लक्ष्यविना बाटोमा हिँडिरहनेको एक जिन्दगी

अस्तव्यस्त बाटो । सबै आ–आफ्नै काममा, आ–आफ्नै तालमा । अचेल कसैले कसैको बारेमा वास्ता नगरिहेको अवस्थामा मेरो ध्यान भने बाटो छेउको बेन्चमा बसिरहेको एक व्यक्तिमा केन्द्रित हुन्छ, जो देख्दा मानसिक सन्तुलन गुमाएको जस्तो देखिन्छन् ।
आफ्नै सुरमा नचाहँदा नचाहँदै पनि गुडिरहने पांग्रामाथि बसेको मेरो मनले मलाई नै भन्छ, ‘रोक, एकछिन समय देऊ, नजिक होऊ र हेर ।’ अर्को मनले भन्छ, ‘होइन गुडिरहेको पांग्रा रोक्न सकिदैंन ।’

मनले फत्फताइरहयो । पांग्रा गुडिरह्यो । म अगाडि बढिरहें । ध्यान भने उनै मानसिक सन्तुलन गुमाएको जस्तो देखिने र रोड छेउमा हिँडिरहने व्यक्तिमाथि नै केन्द्रित भइरह्यो । सानो काम थियो । काम सकेर जुन बाटो गएँ, त्यही बाटो फर्किने मनसाय बनाएँ । यो मनले सोही व्यक्तिलाई भेट्ने अठोट ग¥यो । आत्माले होइन तिमिले भेट्नु पर्छ भन्यो । मनले सोचिरहयो, पांग्रा आफ्नै रफ्तारमा गुडिरह्यो । एकछिनपछि गुडिरहेको पांग्राले मलाई त्यो व्यक्ति बसिरहेको नजिक पु¥याउन लाग्यो, करिब एक सय मिटर टाढाबाट मेरो आँखाको नजर खाली बेन्च माथि पुग्यो । केही समयमै खालि बेन्च अगाडी अचानक गुडिरहेको पांग्रा रोकियो, किन होला खै ? मन खिन्न भयो, मनले मानेन, चारै तिर हेर्दा कतै पनि त्यो व्यक्ति देखिएन । अलि निराशा लाग्यो । रोकिएको पांग्राले स्ट्यान्ड माग्यो, बाइकबाट ओर्लिएँ । नजिक चिया पसल थियो । चिया पसलमा गएर बसें । बहाना बनाएर ‘ल चिया खाउँ है’ भने । स्थानीयहरूसँग त्यहाँ बेन्चमा बसिरहेको व्यक्तिको बारेमा सोधें । कता गए, सब चुप लागे । कोही अक्मकाए, कोहिले वास्ता गरेनन् । किन होला यस्तो ? यो आत्माले बुझ्न सकेन । केही मिनेटपछि एक स्थानीयले भने, ‘यो बाटो भएर सिधै गएको छ ।’ त्यसपछि आँखाको ध्यान सिधा बाटोतिर गयो । हतारिदैं छिटो छिटो चिया पिएँ । धन्यवाद भन्दै चिया पसलबाट निस्किएँ ।
बाइकमा चढें र चलाउन खोज्दा साँचो हेर्छु, छैन । पुनः चिया पसलमा फर्किएँ, टेबुलमाथि रहेको साँचोले मलाई पर्खिरहेको थियो । साँचो लिएर पुनः बाइकमा चढें र चलाउन सुरु गरें । रोकिएका पांग्रा विस्तारै विस्तारै गुड्न थाले । चारैतिर हेर्दै अगाडि बढिरहेको थिएँ, धड्कन बढिरहेको थियो । केही दूरीपछि, मधुरो दृश्यमा हातमा लठ्ठि लिएर बाटो छेउबाट आफ्नै तालमा हिँडिरहेको व्यक्तिमाथि मेरो नजर पुग्यो । मनले बोल्यो पक्कै यही मान्छे हो, मैले खोजेको । मुटुले आनन्दको श्वास लियो । मनमा आशा आयो, हर्षित मन त्यो व्यक्तिको नजिकै पुग्यो, उसको छेउमा गएर गुडिरहेको पांग्रा आफै रोकियो । त्यो व्यक्ति गुडिरहेको पांग्रामाथी स्वःस्फूर्त रूपमा हतारिएर चढ्न प्रयास ग¥यो । रोकिएको पांग्राले प्रश्न ग¥यो ? किन त्यो व्यक्तिले आफै पांग्रामाथी स्वःस्फूर्थ रूपमा हतारिएर चढ्न प्रयास ग¥यो ? खै किन होला मैले पनि बुझ्न सकिनँ । मेरो ओठले मुस्कुराउँदै त्यो व्यक्तिलाई बस्न अनुरोध ग¥यो, ऊ हर्षित हुँदै लठ्ठी लिएर बस्छ । सब ठीक छ भनेर सोधें, ठीक छ भन्यो । जाउँ हैन, जाउँजाउँ भन्यो । स्केलेटरले हात माग्यो, स्केलेटरलाई हातले बटारें, हवात्तै अगाडि हुत्तियौं, किन होला खै ? गुडिरहने पांग्रा त कतै रिसाएन, मनको जिज्ञासा ! पुनः स्केलेटरलाई हातले विस्तारै बटारें, गुडिरहने पांग्रालाई खुशी बनाएँ, अलिअलि अगाडि बढ्छ, विस्तारै–विस्तारै गुडिरहने पांग्राले आफ्नो बाटो लिन्छ र गुडिरहन्छ ।
मेरो मनले बोल्न खोज्छ ‘कहाँ जानु पर्ने हो ?’
‘सहर बजार जानु छ ।’
‘बिहानदेखि खानपिनभाको छ कि नाइ ?’
‘नाइ खाको छैन् ।’
‘किन नि ?’
सहजै बोल्छ ऊ ‘भोक नै लाको छैन ।’
मेरो भित्रिमनले आफैलाई प्रश्न सोध्यो, ‘ककनहोला यस्तो भनेको ? हामिलाई त भोक लाग्छ । हामी सबै एउटै त हौं । पुनः उसलाई केहि साधें, ‘कुनै नास्ता पसलमा गएर केही खाउँ न त ?’ ‘हुन्छ’ भन्यो । नजिकैको एउटा नास्तापसलमा मेरो ध्यान केन्द्रित हुन्छ, ‘ल यहीं जाउँ न त भनें ।
‘नाइ–नाइ यहाँ खादिनँ’ भनेर प्रतिक्रिया आयो । कहाँ खाने भनेर सोधें । सहरको नास्ता पसलमा खाने भनेर जवाफ आयो । हुन्छ भनें । पांग्रा आफ्नै रफ्तारमा गुडिरहेको थियो । अगाडिमा रहेको ऐनाले त्यो व्यक्तिले समातेको लठ्ठी टाढा फालेको दृश्य देखायो । किन फालेको होला, कतै उसलाई पनि लठ्ठी समातेको हुँदा असहज महसुस भयो कि ? सम्मान पाउन र सभ्य देखिनको लागि समातेको लठ्ठी फालेको हो कि भन्ने बुझाइ मेरो आत्माले अनुमान लगाएको मात्र हो । वास्तविकता बुझन सकिएन । पुनः ऊ सँगैको सम्वादमा जोडिएँ, ‘हेर्दै जानुस् कहाँ, कुन नास्ता पसलमा नास्ता खाने ?’ हुन्छ भन्यो । गुडिरहने पांग्राले सहरको बाटोतर्फ मोड लिएर दौडाइरहयो । व्यस्त बजार, मानिसहरूको भिड देखेपछि दौडिइरहेको पांग्राले कम गियर माग्यो । अचानक बाइक बन्द भएर रोकियो । न्यूट्रल गरेर बाइक चलाउन सुरु गरें, विस्तारै विस्तारै पांग्रा अगाडि बढ्यो, सायद व्यस्त बजार, मानिसहरूको भिडमा पांग्राले विस्तारै गुडाउन चेतावनी दिएको हो कि जस्तो पनि लाग्यो । हुन पनि हो, अधिकांश ठाउँहरूमा बाइक दुर्घटनाबाट अल्पायूमै अकालमा मृत्यु हुने गरेको समाचार दिनदिनै कानले सुनिरहेको आत्माले सम्झिन्छ । काललो समाचारको बारेमा अदृश्य रूपलाई मेरो आँखाले देख्यो । अहिलेको सन्दर्भमा बाइक पनि कालको एक निदर्यी पात्र बनिरहेको छ, यी कुराहरू मनमनै सोचिरहें । मनमनै मन्थन गरिरहें ।
कुन समयममा बीच बजारमा आइपुगियो थाहै भएन, आफैमा हराएँ । अचानक ‘यही रोकौं, यही रोकौं’ भन्ने आवाज कानले सुनेपछि, जीउ झसंग भयो । ‘हुन्छ हुन्छ’ भन्दै बाटोको छेउमा गएर विस्तारै विस्तारै गुडिरहेको पांग्रालाई रोक्न अनुरोध गरें, रोकियो । बाइक न्यूट्रल भयो, पछाडि बसेको साथी आफै ओर्लियो र बाइकले पुनः स्ट्याण्ड माग्यो, म पनि ओर्लिएँ । बाइकमा भएको साँचोले आफू असुरक्षित भएको महसुस गरेपछि मलाई सुरक्षा दिन अनुरोध ग¥यो र मैले साँचो बाइकबाट लिएर आफ्नो पाकेटमा साँचोलाई सुरक्षित राखे । एताउता हेर्छु कतै छैन त्यो व्यक्ति । नास्ताको पसल नजिक नजिक टाँसिएर २, ३ वटा थियो । अलि आतिएँ, केही छिन् मै त्यो व्यक्तिको छाँया मेरो नजरमा प¥यो । ऊ नजिक गएँ, अनुहारमा मिठो मुस्कान थियो । वरपर अरु मानिसहरूले कुर्सीमा बसेर नास्ताको स्वाद लिइरहेका थिए । हामी पनि कुर्सी लिएर बस्यौं । ‘ल के खाने ?’ भनेर सोधें । ‘चिया खान्छु’ भनेर जवाफ आयो । ‘चियासँग के खाने ?’ ‘एक ओटा समोसा ।’ ‘एक वटा समोसा मात्र ।’ ‘ल, ल, दुई वटा ।’ मैले साहुजीलाई खबर गरें । केही छिन्मै एक कप चिया र दुई वटा समोसा आयो । मैले खान अनुरोध गरे, ऊ खुशी हुँदै खान सुरु ग¥यो । केही छिन् पछि मलाई पनि खान अनुरोध ग¥यो । एउटा समोसा खानुस्, एक टुक्रा लिएर मैले केही खाएँ । उसको अनुहारमा उज्यालो देखिरहेको थिएँ । समोसा खाएर सकियो, अरु खाने भनेर सोधें, नाइ खादिन भनेर जवाफ आयो, पानी माग्यो, पानी पियो, घुटु घुटु आवाज बाहिर आयो, तिर्खाएको रहेछ, आत्मालाई सन्तुष्ट भयो । नास्ता खाइसकेपछि मेरो सम्पर्क नम्मर माग्यो । किन मागेको होला ? के गर्छ ? भनेर सैतानी आत्माले सोध्यो । मौन भएर एउटा कागजको टुक्रामा लेखें र बुझाएँ । टुक्रामा मेरो नाम र सम्पर्क नम्बर लेखेको थिएँ, उसलाई पढ्न अनुरोध गरें । स्पष्ट र आरामले पढेर सुनायो । अत्मा निशब्द भयो । केही छिन्मा मलाई छोड्न अनुरोध ग¥यो, उस्लाई छोडेर बाइकबाट म आफ्नो गनतव्यमा लागें । मेरो आत्माले अनेक सोचिरह्यो ।
आखिर हामि सबै मानव जाति हौं, कोही महलमा बस्ला, कोही रोडमा बस्ला । सबैलाई सम्मान गर्नुपर्छ । अरुको समस्या पनि साझा समस्या हो भनेर बुझनुपर्छ र समाधानको बाटो खोज्नुपर्छ । मानसिक सन्तुलन गुमाएको जस्तो देखिने व्यक्ति त एक पात्रमात्र हुन्, मानसिक सन्तुलन सही भएका व्यक्ति व्यक्तिबीच आजभोलि मानवता गुमिरहेको छ । त्यसकारण घृणाको शब्दलाई मनबाट हटाउनुपर्छ । आदर, मान सम्मानलाई जोड्नुपर्छ, धैर्यलाई अंगाल्नु पर्छ । जीवनमा कुनै पनि काम गर्दा नहतारिएर विस्तारै गरौं, धैर्यलाई अंगालौं फल मिठो पाउनेछौं ।
mमबथबतगििबद्दण्ज्ञद्द२नmबष्।िअयm

प्रकाशित मितिः   ९ मंसिर २०७४, शनिबार १६:५०