति भनेको देशको सबैभन्दा उच्च व्यवस्था वा राज्य सञ्चालनको मूल हतियारका सथै निस्वार्थ रूपमा जनताको सेवा गर्नु हो । राजनीति राज्यको हरेक क्षेत्रमा जोडिएकोले राज्य सञ्चालन र राज्यसँग सम्बन्धित सम्पूर्ण समस्या तथा विषयवस्तुको अध्ययन तथा समस्या समाधानको सर्वव्यापक अस्त्र भएकाले यो जातजाति, भाषाभाषी, धर्म र विदेशी हस्तक्षेपबाट टाढा रहनुपर्छ । तर नेपालको राजनीतिक क्रमशः जाली, फटाह, अपराधी तथा विदेशी शक्तिबाट सञ्चालित गोटीहरूको हातमा जाँदैछ । यो अत्यन्तै दुर्भाग्यपूर्ण अवस्थाको संकेत हो ।
नेपाली राजनीतिमा नेपालको राजनीतिको मोडेल जनहितकारी देखिएन । वर्तमान समयमा राजनैनिक नैतिकतालाई नेताहरूले विभिन्न बहानामा झनै गिराएका छन् । कहिले उपचार, कहिले संक्रमणकाल त कहिले द्वन्द्व व्यवस्थापनका नाममा राज्यकोषबाट खुलेआम ब्रम्हलुट मच्चाएका छन् । देशका विभिन्न संवैधानिक र स्वतन्त्र निकायदेखि गाउँका सामान्य विद्यालय र विभिन्न संघ–संस्थालाईसमेत राजनीतिक भागवण्डाको थलो बनाएका छन् । गाउँको विद्यालयमा एउटा शिक्षक नियुक्ति गर्नेदेखि व्यवस्थापन समिति गठन गर्नको लागि विभिन्न राजनीतिक घम्साघम्सी हुन्छ । सीप र दक्षता हेरेर प्रतिस्पर्धाका आधारमा भन्दा कुन पार्टीको कार्यकर्ता भर्ती गर्ने भन्ने विषयमा लडाइ हुन्छ । त्यतिमात्र नभएर स्वतन्त्र मानिने न्यालयमा न्यायाधीश नियुक्तिमा पनि भागवण्डा गरिन्छ ।
देशका कर्मचारीलाई पनि कुनै न कुनै राजनीतिक रङ्ग लगाईन्छ । प्रत्येक पटक हरेक महिनामा परिवर्तन हुने सरकारै पिच्छे कर्मचारीलाई स्वतन्त्र रूपमा काम गर्न नदिने अवस्था सिर्जना गरिन्छ । हरेक क्षेत्रमा राजनीतिक भागवण्डा गरिन्छ । जन्ताको सेवा भन्दा पनि विदेशीको दबाबमा, विदशीको दास बन्ने प्रवृति कायम भएको छ । जब चुनाव आउँछ त्यतिबेला नेताहरू गाउँ–गाउँ पुग्छन् । विभिन्न आश्वासन देखाउँछन् । हुन नसक्ने झुट र भ्रमको खेती घोषणापत्रमार्फत् गर्छन् । चुनाव जितेपछि घोषणापत्रमा उल्लेख गरेका कुराको बारेमा जानकारी दिँदा उल्टै प्रश्न गर्छन्, त्यो पनि घोषणापत्रमा थियो र ?
आफूले र आफ्नो पार्टीले के लेखेको छ, लेख्यो भन्ने नै थाहा नपाउने राजनीतिक प्रतिनिर्धीबाट के पाउने ? हाम्रो जनप्रतिनिधिको काम एकातिर र उद्देश्य एकातिर देखिन्छ । उनीहरूको उद्देश्य पूर्णरूपमा जनतामा समर्पित हुनुपर्नेमा त्यो देखिएन नेपाली राजनीतिमा । एउटा सफल राजनीतिज्ञमा हुनुपर्ने आधारभूत ज्ञान, विद्दता, दक्षता, इमान्दारिता र नैतिकताको अभाव छ नेपाली कथित राजनेताहरूमा । साझा हित र जनकल्याण भन्दा पनि कुनै भीडको मात्रै नेता बन्ने अत्यन्तै संकिर्ण चिन्तन त नेपाली नेताहरूको सबैभन्दा नराम्रो रोग बनेको छ । एक अर्कोको सम्मान र सहअस्तित्वको भावना पनि शून्य छ । यसअर्थमा भन्ने हो भने एकाध बाहेक हालसम्म नेपाली राजनीतिको केन्द्रमा रहेका कुनै पनि राजनीतिक प्रतिनिधिहरूमा स्वच्छ चिन्तन र नैतिकताको अभाव देखिन्छ । राजनीतिलाई त्याग र सेवाको माध्यमको रूपमा नलिइ विभिन्न तवर र कृपाबाट प्राप्त सत्ता र शक्तिलाई निजी शान र हैकम जमाउने थलोको रूपमा लिने नेताहरू जनताको आँखामा कसरी सफल बन्नेछन् । झनै हालको नेपाली राजनीतिलाई हेर्दा नेताहरूको चरम अदक्षता, अकर्मण्यता, गैरजिम्मेवारिपन विदेशी संमयन्त्र र चरम अनैतिकताले पराकाष्ठा नाघिसकेको छ ।
जनतालाई पटक–पटक ढाटेर सत्ताको शैर गरिसकेका निष्क्रिय प्राणीहरूको भीड सावित भैइकेका छन् र पनि अझै जनतालाई आफ्नो झुटो आसपास देखाउने र मपाइत्वको नारा भजाउन जनतालाई भेडा बनाउन लाजमर्दो तरिकले लागिपरेका छन् । सत्तामा रहनेहरू रोग भोक र चरम गरिबीको शोकमा डुबेका कर्णाली लगायतका जनतालाई हेर्न हेलिकप्टरबाट ओर्लेर विभिन्न आसपास देखाएर फर्किन्छन् । जनताले सिटामोल पाउँदैनन्, भिटामिनको कमी भएको शीर्षकका समाचार दिनहुँ आइरहँदा नेताहरूले भने करोडौं राष्ट्रिय ढिकुटीबाट निकालेर आफ्ना श्रीमतीलाई विदेश घुमाउन लैजान्छन् । जनताका छोराछोरीले देशमै साक्षरता छैन नेताहरू आफ्ना छोराछोरीलाई सरकारको ढिकुटी रित्याएर बिदेशी महङ्गा कलेजमा पढाउँछन् । श्रमजीवी तथा कामदार जन्ताको छोराछोरीलाई आधारभूत शिक्षाबाट वञ्चित गरेका छन् ।
मुलुकको विकासका लागि आवश्यक आधारभूत शान्ति सुरक्षा, लगानीको ग्यारेन्टी, लगानीकर्ताहरूलाई चाहिने उत्साहित र आकृष्ट गर्ने वातावरणको अभाव आदि कुराहरूलाई देशको अस्तव्यस्त राजनीतिले आक्रान्त पारेको छ । देशका शैक्षिक संस्था, सरकारी गैरसरकारी संघ–संस्था, स्वास्थ्य संस्था र उद्योग व्यवसायहरू राजनीतिक हस्तक्षेपबाट ग्रसित छन् । राजनीतिले भ्रष्टाचार र अपराधलाई प्रसय दिएको छ । र समाजमा राजनीतिलाई अन्यत्र क्षेत्रमा केही गर्न नसकेर पैसा र शक्तिको आडमा प्रयोग गर्ने अन्तिम थलोको रूपमा लिइने गरिएकोले नेपालमा राजनीति आज स्वयम् बदनाम बनेको छ ! विदेशी हस्तक्षेपबाट ग्रसित नेपालको राजनीतिमा पटक–पटक विदेशी शक्तिको निर्देशनमा नेपालको सरकार परिवर्तन हुन्छ । भारतको निर्देशनमा चल्ने सरकार तथा जनप्रतिनिधि के देशभक्त हुन सक्छन् ?
वर्तमान युग पूँजीवादको चरम विकास भइरहेको युग हो । पूँजीवादले बहुमत जनताको पक्षमा काम गर्न सक्दैन । पूँजीवाद धनीहरू झन्–झन् धनी र गरीब झन् गरीब हुने युग हो । पूँजीवादी स्कुलिङ्गबाट बनेका नेपालका राजनीतिक दलका कर्यकर्ताहरू कहिल्यै तल्लो वर्गका लागि कार्य गर्दैनन् । जुन कुरा आजसम्म गरेको उनीहरूको कर्यबाट प्रष्ट हुन्छ । राजनीतिक कर्याकर्ताहरूले भ्रष्टाचारी र अपराधीलाई अत्यन्त सुरक्षित आश्रय दिएको छन् । जसका कारण भ्रष्टाचारी र अपराधीहरूको मनोबल बढेको हुन्छ । वास्तविक भन्ने हो भने यस्ता अपराधी र भ्रष्टाचारीहरूको कृपाले दलको राजनिती टिकेको छ । चन्दा आतंक, लुटपाट, हत्या, अपहरणका घटनामा देशका ठूलाठूला नेताहरूको प्रत्येक्ष हात भएको पटक–पटक प्रमाणित भएको छ । यस्ता अपराधीलाई कारबाही त कता हो कता केही सच्चा र कर्तव्यनिष्ठ प्रहरी र कानुनको फन्दामा परेका अपराधीहरू पनि रातारात राजनीतिक जोडबलमा छुटाइन्छन् । त्यतिमात्र नभएर प्रहरीको वान्टेडमा रहेका ठूल्ठूला गुण्डा र अपराधीलाई राजनीतिक दलहरूले उच्च पदमा आसिन गराइ पालेर राखिएका छन् भने चुनावमा जनताको प्रतिनिधि बनाएर चुनाव लड्न पठाउँछन् । यसरी विभिन्न विधामा सरकारी खर्चंदै जाने प्रतिनिधि कसरी जन्ताको प्रतिनिधित्व गर्न सक्छन् ?
हरेक कुरामा विदेशी तथा भारतबाट सञ्चालन भएका राजनीतिक दलका नेता देशभक्त हुन सक्दैनन् । सन् १८६२ मा भारत चीन युद्ध हुँदाको बेला प्रयोग गरेको कालापानीबाट अझैसम्म भारतीय सेना हटेको छैन । भारतले विस्तारै दक्षिणबाट सीमा अतिक्रमण गरेको छ । नेपालको पूर्व–पश्चिम र दक्षिणमा भारतले कैयौं नेपाली भूमि डुबानमा पर्ने गरी नेपालको नदीमा भारतले बाध र तटबन्ध बनाएको छ । जसको कारण वर्षामा नेपाली भूमि डुबानमा पर्छ भने हिउँदमा नेपाली भूमि सुक्खा हुन्छ । नेपालका कृषकले सिँचाइसमेत गर्न पाउँदैनन् । नेपालको सीमाना दैनिक खुम्चिदै गएको छ । सीमानाका जङ्गे पिलर रातरात सरिएका छन् । सीमाबासी नेपालीलाई भारतीय सीमा सुरक्षा बलले दैनिक दुःख दिइएको छ । नेपाली जनताको समस्या समाधान नगर्ने र भारतीय विस्तारवादको अगाडि घुँडा टेक्नेहरू कसरी देशभक्त ?
(ठाटीकाँध–६ दैलेख निवासी लेखक हाल
वीरेन्द्रनगरमा अध्यनरत छन् ।)
साझा बिसौनी संवाददाता ।