वाम एकताप्रति समर्थन, आलोचना र संशय किन ?
हरिप्रसाद अधिकारी
नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको करिब ६८ वर्ष पुगेको छ । वि.स. २००६ सालमा स्थापना भएर २०७४ सालसम्म आइपुग्दा यहाँका कम्युनिष्ट पार्टीहरू पटक पटक टुक्रिदै र जोडिदै अघि बढिरहेका छन् । यस वर्षको तिहारको छेकमा भएको नेपालका वाम एकताको उद्घोष र सुरु गरिएको प्रक्रिया नेपालका सर्वहारा जनताका लागि एक सुखद् समचार बनेको छ । २०७४ असोज १७ गते दुई ठूला वामपन्थी दलहरू वाम एकतासहित पार्टी एकीकरण गर्ने गरी लिखित हस्ताक्षर गरेका छन् । वाम एकताप्रति सर्वत्र समर्थन, आलोचना र शंसय छाएको छ ।
नेपालमा भएका हरेक परिवर्तनको अगुवाइ वामपन्थी दलहरूले गरे पनि यसको जस अरु कोही दलहरूले लिने गरेको छन् । ठोस उपलब्धीको ठोस विश्लेषण गरिएको छैन । राणा शासनको अन्त्यसँगै नेपालमा स्थापना भएका राजनीतिक दलहरू नेपालको स्वन्तत्रता, सार्वभौमिकता, समृद्धिका लागि अभियान सञ्चालन गरिराखेका छन् । यसका लागि देशमा आवधिक निर्वाचन र लोकतान्त्रिक पार्टीको संगठन निर्माण गरिनुपर्ने प्रमुख काम हो । यसका लागि लामो समयदेखि टुटफुटको राजनीतिबाट ग्रसित नेपालका राजनीति दलहरूमध्ये बढी वाम दलहरू थला परेको देखिन्छन् । यसले नेपालको विकासमा समेत प्रत्यक्ष बाधा पुर्याएको छ । देशमा द्वन्द्व होस् की गरिबी, रोगभोक, पूर्वाधार अभावले मुलुकले विकासमा फड्को मार्न सकेको छैन ।
नेपालमा भएको आम निर्वाचन २०१५ साल, जनमत संग्रह २०३६ जनआन्दोलन २०४६, मध्याअवधि २०५१, आमनिर्वाचन २०५६, संविधानसभाको निर्वाचन २०६४ तथा दोस्रो संविधानसभाको निर्वाचन २०७० भए पनि लामो समय राणा शासन अनि ३० वर्षे पञ्चायति व्यवस्था अनि लामो समय अल्पमत तथा मिलिजुली सरकारले जनताको आवश्यकता पूरा गर्न गतिलो योजना बनाउन नसक्दा देशमा विभिन्न आन्दोलन, द्वन्द्व भए । यसले बेरोजगारी, गरिबीसँगै विकासलाई समेत टाढा लग्यो । यसकारण देशमा स्थिर सरकारका लागि यो वाम एकता स्वाभाविक भन्नेहरू पनि छन् । विगतमा टुटफुटको राजनीतिबाट फाइदा लिदैं आएका प्रजातान्त्रिक समूहहरू त्राहीत्राही भएको अवस्था छ । यसबाट विदेशी शक्तिहरू पनि वाम एकता कसरी भाडन सकिन्छ भनेर चियो गरिरहेको अर्को अवस्था छ ।
देशको विकासका लागि थोरै तर लोकतान्त्रिक मूल्यमान्यता बोकेका पार्टी हुन आवश्यक छ । संसारका विकसित देशहरूलाई हेर्ने हो भने के स्पष्ट हुन्छ भने देश विकासका लागि लोकतन्त्रमा विश्वास राख्ने विचार भएका राजनीति दलहरू हुनु समग्रमा असल मानिन्छ । जात र धर्मका नाममा खोलिएका दलहरूले साम्प्रदायिकता भड्काउने पक्का हुन्छ । यसले शासन सञ्चालनमा समेत ठूलो असर पार्दछ । यसकारण नेपालमा भविश्यमा तीन थरी राजनीतिक दल हुने सम्भावना बढेर गएको छ । एक थरी वामपन्थीहरू, लोकतान्त्रिक नेपाली कांग्रेस तथा राजावादी जो हिन्दु धर्मका नाममा राजा पुकार गर्ने यसकारण अब हामी नेपालीले समेत बुझ्न जरुरी छ की देश विकासका लागि पार्टीले जारी गरेका घोषण पत्रलाई राम्ररी अध्ययन गरी सही पार्टी चुन्नका लागि अबको अभियान लोकतन्त्र सुधारका लागि हुन आवश्यक छ ।
संगठन नै बल हो भन्ने मूल मान्यतालाई ख्याल गर्दै इच्छाशक्ति, दूरदर्शीता र त्यागका कारण यसपटक वाम एकता सम्भव भएको छ । यसका लागि नेकपा एमाले र माओवादी केन्द्रबीच आगामी संघ र प्रदेशको निर्वाचनमा चुनावी तालमेल होस् की निर्वाचन सफल बनाउने दृढता होस् या नेपाली राजनीतिमा चमत्कारिक सफलता होस् यो नेपाल र नेपाली वामपन्थ आन्दोलनका लागि कोसेढुंगा सावित भएको छ । अबको वामपन्थी आन्दोलन सफलताका लागि संर्किणता, पूर्वाग्राही र तुष पालेर समाजवादी व्यवस्था ल्याउन सकिदैंन । यसका लागि निश्वार्थ अभियान सञ्चालन गर्न आवश्यक छ ।
करिब ६२ प्रतिशत वामपन्थीले सफलता पाएको मुलुकमा संविधान लेख्न हाम्रा लागि फलामे ढोकाको रूपमा संविधानसभा उभियो । बाबुराम जस्ता उदारवादी नेताले समेत संविधान लेखेर बाहिरी मात्रै होइन वामपन्थी आन्दोलनबाट चिप्लिएका छन् । अबको बाटो सहज त होइन जनताको जनमतबाट स्थापित संसदबाट जनताका लागि चाहिने गास, बास र कपासका लागि जस्तो सुकै कानुन बनाउन चुक्नु हुँदैन । नेपालको समृद्धिको ढोका खोल्दै, लोकतन्त्रको संस्थागत विकास, संविधानको कार्यान्वयन, आवधिक निर्वाचन, सुखी नेपाली, समृद्ध नेपालको नारा साकार पार्नका लागि पनि यो वामपन्थी गठबन्धनले जित्नैपर्छ ।
राजतन्त्रको अन्त्यपछि स्थापित लोकतन्त्रलाई सुधारका लागि यो देशमा नेकपा एमालेले लिएको बाटो सबैको हितकर छ । वामपन्थी भएर पनि जनताको मतप्रति भरोषा गर्ने दल आफैमा लोकतन्त्रको मूल्य मान्यतालाई उचाइमा पु¥याउन योग्य मानिएको छ । जनताको बहुदलीय जनवादको मार्गदर्शन सिद्धान्तमा आधारित यस पार्टीले विगतमा पनि पार्टी विभाजनको पीडा भोगे पनि यस सिद्धान्तले आजको यो अवस्थासम्म ल्याइपु¥याएको छ । यसैको जगमा अब नेपालका सबै वाम दलहरूलाई एकताको आधार तयार गरी वाम आन्दोलनलाई बलियो बनाउनुपर्छ ।
विगतमा माओवादीले नेपालको असमान व्यवस्थालाई हटाउन गरेको आन्दोलनले एक हदसम्म सफलता पाएको छ । नेपालमा संविधानसभाको निर्वाचन होस्, शान्ति प्रक्रियामा इमान्दारिता कायम होस्, नेपालको शासन व्यवस्था अनुसार निर्वाचनमा सहभागिता होस् यी यस्ता कार्य माओवादीबाट भएका छन् । माओवादी पनि विचारको प्रष्टताबाट विचलित नभएको त होइन तर उसको अन्तिम लक्ष्य समाजवादी व्यवस्था वा साम्यवाद नै भएको हुँदा एमाले पार्टीले जस्ता सुकै निजी समस्यलाई गुज्रदैं भए पनि एकताको लागि प्रतिबद्ध मात्रै होइन पार्टी एकतासम्मका लागि यात्रा तय गरेको छ । यसबाट नेपालमा वामपन्थी आन्दोलन एक हदसम्म बलियो भएको छ । आउँदो चुनावसम्म साना मसिना कुरा छाडेर हार्दिकता पूर्वक एकाआकार हुन आवश्यक छ ।
नेपाली कांग्रेस लोकतन्त्रको ठेकेदार आफूलाई ठाने पनि उसले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका मामिलामा बेला बखत चुकेको छ । संसद विघटन, राजतन्त्रसँग सौदाबाजी, गणतन्त्रको संस्थागत विकास, दक्षिणपन्थीसँग साठगाँठले समेत यस कुराको पुष्टी गरिराखेको छ । सत्ताका लागि जे पनि गर्न पछि नपर्ने कांग्रेसले देशमा लामो समय शासन व्यवस्था सञ्चालन गरे पनि मुलुकलाई आमूल रूपमा विकास गर्न सकेन । उता राप्रपाले धार्मिक मान्यता बोकेर मक्कीसकेको राजतन्त्रको माग राखेर अभियानमा रहेको
छ । ऊबाट समेत देशले पाउने भन्दा पनि धार्मिक सहिष्णुता बिग्रिने खतरा बढी रहेको छ ।
उता तराईबासी राजनीति दलहरू नेपालमा बास, मित्र राष्ट्रमा गासका लागि बस्ने गरेको अवस्था छ । राष्ट्रियतामाथि गम्भीर खतरा हुने सम्भावना रहने हुँदा उनीहरूको विकास देशका लागि घातक देखिन्छ । यसरी समग्रमा नेपाल र नेपालीका हकहित र समृद्धिका लागि वामपन्थी दलको एकता र निर्वाचनमा सफलताको विकल्प छैन । यस एकताप्रति आम वामपन्थीहरू, नेपालको भलो चिताउनेहरूको व्यापक समर्थन देखिएको छ भने प्रजातान्त्रिक पक्षधरहरूले आलोचना र संशयका दृष्टिले हेरिरहेको अवस्था छ । यसबाट वामपन्थीहरू तर्सिनुपर्ने देखिदैंन बरु थप संगठित र सबै वामहरूलाई एक ठाउँमा ल्याउन आवश्यक छ ।
समग्र नेपालको हकहित, राष्ट्र र राष्ट्रियताका लागि वामपन्थीको जीत अपरिहार्य भएको छ । यसका लागि प्रजातान्त्रिक पक्षधरहरूले समातिरहेको बाटोको समीक्षा गर्दै लोकतन्त्रको ठेकेदार सम्झे पनि लोकतन्त्रका मूल्य मान्यतालाई धुमिल पार्ने कार्यबाट पछि हट्न जरुरी छ । अबको राजनीति भनेको विकास र समृद्धिको लागि हो । बेरोजगारी अन्त्य, भोकमारी हटाउने, एकीकृत विकास गरी विश्व सामु स्वभिमानपूर्वक उभिन जरुरी छ । यसकारण नीजि स्वार्थ त्यागेर यस आन्दोलनलाई उचाइमा पुर्याउन सबै वामपन्थीहरू, आम नेपालीका लागि अवसर प्राप्त भएको छ । यसको सहि सदुपयोग गर्न जरुरी छ । यसबाट कोहि त्रसित र संकुचित हुन आवश्यक छैन । नेकपा एमाले र माओवादी केन्द्रका नेता, कार्यकर्ता, शुभचिन्तक निराश होइन की उत्साहित हुनु पर्दछ । आम नेपालीको मुक्तिका लागि नीजि स्वार्थलाई टाढा राख्न सक्नु पर्दछ । यसैमा सबैको हित छ । आगामी निर्वाचन पछि पार्टी एकता हुने कुरामा शंका नगर्दा हुन्छ । किन की विचारका हिसाबले दुर्व पार्टी समाजवादको मार्गमा क्रियाशिल छन र लक्ष्य एउदै निर्धारण भएको छ । यस कारण सबै सदभावपुर्वक निर्वाचनमा क्रियाशिल हुन जरुरी छ । टिकट पाउने र नपाउने संग यसलाई नजोडि नेपालको भविश्य प्रति चिन्ता गर्न आवश्यक छ ।
लेखक नेकपा एमाले जिल्ला कमिटी सुर्खेत सचिवालय सदस्य हुन ।
प्रकाशित मितिः १२ कार्तिक २०७४, आईतवार १५:३३
साझा बिसौनी संवाददाता ।