सान्नीदराको समृद्धिको सम्भावना र चुनौती

कुनै बेला मेहलमुडीको बाह्र बीस अर्थात दुई सय ४० र रास्कोट(राजकोट)को नौ सय गरी एघार सय ४० जनसंख्याले जीवन पाएको सान्नीदरा सान्नीगाडको जलाधारमा वेष्ठित छ । तल प्रमुख नदी कर्णाली र माथि बडिमालिका बीचमा रहेको सान्नीदरा कालिकोट जिल्लाकै प्रतिनिधि नमुना क्षेत्र मानिदै छ । मेहलमुडी, मुम्रा सिपरवाना, स्युना, फुकोटजस्ता साविकका गाविसहरूले सान्नीदरा बनाएका छन् । राष्ट्रिय जनगणना २०६८ अनुसार चार हजार ४९ घरधुरीमा बस्दै आएको २४ हजार ६ सय ५४ जनसंख्या वर्तमान सान्नीदराको मानव संशाधन बनेको छ । मुलतः पहाडी धरातलको भू–भागमा सेराहरू पनि परेका छन् । पञ्चदेवल, कर्णालीकै पूरानो राज्य रास्कोट, सेरा र भेरा, खल, कालो सिल्लो, मण्डौ (मन्दिर, ओखर, प्रचूर पानीको स्रोत, सान्नीगाड तिखारुली जिल्लाभन्दा जेठो बडिमालिका मावि, सान्नीगाड साना जल विद्युत गृह, धमिलो, देउडा, जातीय विविधता सान्निदराका पहिचानहरू हुन् । सान्नीगाडमा बस्दै आएका ५० भन्दा बढीले स्नातकोत्तर, १०० बढीले स्नातक, एक जना निराजन बमले एमफिल, समानान्तर रूपमा प्रवेशीका र प्रविणतातह पूरा गरेका मानव संशाधनमध्येकै धनगिर शाहीले मात्र एमबीबीएस गरेका छन् ।
रास्कोटसम्म हिउँदयाममा जीप चल्ने सडक बनिसकेको र मेलमुडी मुम्राकोट सडक निर्माणाधीन छ । यहाँको सान्नीगाड बजार बढी चल्ने बजार हो भने प्रत्येक गाउँमा पनि सानाठूला पसलहरू छन् । एउटा पसल भए पनि बजार भन्ने चलन छ । मेलमुडी क्याम्पसको नजिकमा दुईटा घरमा पसल छन् यसलाई बजार मानिएकाले बजारको शाब्दिक पक्ष कमजोर छ । २०३२ साल मंसिर २६ गतेका दिन कालिकोटको नामरूप पाएको कालिकोटलाई यसअघि तिब्रीकोटले चिनिन्थ्या भने हाल तिब्रीकोट डोल्पामा छ । नेपालकै कान्छो जिल्लाको स्थान पाएको कालिकोटले २०४४ सालमा आधिकारिकता पाएको हो । यसको जिल्ला सदरमुकाम मान्ममा आठ वर्षपछि खाडाचक्र चुचुरोमा सारिएको भए पनि जुम्ला जिल्ला अन्तर्गतको तत्कालीन सान्नीदरामा पहिले नै मावि तहको पहिलो विद्यालय हुनु, प्राविधिक क्याम्पस सञ्चालन रहनु, मेहलमुडीमा क्याम्पस राम्रो क्याम्पस हुनु, खाद्यान्न प्रशस्त्र उत्पादन हुनुले सान्नीदरा कालिकोटकै प्रतिनिधिदरा मानिएको छ र रास्कोट अहिले नगरपालिकामा गाभिएका छ । रास्कोटी, शाही, कलेल शाही, सोमवंशी शाही र धौलाकोटी शाहीको मूल उद्गमस्थल मानिएको सान्नीदराले निकै पुरानो प्राचीन इतिहास, संस्कृति, भाषा साहित्य, कला, सभ्यता, राजनीति, अर्थतन्त्र, प्रशासन न्यायका पाटा र पक्षहरू बोकेको छ । सान्नीगाड यसद्वारको प्राण हो, बडिमालिका, त्रिवेणी, काला सिल्ला, लेकाली वन, यस दराका प्रमुख अंगहरू हुन् । मध्यकालीन नेपालमा हालको सान्नीदरा सिंजाराज्य अन्तर्गत परेको थियो । यस दराले सिंजा सभ्यतालाई सामाजिक, आर्थिक, संस्कृतिक सवलता दिएको थियो । ज्युलामा धान, गाउँमा मकै, कोदो, गहुँ, फापर, उखु, जौ जस्ता खाद्यन्नवाली, मुसुरो, चना, केराउ (कला), रहर, बोडी (सोस्टा), मास, गहत, भटमास, गुराँस जस्ता कोशेबाली, आलु, सगरखण्ड, पिंडालु तथा अन्य कन्दमुल जस्ता कन्दमुल बाली उत्पादन गरेर एतिहासिक कालदेखि आत्मनिर्भर बनाउँदै ल्याएको दराले मध्यकालमा तिव्वतमा यी वस्तुहरू निर्यात गरेको थियो भने कर्णाली नदी किनारै किनारका व्यापारिक पारबहन विन्दुले सान्नीदरालाई प्रख्यात बनाएको कुरा इतिहासविद्ले लेख्दैछन् ।
तोरी, सस्र्यु, बदाम, आलस, तील यहाँका अन्य तेलहन बालीहरूले यहाँको चोखोनितो गरेका छन्, पोषण दिएका छन् र चाडपर्व, अर्मपर्म, मरुभागु, देवीदेउता, मस्टाहरू धानेका छन् । यिनीहरूको कृषि चलन परम्परागत, जीवन निर्वाहमुखी, सघन तर तुलनात्मक रूपमा कम आयमूलक छ । ऊखु र सूर्ती लगाए पनि नगद नउमारी परम्परा धान्ने खालका छन् । यसअघि यहाँको खुँदो चर्चित थियो । प्याज, बेसार (हल्दी), अदुवा, लसुन, धनियाँ, खुर्सानी, गोरख पानले यहाँको तरकारीको काम गरेका छन्, उत्पादन राम्रो छ, उत्पादकत्व राम्रो भए पनि घर चलाऊ अवस्थामा छ । हिमाली लसुन यहाँका महŒवपूर्ण वन्य साधन हो । फूलगोपी, बन्दगोपी, ब्रोकाउली, चोटो, टमाटर, गोलभेडा सान्नीदराका परम्परागत तरकारी बालीहरू हुन्े । स्याऊ, नास्पती, कागती निवुवा (चुक), अनार, आँप, अलैंची, ओखर यहाँका फलफूलहरूद्वारा जनताको स्वास्थ्य, आर्थिक र सांस्कृतिक धरोहर बनेको छ ।
सान्नीदरा कर्णाली अञ्चलकै फराकिलो, सम्मिलो, रूपसे ठाउँ हो । यहाँको वन, बाली उत्पादन तथा पानीको पर्याप्तताले अनि अग्ला लेकाली टाकुराहरूले प्रशस्त विकास सम्भावनाहरू बोकेका छन् । बडिमालिका र देउती यहाँका लेकाली टाकुराहरू हुन् । बडिमालिकाले धार्मिक, सांस्कृतिक, जैविक महŒव बोकेको छ र कालिकोटको पहिचान बनाएको छ । सान्नीगाड साना जलविद्युतले, कालिकोट सदरमुकामलाई उज्यालो पारेको छ । खुलालुगाड कालिकोटको सबैभन्दा तल्लो भू–भाग हो, यसको उचाइ, समुद्र सतहदेखि ७३० मिटर रहेको छ । यस गाडबाट सान्नीगाड बजारको दूरी मात्र १२ किलोमिटर छ र अहिले जीपद्वारा १५० को मूल्यमा यातायात सुविधा छ । पूर्वाधार विकासका सम्पूर्ण सामग्री सान्नीदरामा यहीबाट खच्चडद्वारा र मानिसद्वारा आपूर्ति भइरहेको छ । बडिमालिका र देउती चानचुन समद्रसतहदेखि ४७०० मिटरको उचाइमा छन् । यहाँ घाँसे वनस्पती पाइन्छ र अधिकांश जाडो छ । यस्तो वातावरणबीच मृग, घोरल, थार, बँदेल, बाघ, भालु पाइन्छन् । घाँसे वनले गर्दा भेडा बाख्रा र भैंी चराउन, फस्टाउन सक्छन् । यस भू–भाग तल स्याऊ, ओदर नास्पती, आलू, कोदो, फापर, जौ, मकै, कोणधारी गमखालका वनस्पती छन्, चितुवा, स्याल, बाख्रा, घोरल, थार यसक्षेत्रका जंगली जनावरहरू हुन् । नदीभन्दा केही माथि १५०० मिटरको उचाइबीचमा बस्ती बाक्लो छ, घरहरू गुजमुज छन्, एकै ठाउँका बस्ती छ ।
चौलागाईं, सन्जेल, सिम्खडा (तिमिल्सेना), देवकोटा, भट्टराई, सुवेदी, बराल, न्यौपाने, आचार्य, रेग्मी, कोइराला, शाही, बम, मल्ल, सिंह, भकारी, रोकाय, थापा, क्षेत्री, थापा मगर, बुढा, खड्का, महतरा, सिजुवाल, सिंजापति, ऐडी, कार्की, बोगटी, विष्ट, गिरी, पुरी, नाथ, भारती, रावल, रावत, कामी, नेवार, भोटे कुमाल, लुवार, चँदरा, पिपारको बसोबास, हिन्दु वर्णमिमको व्यवस्था अनुकूलका दशैं तिहार, तिज, माघ, संक्रान्ति, जनैपूर्णिमा, चैते दशैं, श्रीपञ्चमी, कृष्नाष्ठमी, होली, मंसिरे पूर्णिमा, पैठ, तगा, कालासिल्ले लगायत बारमाइ मष्ट दुधे, दारे, खापर, धुवानो, तिमीले, रुमाल, दलपुर, शिवनाथ, डेरु, जगनाथ, लाटे र बुढी मस्टाने मानिदै आएका छन् । मस्टो संस्कृतिभित्रको वैशाख पूर्णिमा जनैपूर्णिमा, मंसिर पूणी, पाँचपूणी सान्नीदराका अति महŒवपूर्ण पूर्णिमाहरू हुन् ।
यहाँको लवाइखवाइ, भेषभूषा, रहनसहन, चालचलन, कृषिपालन समयानुकूल ऋतुनुकूल छ । अधिकांश समय जाडोका कारण तातो लुगा लगाइन्छ । स्युताको शिवनाथ मन्दिर, मेहलमुडीको पञ्चदेवल, गाउँअनुसार थान मन्दिर, घाट फरक–फरक छन् । यी संभावनाहरूले पर्यटकीय विकासको आशादिप बालेका छन् । बडिमालिका कर्णाली प्रदेशकै धार्मिक पर्यटकीय स्थलका नमुना हो । वर्षा समयमा यहाँको अधिकांश भू–भाग सित्तिचत जस्तो लागे पनि हिउँदमा पाखो जमिन देखिन्छ । यसकारण व्यवस्थित कूलो, नहर कर्णालीको पहिचान जस्तै यहाँ पनि पालिन्छ । गाइ, भैंसी, भोडा, बाख्रा, हाँस, कुखुरा, खरायो, बंगुर सुगुर विरालो, कुखुरा, घोडा, खच्चर यहाँका साना ठूलो मझौला खप्लका पाल्तु जनावरहरू हुन् । यिनले कृषिको प्राण धान्न महŒवपूर्ण आधारभूत योगदान गरेकाले सान्नीगाडदरा कृषिप्रधान दरा भएकाले किसानको वन, पशुधन, सबै बालीका प्रकार, सुस्वास्थ्य, पोषण, शान्ति, सुरक्षा, न्याय तथा सेवासुविधा वितरण नै सान्नीगाड दराको विकास हो । सान्नीगाडको बालीगाड खोला, फुगाड खोला, यहाँका सहायक खोलाहरू हुन् । यी सहायक खोला र मुख्य खोलाको व्यवस्थित विकास नै सान्नीगाडदराको वास्तविक विकास हो । अर्गानिक, कञ्चन अविछिन्न जलप्रवाह खोलाहरूको पहिचान हो । मार्सिधान ऐतिहासिक धरोहर हो ।
सदरमुकामदेखि सान्नीगाडको सबैभन्दा टाढाको दूरी ४० कोस मुम्राकोटसम्म पर्दछ । जातीय दृष्टिले वाहुन, धर्मका आधारमा हिन्दु, भाषाका अनुसार नेपाली भाषा सान्नीगाडको बाहुल्यता हो भने कुमालहरूले माटाका भाँडाहरू बनाउँदै आएका छन् । गोर्खाका भट्टराइ अछामका सन्जेलहरूको यहाँ समिश्रण छ । सरकारी, गैरसरकारी जागिर, रेमिट्यान्स, व्यापार, पशुजन्य उत्पादन नै यहाँको आर्थिक आधार हो । नेपाल राज्यको एकीकरणयता यहाँको आर्थिक आत्मनिर्भरता पनि क्रमशः घट्दै आएको छ । अधिकांश किसानहरू छन् तर आर्थिक विकासमा अन्यक्षेत्रले ठूलो योगदान हराहरीमा गरेको छ । जिल्लाका सदरमुकामका अड्डाहरूले जनतालाई सुशासन दिए पनि कृषि सेवा केन्द्र स्युना, कृषि उपज सन्नीगाडले पनि सेवा दिइरहेका छन् । स्युना, सिपखाना, फुकोट, मेहलमुडी धानको पकेट क्षेत्रमा रहेका छन् । यसरी स्युना र सिफखाना फुकोट स्याउ, सुन्तला, तरकरी बीऊको, गहुँको पकेट क्षेत्रहरू परेका छन् । स्युना मेहलमुडीमा, थिपुमा रहेका पशुसेवा केन्द्र तथा उपकेन्द्रहरूले किसानका सम्पत्तिको, सुरक्षा दिन सकिरहेको छैनन् । परम्परागत काम चलाउ पशुपालनले सान्नीगाडको आर्थिक समृद्धि गर्न सकेको छैन । उत्पादित फलफूलहरूको उचि भण्डारण, बजार, रोगका कारण किसानको हातमा उत्पादन पर्न सकेको देखिन्न । सान्नीगाड दराको पशुपालन एक प्रमुख आर्थिक क्रियाकलाप भए पनि पशुका रोगहरू व्याप्त छन् । सालिन्दा पशुबाट लाभ लिन सकेका छैनन् । कृषि प्रयोजनको लागि ऋण लिन सहजता छैन भने लगानी गर्ने तत्परता पनि छैन । उत्पादित सामग्रीहरूको बजार टाढा छ, सुनिश्चित छैन, यातायात छैन र बिचौलियाको हातमा छ । प्रशासन मौन छ ।
सञ्चारको सेवाबाट सान्नीदरा वञ्चित छ, विद्युतीकरण न्यून छ, खेलकुद सेवा, बैंकसेवा मनोरञ्जन सेवाबाट वञ्चित छ । अझै पनि न्यायको फैसला धामीबाटै हुने गरेको छ । बालविवाह, बहुविवाह, अनमेल विवाह व्याप्त छ । महिलाको नाममा जग्गा छैन । एकल महिलाप्रति हेलाहा प्रवृत्ति छ । छोरा पाउनै पर्ने बाध्यताले महिलाहरू पीडित छन् । अनाथ, असहाय र सीमान्तकृत जनसमुदाय तिरस्कृत छ, मूल्याह, टोक्या र अभागी भनिदै छन् । यहाँ उल्लेख गरिएका तथ्यांकहरूले सकारात्मक नकारात्मक क्षमतालाई संकेत गरेका छन् । सान्नीगाड दराको विकासका प्रमुख प्रतिनिधि आधारहरू यिनै स्रोत, साधन, जनशक्ति तथा पूर्वाधारको विकासमा भर परेको छ । यस आधारमा सान्नीदराको विकास, समृद्धि र प्रगति अनि योजना कार्यान्वयन गरेपछि आम नागरिकको जीवनस्तर उकालिंदै सहज बन्न सक्छ र क्षेत्रीय असन्तुलन कम हुनसक्छ ।
एक खुलालमा पक्की मोटरबाटोको पुल यथाशीघ्र निर्माण, दुई खुलालु–लैफू ४५ किलोमिटर कर्णाली करिडोर खण्डको स्तरोन्नतिर, कालोपत्रे सम्पन्न, तीन सान्नीगाडमा स्थायी पुलको निर्माण, चार, सान्नीगाड बजार रास्कोट सडक कालोपत्रे, पाँच सान्नीगाड बजार मेहलमुडी मुम्राकोट सडकको ट्रयाक यथाशीघ्र खुलाउनुपर्ने, ६ रकु–मेहलमुडी–मुम्रा २०.५ किलोमिटरको जिल्ला सडक मूल सञ्चाल अन्तर्गतको सडक यथाशीघ्र खोलेर रकु–मेहलमुडी र मुम्राका जनताको आवतजावतलाई सजिलो नबनाउँदासम्म, सान्नीदराको समृद्धि असंभव छ । यसैगरी सात, सान्नीघाट–फुकोट–स्युना–सिपखाना १९.१ किलोमिटरका सडकको निमास्ण, आठ, परम्परित बाटा, घाट, गोरेटा, घोरेटो, कुवा, मन्दिर, मान्डौ, साँघु, गल्छी, धौराली, झञ्ज्याङ, जाँगरको संरक्षण सम्बद्र्धन र स्तरोन्नति, नौ जनतामा रहेको मानसिक पछौटेपन मनोविज्ञान, संकीर्णता, जटिलटाको परित्याग जस्तै धामीले जे गर्दा पनि हुने, मन्दिरलाई चढाएको घोडामा कोही पनि चढ्न नमिल्ने बलिबोका धेरै काट्नुपर्ने परम्पराको अन्त्य तथा विकल्पन, दश थिर्पु–धौलागोह–लामाबजार (बाजुरा), मुम्रा–बडिमालिका (बाजुरा) थिर्पु ऐतिहासिक ग्रामीण पैदलमार्ग सञ्जालको स्तरोन्नति, एघार आवश्यक ठाउँमा झोलुङ्गेपुलको निर्माण, बाह्र बहुउद्देश्यीय पानीघट्टको निर्माणमा जोड, तेह्र भिरालो जमिनमा गरिने खेतीपातीको अन्त्य र त्यसमा आधुनिक रूपमा बृक्षारोपण र छोटो समयमा उत्पादन दिने प्रजातिका घाँस, रुख, फलफूल, जडिबुटी रोपण, चौध थिर्पुगाड साना जलविद्युतको निर्माण र सञ्चालन, पन्ध्र, नविकरणीय ऊर्जाको प्रयोगमा सहजता, सोह्र धनस्थित एकीकृत बसोबासको व्यवस्था, सत्र प्लाष्टिक निधेषित नियन्त्रित दराको घोषणा, अठार बजारको सुनिश्चितता विना सान्नीदराको विकास असम्भव छ ।
यससँगै, उन्नाइस ल्याण्डलाइन टेलिफोन, फ्याक्स, इमेल, इन्टरनेट, हुलाक सेवा कुरियर, एफएम, टेलिभिजन पत्रपत्रिका प्रकाशनको व्यवस्था, बीस महŒवपूर्ण दुर्लभ वनको सधनीकरण व्यवस्थितिकरण, नियमन, एक्काइस चुनढुङ्गा, कमेरो माटो, मार्वल, स्लेट, बहुमूल्य पत्थरको व्यवस्थित उत्खनन्, प्रयोग र व्यापार, बाइस जौ, माटे, लट्टे, कोदो, फापरजस्ता अर्गानिक तथा पोसिला खाद्य पदार्थको प्रयोगमा सहजीकरण गरी माते संस्कृतिको विस्थापन, तेइस माहुरी घिरेको व्यवस्थित पालन, चौबीस बालविकास केन्द्रको व्यवस्था, पच्चीस जनचेतना बहुमुखी क्याम्पस मेहलमुडी, कर्णाली बहुमुखी ख्याम्पस सिपखाना, केही वर्ष चलाएर हाल चल्न नसकेको राजकोट बहुमुखी क्याम्पस स्युना जस्ता क्याम्पसको स्थायित्व तथा विभिन्न तहका राहत शिक्षक अनि उमाविका लामो लमयसम्म अस्थायी सेवा गरिरहेका शिक्षकहरूको स्थायित्व, छब्बीस, लोक साहित्य–कला–भाषा, ज्ञान, प्रविधि, सीपलाई प्रवाहीकरण गर्ने लोक गायक कलाकारहरूको पेन्सन तथा वास्तविक किसानको पेन्सन तथा उत्पादनको ग्यारेन्टीले सान्नीदराको समृद्धिलाई आधुनिकतालाई सहज जीवन व्यवहारलाई प्रतिनिधित्व गर्न सक्छन् । सत्ताइस आगामी मंसिर १० गतेको सान्नीदराका प्रतिनिधि तथा प्रदेश सभामा पार्टीलाई जिताएर मन्त्री बनाउनुभन्दा खुलालमा पुल बनाउँदा कर्णाली करिडोरलाई पिच गर्नसक्ने व्यक्तिलाई नै विजयी बनाउनु सादर अनुरोध गर्दै, कर्णालीका मात्र हैन नेपालकै जीवनदेखा कर्णाली करिडोरको शीघ्र पूर्णता सान्नीदरा, कालिकोट, कर्णाली, भेरी र नेपालकै समृद्धि हो ।

प्रकाशित मितिः   २९ आश्विन २०७४, आईतवार १६:०६