मधेस आन्दोलन कति जायज ?

दिपक गिरी 'कर्महारा'
दिपक गिरी ‘कर्महारा’

सरसरति हेर्दा कुनै पनि राज्यभित्र हुने गरेका विभिन्न खाले आन्दोलन, चक्काजाम तथा विरोध प्रदर्शनहरू विश्वका कतिपय मुलुकहरूमा हुने गरेका घटनाहरू हामी पाउँछौं । स्वभाविकै रूपमा यस्ता खाले क्रियाकलापहरू राज्यकै लागि अहितकर र अप्रिय हुने गरेका पनि छन् । समग्रमा विकसित मुलुकहरूमा पनि यस्ता खाले आन्दोलन हड्ताल आदि हुन्छन् तर केही समय बित्दा नबित्दै ती हड्ताल तथा आन्दोलन साम्य हुन पुगेको हामी सुन्छौं तर, नेपालमा (अल्प विकसित मुलुक) लामो समयसम्म यस्ता आन्दोलनहरूले निरन्तरता पाइरहनुपरेको दृश्य देखिन्छ । जसमध्ये वर्तमान अवस्थामा तराईमा भड्किरहेको मधेस आन्दोलनलाई लिन सकिन्छ ।
तराईमा हावी भएको मधेस आन्दोलनको मार्गचित्रको अध्ययन गर्दा एकमानेमा यो आन्दोलन नितान्त रूपले जायज मानिन्छ र अझ खुलेरै भन्नुपर्दा यो तराईको आन्दोलन अझ सशक्त ढङ्गले जानुपर्छ भन्ने मलाई लाग्छ । किनभने हामी सम्पूर्ण देशबासीहरूलाई निश्चय नै यो कुरा राम्रै थाहा छ कि नेपाललाई स्वनिर्भर र विकसित तुल्याउनको लागि नेपालको सम्पूर्ण तराई क्षेत्र निकै उपयुक्त छ । यो मानेमा कि सम्पूर्ण तराई क्षेत्रको उर्वर भूमि समथर भू–भाग र कृषिका लागि उपयुक्त हावापानीको पूर्ण रूपमा राज्य व्यवस्थाद्वारा सम्पूर्ण ध्यान केन्द्रित गरी सम्पूर्ण तराई क्षेत्रलाई खाद्य उत्पादनको भण्डारमा रूपान्तरण गर्नसके नेपालले कहिल्यै पनि भोकमरी, अनिकाल जस्ता लाजमर्दा विषयलाई आत्मसाथ गर्नुपर्ने थिएन । समथर भू–भागका कारण सिँचाइको पनि सरलतरिका अनपाउन सकिने वातावरण हुँदा पनि र पर्याप्त रूपमा पानीका स्रोतहरू हुँदाहुँदै पनि सिँचाइको व्यवस्था हुन नसक्नु कतिसम्मको राज्य व्यवस्थाको चरम लापरबाही हो सहजै अनुमान लगाउन सकिन्छ ।
यतिमात्र नभइ नेपालको तराई क्षेत्र पशुपालनका लागि पनि निकै उपयुक्त ठाउँ मानिन्छ । पशुपालन व्यवस्थालाई राज्य व्यवस्थाद्वारा विकसित र संरक्षण गर्नसकेको खण्डमा राज्यलाई प्रत्यक्ष रूपमा दुई प्रकारले फाइदा पुग्छ । एक त पशुपालन व्यवसायद्वारा राज्यले दुग्ध जन्य पदार्थ लगायत मासु जन्य पदार्थको लागि परनिर्भर बन्नुपर्दैन र दास्रो प्रत्यक्ष फाइदा भन्न्ेको पशुपालन व्यवसाय राम्ररी फस्टाउन सके प्रशस्त मात्रामा आर्गानिक मल उत्पादन गर्न सकिन्छ । वर्तमान अवस्थामा अनेकन देश तथा विदेशी रासायनिक मल
(खाद) का कारण कसर्नी माटोको गुणस्तर घट्दै गएको नेपालका कृषि विज्ञहरू बताउँछन् तसर्थ पनि नेपालमा पशुपालन व्यवसायबाट उत्पादन अर्गानिक (कम्पोष्ट गोठमल) मलको नितान्त आवश्यकता महसुस
भइरहेको छ ।
अझ मधेसको सुक्ष्म अध्ययन गर्दा एक पटक म राप्रपा नेपालले आयोजना गरेको विराटरथ यात्रा कार्यक्रममा सरिक हुने क्रममा तराई क्षेत्रको मोटामोटी रूपमा वस्तुस्थितिको अवलोकन तथा अध्ययन गर्ने मौका मिलेको थियो । मलाई त्यति खेर तराईमा व्याप्त गरिबी, विपन्न्ता, अशिक्षा आदि दृश्य देख्दा मन निकै कुँडिएको थियो । त्यो विकराल हृदय विदारक दृश्यले मेरो मनमा निकै ठूलो हलचल पैदा गरी दिएको थियो । मैले त्यतिबेलादेखि नै राज्यको कतिसम्मको चरम लापरबाही र तराईप्रति सरकारको कति क्रूर दृष्टि रहेछ भन्ने बुझ्ने मौका पाएको थियो ।
तराई क्षेत्रमा गरिबी, अशिक्षा, अचेतना हुनुको पछाडि धेरै कारणहरू रहेछन् । मुख्य कमजोरी भनेको अलि पढेलेखेको धनी वर्गहरूले विचरा निमुखा वर्गको चरम शोषण गरेको दृष्य मैले त्यहाँ छर्लङ्ग देखें जसलाई म उदाहरणसहित प्रस्तुत गर्छु । रथयात्रा कार्यक्रममा सरिक भएको बेला हामी जनकपुरको रामजानकी मन्दिरबाट कार्यक्रमको उद्घाटन गरी जब हिँड्यौं घुम्दै जानेक्रममा तराईका धेरै क्षेत्रहरू देखिंदै गए यी विकराल दृष्यहरू पनि देखिदै गइ मनमा अनेकन ज्वारभाटा मच्चिएको थियो मच्चिनु स्वभाविक पनि थियो, नेपाल आमा रोइरहेको आर्तनाद गरिरहेको दृष्य देख्दा कुन छोराको मनमा भुइँचालो तथा ज्वारमाटा चल्दैन र त्यसको भोलिपल्ट हामी रात्री बासको लागि रौतहट जिल्लाको कुनै स्कुलमा बास बस्न पुगेका थियौं । त्यहाँ हाम्रो लागि (रथयात्री) भोजन र बासको प्रबन्ध गरिएको रहेछ । पुसको कठ्याङ्ग्रीदो जाडोमा कतिपय मधेसीहरू एकसरो लुगामा लुगलुग काप्दै बसिरहेका थिए । कतिपय ठाउँमा आगो तापेर बसेको दृष्य पनि देखिन्थ्यो रोइरहेका मनलाई एकछिन विश्राम गर्ने आदेश दिएर मैले एक जना मधेसी जो देख्दा निकै दयनीय देखिन्थे, तिनीलाई आफ्नो छेउ बोलाए । उनलाई मेरो पहिलो प्रश्न थियो जाडो लागिरहेको छैन ? उनी बोल्नै सकेनन् । केही छिन पछि मैले देखे उनको आँखामा आँसु टल्पलाई रहेको थियो । मेरो पीडा झनै बडेर आयो मैले पनि आफ्ना मोतीका दाना आँसु रोक्न सकिन । ‘क’ सँग घरबाट लगेको न्यानो कम्बल थियो । म सँग ज्याकेट सुइटर आदि भएकोले मलाई जाडोले आफ्नो चपेटामा पार्न सकेको थिएन ता पनि आफ्नै अगाडिको मधेसी दाजुको हालत जाडोले विदिर्ण बनाएकोले मैले त्यो न्यानो कम्बल उनलाई ओड्न दिए र भने ऊ जाम चिना खान उनी मलाई एकोहोरो हेरिरहेको पनि थिए र आँखामा मोतीदाना टल्पलाई रहेका रहेका पनि थिए । मैले बलै गरी उनको हात समाते र चिया पसल तिर लगे । चिया खाँदै गर्दा मलाई अगाडि देखिरहेका दृष्यहरू आँखा अगाडि नाच्न थाले । मैले उनलाई फेरै प्रश्न गरे तराईमा किन यस्तो गरिबी छ ? यो प्रश्न पछि उनको र मेरो बीचमा धेरै कुराहरू भए । बेलाबेलामा म प्रश्न गर्दै गए उनले जवाफ दिँदै गए । उनको र मेरो यो वार्तालापमा मलाई बढी तराई क्षेत्रको विकराल अवस्थाप्रति जान्ने अवसर प्राप्त भयो । ती मध्ये उनले भनेको एएटा कुरा यस्तो पनि छ ।
जब हामी रात्री बासको लागि त्यो ठाउँमा प्रवेश ग¥यौ त्यहाँ हामीलाई भोजनको पनि व्यवस्था थियो । भन्ने कुरा त माथि नै अवगत गराइ सकिएको छ । तर, भोजनको व्यवस्था गर्नै क्रममा यस्तो शूत्र लगाइएको रहेछ । उनकै शब्दमा ‘बाबु हामीहरू गरीब मान्छे हो, हाम्रो जग्गा जमिन छैन । भएको जग्गामा पनि केही फसल फल्दैन दिनभरी जाडो गर्मी नभनी अर्काेको मेलामा काम नगरे खान पाइदैन के गर्ने’ मेरो मन धेरै बोझिल हुँदै गएको थियो, म केही बोल्न सकिरहेको थिइन फेरि उनले थपे, ‘बाबु तपाईंहरू रथ यात्रामा आउनु भएको छनी तपाईको खान पान र बस्ने बासको व्यवस्था कसरी गरियो थाहा पाउनु भा’छ म झसंग तर्से केही बेरपछि भने अँ भन्नुस् त यो व्यवस्था कसरी गरियो ।’ लामो सास फेरेर उनले भने, ‘यसको लागि हामीबाट धेरै पैसा चन्दा मागिएको छ । हामीसँग त्यो चन्दा दिने पनि पैसा थिएन तर, छैन भन्दा पनि मानेनन् हामीले त्यो चन्दा दिन पनि ऋण माग्नुप¥यो । यस्तो छ यहाँ के गर्ने यति सुनिसकेपछि मलाई मधेसको अवस्था कसरी यस्तो हुन पुगेको रहेछ भनेर बुझ्न समय लागेन । मैले आफूसँग भएको न्यानो कम्बल उनैलाई सुम्पिएर म आफ्नो सुत्नेस्थल तर्फ लागे । मनमा अनेकन तरङ्गहरू अझै टड्कारो रूपले देखा परे अनि निद्रादेखि पनि म बाट धेरै टाढा क्षितिजमा विलिन हुन पुगिन ।
अन्तमा, यो आन्दोलन कुनै कोणबाट नराम्रो मानिए पनि मेरो तर्फबाट यो आन्दोलन स्वागत योग्य छ । तर, अलिकति मधेस केन्द्रित (आन्दोलनरत) दल र मधेसी जनताहरूले म नेपाली हुँद नेपाल मेरो हो । म नेपालको सर्वाेपरी हित चाहन्छु भन्ने सवल मानसिकताबाट
गरिएको आन्दोलन हो भने अवश्य पनि यो आन्दोलन सम्पूर्ण नेपालीका लागि हुन नसके पनि मधेसका लागि कोेशे ढुङ्गा सावित हुनसक्छ तर, जे हुन्छ त्यो भविश्यले नै देखाउने छ ।

प्रकाशित मितिः   २ जेष्ठ २०७३, आईतवार ०८:३५