‘जमिनको खण्डीकरण रोक्न जरुरी छ’
नारायण कोइराला सुर्खेत उपत्यका नगर विकास समितिको अध्यक्षमा नियुक्ति भएको तीन महिना पूरा भएको छ । समितिले कोइरालासहितको नयाँ नेतृत्व पाएपछि विभिन्न गतिविधिहरू तीव्रताका साथ सञ्चालन गरिरहेको छ । यसै सन्दर्भमा रहेर हाम्रा सहकर्मी गीता थापाले नगर विकास समितिले गरिरहेको काम, आगामी दिनमा गर्ने कामको योजना लगायतका विषयमा समितिका अध्यक्षका कोइरालासँग कुराकानी गरेकी छिन् । प्रस्तुत छ, उक्त कुराकानीको सम्पादित अंशः
उपत्यका नगर विकास समितिले अहिले के काम गरिरहेको छ ?
समितिले अहिले नगर समितिको स्वामित्वमा रहेका जग्गाहरूको अध्यावधिक गर्ने काम गरिरहेको छ । भाडामा रहेका पसलहरूसँग विगत एक वर्षदेखि भाडा असुल गर्न नसकेकोले अहिले एकमुष्ट रूपमा भाडा असुल गर्ने काम भइरहेको छ । अव्यवस्थित रूपमा रहेका घर जग्गालाई व्यस्थित गर्ने काम पनि गरिरहेका छौं । सुर्खेतका प्रमुख पर्यटकीय स्थलको रूपमा रहेको बुलबुले उद्यानलाई पनि व्यवस्थित गर्ने काम भइरहेको छ ।
यो समितिले गर्नुपर्ने मुख्य कामहरू के–के हुन् ?
नगर समितिले वीरेन्द्रनगर नगरपालिकालाई व्यवस्थित गराउने काम गर्छ । बजार क्षेत्रमा जग्गा वितरण गरेर व्यवस्थित बजारको निमार्ण गर्ने, समितिको स्वामित्वमा रहेको सम्पत्तिको संरक्षण गर्ने र धार्मिक सम्प्रदाको संरक्षण र प्रवद्र्धन गर्ने काम गर्ने गर्छ ।
वीरेन्द्रनगर नगरकार्यपालिकाले यो समिति खारेज गर्न सिफारिस गर्ने निर्णय ग¥यो, त्यसपछि समितिले कसरी काम गरिरहेको छ ?
वीरेन्द्रनगर नगरकार्यपालिकाले समितिलाई खारेज गर्ने भन्नु हाष्पद कुरा हो । कानुनी रूपमा मान्यता पाएको समितिलाई नगरपालिकाले खारेज गर्न पाउँदैन । यस विषयमा जनप्रतिनिधिहरूले पहिला नै सोचेर बोलेको भए राम्रो हुन्थ्यो । जनप्रतिनिधिले कानुनी रूपमा पहिला बुझेर मात्र के बोल्ने के नबोल्ने भन्ने कुराको हेक्का राख्नुपर्ने थियो । तर यो कुरा बाहिर आइसकेपछि पनि आम नागरिकले यस विषयमा टिका टिप्पणीहरू गर्नुभएको छ । नगर समितिले आफ्नो जिम्मेवारी अनुसार पूर्णरूपमा काम गरिरहेको छ ।
तपाईंको कार्यकालमा मुख्य गरी के कस्ता कामहरू गर्ने योजना बनाउनु भएको छ ?
अति नै महŒव पूर्ण कुरा सोध्नुभयो । म गत असारमा समितिमा आएँ । साउन महिनामा नै काम गर्ने कार्यक्रमको योजनाहरू पास भयो । नगर विकाससँग अहिले जग्गा बिक्री गरेको पौने दुई करोड रूपैयाँ बंैकमा छ । त्यसबाट हामीले जग्गा खरिद गर्ने र समितिको भवन अपुरो छ त्यसलाई निर्माण गर्ने योजनाहरू बनाएका छौं । त्यस्तै बुलबुले उद्यानको लागि कम्पाउण्ड बनाउने, बगैंचा निर्माण, सुरक्षा व्यवस्था लगायतका कुराहरूलाईको योजना बनाएका छौं । अर्को कुरा झुप्रा बृहत खानेपानीको कार्यालयभन्दा पश्चिम पट्टी रहेको चार विगाह जग्गालाई चौघान पार्क नामाकरण गरेर पार्क बनाउने योजना पनि पास गरेर रकम पनि विनियोजन गरी सकेका छौं ।
वीरेन्द्रनगर उपत्यकालाई व्यवस्थित र सुन्दर बनाउन के गर्नुपर्ला ?
वीरेन्द्रनगर उपत्यकालाई व्यवस्थित र सुन्दर बनाउनको लागि त गुरु योजनालाई कार्यान्वयन गर्न जरुरी छ । पछिल्लो समय वीरेन्द्रनगरमा जग्गा खण्डीकरण गर्ने र बिक्री वितरण गर्ने काम भइरहेको छ । पहिला जग्गा खण्डीकरण गर्ने कार्यलाई सम्बन्धित निकायले रोक लगाउनुपर्छ । टेबुलमा बसेर गुरुयोजना बनाउनुभन्दा फिल्डमा गएर गुरु योजना बनाउन जरुरी छ । जग्गा पास गराउँदा पनि १० मिटर बाटो छोडेर मात्र जग्गा पास गराउन मिल्ने नियम बनाउन सकेमा उपत्यकालाई सुन्दर बनाउन सकिन्छ ।
यसका लागि नगरपालिका र नगर विकासले कसरी काम गर्न सक्दछन् ?
नगर समितिभित्र नगरपालिका, मालपोत, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, जिल्ला वन, राष्ट्रिय मान्यता प्राप्त दलहरूको प्रतिनिधिहरू समेत सदस्यमा रहने भएकाले काम गर्दा सबैको सहकार्यमा नै हुन्छ । यसमा नगर विकास समितिले मात्र एक्लैले निर्णय गर्न सक्दैन । सबैको सहकार्य र सबैको समन्वयमा योजना बनाइ काम गर्ने गर्छौं ।
उपत्यकाको विगतमा बनेका गुरुयोजना अहिलेसम्म कार्यान्वयन हुनसकेको छैन, त्यसलाई कार्यान्वयन गर्न यहाँको भूमिका कस्तो रहन्छ ?
गुरुयोजना पूर्णरूपमा कार्यान्यवन नभएको त भन्न मिल्दैन । केही कामहरू पनि पूरा भएका छन् । नगर समितिले गुरुयोजना भित्रै रहेर काम गरिरहेको छ । यहाँ गुरुयोजना बनाए पनि सडक खोल्ने विषयमा भने क्षतिपूर्तिको विषयमा विवाद भएकाले समस्या आएको हो । वीरेन्द्रनगरको मेन सडक (हटलाइन) खोल्ने विषयमा पनि अहिलेसम्म क्षतिपूर्तिको विषयमा विवाद नै छ । सडक खोल्दा बस्ती व्यवस्थित गर्ने विषयमा पनि समस्या नै छ । त्यसकारण पनि गुरुयोजना सफल हुनसकेका छैनन् । मेरो कार्यकालमा यस्तो कुराहरूलाई मिलाएर गुरुयोजना कार्यान्यवनका लागि सबै सरोकारवाला निकायसँग छलफल र समन्वय गरेर अगाडि बढ्नेछु ।
बुलबुले व्यवस्थापनका केही काम भइरहेका छन् अरु के–के गर्दै हुनुहुन्छ बुलबुलेमा ?
बुलबुलेको व्यवस्थापनका लागि हामीले पहल गरिरहेका छौं । अहिले बुलबुलेको कम्पाण्ड निर्माण गर्नका लागि पाँच करोड विनियोजन भइसकेको छ । बुलबुलेमा पार्क क्षेत्र निर्माण, खानेपानीको व्यवस्थापन, बत्ती जडान, पिकनिक स्पोर्ट लगायतका कुराहरूको काम सुरु भइरहेका छन् । बुलबुलेको जीर्ण अवस्थामा रहेको सबै पक्षलाई पुनः मर्मत कार्य पनि भइरहेको छ । त्यसमा विभिन्न संघ–संस्थाहरूले पनि काम गरिरहेका छन् । विभिन्न संघ–संस्थाहरूले सहयोग पनि गरिरहनुभएको छ । समय–समयमा विभिन्न संघ–संस्थाहरूले सरसफाइ लगायतको कार्यक्रमहरू गरिरहनुभएको छ ।
यो उपत्यकाको समग्र विकासमा अब कुन कुन पक्षबाट कस्तो भुमिका अपेक्षा गर्नु भएको छ ?
उपत्यकाको विकास गर्नका लागि नगर समिति एक्लैले मात्र सम्भव छैन । उपत्यकाको समग्र विकासको लागि नागरिकहरूको पूर्णरूपमा सहयोग चाहिन्छ । उपत्यकामा भइरहेको जग्गा खण्डीकरणको कामलाई समयमा नै रोक्न सम्बन्धित निकाय लाग्न जरुरी छ । स्थानीय तहका जनप्रतिनिधिहरूले पनि यसमा सहयोग र सहकार्य गर्न जरुरी छ । वीरेन्द्रनगरमा जथाभावी रूपमा गरिएको पसलहरूलाई व्यवस्थित गर्नका लागि व्यापारिक प्रयोजनका लागि छुट्याइएको जग्गामा गराउन सम्बन्धित सबै सरोकारवाला निकायहरूले पहल थाल्नुपर्छ । यसमा जिल्ला वन, प्रशासन, जिल्ला समन्वय समिति, नगरपालिका लगायतका निकायहरूको सहयोग र सहकार्यको आवश्यकता रहन्छ ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
अन्त्यमा सुर्खेत उपत्यका हामी सबै नागरिकको हो । यसको विकास र यहाँ रहेका धार्मिक स्थलहरूको संरक्षण र प्रवद्र्धन गर्नका निम्ती सबैले पहल गर्न जरुरी छ । व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर आर्थिक रूपमा मात्र नभइ भावनात्मक रूपमा सहयोग गरिदिनु हुन अनुरोध गर्छु ।
साझा बिसौनी संवाददाता ।