‘सानैदेखि नेता बन्ने रहर थियो’

मुक्तिदेवी रेग्मी (गिरी) पञ्चपुरी नगरपालिकाको उपप्रमुख हुन् । वि.सं. २०२७ भदौ १५ गते बुबा टीकाराम रेग्मी र आमा भागीरथी रेग्मीको कोखबाट लेकवेशी नगरपालिकामा लेकफर्सामा जन्मिएकी रेग्मी २०५४ सालको स्थानीय निकायको निर्वाचनबाट वडा सदस्य भइसकेकी थिइन् । त्यसको दुई दशकपछि गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमार्फत् उनी पञ्चपुरी नगरपालिकाको उपप्रमुखमा निर्वाचित भइन् । नेपाली कांग्रेस निकट नेपाल महिला संघको क्षेत्रीय सभापति समेत रहेकी रेग्मीले हाम्रा सहकर्मी मुना हमालसँग आफ्नो बाल्यकालको सम्झना यसरी साटेकी छिन्ः


मेरो जन्म लेखफर्सामा भयो । म सानो छँदा धेरै जिद्धी स्वभावकी थिएँ । आफूलाई कुनै काम गर्न मन छैन भने गर्दिनथिएँ । कहिले काहीं त त्यसै कारणले पिटाइ पनि खान्थें । आमाले भन्दा बुबाले पिट्नुहुन्थ्यो । हामी तीन भाइ र तीन बहिनी थियौं । म भन्दा अघि मेरो दाई र दिदी हुनुहुन्थ्यो । उहाँले नै हामी भाइबहिनीहरूको हेरचाहा गर्नुहुन्थ्यो । मेरो बुबा राजनीति गर्ने । उहाँ त्यसबेला प्रधानपञ्च पनि हुनुभएको थियो । राजनीतिक गतिविधिमा नै धेरै समय दिनुपर्ने भएको कारण उहाँले घरमा त्यति समय दिनुहुन्थेन । आमा बिरामी भइरहनुहुथ्यो । घरको काम दिदी, दाइ र हामीले गथ्र्यौं । त्यसकारण मेरो दिदीले पढ्न पाउनु भएन ।
घरमा काम गर्ने मान्छेहरू भए पनि बुबाआमाले अरुले बनाएको खाना खानुहुन्थेन । त्यसकारण बुबाआमाको लागि खाना हामी आफैले पकाउनु पथ्र्यो । बिहान उठेर खाना पकाएर, घरको अन्य काम गरेर विद्यालय जान्थ्यौं र साँझ विद्यालयबाट फर्किसकेपछि भाडा माझेर खाना पकाउन लागिहाल्थ्यौं । दाई र म धेरै मिल्ने । कहिले काहीं दाई र म मिलेर दिदीलाई पिट्ने गथ्र्यौं । पछि दिदीको विवाह भएपछि भने अलि दुःख भयो ।
मेरो एउटा मिल्ने साथी थिइन्, भविसरा नेपाली । म उनलाई एक मिनेट नभेटी बस्नै सक्दिैन्थें । साथीहरू मिलेर गाउँमा अमिलो, काँक्रा चोर्न जान्थ्यौं । एकदुई पटक त बुबाले धेरै पिटेको सम्झना पनि छ । तर जति पिटे पनि बुबाआमालाई छलेर साथीहरूसँग मिलेर अमिलो चोर्न गइहाल्थ्यौं । दिनभरी विद्यालयमा पढ्ने । घर फर्किदा साथीहरूसँग कहाँ अमिलो छ, कहाँ काक्रा छ भनेर सल्लाह गर्ने र रातीको समयमा चोर्ने गर्थियौं । फेरि बुबाले रातीमा कतै पनि जान दिनुहुन्थेन । सुत्नको लागि घरमा नै आउनुपथ्र्यो । मलाई चाडपर्वमध्ये तिहार धेरै मन पर्ने चाड हो । देउसीभैलो खेल्न खुब मनपथ्र्यो । गाउन र नाच्न भनेपछि हुरुक्कै हुन्थें । विद्यालयको नेतृत्वमा हामीले देउसी भैलो खेल्ने गथ्र्यौं । मैले अन्याय भने सहन सक्दैनथें । विद्यालय पढ्ने बेलामा साथीहरूलाई कसैले जिस्कायो भने मलाई भन्थे । मैले केटाहरूलाई कुट्न पनि पछि पर्दिनथें । म हुने बेलामासम्म मेरो साथीहरूलाई कसैले पनि जिस्काउने आँट गर्न सक्दैनथे ।
मैले सानो छँदा एक पटक मात्र घरबाहिर बसेको छु । एक पटक खेल्दा–खेल्दै रातप¥यो । मैले ८ कक्षामा पढ्दा सहिना लगाएको
थिएँ । त्यस दिन साथीकोमा बसें । रातभरी घरमा के भन्नुभयो होला भनेर डरले राम्रोसँग सुत्न सकिनँ । भोलि बिहान घर जान डर लाग्यो । साथीको दाईले तिमी यहींबाट स्कुल जाउँ बुबालाई म गएर भन्छु भन्यो । बल्ल ढुक्क भएर साँझ घर गएँ । बुबाले केही भन्नु भएन । मलाई सानैदेखि केटाकेटी भनेपछि धेरै नै मनपर्ने गथ्र्यो । केटाकेटीलाई सरसफाइ गराउने र समाउने तथा खेलाउन धेरै नै मनपथ्र्यो । मैले सानो केटाकेटीहरूलाई अझै पनि त्यतिकै माया गर्छु । १० महिनादेखि हामीले दिदीको छोरी पनि सँगै राखेर हुर्काएका थियौं ।
मलाई सानैदेखि नै नेता बन्न रहर लाग्थ्यो । समय भएपछि साथीहरूलाई जम्मा गरेर भाषण गर्ने गर्थे । पुतली खेल्थ्यौं । मलाई नेता बन्नुपर्छ भन्ने लाग्नुको कारण मेरो बुबा हुनुहुन्छ । मेरो बुबाले मलाई नेता नै बन्नुपर्छ भनेर प्रेरणा दिनुहुन्थ्यो । मेरो दाईको एक जना साथी हुनुहुन्थ्यो, प्रकाश ज्वाला । उहाँ कम्युनिष्ट हुनुहुन्थ्यो । पहिले अहिलेको जस्तो खुलेर राजनीति गर्न पाइदैंनथ्यो । भूमिगत रूपमा दलहरूले पार्टीको संगठनका कामहरू गर्ने गर्थे । मेरो दाईको साथी हाम्रो घर आइरहनुहुन्थ्यो । उहाँहरू कोठामा ढोका लगाएर राजनीति कुराहरू गर्नुहुन्थ्यो । हामी झ्यालबाट लुकेर हेर्ने गथ्यौं । राजनीतिक कुराहरू सुन्ने गथ्यौं । त्यसकारण पनि म नेता नै बन्छु भन्ने लाग्थ्योे । किनभने
मलाई त्यतिबेलादेखि नै राजनीतिप्रति
रुचि थियो ।
एक पटक दाईहरू जेलमा पर्नुभयो । त्यसपछि भने राज्यबाट जनतालाई अत्याचार भएकै रहेछ भन्ने बुझें । अनि अब जसरी भए पनि राजनीतिमा लाग्नुपर्छ भन्ने लाग्यो । पहिले एमाले÷कांग्रेस भन्ने मलाई थाहा थिएन । तर नेता बन्नुपर्छ भन्ने मात्र थाहा थियो । मेरो सानैदेखि समाजिक सेवामा पनि रुचि थियो । कसैलाई सहयोग गर्न अघि सर्ने गर्थें । बुबा प्रायः गाउँघरकै काममा हिँड्ने भएको कारणले पनि होला मलाई पनि समाज सेवा गर्नुपर्छ भन्ने भावना आउँथ्यो । हामीले विद्यालयबाट विभिन्न जनचेतनामूलक नाटकहरू पनि देखाउने गथ्र्यौं ।
खेलकुदमा पनि मेरो त्यति नै रुचि थियो । म तीन÷चार कक्षा पढ्दादेखि नै दौड, हाइजम्प, लङजम्प खेल खेल्न मन पराउने गर्थें । मैले खेलकुद प्रतियोगितामा भाग लिएपछि एउटा न एउटा स्थानमा आइहाल्थें । मैले धेरै पुरस्कार लिएर घर फर्किन्थें । त्यसले गर्दा पनि अझै अघि बढ्न रुचि हुन्थ्यो । मेरो पढाई राम्रो नै थियो । सबै भन्दा बढी मलाई नैतिक शिक्षा पढ्न मन लाग्थ्यो । मेरो सबैभन्दा बढी नम्बर पनि नैतिक शिक्षामा नै आउँथ्यो । अंग्रेजी विषय भने पढ्न मन लाग्थेन । त्यसबेलामा कक्षा पाँचदेखि अंगे्रजी विषय पढाइ हुन्थ्यो । अंग्रेजी विषय भने पढ्न मन लाग्थेन । अंग्रेजी विषय पढ्ने बेलामा प्रायः पिटाइ
खाइन्थ्यो । कक्षा ८ सम्म मैले लेखफर्सामा नै पढें । त्यसपछि गुमी जानुपथ्र्यो । हामी लेखफर्साबाट नै गुमी पढ्न जान्थ्यौं ।
मैले ९ कक्षा पढ्दा पढ्दै विवाह गरें । विद्यापुर विवाह गरेर आएपछि भने मैले पढाईलाई अघि बढाउन सकिनँ । मैले नेपालमा बहुदल आएपछि राजनीति सुरु गरेको हुँ । नेपाल महिला संघमा आवद्ध
भएँ । वि.सं. २०५४ सालको स्थानीय निकायको निर्वाचनमा वडा सदस्य भएँ । मैले मेरो र मेरो बुबाको सानैदेखिको नेता बन्ने सपना पूरा गरेको जस्तो लाग्छ । मेरो बुबाले मलाई राजनीतिमा आएर केही गरोस् भन्ने चाहानुहुन्थ्यो ।

प्रकाशित मितिः   ३० आश्विन २०७४, सोमबार १६:२१