स्थिरताको पक्षमा वाम गठबन्धन

नेपालमा रहेका दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले आसन्न प्रतिनिधिसभा, प्रदेशसभा र त्यसपछि हुने राष्ट्रियसभाको निर्वाचनमा समेत आपसी तालमेलसहित वामपन्थी गठबन्धन गर्ने र निर्वाचनपश्चात आपसी छलफल, व्यापक बहसहरू सञ्चालन गर्दै एउटै कम्युनिष्ट पार्टी निर्माण गर्नका लागि तत्काल दुई पार्टीबीच एकता गर्ने निर्णय गरेका छन् । राष्ट्रिय राजनीतिलाई नै नयाँ ढंगले दिशाबोध गर्ने यस घटनाले वामपन्थी पक्षधर नेपाली र मूलभूत रुपमा एमाले र माओवादी केन्द्रका कार्यकर्ता, शुभचिन्तक र समर्थकहरूलाई उत्साहित बनाएको छ ।

घनश्याम पाण्डे

त्यस्तै नेपालको राजनीतिमा स्थिरता चाहने सम्पूर्ण नेपालीहरूलाई समेत यो घटना आशालाग्दो संकेतको रुपमा देखा परेको छ । उनीहरूसमेत उत्साहित देखिन्छन् । अर्कोतर्फ प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसको ‘कम्युनिष्ट अधिनायकवादतर्फको कदम र लोकतन्त्रका लागि खतरनाक संकेत’ त्यस्तै देशी र वैदेशिक प्रतिक्रियासहित यो घटनाको पक्ष र विपक्षमा अभिव्यक्त भएका प्रतिक्रियाले दुई पार्टीको यो निर्णयको राष्ट्रिय र अन्तर्राष्ट्रिय महŒव धेरै रहेछ भन्ने उजागर गरेको छ । उता यस घटना पश्चात नेपालमा अवस्थित अन्य राजनीतिक शक्तिहरूसमेत आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि गठबन्धन र कार्यगत एकता गर्न उत्साहित भएका छन् । तराईका दुई महŒवपूर्ण राजनीतिक शक्तिहरू राजपा र संघीय समाजवादी फोरमबीच गठबन्धन बनेको छ । नेपाली कांग्रेस नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनेको छ भने फोरम लोकतान्त्रिक र कांग्रेसबीच त एकीकरण नै भइसकेको छ । यसबाट सु–स्पष्टताको साथ बुझ्न सकिन्छ नेपालको राजनीति अभूतपूर्व रूपमा ध्रुवीकृत हुँदैछ । स्थिरतातर्फ अगाडि बढ्दैछ र राजनीतिक दलहरूको संख्या न्यूनीकरण हुँदैछ ।
आधुनिक नेपालको इतिहासलाई अध्ययन गर्दा नेपाल स्वतन्त्र, सार्वभौम राष्ट्र हो । यसले कहिल्यै कसैको दासत्व स्वीकार गरेन । पृथ्वीनारायण शाहको नेतृत्वमा एकीकरण भएको नेपालले सामन्ती राजतन्त्र, जहाँनिया फासिष्ट राणाशाही २००७ सालपछि प्रजातान्त्र र २०१७ पछि निरंकुश पञ्चायती राजतन्त्रको शासन गुर्जार्नु प¥यो । प्रजातन्त्र पुनः प्राप्ती, र अन्तमा ज्ञानेन्द्र राजशाही निरंकुशताविरुद्ध जनताको सचेत पहलकदमी र १२ बुँदे समझदारी पश्चात १९ दिनसम्म चलेको जनआन्दोलन सफल भएपछि नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । संविधानसभाको दुई पटक गठन र पछिल्लो संविधानसभाले समाजवाद उन्मुख नयाँ संविधान घोषणा ग¥यो । हामीले हाम्रो नयाँ संविधान घोषणा गर्दै गर्दा र त्यसपछि बाह्य हस्तक्षेप बढ्दै गइरहेको छ । नेपाल पञ्चशीलताको आधारमा सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्ने देश हो । हामी हाम्रा दुवै छिमेकी देशहरूसँग समानता र सहअस्तित्वका आधारमा मित्रता पूर्ण सम्बन्ध राख्दैछौं । हाम्रा लागि दुई बराबरीका मित्रहरू हुन् । हामी संसारभरका सबै मित्रराष्ट्रहरूसँगै भाइचाराको सम्बन्ध राख्दछौं । तर दक्षिणको मित्रराष्ट्र आज हामी माथि हस्तक्षेप बढाउँदैछन् । शत्रुतापूर्ण जीवनव्यवहार गर्दैछन् र युद्धरत अवस्था झै निर्मम नाकाबन्दी थोपार्दैछन् ।
नेपालको राजनीति लामो समयसम्म विखण्डित भयो । राजनीतिक दलको आधारमा समाज धेरै टुक्रामा विभाजित भयो । जसका कारण समाज विश्रृंखलित हुँदै गयो । द्वन्द्व र हिंसा राजनीति बढ्दै गयो । जसको भयानक तस्विर हाम्रा अगाडि छन् । द्वन्द्व, हिँसा, राजनीति र विखण्डनको अन्त्य दिगो शान्ति, लोकतन्त्र र स्थिरतासहित समृद्ध नेपाल निर्माणबाट मात्र सम्भव छ । जसको लागि समान विचारधारा भएका मानव समूह, राजनीतिक पार्टीहरू एक ठाउँमा आउनु अनिवार्य थियो र सोही अनुसार दुई बामपन्थी पार्टी एक ठाउँमा पुगेका छन् ।
वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा हिँसा राजनीति, अस्थिर राजनीति र संसदीय राजनीतिका डरलाग्दा खेलाडी हुन् । उनको पालामा २०५२ सालमा हिँसा राजनीति प्रारम्भ भयो । उक्त हिँसा राजनीतिको प्रारम्भ फरक विचारधाराप्रति असहिशुण व्यवहार र बामपन्थीहरूप्रति निर्मम दमनसहितको कांग्रेसी सर्वसत्तावाद नै थियो । जसको नेतृत्व शेरबहादुर देउवा र खुमबहादुर खड्काहरूले गरे । आज उनी देशका प्रधानमन्त्री हुन् । सत्ता जोगाउन ६१ संसदीय मन्त्री परिषद् निर्माण, नेपालको संसदका निर्णयहरूकोविरुद्ध भारतीय संस्थापनसँग विष वमन लगायत विपक्षी दललाई निर्मम प्रहार गर्दै सब्बै–सब्बै दलहरूसँग मोर्चाबन्दीको पहिल्लो राजनीतिबाट उनको सर्वसत्तावाद हावी हुँदै, गइरहेको थियो । जसको उपयुक्त विकल्पको खोजी हुँदै गयो ।
माओवादी सम्मिलित नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले भारतीय नाकाबन्दीलाई सामना गर्दै त्यसलाई निष्तेज बनायो । बजेटमार्फत् सुःखी नेपाली र समृद्ध नेपालका लागि जनताका लागि आवास, विभेद र शोषणमा परेका तराई, पहाड र हिमाली क्षेत्रमा बढाएर बजेट, सबै जिल्ला सदरमुकाममा चार लेन मोट बाटो, मोटरबाटा नपुगेका जिल्लामा मोटरबाटो, तुइन विस्थापित गर्दै सबै ठाउँमा १ वर्षभित्र झलुङ्गेपुल निर्माण, सामाजिक न्याय र असहाय भत्तामा दुगुना बृद्धि, एक प्रदेश एक औद्योगिक क्षेत्रको नीति, मध्येपहाडि लोकमार्ग निर्माण र त्यहाँ १० आधुनिक सहरहरू निर्माण, स्वदेशी लगानीमै काठमाडौं–निजगढ द्रुतमार्ग निर्माण र पूर्व–पश्चिम राजमार्गदेखि भारत जोड्ने सबै मार्गहरू चारलेन बनाउँदै तराईका सबै जिल्लामा लाखौं–लाख बजेट विनियोजन, पारस्पिरिक हित अनुकूल दुवै छिमेकीसँग भाइचारा सम्पन्ध राख्दै उत्तरतर्फ पारवहन नाका खोली तीव्र आर्थिक विकाश गर्ने, सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माण गर्दै थियो । त्यस्तै दुःख, गरिबी वितरणको राजनीतिलाई बदल्दै जीवन फेर्ने, जनताको आशा एवम् आकांक्षा पूरा गर्न र कम्युनिष्टहरूको नेतृत्वमा परिवर्तन र उपलब्धी अनि कम्युनिष्टकै नेतृत्वमा सामाजिक न्याय र समृद्धि निर्माण गरी समाजवादको आधार तयार गर्दै–नेपालको संविधानले व्यवस्था गरेको समाजवादको कार्यान्वयन गर्ने लक्ष्यसहित अगाडि बढेको थियो । मेरो सोचाइमा केपी ओली नेतृत्वको सरकारले नै इतिहासमा पहिलो पटक जनतालाई समृद्धि दुःख र विकासको सुन्दर सपना बाँढेको थियो । तर माओवादी केन्द्रले कांग्रेससँग गठबन्धन गरी यो सरकार विघटन गर्यो । तत्पश्चात उसले पछिल्लो गठबन्धन निर्माण गर्नुको औचित्य पुष्टि गर्ने सकेन । कांग्रेस निर्मम र निरंकुश बन्यो । माओवादी लाचार बन्दै गयो । यतिसम्मकी पहिलो स्थानीय निर्वाचनमा त मतपत्र च्याति जनमत बदल्न माओवादी केन्द्र र कांग्रेसको गठबन्धन उद्त बन्यो । जनताको प्रतिष्पर्धात्मक बहुदलीय लोकतन्त्रिक शासन प्रणाली र समाजवाद उन्मुख समावेसी लोकतन्त्र मान्छु भन्ने कांग्रेस र माके दुवै यो घटनाबाट नतमष्तक भए । कांग्रेसको संगत आफ्नै मूल्य मान्यता विपरित र लोकतन्त्रको विरुद्धमा हुन्छ भन्ने माओवादी बुझ्यो र आज वामपन्थीहरू बीच कार्यगत एकता र पार्टी एकता गर्न उनीहरू उद्धृत बने ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । नेकपा एमाले सबैभन्दा ठूलो दलबनेको छ । तर उसले भनेको छ आशातित सफलता भएन । माओवादी केन्द्र तेस्रो शक्ति बनेको छ । आशातित मात्र होइन कमजोर बन्दै गइरहेका छ । त्यस्तै प्रदेश नम्बर २ मा देखापरेको एमालेविरुद्धको यहाँ गठबन्धनले नेकपा एमालेलाई युटर्न गर्न बाध्य बनाएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अस्तित्वमा रहेका सबै दलहरू आफू–आफू एक्लै प्रतिष्पर्धामा गए भने एमालेले बहुमत ल्याउन सक्छ तर गठबन्धनहरू बने परिस्थिति फेरिदैं जान्छ । निर्वाचन कानुनमा पछिल्लो परिवर्तन पछि थे्रसहोल्डको व्यवस्था गरिएको छ । राजनीतिक पार्टीहरूले राष्ट्रिय मान्यता पाउन एकता वा गठबन्धन गर्नुपर्ने निश्चित छ । यी सबै पछिल्ला परिस्थितिहरूले विद्यमान सबै साना–ठूला दलहरू बीच एकता र आसन्न निर्वाचनमा विचारधारात्मक गठबन्धनको आवश्यकता महसुस गरेको थियो । यही राष्ट्रिय कार्यभारलाई पूरा गर्न, तीव्र आर्थिक विकाससहित समृद्ध नेपाल र सुखी नेपाली निर्माण गर्ने उद्देश्यसहित दुई कम्युनिष्ट पार्टीहरू बीच निर्वाचनमा गठबन्धनसहित कार्यगत एकता र पछि पार्टी एकता गर्ने निर्णय भएको छ । यो नेपाली कम्युनिष्ट आन्दोलन घटना हो । फरक–फरक पृष्ठभूमि र मान्यता साथ गठन भएका र त्यस अनुसार संगठन निर्माण भएका भए पनि आजको सन्दर्भमा शान्तिपूर्ण राजनीति, जनताको प्रतिष्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीलाई मान्दै आइरहेका यी दुई पार्टीबीचको कार्यगत एकता पार्टी एकता गर्ने सहमतिले सम्पूर्ण नेपाली जनतालाई उत्साहित बनाएका छ । प्रतिक्रियावादीहरू दक्षिणपन्थी अवसरवादीहरू र मूलरुपमा हाम्रो प्रमुख प्रतिद्वन्द्वी पार्टी नेपाली कांग्रेस तिल्मीलाएको छ । प्रधानमन्त्री देउवा र कांग्रेस बामपन्थी एकतालाई कम्युनिष्ट अधिनायकवादतर्फको यात्रा भनेर जनतालाई भ्रमित पारेको छ । कांग्रेस २००७ मा हिँसा राजनीति बाटो पकडेका थियो तर सच्चायौं । माओवादीहरू हिँसा राजनीतिबाट उदय भएका शक्ति हुन् । उनीहरूले आफ्नो जनयुद्धलाई महान् भन्दै गर्दा आज उनीहरूले लिएको शान्तिपूर्ण राजनीतिको बाटो र बहुदलीय लोकतान्त्रिक शासन प्रणाली र समाजवाद उन्मूख समावेसी लोकतन्त्रलाई नेपाली राजनीतिको मूलबाटो मान्नुको कारण हिँसा राजनीति गलत थियो भन्ने नै हो । त्यसो हो भने माओवादीलाई देखाएर नेकपा एमाले जस्ता लोकतन्त्र प्राप्तीका लागि बलीवादीपूर्ण संघर्ष गरेको, दुःखकष्टको अत्यन्त लामो यात्रा तय गरेको पार्टीलाई राणाहरू भन्दा पनि अझ धेरै तानाशाही देख्नु कांग्रेसको पराजित मानसिकता मात्र हो । दृष्टि भ्रम मात्र हो । नेकपा एमालेको आन्तरिक जीवनको लोकतन्त्र नेपालमा मात्र होइन संसारभर रोल मोडल बन्दै गइरहेको छ । एमालेको लागि लोकतन्त्र आस्था, विश्वास र सौद्धान्तिक प्रतिबद्धता हो । भन्ने कुरा उसका आन्तरिक, राजकीय जीवन व्यवहारबाट प्रष्ट देखिन्छ । यो भन्न सकिन्छ कि विगत एक दशकको एमालेलाई अध्ययन गर्दा उसलाई अन्य कसैले लोकतन्त्रको प्रमाणपत्र दिन पर्दैन । अझ यो संविधान बमोजिम वामगठबन्धनले जित्दा अधिनायकवाद हुन्छ भने कांग्रेसहरू उनीहरूको गठबन्धनको जित्दा के हुन्छ भन्ने प्रश्न आजसम्म अनुत्तरित नै छ ।
राष्ट्रियता, लोकतन्त्र र जनजिविकाका लागि उद्यमशील पूँजीको निर्माण गर्ने र समाजवादको कार्यान्वयन गर्न सात दशक लामो संघर्षको इतिहास भएको नेकपा एमाले लोकतान्त्रिक परिवर्तनका सबै आन्दोलनमा अग्रपंतीमा रहेको छ । सामन्ती राजतन्त्रलाई फाल्दै गणतन्त्र निर्माणका लागि हिँसा राजनीति गरेको माओवादी शान्तिपूर्ण राजनीतिको मूलबाटोमा आएको छ । यी दुवै पार्टी देशको सार्वभौमिकता, स्वतन्त्रता, स्वाधिनता, स्वाभिमान र समृद्धिको पत्रमा छन् । यी दुवै पार्टी भारतसँग भएको १९५० को सन्धी लगायत सबै आसमान सन्धी पुनरावलोकनका पक्षमा छन् । भारतीय नाकाबन्दीका विरुद्ध दुवै पार्टी मिलेर दृढताका साथ उभिए र स्वाभिमान र आत्मसम्मानको आन्दोलनको नेतृत्व गरे । शान्ति प्रक्रियाको तार्किक निश्कर्ष र नयाँ संविधान निर्माणमा महŒवपूर्ण भूमिका खेलेका र नेपालको आन्तरिक विषयमा नेपाली स्वयम्ले फैसला गर्न पाउने स्वनिर्णयका मान्यता बलियो बनाउने मान्यता बोबेको पार्टीको आसन्न निर्वाचनको गठबन्धनलाई सबैले स्वागत गरौं । यसले राजनीतिक स्थिरता र जनतालाई विकास र समृद्धि दिनेछ ।
(लेखक एमाले जिल्ला कमिटी सुर्खेतका सचिवालय सदस्य हुन् ।)

प्रकाशित मितिः   १४ कार्तिक २०७४, मंगलवार १३:२९